-फ्लाइ दुबईबाट मंगलबार दुबई जान लागेका यात्रु साढे तीन घन्टा जहाजभित्रै बस्न बाध्य-
-कतार एयरवेज अवतरण गर्न नसक्दा साढे दुई घन्टा आकाशमै 'होल्ड', ओमान एयर र जेट एयरवेज 'डाइभर्ट' भएर लखनऊ अवतरण
सुशील भट्टराई, काठमाडौं, मंसिर ८- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक समस्याले मंगलबार अन्तर्राष्ट्रिय उडान चार घन्टा अवरुद्ध भए।
विमानस्थलको कोटेश्वरस्थित भिओआर यन्त्रको एन्टेनामा खराबी आएकाले उडानको तयारीमा रहेका र अवतरण गर्न आएका अधिकांश अन्तर्राष्ट्रिय उडान रोकिएका हुन्। दिउँसै आइपुगेका जहाज अवतरण गर्दासम्म रात परिसकेको थियो। विमानस्थल टावरले क्लियरेन्स नदिँदा ती जहाज आकासमै उडिरहेका थिए।
उडानको तयारीमा रहेको फ्लाइ दुबई एयरलाइन्सले दुबई जाने उडानै रद्द गर्यो। अन्यले भने चार घन्टापछि उडान गरे। यसबाट यात्रुसँगै उनीहरूलाई बिदाइ र स्वागत गर्न आएका सयौं सर्वसाधारण विमानस्थलमा अलपत्र देखिन्थे।
दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाज साढे दुई घन्टासम्म आकाशमै 'होल्ड' गरेको थियो। यो जहाज ३ः४५ मा बस्नुपर्ने तालिका थियो। त्यस्तै ओमान एयर र जेट एयरवेज यहाँ बस्न नसकी 'डाइभर्ट' भएर लखनऊ अवतरण गरेको विमानस्थलका महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठले जानकारी दिए।
'करिब साढे १ बजेदेखि 'भेरी हाइ फ्रिक्वेन्सी ओम्नी डिरेक्सन रेडियो रेन्जेज' (भिओआर) मेसिनको एन्टेनामा खराबी आएका कारण चार घन्टासम्म अन्तर्राष्ट्रिय उडान प्रभावित भयो,' उनले नागरिकसँग भने, 'साढे ५ बजेतिर भिओआर मेसिन तयार भएपछि सबै उडान सुचारु भए।'
विमानस्थलका अनुसार दिउँसो २ः४० बजे अवतरण गर्नुपर्ने जेट एयरवेज फर्किएर लखनऊमा बसेको थियो। उक्त जहाज राति ८ बजेमात्र पुनः त्रिभुवन विमानस्थलमा बसेको थियो। यो जहाज ३ः४० मा फर्कनुपर्ने भए पनि राति साढे ८ मा फर्केको थियो। कतार एयरवेज भने ३ः४५ को सट्टा
साँझ ६ः१५ मा पुनः अवतरण गरेको थियो। त्यसै गरी ३ बजे आएर ३ः५० मा फर्कनुपर्ने जिएमजी एयरलाइन्स राति ८ः४५ मा अवतरण गरेको थियो। ओमान एयर साँझ ५ः०५ मा आएर ६ः०५ मा फर्कनुपर्ने भए पनि साढे ८ मा बसेको थियो।
फ्लाइ दुबईको जहाज दिउँसो १ः२५ बजे उडान गर्न तयार भए पनि भिओआर यन्त्रमा खराबी आउँदा करिब साढे तीन घन्टा ती यात्रु जहाजभित्रै बस्न बाध्य भएका थिए।
अन्तिममा जहाजका क्याप्टेनले उडान रद्द भएको जानकारी दिएपछि सबै यात्रु साँझ ५ बजे जहाजबाट बाहिरिएका थिए। कम्पनीले उक्त जहाजका यात्रुलाई बुधबार बिहान ६ बजे विमानस्थल आउन मौखिक सूचना दिएको थियो।
'हामी जहाजभित्र पसेपछि जहाजका क्याप्टेनले विमानस्थलमा प्राविधिक
समस्या आएका कारण आधा घन्टापछि उडान हुने जानकारी दिए,' फ्लाइ दुबईको जहाजबाट युएईको राजधानी अबु धाबी हुँदै अजरबैजान जान लागेका भक्तपुर गठ्ठाघरका प्रेम खनालले नागरिकसँग भने, 'तर, आधा घन्टा भन्दाभन्दै साढे तीन घन्टा जहाजभित्रै बस्नुपर्यो।'
फ्लाइ दुबई बजेट एयरलाइन्स भएकाले जहाजभित्र खानेकुरा किनेर खानुपर्छ। यो जहाजमा करिब २ सय सिट क्षमता छ। मंगलबार यो जहाजमा लगभग सबै सिट भरिएको खनालले बताए। 'अधिकांश यात्रु वैदेशिक रोजगारका लागि दुबई जाने तयारीमा थिए,' उनले भने,
'घन्टौंसम्म जहाजभित्र केही खान नपाइ बस्दा यात्रु अत्तालिएका थिए।'
काम गर्न खाडी जान लागेका नेपालीसँग विदेशी मुद्रा पनि नभएका कारण उनीहरूले खानेकुरा किन्न नसकेको उनले बताए। जहाजभित्र एउटा स्यान्डविचको मूल्य ४ अमेरिकी डलर परेको उनले बताए।
'यसमा फ्लाइ दुबईको कुनै दोष छैन, तर विमानस्थलका कारण सयौं यात्रुले बित्थामा दुःख पाए,' उनले भने, 'हामी केही साथीले भने राति
साढे ११ बजे कतार एयरवेजबाट दुबई जाने टिकट मिलायौं।'
भिओआरसँगै 'डिस्ट्यान्स मिजरिङ इक्विपमेन्ट' (डिएमई) यन्त्र पनि रहेको हुन्छ। भिओआरले जहाजलाई दिशानिर्देश गर्छ भने डिएमइले विमानस्थलबाट जहाजको दुरीबारे जानकारी दिन्छ। दुवै यन्त्रले पूर्व, पश्चिम, उत्तर वा दक्षिण कुन दिशामा जाँदा विमानस्थल धावनमार्ग
भेटिन्छ भन्ने जानकारी जहाजलाई दिन्छ। यस्तो थप मेसिन सिमरा, भैरहवा र विराटनगरमा पनि छ।
भिओरले काम नगरे यान्त्रिक विधिबाट गर्नुपर्ने उडान (आइएफआर) गर्न
सकिँदैन। अन्तर्राष्ट्रिय उडान सबै आइएफआर विधिबाट गरिन्छ। डिएमइ बिग्रिए हेरेर गरिने उडान (भिएफआर) गर्न सकिँदैन। आन्तरिक उडान गर्न भिएफआर पर्याप्त हुन्छ। मंगलबार आन्तरिकतर्फ भने कुनै प्रभाव परेन। यहाँ रहेका यी यन्त्र १२ वर्ष पुराना हुन्।