नयाँ दिल्ली, फागुन १० (एजेन्सी)- अन्तरिक्ष छुने शैलीमा सुरुवात् गरेको भारतको किङफिसर एयरलाइन्स जम्मा पाँच/छ वर्षमै कसरी भासिने स्थितिमा पुग्यो भन्ने कथा भारतको विमान उद्योगमात्र नभई पूरै कर्पोरेट जगतमा चर्चाको विषय बनेको छ।
सन् २००५ मा किङफिसरको सुरुवात् समयमा त्यसको रङ्गढङ्ग देखेरै निकट भविष्यमा यसले भारतको घरेलु एयरलाइन्सको दिशा परिवर्तन गर्ने लख काटिएको थियो।
स्थिति भित्रभित्रै बिग्रिसकेको थियो
आफ्नो बेग्लै कार्यशैली तथा सेवाको भरमा किङफिसरले त्यतिबेला भारतको घरेलु विमान उद्योगको आकासलाई ढाक्दै गरेका इन्डियन एयरलाइन्स र जेट एयरलाइन्सलाई कडा टक्कर दिएर बजारमा आफ्नो बेग्लै स्थान हासिल गरेको थियो। यसले भविष्यमा हुन सक्ने असरलाई ध्यानमा नराखिकन टिकटको मूल्यमा निकै सस्तो बनाएलगत्तै यो सबैको पहिलो रोजाइको एयरलाइन्स बन्न पुग्यो।
त्यसबाहेक यसले टिकटमा चिठ्ठाको व्यवस्था पनि गरेको थियो। त्यसबाट यो यात्रुमाझ लोकप्रिय भए पनि आर्थिकरुपमा भने खोक्रिँदै गयो। यसका लागि जानकार कम्पनीका तर्फबाट गरिएका केही त्रुटिपूर्ण निर्णय र विमान उद्योगसँग जोडिएका कतिपय व्यावहारिक कठिनाइलाई जिम्मेवार मान्छन्।
सेयर बजारमा पनि झर्यो
हवाई कारोबारमा निकै कम समयमा आफ्नो प्रभुत्व कायम गर्न सफल 'किङ' को स्थिति यसरी बिग्रियो कि मङ्गलबार लगातार चौथो दिन पनि उसको २५ भन्दा बढी उडान रद्द भएको थियो। यो कम्पनी अहिले आफ्ना कर्मचारीलाई पारिश्रमिक दिन सक्ने स्थितिमा पनि छैन। पछिल्लो चार दिनमा सयौँ उडान रद्द गरिसकेको किङफिसरको सेयर बजारमा पनि निकै पिटाइ भइरहेको छ। हुन त मङ्गलबार सेयर शून्य दशमलव ७५ प्रतिशतले बढेर २६ दशमलव ८० रुपियाँको भाउमा पुग्यो। अर्कोतर्फ किङफिसरको उडान रद्द हुनुको फाइदा जेट एयरवेज र स्पाइसजेट जस्ता अन्य विमानले प्राप्त गरिरहेका छन्।
एयरलाइन उद्योगका जानकारहरूका अनुसार किङफिसरको घाटाको मुख्य कारण यसको प्रतिस्पर्धी भाडा नभई कामकाजको शैली र व्यवस्थापनसँग जोडिएका कतिपय निर्णय हुन्। भाडाबाट त राम्रो नाफा भएको देखिएको छ।
झिनो आशा बाँकी
आर्थिक सङ्कट एवम् बिग्रिएको स्थिति भए पनि किङफिसरका लागि एउटा झिनो आशाको खबरका रुपमा यसले प्राप्त गर्ने ऋणको सम्भावना रहेको छ। यसले अझ पनि १ हजार ६ सय करोड रुपियाँ मद्दत पाउन सक्नेछ। तर ऋण दिनेहरूका तर्फबाट यसको चालू पुँजी (वर्किङ क्यापिटल) का रुपमा ६ सय ४० करोड रुपियाँ र ब्याज भुक्तानका लागि आठ सय करोड रुपियाँ ऋण भेट्टाउन सक्नेछ। यस सम्बन्धमा अन्तिम निर्णय लिन किङफिसर एयरलाइन्सका ऋणदाताहरूले चाँडै नै बैठक गर्ने भएका छन्। यसबीच कम्पनीका प्रमुख कार्यकारी सञ्जय अग्रवालले उडान रद्द हुने स्थिति आगामी पाँच/सात दिनमा ठीक हुने बताएका छन्।
किङफिसरको ओरालो यात्रा
सन् २००५ को जुनमा किङफिसर एयरबस ए ३२० को अर्डर दिने भारतको पहिलो घरेलु विमान सेवा बनेको थियो। हुन त पछि आर्थिक स्थिति बिग्रिएपछि यसले पाँच विमानको त्यो अर्डर रद्द गरेको थियो।
सन् २००६ मा मेट्रो रुटबाहेक ३० नयाँ रुटमा किङफिसरको घरेलु उडान सुरु भएको थियो। सन् २००६ को अप्रेलमा स्थापनाको एक वर्षभित्र नै नाफाको दाबी गरे पनि ६ सय ३ करोड रुपियाँको नोक्सान भएपछि कम्पनीलाई ठूलो झट्का लागेको थियो।
पहिलो वर्षदेखि नै सुरु भएको घाटाको सिलसिला सन् २००९ सम्म बढेर लगभग २ हजार ६ सय करोड पुग्यो। त्यसपछि कम्पनीको ऋण १६ हजार करोडको स्तरसम्म पुग्यो। सन् २०११ मा पाइलटको हडताल र ठूलो सङ्ख्यामा उडान रद्द भएपछि कम्पनी झनै अप्ठेरोमा पुगेको थियो। र किफायती हवाई सेवा किङफिसर रेडलाई बन्द गरियो।