काठमाडौं, माघ २८ (नागरिक)- नेपाल वायुसेवा निगमले काठमाडौं–नयाँदिल्ली सेक्टरको भाडा २५ प्रतिशतले घटाएको छ। अब दिल्ली जान प्रतियात्रु करबाहेक ३ हजार रुपैयाँ भए पुग्छ।
'आगामी फागुन २० सम्मका लागि ३ हजार रुपैयाँमा दिल्ली उडाउँछौं,' निगमका कर्पोरेट निर्देशक तथा प्रवक्ता ओबी गुरुङले बिहीबार नागरिकसँग भने, 'यो प्रबर्द्धनात्मक भाडा दर हो।' यसअघि यो भाडा करबाहेक ४ हजार रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय उडान गर्ने दुईमध्ये बोइङ ७५७ ९एन एसिबी जहाजको इन्जिनको मोड्युल ७ का ७० आउटलेट गाइड भेनमध्ये दुईवटा चर्किएपछि गत कात्तिक ९ मा 'ग्राउन्डेड' भएको थियो। त्यसपछि उक्त जहाजमा जगेडा इन्जिन जडान गर्न र नियमित मर्मतसम्भार (सिचेक) का लागि इजरायल गएपछि निगमले दुई महिनादेखि दिल्ली उडान गरेको थिएन।
'भाडा घटाउने निर्णय हाम्रो व्यापारिक रणनीति हो,' प्रवक्ता गुरुङले भने,
'दिल्लीमा गुमेको व्यापार पुनः प्राप्त गर्न यस्तो गरेको हौं।'
त्यसै गरी निगमले काठमाडौं–दिल्ली दुईतर्फी भाडा दर करबाहेक ६ हजार रुपैयाँ पनि तोकेको छ। 'सहुलियत भाडा दरबाट यात्रु चाप बढ्ने विश्वास छ,' उनले भने।
उनका अनुसार बिहीबारबाट दुईवटै ठूला जहाजले अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि निगमलेे भाडा कटौती गरेको हो। एउटामात्र जहाज हुँदा निगमले सातामा ११ उडान गर्दै आएको थियो। 'अब सातामा २२ उडान गर्ने तालिका सार्वजनिक गरेका छौं,' उनले भने।
तालिकाअनुसार दिल्लीका लागि दैनिक एक, मलेसियाको क्वालालम्पुरका लागि शनिबारबाहेक सातामा ६, हङकङ, दुबई, दोहा र बैंककका लागि भने सातामा तीन–तीन उडान हुनेछ। निगमले दुबईबाट दोहाका लागि भने कनेक्टिङ उडान गरिरहेको छ।
अरू सेक्टरमा भने निगमले भाडा दर यथावत राखेको छ। यसअघि दिइएको छुटअनुसार काठमाडौं–हङकङ–काठमाडौंको भाडा प्रतियात्रु ३२ हजार रुपैयाँ छ। त्यसअघि ३५ हजार थियो। काठमाडौं–दुबई र काठमाडौं–दोहाको भाडा १२ हजारबाट १० हजार रुपैयाँ बनाएको थियो। यी सबै दर गत साउन अन्तिमसम्म मात्र थियो।
त्यसबेला दुबईबाट काठमाडौंको भाडा प्रतियात्रु ६ हजार ५ सय ९१ रुपैयाँ, दोहाबाट ८ हजार १ सय ८४, दुबई–काठमाडौं–दुबई १३ हजार १ सय ८२ र दोहा–काठमाडौं–दोहाका लागि प्रतियात्रु १३ हजार २ सय ६० रुपैयाँ बनाएको थियो।
गत वर्ष फागुन तेस्रो साताबाट दिएको छुटअनुसार काठमाडौं–दिल्लीका लागि भाडा ४ हजार रुपैयाँ र बैंकक दुईतर्फी २० हजार रुपैयाँ थियो। त्यसअघि क्रमशः ८ हजार र ३५ हजार थियो। आन्तरिकतर्फ काठमाडौं–पोखरा १ हजार २ सय रुपैयाँ तोकिएको थियो। छुट नहुँदा पोखराको भाडा २ हजार ५ सय रुपैयाँ तिर्नुपर्थ्यो।
बोइङ ७५७ ९एन एसिबीको सिचेक इजरायलको राष्ट्रिय ध्वजावाहक एलाल एयरलाइन्स र जगेडा इन्जिन मर्मत स्पेनको राष्ट्रिय ध्वजावाहक आइबेरियामा गरिएको थियो। सिचेकका लागि २६ करोड र इन्जिन मर्मत गर्न २४ करोड रुपैयाँ खर्च लागेको निगमले जनाएको छ। ग्राउन्डेड अवस्थामै सिचेक पनि गर्नुपर्ने भएपछि एसिबीलाई इजरायल लगिएको थियो।
निगमसँग रहेको सिरियल नम्बर ३०६२४ को उक्त जगेडा इन्जिन २०६६ साउनबाट २०६७ असारसम्म ११ महिना हङकङमा राखिएको थियो। गत असार २६ मा निगमले जगेडा इन्जिनलाई हङकङबाट स्पेन पुर्याएको थियो। निगमले दुई वर्षका लागि इन्जिन मर्मत गर्ने सम्झौता आइबेरियासँग गरेको छ।