काठमाडौं, भदौ ३० (नागरिक) - दसैमा यात्रुहरुको चापलाई ध्यान दिएर यातायात व्यवसायीले असोज १ देखि अग्रिम बुकिङ खुला गर्ने भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको मंगलबार बसेको बैठकले सबै यातायात व्यवसायीलाई असोज १ देखि बुकिङ खुल्ला गर्न निर्देशन दिएको हो।
'यात्रुलाई सुविधा होस् भनेर अग्रिम बुकिङ खुला गर्न निर्देशन दिएका छौं,' महासंघका कोषाध्यक्ष सरोज सिटौलाले नागरिकसँग भने। यो निर्देशनसँगै संयुक्त यातायात सञ्चालक समितिले असोज २ देखि बुकिङ खुलाको निर्णय गरेको छ।
महासंघले दसैका लागि १५ सय बस थप गर्ने जनाएको छ। दसैमा यात्रुहरुको चाप बढ्ने भएकाले उपत्यकाभित्र १५ सय (यात्रुबाहक) बसहरु थप्ने भएको हो। उनका अनुसार घटस्थापनादेखि नवमीको लागि यी बसहरु थपिनेछन्। यो समयमा सबैभन्दा बढी यात्रुहरु आफ्नो घर जाने गर्छन्। पोहोर दसैमा २२ सय गाडी सञ्चालनमा थिए।
महासंघका अनुसार यो वर्ष बन्द, हड्ताललगायत समस्या कम भएकाले बढी बस थपिन लागेको हो। यो वर्ष २५ प्रतिशत यात्रुको संख्या बढ्ने अनुमान छ।
'अरु समयमा उपत्यकाबाट १५ सय यात्रुबाहक(बस, माइक्रोबस) चल्छन्,' सिटौलाले भने, 'दसैका लागि अरु १५ सय थपिनेछ।' महासंघले बस कम्पनीमा बस्ने कर्मचारीलाई अनिवार्य परिचयपत्र झुन्ड्याउन निर्देशन दिएको छ।
गंगबुलगायत क्षेत्रमा नक्कली टिकट काट्नेहरुको बिगबिगी हुने गर्छ। उनले परिचयपत्रको व्यवस्था गरेपछि यात्रु ठगिने समस्यासमेत अन्त्य हुने दाबी गरे। महासंघले सबै बस कम्पनीलाई यात्रुलाई सजिलो बनाउन स्वयंसेवक खटाएर सहयोग गरिदिनसमेत आग्रह गरेको छ। बस कम्पनीले राम्रोसँग जानकारी दिन सकेमा यात्रुले ठगिन नपर्ने उनको भनाइ छ। सिटौलाका अनुसार गोगंबु बसपार्कमा यात्रुहरुलाई बस सेवाबारे जानकारी समेटिएको पम्पलेटिङ गरिनेछ।
बढी भाडा लिए कारबाही
महासंघले तोकिएभन्दा बढी भाडा लिएमा कारवाही गर्ने प्रतिबद्धता गरेको छ। सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार वैज्ञानिक भाडादरभन्दा बढी लिएमा कारबाही गर्ने महासंघले स्पस्ट पारेको छ।
'तोकिएभन्दा बढी भाडा लिएको पाइएमा हामीले त्यस्ता कम्पनीलाई कारबाही गर्छु,' सिटौलाले भने, 'दसैको मौका छोपेर कसैले पनि बढी भाडा लिन पाउँदैन।'
उनले बढी भाडा लिएको प्रमाणसहित आएमा तत्काल त्यस्ता कम्पनीलाई निलम्बनसमेत गरिने जानकारी दिए।