विश्व व्यापार संगठनका अध्यक्ष अजिभिडोद्वारा राजीनामा
०२ जेष्ठ २०७७
•
१० मिनेट पाठ
विश्व व्यापार संगठनका अध्यक्ष अजिभिडोद्वारा राजीनामा
विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजिभिडोले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएको बिहीबार घोषणा गरेका छन्  ।  

अमेरिका–चीनबीच व्यापार तनाब जारी नै रहेको तथा कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा व्यापक असर पारेकै अवस्थामा डब्लुटिओका प्रमुखले “व्यक्तिगत” कारण देखाउँदै राजीनामा गरेका हुन् ।  

उनले आफ्नो पदबाट आगामी अगष्ट ३१ लागू हुने गरी राजीनामा गरेका छन्। उनी विगत सात वर्षदेखि डब्लुटिओको प्रमुखको रुपमा कार्यरत छन्।

स्वीट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको डब्लुटिओ र यसको नेतृत्वको कार्यशैलीप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तिखो आलोचना गर्दै आएका  थिए। उनले चीनसँगको व्यापार युद्धका क्रममा डब्लुटिओले चीनको पक्षमा बढी काम गरेको र अमेरिकी सरोकारका विषयमा विल्कुलै चासो नदिएको आरोप लगाएका थिए ।  

डब्लुटिओको मुख्यालयमा संगठनका प्रतिनिधिहरुसँगको विशेष बैठकमा महानिर्देशक अजिभिडोले आफूले यस राजीनामालाई सामान्य रुपमा नलिएको बताउँदै आफ्नो राजीनामा पारिवारिक निर्णय र व्यक्तिगत निर्णय रहेको स्पष्ट गरेका छन्। आफ्नो राजीनामाले संगठनको सर्वोत्तम हितलाई पक्षपोषण गर्ने पनि उनले विश्वास व्यक्त गरेका छन् ।

डब्लुटिओ स्थापना भएको २५ वर्ष पुगेको छ, तर कुनै पनि महानिर्देशकले बीचमै पदत्याग गरेका छैनन् । संगठनको नियम बमोजिम अब नयाँ महानिर्देशकको नियुक्तीको प्रक्रिया शुरु हुनेछ ।

ब्राजिली अर्थशास्त्री अजिभिडोको नेतृत्वको डब्लुटिओ विरुद्ध ट्रम्प प्रशासनले निरन्तर आलोचना गरेको थियो । डब्लुटिओले चिनियाँ कैयौं व्यापार व्यवसायमा चीन सरकारले स्वीकृत नियम विपरीत दिइरहेको सरकारी अनुदानलाई आँखा चिम्लेको तथा बौद्धिक सम्पत्तिको सुरक्षाका मामिलामा डब्लुटिओले ढुलमुले नीति लिएको आरोप अमेरिकाको छ ।  

पेन्सिलभेनिया प्रस्थान गर्नुअघि ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अजेभेडोको राजीनामा उपयुक्त निर्णय हो भनेका छन्। “विश्व व्यापार संगठनले हामीलाई निकै नराम्रो व्यवहार गरेको थियो । मैले यो कुरा लामो समयदेखि भन्दै आएको छु । उनीहरुले चीनलाई विकासशील मुलुक ठान्छन्, त्यसकारण चीनले त्यसको आडमा धेरै लाभ लिइरहेको छ तर अमेरिकाले केही पाएको छैन ।”

सन् २००१ मा चीनले डब्लुटिओको सदस्यता प्राप्त गरेको थियो ।  

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरले अजिभिडोको उदाहरणीय सेवाप्रति धन्यवाद दिए। “डब्लुटिओका धेरै कमीकमजोरीका बाबजूद रोबर्टोले संस्थालाई महत्वपूर्ण नेतृत्व प्रदान गर्न सक्षम भएका छन् ।”

अजिभिडोको कार्यकालमा डब्लुटिओप्रति रुष्ट भएको संयुक्तराज्य अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार विवादको सुनुवाई गर्ने पुनरावेदन अदालतको आकार घटाएको थियो । चिनियाँ पूँजीवादी–सामाजिक आर्थिक प्रणालीद्वारा सिर्जित नयाँ चुनौतीहरु सामना गर्न डब्लुटिओ असफल रहेको भन्दै अमेरिकाले डब्लुटिओमा नयाँ न्यायाधीशहरुको नियुक्ती रोकेको थियो ।  

“नियम–आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणाली” को कार्यान्वयनका लागि अत्यावश्यक मानिएका न्यायाधीशको नियुक्तीमा भएका ढिलाइले ठूलो समस्या निम्त्याएको थियो । महानिर्देशक अजिभिडोले न्यायाधीशको नियुक्त संगठनको नियमित कार्य संचालनका लागि अपरिहार्य रहेको बताउँदै आएका थिए।
अर्को समाचार
डब्लुटिओ मन्त्रीस्तरीय बैठक : सहुलियत कायम राख्न नेपालको माग
१७ फागुन २०८०
•
३ मिनेट पाठ
डब्लुटिओ मन्त्रीस्तरीय बैठक : सहुलियत कायम राख्न नेपालको माग
फाइल तस्बिर
सन् २०२६ मा अल्पविकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भएपछि पनि निश्चित अवधिका लागि अन्तर्राष्ट्रिय सहयोग र सहुलियत निरन्तर जारी रहनुपर्ने माग नेपालले गरेको छ।

संयुक्त अरब इमिरेट्सको अबुधाबीमा जारी विश्व व्यापार संगठन (डब्लुटिओ) को १३औं मन्त्रीस्तरीय बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले यस्तो माग गरेका हुन्।

विशेषगरी शुल्कमुक्त तथा कोटामुक्त बजार पहुँच, विशेष र फरक व्यवस्था, उत्पत्तिको अधिमान्य नियम, सेवा छुट, व्यापार र प्रविधिका लागि सहायता, क्षमता विकासलगायत क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायको सहयोग निरन्तर रहनुपर्नेमा नेपालले जोड दिएको छ। यी व्यवस्थाले अन्ततः बहुपक्षीय व्यापार सम्झौता र प्रतिबद्धता कार्यान्वयनमा सघाउ पुग्ने मन्त्री रिजालको भनाइ छ।

अन्तर्राष्ट्रिय व्यापारमा पाउँदै आएको विभिन्न सहुलियत सन् २०२६ देखि गुम्ने खतरा हुँदाहुँदै पनि विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने तयारी नेपालको छ। सन् २०२३ को अक्टोबरमा सम्पन्न डब्लुटिओको साधारणसभाले स्तरोन्नतिको दिशामा उन्मुख राष्ट्रलाई दिइँदै आएको सुविधा तथा सहुलियतलाई केही समयावधिका लागि निरन्तरता दिने निर्णय गरेको थियो।

डब्लुटिओको साधारणसभाको उक्त निर्णयको स्वागत गर्दै मन्त्री रिजालले स्तरोन्नतिका लागि अल्पविकसित राष्ट्र समूह (एलडिसी ग्रुप) ले तयार गरेको प्रस्तावलाई सबै सदस्य राष्ट्रले समर्थन गर्नुपर्ने बताए। ‘स्तरोन्नतिका क्रममा आइपर्ने चुनौती सम्बोधन गर्न एलडिसी समूहले तयार गरेको प्रस्तावअनुसार रचनात्मक उपाय अवलम्बन गर्न जरुरी छ,’ मन्त्री रिजालले मन्त्रीस्तरीय बैठकलाई सम्बोधनका क्रममा मंगलबार भने।

स्तरोन्नतिका क्रममा अल्पविकसित राष्ट्रलाई निश्चित समयावधिका लागि सहयोग गर्नुपर्ने विषयमा सबैको सहमति रहे पनि कति वर्षसम्म भन्ने टुंगो लागेको छैन। स्तरोन्नति भएपछि तीन वर्ष यस प्रकारको सहायता दिन विकसित राष्ट्र सहमत देखिन्छन्। अल्पविकसित राष्ट्रहरू भने सहयोग थप केही वर्षका लागि जारी रहनुपर्ने पक्षमा छन्।

विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुनु अल्पविकसित राष्ट्रको विकासका लागि महŒवपूर्ण खुट्किलो मानिए पनि अन्तर्राष्ट्रिय सहुलियत बन्द भएपछि विश्व अर्थतन्त्रमा एकीकृत हुन यी राष्ट्रले थुप्रै चुनौती सामना गर्नुपर्ने हुन्छ। तीन वर्षदेखि डब्लुटिओ र एलडिसी समूह चुनौती सहज सम्बोधन संयन्त्र निर्माण गृहकार्यमा जुटेका छन्। विशेषगरी डब्लुटिओका उपसमितिहरू यस प्रकारको विशेष व्यवस्था गर्ने छलफलमा जुटेका छन्।

विश्वका ४६ वटा अल्पविकसित राष्ट्रमध्ये १६ स्तरोन्नतिको विभिन्न चरणमा छन्। यीमध्ये नेपाललगायत एंगोला, बंगालादेश, कम्बोडिया, लाओ पिपुल डेमोक्र्याटिक रिपब्लिक, सेनेगल, सोलोमन आइल्यान्ड, जाम्बियालगायत १० राष्ट्र यसअघि नै डब्लुटिओको सदस्य छन्। हाल भुटान, कोमोरस, साओ टोम एन्ड प्रिन्सिप र टिमोर लेस्टे डब्लुटिओ सदस्य बन्ने तरखरमा छन्। यसैगरी तत्काल अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुने सूचीमा किरिबाटी र टुभालु छन्।

डब्लुटिओ सदस्य राष्ट्रका मन्त्रीहरू सहभागी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री रिजालले पछिल्लो कालखण्डमा संरक्षणवाद, व्यापारिक साझेदारका बीच एकतर्फी व्यापारिक व्यवस्था जस्ता समस्याले बहुपक्षीय व्यापारिक प्रणाली प्रभावित भएको बताए। उनले बहुपक्षीय व्यापार प्रणालीमा अल्पविकसित राष्ट्रका चिन्ता र चासो सम्बोधन हुनुपर्ने बताए।

‘खाद्य सुरक्षामा सुनिश्चतता, कृषि क्षेत्रमा सुधार, ई–कमर्श, साना तथा मध्यम खालका व्यवसायका लागि उपयुक्त वातावरण सिर्जना, डब्लुटिओअन्तर्गत द्वन्द्व समाधानसँग सम्बद्ध विषयलाई तत्काल प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने। मन्त्री रिजालले डब्लुटिओको पुनरावेदन निकायमा सदस्यहरूको नियुक्तिमा भएको ढिलाइले यो संगठनको प्रभावकारितामा प्रश्न उठेको समेत बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस