काठमाडौं, असोज १७ (नागरिक) - सरकारले नुन, चिनी, चामलदेखि मदिरामा समेत छुट दिने गरी राजधानीका विभिन्न ठाउँमा मंगलबारदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको छ।
सरकारी संस्थानहरुको सहभागितामा राजधानीको कालिमाटी, टेकु, रामशाहपथ, थापाथली, कोटेश्वर र ललितपुर विशाल बजारमा यस्ता पसल सुरु गरिएको हो। यी पसलमा साल्ट ट्रेडिङ, खाद्य संस्थान, नेसनल टे्रडिङ र दुग्ध विकास संस्थानले उपभोग्य सामग्री राखेका छन्।
कालिमाटीस्थित साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय, टेकुस्थित नेसनल ट्रेडिङको केन्द्रीय कार्यालय, रामशाहपथस्थित नेसनल ट्रेडिङको बिक्री कक्ष, थापाथलीस्थित खाद्य संस्थानको अञ्चल कार्यालय, कोटेश्वरस्थित साल्ट ट्रेडिङ कार्यालय र पुल्चोकस्थित ललितपुर विशालबजारमा पसल राखिएका छन्।
सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले नुन, चिनी, तेल, दाल, पिठो, ग्यास, रेगुलेटरलगायत सामग्री राखेको छ। कम्पनीले नुनमा २ र चिनीमा ५ रुपैयाँ छुट दिएको छ। यी पसलमा ग्राहकले चिनी ७१ रुपैयाँ र नुन १३ रुपैयाँ किलोमा किन्न सक्छन्। 'हामीले बेच्ने अरु सामान भने पहिले नै बजारमूल्य भन्दा सस्ता छन्,' साल्ट ट्रेडिङकी महाप्रबन्धक उर्मिला श्रेष्ठले भनिन्, 'चिनी र नुनलाई भने सस्तो बनाउन छुट दिएका हौं।'
यसैगरी खाद्य संस्थानले ६ थरी चामलमा छुट दिएको छ। संस्थानले सबै चामल किलोमा २ रुपैयाँ घटाएर बिक्री गरेको छ। यी पसलमा ग्राहकले वास्मती चामल ६५, सोना मन्सुली ३४, जिरा मसिनो ४६, मकवानपुरे ३०, जापानी ४० र अमेरिकी चामल किलोको ४६ रुपैयाँमा किन्न सक्नेछन्। 'सबैखाले चामलमा उपभोक्तालाई छुट दिएका छौं,' खाद्य संस्थानका महाप्रबन्धक हरिनारायण साहले भने।
दुग्ध विकास संस्थानले भने ४२ उत्पादन सुपथ मूल्य पसलमा राखेको छ। ४२ वस्तुमध्ये संस्थानले घिउ भने लिटरमा १० रुपैयाँ छुट दिएको छ। अन्य वस्तुको भाउ भने पहिलेकै छ। 'संस्थानले ग्राहकलाई सहुलियत मिलोस् भनेर घिउमा छुट दिएको हो,' संस्थानका महाप्रबन्धक सियारामप्रसाद सिंहले भने। नेसनल ट्रेडिङले मेसिनरी सामान, विद्युतीय सामान, मदिरालगायत सामग्री पसलमा राखेको छ। कम्पनीले जेनेरेटरबाहेक मेसिनरी सामानमा २० प्रतिशत, मेसिनरी स्पेयर पार्टस्मा ४० प्रतिशत, अन्य घरायसी सामग्रीमा २५ प्रतिशत र मदिरामा १० देखि २५ प्रतिशत छुट दिएको छ।
केही दिनभित्रै भक्तपुरमा पनि सुपथ मूल्यको पसल सुरु हुनेछ। यसैगरी नेसनल ट्रेडिङले आफ्ना कार्यालय रहेका ६ जिल्ला, खाद्य संस्थानले मुलुकका विभिन्न २२ ठाउँ र साल्ट ट्रेडिङले मुलुकभरका २१ स्थानमा आफ्ना सामग्रीमा राजधानीमा दिएको छुट दिने जनाएका छन्।
यसैबीच साल्ट ट्रेडिङले राजधानीमा दुईवटा घुम्ती सुपथ मूल्य पसल पनि सञ्चालनमा ल्याएको छ। कम्पनीले गाडीमा चिनी, नुन, दाल, पिठोलगायत सामग्री राखेर राजधानीमा बिक्री सुरु गरेको हो। यस्ता घुम्ती पसलमार्फत चोक-चोकमा उपभोग्य सामग्री बिक्री गर्ने कम्पनीले जनाएको छ।
'दुब्लाउँदै गए सुपथ मूल्य पसल'
मंगलकार भद्रकालीस्थित नेसनल ट्रेडिङको बिक्री केन्द्र हातामा सुपथ मूल्य पसलको उद्घाटनमा बोल्ने सरकारी अधिकारी र उपभोक्तावादीले वर्षेनी सुपथ मूल्य पसल दुब्लाउँदै गएको बताए।
बजारमा अस्वभाविकरुपमा मूल्यवृद्धि भइरहेका बेला सरकारी संस्थानहरु दरिलो बनेर यस्ता पसलमार्फत धेरै कारोबार गर्नुपर्नेमा वर्षेनी कारोबार र सामग्री घटेको उनीहरुले बताएका हुन्।
कार्यक्रममा बोल्दै वाणिज्य सचिव लालमणि जोशीले संस्थाहरु राम्ररी सञ्चालन हुन नसक्दा बजारमा उपस्थिति कमजोर देखिएको बताए। 'संस्थाहरु अहिले राम्ररी सञ्चालन हुन सकेका छैनन्,' उनले भने, 'यसले गर्दा कार्यक्रमहरु कमजोर देखिएका हुन्।'
जोशीले सरकारले खुला बजार नीति विपरीत गएर उपभोग्य वस्तुको अधिकतम मूल्य नतोकेको उनले बताए। 'यो सरकारले मात्र तोकेको हैन, निजी क्षेत्रको सहभागितामा केही समयका लागि गरिएको व्यवस्था हो,' उनले भने, 'यसले सरकार नियन्त्रित अर्थतन्त्रतर्फ गएको भन्न मिल्दैन।'
उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ र प्रेमलाल महर्जनले संस्थानहरुले सञ्चालन गर्ने यस्ता पसल वर्षेनी बढ्नुपर्नेमा घट्दै गएको बताए। उनीहरुले उपभोक्तालाई राहत दिन सञ्चालन गरिने यस्ता पसल प्रवर्द्धन गर्न सरकारलाई आग्रह गरे। कार्यक्रममा बोल्दै वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले सुपथ मूल्य पसलले उपभोक्तालाई राहत दिनुका साथै बजार मूल्य नियन्त्रणमा भूमिका खेल्ने बताए।