चीनसँगका नाका बन्द हुँदा कर्णालीका उत्तरी क्षेत्रमा खाद्यान्न संकट
०३ असार २०७७
•
४ मिनेट पाठ
चीनसँगका नाका बन्द हुँदा कर्णालीका उत्तरी क्षेत्रमा खाद्यान्न संकट
सुर्खेत विमानस्थलबाट हवाइजहाजमार्फत हुम्लामा खाद्यान्न ढुवानी गरिँदैं । तस्बिर : नागरिक
कोरोना संक्रमणका कारण चीनसँगका सीमा नाका बन्द हुँदा कर्णाली प्रदेशका उत्तरी क्षेत्रमा खाद्यान्न संकट सुरु भएको छ । लामो समयको बन्दाबन्दी (लकडाउन)का कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चीन हुँदै सहुलियतको खाद्यान्न पठाउन पाएको छैन् भने दैनिक उपभोग्य वस्तु खरिद गर्ने नजिकका चीनका बजारहरू बन्द हुँदा उत्तरी क्षेत्रका जनताहरू खाद्य संकटमा परेका हुन् । सरकारले चीनसँग जोडिएका हुम्लाको नाम्खा, डोल्पाको डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकामा चीन हुँदै खाद्यान्न पठाउने गरेको थियो ।




चीनसँग सीमा जोडिएको डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्वा गुरुङले चीनसँगका सीमा नाका बन्द हुँदा उत्तरी क्षेत्रमा भोकमरी सुरु हुन थालेको बताए । ‘खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले चीन हुँदै पठाउने खाद्यान्न पनि लकडाउनका कारण आउन सकेन्, किनेर खानलाई चीनका बजार बन्द छन्,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘स्थानीय उत्पादन आलु र उवा पनि सकिसक्यो ।’

डोल्पोबुद्ध गाउँपालिकाको जनसंख्या २३ सय छ । अध्यक्ष गुरुङले सदरमुकाम दुनै आएर खाद्यान्न खरिद गर्न चार–पाँच दिन समय लाग्नुका साथै महंगो पर्ने भएकाले सरकारले अनुदानको खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गर्नुपर्ने बताए । ‘डिपोमा आएको खाद्यान्न जनताले सस्तोमा किनेर खान्थे,’ उनले भने, ‘लकडाउनका कारण सरकारी अनुदानको चामल नआउँदा जनताले चार–पाँच दिन लगाएर सदरमुकामबाट महंगोमा खाद्यान्न खरिद गरिरहेका छन् ।’ अध्यक्ष गुरुङले सरकारी अनुदानको चामल डिपोमा क्विन्टलको ५१ सय रुपैयाँ पर्दथ्यो भने अहिले सदरमुकाम गएर किन्दा ३० किलोकै पाँच हजार रुपैयाँ पर्छ ।

चीनसँग जोडिएको डोल्पाकै शे–फोक्सुण्डो गाउँपालिकाका पनि अहिले खाद्य संकट छ । अध्यक्ष टसी तुन्डुप गुरुङले दैनिक उपभोग्यवस्तुको अभाव हुँदा जनता मारमा परेको बताए । ‘गत वर्षको बाँकी रहेको खाद्यान्नले केही समय धान्यो, स्थानीय उत्पादन आलु र उवाँ चार महिनालाई मात्रै पुग्छ,’ अध्यक्ष गुरुङले भने, ‘एक साताभित्र खाद्यान्न नआइपुगे यहाँ मानिसहरू खानै नपाउने अवस्था छ ।’ उनले यो वर्ष यार्सा संकलन गर्न नपाउँदा स्थानीयहरूसँग खाद्यान्न खरिदका लागि पैसा पनि नभएको बताए । 

शे–फोक्सुण्डो भुगोलका हिसावले सबैभन्दा ठुलो स्थानीय तह हो । यहाँको जनसंख्या ४२ सय छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षका लागि दुई हजार क्विन्टल खाद्यान्न शे–फोक्सुण्डोका लागि छुट्याएको थियो । डोल्पोबुद्धका लागि तिब्बतको मोरिम र र शे–फोक्सुण्डोका लागि क्याटो नाकाबाट खाद्यान्न ढुवानी गर्ने गरिएको थियो ।  

यस्तै हुम्लाको नाम्खा गाउँपालिकामा काठमाडौं–केरुङ हुँदै हिल्सा नाकाबाट खाद्यान्न भित्र्याउने गरिएको थियो । गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ(लामा)ले सरकारी अनुदानको दुई हजार क्विन्टल खाद्यान्न नआउँदा भोकमरी सुरु भएको बताए । ‘लकडाउनका कारण चीनको बाटो हुँदै आउने खाद्यान्न रोकिएको छ,’ उनले भने, ‘चामल नहुँदा भोकमरी सुरु भइसकेको छ ।’  

उनले चीन हुँदै आउने खाद्यान्नलाई रुट परिवर्तन गरेर हेलिकोप्टरमार्फत सदरमुकाम सिमीकोटसम्म ल्याइदिन प्रदेश र संघीय सरकारसँग पटक–पटक आग्रह गरिएको बताए । ‘चीन हुँदै आउने खाद्यान्न हेलिकोप्टरमार्फत सिमीकोटसम्म प्रदेश र संघीय सरकारले ल्याइदिए त्यहाँबाट हामी आफै ढुवानीको व्यवस्था मिलाउँथ्यौं,’ उनले भने, ‘एक महिना अघिदेखिनै खाद्यान्न ढुवानी गरिदिन आग्रह गरेका छौं, अहिले सुनुवाई भएको छैन् ।’

गाउँपालिका अध्यक्ष तामाङले सीमा नाका बन्द हुँदा खाद्यान्न जोहो गर्ने बाटो पनि बन्द भएको बताए । ‘यहाँका स्थानीयहरूको सामान खरिद–विक्री गर्ने मुख्य बजार चीनको ताक्लाकोट हो,’ उनले भने, ‘नाकानै बन्द भएपछि खाद्यान्न जोहो गर्ने बाटो पनि भन्द भयो ।’ नाम्खाका ४७ सय जनसंख्याका लागि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा दुई हजार क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको थियो ।

नाम्खामा खाद्यान्न संकट बढ्दै गएपछि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड सिमीकोट शाखाले पछि सट्टाभर्ना गर्ने गरेर १३१ क्विन्टल चामल चच्चडमार्फत यालवाङ डिपोमा पठाएको छ ।  

कम्पनीका कर्णाली प्रदेश प्रमुख भिमबहादुर थापाले तत्कालका लागि खाद्यान्न संकट टार्न सिमीकोटबाट नाम्खा गाउँपालिकाको यालवाङ डिपोमा खाद्यान्न पठाइएको बताए । ‘काठमाडौंबाट चीनको बाटो हुँदै उत्तरी क्षेत्रका जनताका लागि पठाउनुपर्ने खाद्यान्न लकडाउनका कारण पु¥याउन सकिएन्,’ थापाले भने, ‘बैकल्पिक व्यवस्थाका लागि छलफल भइरहेको छ ।’
अर्को समाचार
खाद्यान्नको जोहो गर्न विज्ञको सुझाव, सरकार भन्छ- ‘गम्भीर छौँ’
२२ वैशाख २०८०
•
४ मिनेट पाठ
खाद्यान्नको जोहो गर्न विज्ञको सुझाव, सरकार भन्छ- ‘गम्भीर छौँ’
विज्ञहरुले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन्। हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरुको सुझाव छ।




नेपालमा यस वर्षको वर्षा याममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका छन्।

विज्ञहरुले गत वर्षको हिउँदमा पनि आवश्यक भन्दा कम वर्षा भएको र वर्षा याममा पनि सुक्खा खडेरी पर्ने हुँदा भोकमरी, कृषि उत्पादनमा कमी लगायत अन्य समस्याहरु सिर्जना हुनसक्ने भन्दै पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिएका हुन्।

जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको वर्षा याममा आवश्यक वर्षा नहुने भन्दै सरकारले खाद्य सुरक्षाका लागि आवश्यक रणनीति बनाइ पूर्व तयारी थाल्नुपर्ने सुझाव दिए। उनले गहुँ, धान, मकै लगायतका बालीहरुमा कमी आउने र खाद्यान्न पहिलाको भन्दा बढी आयात गर्नुपर्ने स्थिति आउनसक्ने भन्दै समयमा नै पूर्वतयारी गर्न सरकारलाई सुझाव दिए। उनले वर्षायाम आउँदा समुन्द्रको सतहको तापक्रममा आएको उत्तारचढावका कारण कम वर्षा हुने बताए। यस वर्षको वर्षायाममा औषत भन्दा कम वर्षा हुने प्रक्षेपण विभिन्न अध्ययनले देखाइसकेको भन्दै आकाशे खेतीहरु घट्ने बताए। उनले दक्षिण एशिया क्षेत्रमा यस पटक कम वर्षा हुने आँकलन गरिएकाले त्यसको असर नेपालमा पनि पर्ने बताए। विज्ञ डा. उप्रेतीले जलवायु परिवर्तनका कारण वर्षा कम हुँदा कृषि उत्पादकत्व घट्ने हुनाले सबैले समयमा नै खाद्यान्नको जोहो गर्न आग्रह गरे।

विज्ञ डा. उप्रेतीले भने, ‘हिउँदे वर्षा हाम्रो २१ प्रतिशत मात्रै भयो। अत्यन्तै न्युन वर्षा हो। त्यसले ल्याउने भोकमरी, कृषि उत्पादनमा हुने कमी, मैले लिएको जानकारी अनुसार गहुँको मूल्य ह्वात्तै बढेको छ। किनभने यसपटक उत्पादन नहुने देखेपनि व्यापारीहरुले गहुँको मूल्य बढाइसकेका छन्। त्यसको सिधा असर गहुँ आयात गर्नुपर्ने देखियो। यतिबेला केही मात्रामा वर्षा भएपनि जुन महिनाको जब वर्षायाम आउँदैछ, वर्षायाम आउँदा समुन्द्रको सतहको तापक्रममा आएको उत्तारचढाव छ, लालिना कण्डिसन पहिला थियो, त्यो अन्त्य हुने अवस्था छ। एलिनो भन्ने त्यसको ठिक अपोजिट अवस्था हो, त्यो अवस्था देखिँदै छ, यो अवस्था देखिएका पछिल्ला धेरै वर्षको इतिहास हेर्ने हो भने सुक्खा र खडेरी भएको अवस्था नेपालको इतिहाले देखाउँछ। भारतले पनि यस वर्षको वर्षायाममा औषत भन्दा कम वर्षा हुने भनेर प्रक्षेपण गरिसकेको अवस्था छ। अमेरिकाको नेवा भन्ने संस्थाले पनि त्यसलाई प्रमाणित गरिसकेको छ। समग्रलाई हामीले हेर्ने हो भने दक्षिण एशिया क्षेत्रमा यस पटक कम वर्षा हुने आँकलन गरिएको छ। धेरै अध्ययन हेर्दा थोरै वर्षा हुने भनिएकाले यसको सिधा असर हाम्रो कृषि प्रणालीमा, उत्पादनमा देखिन्छ। आकाशे पानीमा भर परेर गरिने खेतीको उत्पादकत्व घट्छ, यसले खाद्यान्नमा असर पर्छ। आर्थिक अवस्था कमजोर भएको बेलामा झनै खाद्यान्न आयात गर्नुपर्ने अवस्था आयो भने त्यसको लागि हामीले आजैदेखि तयारी गर्नुपर्छ, त्यसको आँकलन गर्नुपर्छ। आँकलन गरेर त्यसको आधारमा योजना बनाउनुपर्ने आवश्यक छ। कम पानी पर्नु पनि जलवायु परिवर्तनको असर हो। धेरै हुनु पनि जलवायु परिवर्तनको असर हो। समुन्द्रको सतहको तापक्रम कतै तातो छ, कतै चिसो छ, नर्मल अवस्था छैन। ३० वा सो भन्दा बढी समयको अवस्थाको परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ। वर्षा समयमा नेपालमा यसको असर पर्छ। जलवायु परिवर्तनका कारण कृषि प्रणालीमा नै उत्पादकत्व घट्ने हुन्छ।’

यता सरकारले आगामी मनसुन सिजनमा कम वर्षा हुने मौसमविद्हरुको आँकलन रहेको भन्दै खाद्यान्न जोहो गर्नुपर्नेमा सरकार सचेत रहेको बताए। बिहीवार जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन सिजनको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोवन्दप्रसाद शर्माले मौसमविद्हरुको अनुमानलाई मध्यनजर गरेर सरकारले मौसमी अन्नबालीमा लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याएको बताए। उनले विगतका वर्षहरुको तुलनामा यस वर्ष आकाशे पानी मनसुन सिजनमा कम हुने आँकलन रहेको भन्दै त्यही अनुसार सरकारले आवश्यक रणनीति बनाइरहेको बताए। उनले मनसुन सिजनमा विशेष गरी धान रोप्ने बेलामा मध्यनजर गरी सिंचाईमा विशेष जोड दिनुपर्ने देखिएको बताए।

उनले भने, ‘रेनफल पहिलाको भन्दा जुन हाम्रो प्रडिक्टेभ एभ्र्रेज छ, त्यो भन्दा स्टाब्लिस एभ्रेज डेटा त्यो भन्दा बढी हुन्छ भनेको छ, त्यो ४५ देखि ५५ प्रतिशत भनेको छ। केही भुगोलहरुमा ३५ देखि ४५ प्रतिशत हायर हुन्छ, समग्रमा भनिएको छ। एभ्रेज टेम्पे्रचर हायर हुन्छ र एभ्रेज मिनिमम टेम्प्रेचर पनि विगतको हायर हुन्छ भनेपछि अब किसानलाई धान रोप्ने समयमा आकाशे खेती गर्नेहरुलाई थोरै हिट गर्छ। नदीलाई हामीले हेर्नुपर्छ भन्नेकुरामा हाम्रो ध्यानाकर्षण भएको छ। हामीले धान रोप्न पाइयो भनेपनि त्यसपछि थप काम हुँदै जान्छ। मौसमी अन्नबाली र मकैहरुमा समेत लगानी बढाउनुपर्छ भन्ने अनुमान हाम्रो छ। पूर्वसूचना प्रणालीको विकास सबै पालिका स्तरमा हुन जरुरी छ।’

सचिव शर्माले सरकारले सबै पालिकाहरुमा मौसमबारे पूर्वसूचना प्रणाली बिस्तार गरी नागरिकलाई सुसूचित बनाउनुपर्ने बताए।  
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस