टेलिकममा पनि पस्यो ओम्नी
१९ असार २०७७
•
४ मिनेट पाठ
टेलिकममा पनि पस्यो ओम्नी
सरकारी निकायको आइटीमा महत्वपूर्ण ठेक्का हत्याउन सफल ओम्नी समूहले नेपाल टेलिकममा पनि प्रवेश पाएको तथ्य फेला परेको छ। लकडाउनको मौका छोपेर टेलिकमले ओम्नी समूह लगायतलाई सुटुक्क मासिक एक अर्बभन्दा माथिको व्यापार गर्न सक्नेगरी रिचार्ज कार्डको डिलर दिएको पाइएको हो।  




टेलिकमबाट यसअघि रिचार्ज कार्डको डिलरको जिम्मा पाएका ४० भन्दा बढी कम्पनीले सब–डिलर भएर काम गरेपछि मात्र डिलरको जिम्मा पाएका थिए। तर ओम्नीले सब–डिलरको काम नै नगरी बालुवाटारको दबाबमा डिलरको जिम्मा पाएको नेपाल टेलिकम उच्च स्रोतले बतायो।  

टेलिकम स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ अस्गर अलीको स्वामित्वमा रहेको अनलाइन विद्युतीय भुक्तानी प्रणाली ई–सेवासँग सहकार्य गर्नेगरी ओम्नीले टेलिकमको रिचार्ज कार्डको डिलर पाएको हो। प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका विश्वासपात्र रहेका अलीले निरन्तर दबाब दिएर ओम्नीलाई रिचार्ज कार्डको डिलर बनाएका हुन्।  

अहिलेको अवस्थामा रिचार्ज कार्डको डिलर थप्दा राम्रो सन्देश नजाने र अनुभव नै नभएको कम्पनीलाई डिलरको मान्यता दिन नहुने सुझाव टेलिकमका केही उच्च अधिकारीले दिए पनि टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बालुवाटारको दबाब भन्दै ओम्नीलाई मासिक अर्बभन्दा माथिको व्यापार गर्न सक्नेगरी टेलिकमको डिलर सुम्पिएको टेलिकम स्रोतको भनाइ छ।

यसअघि दुईदेखि तीन वर्षसम्म सब–डिलर भएर टेलिकमको रिचार्ज कार्ड बिक्री–वितरणमा महत्वपूर्ण भूमिका खेलेका कम्पनीलाई मात्र डिलर बनाउने गरिएकोमा त्यसमा कहिल्यै नजोडिएको कम्पनीलाई कोरोना कहरबीच एकैचोटि डिलर दिएकोमा टेलिकमका ती अधिकारीहरू आश्चर्य प्रकट गर्छन्।  

नेपाल दूससञ्चार प्राधिकरणको आइटी ल्याब, निर्वाचन आयोगको प्रिन्टर र पछिल्लो समय स्वास्थ्य सेवा विभागको मेडिकल सामग्री खरिदमा विवादित ओम्नीले त्यही प्रकृतिको लाभ नेपाल टेलिकमबाट समेत पाएको छ। नेपाल टेलिकमको दैनिक १० करोड रुपैयाँभन्दा बढीको रिजार्च कार्ड बिक्री हुँदै आएको छ। ओम्नीले डिलरको अनुमति पाएसँगै टेलिकमको सिमकार्ड र रिचार्ज कार्ड बेच्ने पाउने भएको छ।  

नेपाल टेलिकमका प्रवक्ता कृष्णप्रसाद भण्डारीले साउन १ बाट मान्यता पाउनेगरी ओम्नीलगायत केही कम्पनीलाई डिलरको काम दिइएको बताए। रिचार्ज कार्ड र सिमकार्ड बेच्न पाउनेगरी ओम्नीलाई डिलरको काम दिएको बताउँदै उनले अन्य विषय आफूलाई जानकारी नभएको तर्क गरे। ‘टेलिकमले नयाँ डिलर थपेको छ। त्यसमा ओम्नीको समेत नाम छ,’ प्रवक्ता भण्डारीले भने, ‘मेरो जानकारीमा भएको यति हो, अन्य विषय मलाई थाहा छैन।’

स्रोतका अनुसार ओम्नीले डिलर बनाउने उद्देश्यले नै नयाँ डिलर थप गर्ने प्रक्रिया अघि बढाएको हो। त्यही योजनाअनुसार ओम्नीले टेलिकमको रिचार्ज र सिमकार्ड बेच्न डिलर पाएको हो। प्राधनमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वार रुममा जडान गरिएको भिडियो कन्फेरेन्सिङ सिस्टम खरिदमा संलग्न भएदेखि प्रधानमन्त्रीका आइटी विज्ञ अलीसँग घनिष्ठ सम्बन्ध बनाएका ओम्नीका तुलहरि भुसालले उनकै आडमा टेलिकमको रिचार्ज कार्डको डिलर बन्ने अवसर प्राप्त गरेका हुन्। प्रधानमन्त्री र मन्त्रीहरूले प्रयोग गर्ने झन्डै १५ सय अमेरिकी डलर पर्ने म्याकबुक एयर (ल्यापटप) ७५ थान किन्ने ठेक्कासमेत ओम्नीले पाएको थियो।

प्रधानमन्त्रीको सल्लाहकार समूहसँग कसिलो सम्बन्ध बनाउन सफल ओम्नीले त्यसयताका ठेक्कामा पछाडि फर्केर हेर्नुपर्ने अवस्था आएको छैन। त्यसकै अर्को कडी टेलिकमको डिलर हो। ओम्नीमार्फत ई–सेवाले आफ्नो पहुँच नभएको ठाउँमा पनि व्यापार विस्तार गर्ने रणनीतिका साथ काम भएको स्रोतको भनाइ छ।  

मेडिकल सामग्री खरिदमा सेटिङ गरेर लागत बढाएको संसद्को सार्वजनिक लेखा समितिले निष्कर्ष निकालिसकेको अवस्थामा त्यही कम्पनीलाई टेलिकमको डिलर दिनुले टेलिकमका जिम्मेवार अधिकारीहरूमाथि गम्भीर प्रश्न उठेको सञ्चार मन्त्रालयका एक उच्च अधिकारीको आरोप छ। सिंगो मुलुक कोरोनासँग लडिरहेका बेला मेडिकल सामग्री खरिदको अनियमिततामा मुछिएको ओम्नीलाई नै हतारहतार रिचार्ज कार्डको डिलर दिने कुराले आशंका उत्पन्न गराएको ती अधिकारीको भनाइ छ।  

दूरसञ्चार प्राधिकरणको साढे तीन अर्बमा स्थापना गर्न खोजेको आइटी ल्याब खरिदमा ओम्नीको जेभीलाई मात्र मिल्नेगरी स्पेसिफिकेसन बनाएको आरोप लाग्दै आएको छ। ठेक्का गर्दा पछिल्लो पाँच वर्षमा एक अर्ब ८० करोड रुपैयाँ बराबरको सामान आपूर्ति गरेको र दुईवटा सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थामा १२ करोड रुपैयाँका चारवटा सम्झौतामा सूचना प्रविधि उपकरण आपूर्ति र जडान गरेको कम्पनी हुनुपर्ने सर्त राखिएको थियो। यो स्पेसिफिकेसन ओम्नीको जेभीले आपूर्ति गर्ने सामानसँग मात्रै मिल्छ। ६ महिनामा स्थापना गरिसक्नेगरी पाएको आइटी ल्याबको ठेक्का एक वर्ष हुन लाग्दासमेत अलपत्र छ।  

आइटी ल्याब लगायतको स्पेसिफिकेसनमा चलखेल गरेर ठेक्का हत्याएको ओम्नीले नेपाल टेलिकममा पनि जबर्जस्त उपस्थिति देखाएको छ।
अर्को समाचार
ओम्नी समूह कालोसूचीमा, एक वर्ष खरिदमा सहभागी हुन नपाउने
२९ भदौ २०७७
•
१ मिनेट पाठ
ओम्नी समूह कालोसूचीमा, एक वर्ष खरिदमा सहभागी हुन नपाउने
कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिदनमा संलग्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) लाई कालो सूचीमा राखिएको छ।




सार्वजनिक खरिद अनुगमन कार्यालयले ‌ओम्नीलाई सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा  एक वर्षसम्म सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो।

स्वास्थ्य सेवा विभागको सिफारिसमा ओम्नीलाई सोमबारदेखि लागू हुनेगरी कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमनको कार्यालयले जनाएको छ।

कोरोना भाइरस महामारी सुरु भएसँगै ओम्नीले स्वास्थ्य सामाग्री ल्याउने ठेक्का पाएको थियो। तर बजार मूल्य भन्दा धेरै र एकलौटी सम्झौता गरिएको भन्दै विरोध भएपछि स्वास्थ्य सेवा विभागले सम्झौता रद्ध गरेको थियो।

यो पनि पढ्नुहोस्

ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्ध

यो पनि पढ्नुहोस्

टेलिकममा पनि पस्यो ओम्नी
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस