मुस्ताङमा स्याउ उत्पादन ३० प्रतिशत घट्ने
१४ भदौ २०७७
•
४ मिनेट पाठ
मुस्ताङमा स्याउ उत्पादन ३० प्रतिशत घट्ने
मुस्ताङको मार्फास्थित बगैंचमा फलेको स्याउ। फाइल तस्बिरः नागरिक
स्याउको पकेट क्षेत्र मुस्ताङमा यो वर्ष यसको उत्पादन घट्ने देखिएको छ। स्याउ फुल्ने बेलामा पानी परेपछि पोलिन नामको तत्व पखालिएको (पोलिन वास) उत्पादन कम हुने शितोष्ण बागवानी विकास केन्द्र मार्फाले जनाएको छ। पोलिन वास भएपछि ‘पोलिनेसन’ कम भई उत्पादन घट्ने विज्ञ बताउँछन्।  

चैतमा स्याउको फूल फुल्छ। फूल फुलेको बेला हिउँ परेपछि स्याउ उत्पादन कम हुने केन्द्रले जनाएको छ। स्याउ उत्पादन कम हुने तेस्रो कारणमा दादे रोग देखिएको केन्द्रका प्रमुख बालकृष्ण अधिकारीले बताए। ‘टुकुचे, झोङ, पुरानो मार्फा लगायत ठाँउमा दादे रोग देखिएको छ,’ उनले भने, ‘रोगकै कारण उत्पादन कम हुन्छ।’ उनका अनुसार स्याउ एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने समेत हुने गर्छ।  

मुस्ताङको टुकुचे, मार्फा, ठिनी, मुक्तिनाथ, झोङ, ताङ, फलेक, चैले, कागबेनी लगायत क्षेत्रमा स्याउ उत्पादन छ। ‘बागवानीकै चारवटा ब्लकमा समेत यो वर्ष उत्पादन कम हुने देखिएको छ,’ उनले स्पष्ट पारे। मुस्ताङमा स्थानीयसँगै जापानी फुजी स्याउ समेत थोरै मात्रामा उत्पादन हुने गरेको बागवानी विकास केन्द्रले जनाएको छ। पछिल्लो समय उपल्लो मुस्ताङमा समेत स्याउको बगैंचा विस्तार सुरु गरिएको छ। बेर्ना उत्पादन र स्याउमा देखिएको समस्याको बारेमा स्थानीय किसानसँग समन्वय हुँदै आएको छ।  

स्याउको फूल फुल्ने बेला पानी पर्दा त्यसको पोलिन नामको तत्व पखालिँदा उत्पादन प्रभावित हुने शितोष्ण बागवानी विकास केन्द्रको भनाइ।
यो वर्ष पोहोरभन्दा २५–३० प्रतिशत उत्पादन कम हुने सम्भावना छ। गत वर्ष मुस्ताङमा ६ हजार टन स्याउ उत्पादन भएको राष्ट्रिय फलफूल विकास केन्द्र (स्याउ जोन क्षेत्र)को तथ्यांकले देखाएको छ। स्याउसँगै यसका बेर्ना समेत उत्पादन हुँदै आएको छ। मुस्ताङको ब्रान्ड बनेको स्याउ सहज यातायात सुविधाले स्वदेशी बजार मात्रै नभई विदेशमा समेत कोसेलीको रुपमा समेत जाने गरेको छ।  

बागवानी केन्द्रले २५ हजार वार्षिक बेर्ना उत्पादन गर्ने गरेको उनको भनाइ छ। ‘निजी क्षेत्रले पनि व्यावसायिक उत्पादन गरेका छन्। निजी क्षेत्रले १० देखि १५ हजार बेर्ना उत्पादन गर्ने गरेका छन्’ उनले भने, ‘उत्पादित बेर्ना मुस्ताङको लागि पर्याप्त हो। अन्य जिल्लामा समेत पठाइन्छ।’ मुस्ताङको मागलाई निजी व्यावसायीक नर्सरीले धान्दै आएका छन्। ‘बेर्ना उत्पादनको लागि बढी खटिनुपर्ने भएकोले पनि स्थानीय बासिन्दा बेर्ना उत्पादनमा त्यति सारो आकर्षिक छैनन्,’ उनले भने।  

स्याउ गण्डकी प्रदेशको मुस्ताङसँगै मनाङ र बाग्लुङको ढोरपाटन क्षेत्रमा समेत उत्पादन हुने गरेको छ। विशेष गरी स्याउ दुई हजार मिटर उचाइको क्षेत्रमा उत्पादन हुने गरेको शितोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख अधिकारीले बताए। राष्ट्रिय फलफूल विकास केन्द्रमा स्याउको बेर्नाको माग अनुसार उत्पादन गर्न नसकिएको उनको भनाइ थियो।  

‘फलफूल विकास केन्द्रमा किसानले माग गर्छन्। हामीले उपलब्ध गराउँछौं,’ उनले भने, ‘माग बढी छ, तर बेर्ना उत्पादन कम छ।’ बेर्ना उत्पादनको लागि फार्मको जग्गा कम छ। जग्गाकै अभावका स्याउको बेर्ना उत्पादन बढाउन नसकिएको कार्यालय प्रमुख अधिकारीको भनाइ थियो। बेर्नाको सरकारी मूल्य ७० रुपैयाँ पर्छ। मुस्ताङमा विशेष गरी रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियस लगायत स्याउ उत्पादन हुने गरेको छ।  

उपल्लो मुस्ताङमा स्याउको बगैंचा विस्तार गरिएको छ। हिउँ मात्रै पर्ने उपल्लो मुस्ताङमा (स्याडो रेन जोन) पछिल्लो समय पानी समेत पर्न थालेको छ। मुख्यमन्त्री वातावरणीय नमूना कृषि कार्यक्रम अन्तर्गत नै लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ र दामोदर कुण्ड गाँउपालिकाको घमीमा झण्डै १० हजार स्याउको बिरुवा रोपिएको स्थानीयबासी एवं गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले जानकारी दिए।  

उनका अनुसार लोमान्थाङको डिही, ताङ्वे, चराङ, यारा, घारा, नराङ लगायत ठाँउहरुमा गत आर्थिक वर्षमा स्याउका बिरुवा रोपिएको छ। पुरानो बिरुवाले भने उत्पादन समेत दिन थालेको उनको भनाइ छ। ‘इटालियन स्याउको बेर्ना समेत रोपिएको थियो। तर मुस्ताङी स्याउको ब्रान्डलाई कायमै राख्न स्थानीय जातकै स्याउको बेर्ना रोपिएको छ,’ उनले भने। जलवायु परिवर्तनको असरकै कारण उच्च हिमाली क्षेत्रको तापक्रम बढ्दै गएकोले उपल्लो मुस्ताङको विभिन्न ठाँउमा स्याउको बेर्ना गत वर्ष रोपिएको प्रदेश सदस्य विष्टले सुनाए।  
अर्को समाचार
मुस्ताङमा स्याउ उत्पादन ३० प्रतिशत घट्ने
१० भदौ २०७७
•
३ मिनेट पाठ
मुस्ताङमा स्याउ उत्पादन ३० प्रतिशत घट्ने
स्याउको पकेट क्षेत्र मुस्ताङमा यो वर्ष स्याउको उत्पादनमा ह्रास आउने देखिएको छ। स्याउ फुल्ने बेलामा पानी परेपछि स्याउको पोलिन वास भएकोले उत्पादन कम हुने शितोष्ण बागवानी विकास केन्द्र मार्फाले जनाएको छ। पोलिन वास भएपछि ‘पोलिनेसन’ कम भएकोले उत्पादन कम हुन्छ।  

चैतमा स्याउको फुल फुल्छ। फुल फुलेको समयमा हिउँ परेपछि स्याउ उत्पादन कम हुने केन्द्रले जनाएको छ। स्याउ उत्पादन कम हुने तेस्रो कारणमा दादे रोग देखिएको केन्द्रका प्रमुख बालकृष्ण अधिकारीले बताए। ‘टुकुचे, झोङ, पुरानो मार्फा लगायतका ठाँउमा दादे रोग देखिएको छ’, उनले भने, ‘रोगकै कारण उत्पादन कम हुन्छ।’ उनका अनुसार स्याउ एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने समेत हुने गर्छ।  

मुस्ताङको टुकुचे, मार्फा, ठिनी, मुक्तिनाथ, झोङ, ताङ, फलेक, चैले, कागबेनी लगायतका क्षेत्रमा स्याउ उत्पादन हुदैं आएको छ। ‘बागबानीकै चारवटा ब्लकमा समेत यो वर्ष उत्पादन कम हुने देखिएको छ’, उनले स्पष्ट पारे। मुस्ताङमा स्थानीयसँगै जापानीज फुजी स्याउ समेत थोरै मात्रामा उत्पादन हुने गरेको बागवानी विकास केन्द्रले जनाएको छ। पछिल्लो समय उपल्लो मुस्ताङमा समेत स्याउको बगैचा विस्तार शुरु गरिएको छ। बेर्ना उत्पादन र स्याउमा देखिएको समस्याको बारेमा स्थानीय किसानसँग समन्वय हुदैं आएको छ।  

यो वर्ष गतवर्षको भन्दा २५–३० प्रतिशत उत्पादन कम हुने सम्भावना छ। गत वर्ष मुस्ताङमा ६ हजार टन स्याउ उत्पादन भएको राष्ट्रिय फुलफुल विकास केन्द्र (स्याउ जोन क्षेत्र)को तथ्यांकले देखाएको छ। स्याउसँगै स्याउका बेर्ना समेत उत्पादन हुदैं आएको छ। मुस्ताङको ब्राण्ड बनेको मुस्ताङी स्याउ सहज यातायात सुविधाले स्वदेशी बजार मात्रै नभई विदेशमा समेत कोशेलीको रुपमा समेत जाने गरेको छ। बागबानी केन्द्रले २५ हजार वार्षिक बेर्ना उत्पादन हुदैं आएको उनको भनाई थियो। ‘निजी क्षेत्रले पनि व्यवसायिक उत्पादन गरेका छन्। निजी क्षेत्रले १० देखि १५ हजार बेर्ना उत्पादन गर्ने गरेका छन्’ उनले भने ‘उत्पादित बेर्ना मुस्ताङको लागि पर्याप्त हो। अन्य जिल्लालाई समेत पठाईन्छ।’ मुस्ताङको मागलाई निजी व्यावसायीक नर्सरीले धान्दै आएका छन्। ‘बेर्ना उत्पादनको लागि बढी खटिनुपर्ने भएकोले पनि स्थानीय बासिन्दा बेर्ना उत्पादनमा त्यति सारो आकर्षिक छैनन्।’ उनको भनाई थियो।  

स्याउ गण्डकी प्रदेशको मुस्ताङसँगै मनाङ र बाग्लुङको ढोरपाटन क्षेत्रमा समेत उत्पादन हुने गरेको छ। विशेष गरी स्याउ २ हजार मिटर उचाईको क्षेत्रमा उत्पादन हुने गरेको शितोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख अधिकारीले बताए। राष्ट्रिय फुलफुल विकास केन्द्रमा स्याउको बेर्नाको माग अनुसार उत्पादन गर्न नसकिएको उनको भनाई थियो। ‘ फुलफुल विकास केन्द्रमा किसानले माग गर्छन्। हामीले उपलब्ध गराउँछौं’ उनले भने–‘माग बढी छ तर बेर्ना उत्पादन कम छ।’ बेर्ना उत्पादनको लागि फार्मको जग्गा कम छ। जग्गाकै अभावका स्याउको बेर्ना उत्पादन बढाउन नसकिएको कार्यालय प्रमुख अधिकारीको भनाई थियो। बेर्नाको सरकारी मूल्य ७० रुपैयाँ पर्छ। मुस्ताङमा विशेष गरी रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियस लगायत स्याउ उत्पादन हुने गरेको छ।  

उपल्लो मुस्ताङमा स्याउको बगैंचा विस्तार गरिएको छ। हिँउ मात्रै पर्ने उपल्लो मुस्ताङमा (स्याडो रेन जोन) पछिल्लो समय पानी समेत पर्न थालेको छ।  मुख्यमन्त्री बातावरणीय नमूना कृषि कार्यक्रम अन्तर्गत नै लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ र दामोदर कुण्ड गाँउपालिकाको घमीमा झण्डै १० हजार स्याउको बिरुवा रोपिएको स्थानीयबासी एवं गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले जानकारी दिए। 

उनका अनुसार लोमान्थाङको डिही, ताङ्वे, चराङ, यारा, घारा, नराङ लगायतका ठाँउहरुमा गत आर्थिक वर्षमा स्याउका विरुवा रोपिएको छ। पुरानो विरुवाले भने उत्पादन समेत दिन थालेको उनको भनाई थियो। ‘इटालियन स्याउको बेर्ना समेत रोपिएको थियो। तर मुस्ताङी स्याउको ब्राण्डलाई कायमै राख्न स्थानीय जातकै स्याउको बेर्ना रोपिएको छ।’ उनको भनाई थियो। जलवायु परिवर्तनको असरकै कारण उच्च हिमाली क्षेत्रको तापक्रम बढ्दै गएकोले उपल्लो मुस्ताङको विभिन्न ठाँउमा स्याउको बेर्ना गतवर्ष रोपिएको प्रदेश सदस्य विष्टले सुनाए। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस