मनोज अधिकारी, पोखरा, भदौ ३१- बजार अनुगमनकर्ताकै आधिकारीकताको विवादले आइतबार अनुगमनकै क्रममा तनाव हुँदा काम कारबाही प्रभावित भएको छ। राजधानीबाट आएका नागरिक उपभोक्ता न्यायिक मञ्चसम्बद्व टोली र उपभोक्ता मञ्च कास्कीबिच आधिकारीकता विवादका कारण अनुगमनस्थलमै हात हालहालको स्थिति भएपछि काम नै प्रभावित बनेको हो।
नागरिक उपभोक्ता न्यायीक मञ्चले आफूहरुले पनि पोखरामा बजार अनुगमन गर्न पाउनुपर्ने जिकिर गरेको छ। उपभोक्ता मञ्च कास्कीले भने उक्त संस्था अनुगमनका लागि सरकारबाट अनुमति प्राप्त निकाय नभएको र बाहिरबाट आएर गलत मनसायले काम गरिरहेको आरोप लगाएपछि विवादले चर्को रुप लिएको हो।
आइतबार बिहान लेकसाइडस्थित होटल बाराहीमा अनुगमन गर्न पुगेका बेला उक्त विवाद भएपछि केहीबेर तनावसमेत भयो। झण्डै दुई वर्षअघि राजधानीमा स्थापित नागरिक उपभोक्ता न्यायीक मञ्चले पोखरामा पनि शाखा खोलेपछि यसपटक बजार अनुगमन गरेको थियो। त्यसका लागि राजधानीबाट केन्द्रीय उपाध्यक्ष प्रकाश सुवेदी र सल्लाहकार भवानी ओली पोखरा आएका थिए। उनीहरु कास्की शाखाका उपाध्यक्ष लक्ष्मण श्रेष्ठ तथा सदस्यद्वय लक्ष्मी थापा र कल्पना थापालाई लिएर अनुगमन गर्न आइतबार होटल बाराही पुगेका थिए। अनुमगन नसक्दै उपभोक्ता मञ्ज कास्कीका अध्यक्ष कपिलनाथ कोइराला त्यहीँ पुगे।
मुल्यसूची र उपभोग्य मिति उल्लेख नभएका तीन प्याकेट पोरिजको विषयलाई लिएर दुवै अनुगमनकर्ता निकायबीच सुरु भएको सामान्य विवाद हात हालाहालको स्थितिसम्म पुग्यो। एकले अर्कोलाई आधिकारीकता नभएको अवैद्य संस्था भन्दै विवाद निकालेपछि स्थिति जटित बनेको हो। उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कोइराला र अर्को मञ्चका कास्की उपाध्यक्ष श्रेष्ठ तथा केन्द्रीय सल्लाहकार ओलीबिच अनुगमनस्थलमै चर्को विवाद भएको हो। आपसी गालीगलौजमा उत्रिएका उनीहरुबीच पाखुरा सुर्कने र एक-अर्कालाई धकेल्नेसम्म भएपछि सञ्चारकर्मीले शान्त पार्नु परेको थियो।
अनुमगनकर्ताकै हैसियतको विषयलाई लिएर दुवै पक्षबीच तनाव भएपछि होटल कर्मचारीदेखि टोलबासी रमिते बने। दुवैपक्षले अनुगमन गर्ने आफु आधिकारीक निकाय भएको दावी गरेपछि विवाद जिल्ला प्रशासन कार्यालय पुग्यो र अनुगमन कार्य ठप्प भयो।
उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कोइरालाले सरकारले बजार अनुगमनका लागि सरकारी सरोकारवाला कार्यालयका प्रतिनिधिबाहेक आफ्नो संस्थालाई मात्रै नियुक्त गरेको दावी गरेका छन्। उनले अर्को नवगठित मञ्चले केन्द्रमा र जिल्ला तहमा समेत बजार अनुगमन गर्न पाउने हैसियत नराख्ने भएको उसले हालै गरेको कार्य अवैद्य भएको जिकिर गरेका छन्। उपभोक्ता संरक्षण नियमावली २०५६ को नियम ५१ को उपनियम २ मा कम्तिमा पाँच वर्षदेखि उपभोक्ताको हितमा उल्लेखनीय काम गर्दै आएको संस्थाहरुमध्येबाट प्रतिनिधि हुने गरी सरकारले तोकेका तीनजना केन्द्रीय अनुमन समितिका बस्न पाउने व्यवस्था गरिएको छ। जसअन्तर्गत अहिले केन्द्रीय अनुगमन समितिमा सरकारी प्रतिनिधिबाहेक उपभोक्ता मञ्चका केन्द्रीय महासचिव ज्योति बानियाँ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन र मशेध उपभोक्ता मञ्चका अध्यक्ष रानी शर्मा मात्र मनोनित छन्।
यस्तै नियमावली ५२ को १ बमोजिम जिल्ला अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी संयोजक, जिल्ला प्रशासनका अधिकृत सदस्य सचिव तथा जिविस, नगरपालिका वा गाविस, उद्योग वाणिज्य संघ, जिल्लाभित्रका उपभोक्ता संस्थाहरुमध्येबाट सरकारले तोकेको कुनै एक संस्थाको प्रतिनिधि सदस्य रहने व्यवस्था छ।
अहिलेको अनुगमन टोलीमा नगरपालिका, उद्योग वाणिज्य संघ लगायत आधिकारीक निकायको प्रतिनिधित्व समेत हुन सकेको छैन। कोइरालले यसप्रति आपत्ति जनाउँदै 'एनजीओ'को कार्ड देखाएर झापा र मोरङका व्यक्ति पोखरा आएर अनुगमनका नाममा अवैद्य काम गरेको आरोप लगाए।
उनले नियमावलीअनुरुप सरकारले जिल्लामा अनुगमन टोलीको सदस्यमा आफूलाई नियुक्त गरेको उल्लेख गर्दै बाहिरबाट आएर 'भिडतन्त्र' स्थापित गर्न खोजेकोमा आक्रोश पोखे। यसविरुद्व आफु जुनसुकै निकाय र अदालतसम्म जान तयार रहेको उनले चेतावनी दिए।
नागरिक उपभोक्ता न्यायीक मञ्चका केन्द्रीय महासचिव सुवेदीले भने उपभोक्तालाई जागरुक र व्यवसायीलाई सचेत बनाउने नियतले जोकोही जहाँसुकै गएर काम गर्न पाउने जिकिर गरे। उनले यसमा कानूनी पक्ष केलाउनु भन्दा पनि व्यवहारिक कुरा हेर्नुपर्ने तर्क गरे।
अनुगमन छोडेरै उक्त विवाद जिल्ला प्रशासन पुगेपछि प्रशासकीय अधिकृत वामेदव शर्माले यसमा कानुनी पक्ष र आधिकारीकताको विवाद गर्न नहुने बताए। उनले राजधानीबाट आएको टोलीलाई आफुले अनुगमनमा जान अनुमति दिएकाले उल्लेख गर्दै असल नियतका लागि गरिने काममा आधिकारीकताको विवाद अनावश्यक भएकाले दुवै संस्थालाई मिलेर काम गर्न आग्रह गरे।