यातायात व्यवसायी असन्तुष्ट
०८ साउन २०७७
•
३ मिनेट पाठ
यातायात व्यवसायी असन्तुष्ट
धरानको भानुचोकस्थित बसपार्क। तस्बिर: रोहित राई/नागरिक
सरकारले मंगलबार मध्यरातिबाटै लकडाउन अन्त्य भएको बताए पनि एक जिल्लाबाट अर्कोमा जान नदिइएकामा प्रदेश १ का यातायात व्यवसायीले असन्तुष्टि जनाएका छन्। सरकारले लकडाउन अन्त्य भने पनि भदौ १ गतेदेखि मात्र लामो दूरी र अन्तरजिल्ला सवारीसाधन चल्न दिने निर्णय अपरिपक्व भएको व्यवसायीको टिप्पणी छ।

जिल्लाभित्र मात्र सवारी चल्दा व्यवसायीसँगै यात्रुले दुःख पाइरहेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश १ संयोजक सरोज श्रेष्ठले सरकारले मंगलबार राति १२ बजेपछि लकडाउन अन्त्य गरिए पनि पनि यातायातका साधन जिल्लाबाहिर जान नपाउँदा सर्वसाधारण र जनता भ्रमित भएको बताए। ‘कि त सरकारले साउन ३२ गतेमात्र लकडाउन अन्त्य भएको भन्नुपथ्र्यो, र भदौ १ देखि खुला गर्नुपथ्र्यो,’ उनले भने, ‘मंगलबार रातिदेखि लकडाउन अन्त्य भयो भन्ने तर एउटा जिल्लाबाट अर्को जिल्लामा गाडी जान नपाउने हुँदा यात्रुले पनि दुःख पाए।’

अहिले धरानबाट मोरङ वा झापा जान चाहने यात्रुबीच बाटोबाट उत्रिएर अर्को गाडी चढ्नुपर्ने बाध्यता छ। ‘धरानबाट विराटनगर जाने गाडी दुहबीबाट तल जान नपाउने, धनकुटा हिडेको गाडी भेडेटारमा रोकिनुपर्ने हो भने लकडाउन कसरी खुल्यो ?’ संयोजक श्रेष्ठ भन्छन्। यस्तै, पूर्वको झापाबाट आएको गाडी पनि मोरङसँगको सिमाना उर्लाबारीमा नै रोकिने गरेको व्यवसायीको भनाइ छ। ‘जनता र व्यवसायी भ्रममा परे, लकडाउन खुल्यो भनियो तर सवारीसाधन जिल्लाभित्र मात्र रहेछ,’ उनले भने, ‘यसरी त व्यवसायीले फेरि आफ्नो गाडी ग्यारेजमा लगेर थन्क्याउनुपर्ने अवस्था भयो।’

संयुक्त बस व्यवसायी संघ, भोजपुरका अध्यक्ष गोपाल तामाङले पनि अर्को जिल्ला गाडी चल्न नदिँदा यात्रुले धेरै समस्या भोगिरहेको बताए। भोजपुरबाट तराई झर्ने गाडी लेगुवा घाटसम्म मात्र जाने र त्यहाँबाट धनकुटा पुगेर यात्रुले अर्को गाडी चढेर सुनसरीको सिमानासम्म जानुपर्ने बाध्यता भएको उनले बताए। ‘हिजो हाम्रो एउटा गाडी लेगुवाघाट पार गरेछ, र फर्कदा नौ यात्रु लिएर आउदा सबैलाई बीच बाटोमा नै क्वारेन्टाइनमा राखिदिएको छ,’ उनले भने।

मोरङ र सुनसरी दुई जिल्लामा चल्न दिइने
प्रदेश १ मा सुनसरी र मोरङ जिल्लाभित्र गाडी भने सवारीसाधन चल्न दिइने भएको छ। यी दुवै जिल्ला एकअर्कामा अन्तरसम्बन्धित भएकाले व्यवहारिकतालाई मध्यनजर गर्दै दुई जिल्लामा गाडी चल्न दिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले बताए। ‘यि दुई जिल्ला इन्टरकनेक्सन छ, त्यसैले व्यवहारिक हिसाबले हेरेर चल्न दिने भनेको हो,’ प्रजिअ पोखरेलले भने।

उनका अनुसार यातायात व्यवसायी र केही सांसदले पनि झापा, मोरङ र सुनसरीबीच यातायात आवागमन खुला गर्न माग गरिरहेका छन्। तर, सरकारले यस्तो निर्णय नगरेका कारण तत्काल सम्भव नभएको पनि पोखरेलले बताए। ‘हामीलाई माथिबाट त्यस्तो केही निर्देशन आएको छैन, सुनसरी र मोरङमा चल्न दिने पनि हामीले व्यवहारिकता हेरेर भनेको हो,’ उनले भने।

पहाडीरुटमा पास लिएर जादै गाडी
धरानबाट पहाडी रुटको सानो गाडीले यात्रु ५–६ जना भएपछि पास लिएर जाने गरेका छन्। अहिले संखुवासभा र भोजपुर जिल्लामा जाने गाडीहरुले झन्डै दोब्बर झाडा लिएर चलिरहेका छन्। ‘सानो गाडीले ५–६ यात्रु लिएर गइरहेका छन्,’ एक ट्राफिक प्रहरीले भने, ‘५–६ यात्रु पुग्यो भने इलाका प्रशासन कार्यालयबाट पास लिएर पहाडी जिल्लामा लगिरहेका छन्।’ धरानबाट भोजपुर र संखुवासभाका लागि मात्र साना गाडीले यात्रु लगिरहेका छन्।  
अर्को समाचार
गण्डकीमा ‘राईड सेयरिङ’ र ‘रुट परमिट’ बारे व्यवसायी र मन्त्रीबीच विवाद
२४ माघ २०८०
•
४ मिनेट पाठ
गण्डकीमा ‘राईड सेयरिङ’ र ‘रुट परमिट’ बारे व्यवसायी र मन्त्रीबीच विवाद
सार्वजनिक यातायात क्षेत्रमा एकाधिकार कायम राख्न खोज्ने यातायात व्यवसायी ‘राईड सेयरिङ र रुट परमिट’ खुल्ला गर्ने गण्डकी प्रदेश सरकारको निर्णयप्रति असन्तुष्ट छन्। प्रदेश सरकारले हालै जारी गरेको गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली, २०८० मा राइड सेयरिङ रुट परमिट खुला गर्ने उल्लेख छ।

तर, यातायात व्यवसायी यो नियमावलीप्रति असन्तुष्ट छन्। त्यही असन्तुष्टि पोख्न प्रदेश सरकारका यातायात मन्त्री रेशमबहादुर जुग्जालीकहाँ ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीलाई मन्त्री जुग्जालीले कुरै नबुझी व्यवसायी विरोधमा उत्रिन खोजेको र यातायात क्षेत्रमा सिन्डिकेट कायम राख्न खोजेको भन्दै झपारे।

यातायात व्यवसायी र मजदुर नेतालाई मन्त्री जुग्जालीले कुरा नबुझी नबोल्न र अनावश्यक आरोप नलगाउन चेतावनी पनि दिए। सुरुमा यातायात व्यवसायी तथा मजदुर नेताले मन्त्री जुग्जालीलाई १७ बुँदे ज्ञापनपत्र बुझाए। व्यवसायी तथा मजदुरको तर्फबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका गण्डकी प्रदेशका अध्यक्ष केदार पौडेलले मन्त्री जुग्जालीलाई बुझाएको ज्ञापन पत्रमा प्रदेशस्तरीय यातायात प्राधिकरण गठन गर्नुपर्ने, सार्वजनिक सवारी साधन सरह राईड सेयरिङलाई अनुमति दिने नीति खारेज गर्नुपर्ने, राईड सेयरिङका लागि बनाइएका एप्स बन्द गरिनुपर्ने व्यवसायीको माग छ।

त्यस्तै एकपटक रुट परमिट लिएपछि गण्डकी प्रदेश भरी जान पाउने व्यवस्था खारेज गर्नुपर्ने, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन २० वर्ष र विद्युतीय सवारी साधनको तोकिएको ३० वर्ष आयु खारेज गर्नुपर्ने, वैज्ञानिक भाडादर कायम गरी स्वचालित भाडादर कार्यान्वयन गरिनु पर्ने लगायतका माग पनि व्यवसायीले राखेका छन्। त्यस्तै, लामो, मध्य र छोटो दुरीका लागि छुट्टाछुट्टै व्यवस्थित बसपार्क बनाउनुपर्ने, लामो दुरीका चालकलाई सुविधा सम्पन्न विश्रामस्थल बनाउनुपर्ने, ट्राफिक जरिवानामा पूर्नबिचार गरिनुपर्ने, विद्युतीय सवारी खरिद गर्न प्रोत्साहन स्वरूप सरकारले ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने साथै विद्युतीय सवारीले वायु प्रदूषण नगर्ने भएको हुँदा ३० वर्षे आयु खारेज गरिनुपर्ने पनि व्यवसायीको माग छ।

सामाजिक सुरक्षा ऐन २०७४ मा यातायात क्षेत्रका चालक, परिचालक, कर्मचारी र स्वरोजगार चालकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य लैजानुपर्ने लगायतका माग पनि उनीहरूका छन्।

ज्ञापनपत्र बुझाएपछि यातायात व्यवसायी तथा मजदुर नेताहरूले बोल्दै प्रदेश सवारी तथा यातायात नियमावली यातायातका दलाल, माफिया र इलेक्ट्रिक भेहिकल (ईभी) गाडीको सो–रुमको प्रभावमा परेर ल्याएको, मन्त्री र सांसदको योग्यताको नियम ल्याउनुपर्नेमा मजदुर र नेतालाई निरुत्साहित गर्नेगरी यातायात नियमावली ल्याएको आरोप लगाए।

व्यवसायी र मजदुर नेतासँग भएको छलफलमा मिटरमा ट्याक्सी चलाउने सहमति भए पनि त्यस विपरीत व्यवसायी र मजदुरलाई सर्कुलर गरेर मिटरमा ट्याक्सी चलाउन रोकेको थाहा पाएपछि आक्रोशित भएर बसेका मन्त्री जुग्जालीले माफिया र दलालको पैसा खाएर नियमावली बनाएको आरोप लागेपछि व्यवसायी तथा मजदुर नेताहरूलाई उल्टै झपारेका थिए। ‘तपाईँहरू मजदुरको पक्षमा यो गरे, उ गरे भन्नुहुन्छ,’ उनले कड्किँदै भने, ‘मजदुर आएर मसँग रोएर गएका छन्। व्यवसायीले नै मजदुरलाई रुने बनाएको हो। व्यवसायीले नै मजदुरमाथि अन्याय गरेका छन्।

व्यवसायी र मजदुर नेताहरूले बुझाएको ज्ञापनपत्रप्रति आफू सकारात्मक भए पनि माफिया र दलालको चंगुलमा फसेको, आर्थिक चलखेल गरेर नियमावली ल्याएको भन्ने भनाई मन्त्रीको आपत्ति थियो। ‘आर्थिक चलखेल गरेको भए अख्तियारमा उजुरी हाल्न चुनौती दिँदै उनले भने, ‘कुनै माफिया वा दलालको एक रुपैयाँ लिएको प्रमाणित गर्नु हुन्छ भने एक मिनेट पनि पदमा बस्दिन।’

उनले माफिया र दलाललाई आफूले नचिन्ने भन्दै तिनीहरूसँग भेटेको प्रमाण भए पेस गर्न चुनौती दिए। आफूलाई दलाल र माफियाको चंगुलमा फसेको आरोप लगाउने यातायात व्यवसायी र मजदुर नेताहरू नै दलाल र माफिया भएको उनले आरोप समेत लगाए। ‘यस्तै हर्कत गरिरहे कुनै दिन मजदुरलाई बोलाएर उल्टै तपाईँहरू (यातायात व्यवसायी) विरुद्ध जाईलाग्ने बनाउँछु,’ मन्त्रीको जवाफ थियो। मन्त्री जुग्जालीले डर, धम्की र आन्दोलन गरेर आफूलाई गलाउँछु भन्ने सपना नदेख्नसमेत चेतावनी दिए।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले प्रदेशले बनाएको नियमावली सङ्घीय ऐन विपरीत रहेको बताए। उनले सङ्घीय ऐनसँग बाझिएका बुँदाहरू यातायात व्यवसाय सुरक्षित पनि हुने र सरकार पनि विवादित नहुने गरी संशोधन गर्नुपर्ने सुझाव दिए।

पोखरेली ट्याक्सी सेवा प्रालिका निवर्तमान अध्यक्ष प्रकाशमान तिवारीले स्वार्थ समूहको प्रभावमा नियमावली ल्याइएको आरोप लगाए। नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन गण्डकी प्रदेश समितिका अध्यक्ष विष्णुबहादुर खत्रीले नियमावलीमा सामाजिक सुरक्षा कोषमा लैजाने व्यवस्थाबारे उल्लेख नभएकोप्रति आपत्ति जनाए। उनले भइरहेका मजदुरलाई विस्थापित गर्ने उद्देश्यले राइड सेयरिङको कन्सेप्ट आएको भन्दै विरोध जनाए।

अखिल नेपाल यातायात मजदुर सङ्घ, गण्डकी प्रदेश समितिका अध्यक्ष सूर्यभक्त पौडेलले दुर्घटना बिमा ५ लाखबाट बढाएर ८ लाख पु¥याइएकोमा विरोध जनाए। सङ्घीय ऐनले ५ लाख मात्र भनेकाले त्यसभन्दा बढी रकम प्रदेशले राख्नु अनुचित हुने भन्दै उनले यदि राख्ने भए सो रकम मन्त्री र सचिवको तलब भत्ताबाट तिर्नुपर्ने चेतावनी दिए।

यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश समितिले ज्ञापन पत्र बुझाउने क्रममा मन्त्रीको अगाडि यातायात व्यवसायी र मजदुर नेताहरूले गरेको प्रस्तुति अशोभनीय भएको स्वीकारेका छन्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस