काठमाडौँ, वैशाख २७- स्थानीय बजारमा छापावाल सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला ७०० रुपियाँले घटेर ५४ हजार ७०० कायम भएको छ।
छापावाल सुनको मूल्य हिजो ५५ हजार ४०० थियो।
यसैगरी तेजावी सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला रु ७०० ले घटी रु ५४ हजार ४९० कायम भएको छ भने हिजो तेजावी सुनको मूल्य प्रतितोला रु ५५ हजार १९० कायम रहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ।
यस्तै चाँदीको मूल्य हिजोको तुलनामा आज प्रतितोला रु १५ ले घटेर प्रतितोला रु एक हजार ४० कायम रहेकोछ भने हिजो चाँदीको मूल्य प्रतितोला रु एक हजार ५५ कायम रहेको थियो।
सङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा गिरावट आएकाले नेपालमा पनि सुनको मूल्यमा कमी आएको हो।
गत शुक्रबार स्थानीय बजारमा छापावाल सुनको मूल्य हालसम्मकै उच्च कायम भई प्रतितोला रु ५६ हजार कायम भएको थियो। रासस