१० करोड ८० लाख बजेट
१९ मंसिर २०७५
•
८ मिनेट पाठ
१० करोड ८० लाख बजेट
पोखरा – गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम लागू गर्ने तयारी गरेको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले योजना लागू गर्न सूचना निकाल्ने र गाउँ छनोट गर्ने प्रक्रिया अगाडि बढाउन लागेको हो।

प्रदेशको कृषि क्षेत्रको दिगो विकासका लागि स्थानीय स्रोतसाधनको उचित व्यवस्थापनमार्फत उत्पादन, उत्पादकत्व र गुणस्तर अभिवृद्धि, कृषिको वातावरणीय जोखिम न्यूनीकरण गरी खाद्य सुरक्षा सुनिश्चित गर्न सरकारले यो कार्यक्रम अघि सारेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बताए।

‘महिला तथा युवा उद्यमशीलताको विकास गर्दै कृषि, पर्यापर्यटन, गुणस्तरीय कृषि र पशुजन्य उत्पादन वृद्धिमार्फत आर्थिक समृद्धि गर्न हामीले यो कार्यक्रम ल्याएका हौं,’ उनले भने, ‘यो कार्यक्रममार्फत आयआर्जन र स्थानीय स्तरमा रोजगारी खुलाएर स्वरोजगारको वातावरण सिर्जना हुनेछ।’

मन्त्रालयले यो कार्यक्रममा मात्र यस वर्ष १० करोड ८० लाख खर्च गर्न लागेको छ। मन्त्री थापाका अनुसार पहिलो चरणमा यो कार्यक्रम प्रदेशका ११ वटै जिल्लाका ३६ वटा निर्वाचन क्षेत्रमा लागू हुनेछ। हरेक निर्वाचन क्षेत्रका लागि सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए।

‘गाउँ छनोट भइसकेको छैन, हामीले छिटै नै प्रदेशसभा सदस्यसँग राय लिएर यसलाई टुंग्याउनेछौं,’ उनले भने, ‘त्यसपछि सूचना निकालेर आवेदन संकलन गर्नेछौं।’ यो योजना प्रदेश सरकारको लगानीको पहिलो कृषि परियोजना हो। अन्य वर्षमा भने स्थानीय तहसँगको साझेदारीमा हरेक वर्ष कार्यक्रम बढाउँदै लगिने मन्त्री थापाको भनाइ छ।

–    ५० घर भए एक नमुना कृषि गाउँ

–    हरेक निर्वाचन क्षेत्रमा नमुना कृषि गाउँ

–    हरेक गाउँलाई ३० लाख बजेट विनियोजन

गत मंसिर १० गतेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन कार्यविधि पारित गरेपछि पहिलो चरणमा मन्त्रालयले प्रदेशका मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यहरुसँग अन्तरक्रिया समेत गरेको छ।

मन्त्रालयले पहिलो चरणमा परीक्षण स्वरुप ३६ वटा गाउँमा मात्र यो कार्यक्रम लागू गर्ने जनाएको छ। कार्यविधि अनुरुप यो कार्यक्रम लागू गर्न कम्तीमा ५० घरधुरी हुनुपर्छ। तर, यो मापदण्ड सबै क्षेत्रमा लागू नहुने भन्दै अभिमुखीकरणमा सहभागी प्रदेशसभा सदस्यले यसलाई सच्याउनुपर्ने बताएका थिए।

‘५० घरधुरी तराई र पहाडको क्षेत्रमा त उपयुक्त होला, तर हिमाली जिल्लामा भने यो सान्दर्भिक छैन,’ मुस्ताङका प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले भने, ‘कार्यविधिलाई सच्याएर हिमाली जिल्लामा यो मापदण्ड कम गरिनुपर्छ।’

मन्त्रालयले छनोट गरेका गाउँहरुमा पकेट क्षेत्र घोषणा गरी कृषिलाई प्रवद्र्धन गर्ने जनाएको छ। मन्त्री थापा भन्छन्, ‘गरिबी निवारण र रोजगारी सिर्जनाका लागि स्थानीय तहमा नमूनाका रुपमा हामीले यो कार्यक्रम लागू गर्न लागेका हौं,’ उनले भने, ‘कार्यविधि अनुसार छनोट भएका गाउँमा दुई सय रोपनी क्षेत्रफलसम्मको जमिनलाई पकेट क्षेत्र घोषणा गरी कुनै एक किसिमको मात्र कृषि कार्यक्रम पनि सञ्चालन हुन सक्छ।’

उनका अनुसार प्रदेशका एकमात्र तराई क्षेत्रीय जिल्लामा धान, यस्तै पहाडी जिल्लाका तल्लो भेगमा पनि धानसहित सुन्तला, आलुको पकेट क्षेत्र घोषणा गर्न सकिने उनले संकेत गरे। गाउँ छनोट भइनसकेका कारण कुन गाउँमा कुन बालीलाई पकेट क्षेत्र घोषणा गर्ने तय भइनसकेको उनको भनाइ छ।

नमुना कृषि गाउँलाई सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रका प्रमुखको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीले छनोट गर्ने र कृषि मन्त्री संयोजकत्वको कार्यक्रम निर्देशक समितिले स्वीकृत गर्नुपर्ने प्रावधान कार्यविधिमा उल्लेख छ। यो कार्यक्रममा सहकारीसमेत सहभागी हुन पाउनेछन्, तर सहकारी भने सम्बन्धित स्थानीय तहमा बढीमा एक वर्षभित्र दर्ता हुनैपर्छ।

यस्तै, छनोट भएका गाउँले चार वर्षसम्म प्रदेश सरकारले दिने योगनाको ५० प्रतिशतले क्रमशः घटाउँदै लगी चौथो वर्ष सम्बन्धित स्थानीय तहलाई जिम्मेवारीसहित हस्तान्तरण गर्ने मन्त्रालयका सचिव शरद्चन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार कार्यक्रम निर्देशक समितिले वार्षिक रुपमा उत्कृष्ट कार्य गर्ने गाउँलाई पुरस्कृतसमेत गर्नेछ। कार्यक्रम लागू भएका क्षेत्रमा मन्त्रालयले करारका कर्मचारी समेत खटाउन सक्ने व्यवस्था कार्यविधिमा राखिएको छ।

कार्यविधिमा भनिएको छ, ‘कार्यक्रम सञ्चालन हुने प्रत्येक नमुना कृषि गाउँमा एकजना कृषि वा पशु क्षेत्रका नायब प्राविधिक सहायक स्तरको कर्मचारी कृषि प्राविधिकको रुपमा करारमा नियुक्त गर्न सक्नेछ।’ यस्तै, निर्देशक समितिले विभिन्न सूचकको आधारमा कार्यक्रमको प्रगति मूल्यांकन गर्न वर्षको एकपटक स्थलगत अनुगमन समेत गर्न सक्ने जनाइएको छ।

गण्डकी सरकारले चालु आव ०७५–७६ अनुसार पनि सरकारले यो कार्यक्रमलाई पर्यटनसँग जोड्ने नीति लिएको छ। कार्यक्रम लागू भएका गाउँलाई कृषि र पशुपालनसँग जोडेर मोडेल व्यावसायिक फार्म सञ्चालन गर्ने सकारको लक्ष्य रहेको छ।

मन्त्रालयले परियोजना कार्यान्वयनका लागि कृषि मन्त्रीको संयोजकत्वमा कृषि, उद्योग, भौतिक पूर्वाधार, मुख्यमन्त्री कार्यालयका प्रतिनिधि, नार्कका प्रतिनिधि, मन्त्रालयले तोकेका स्थानीय तहका दुईजना प्रतिनिधि सदस्य तथा कार्यक्रम व्यवस्थापन एकाइका प्रमुख सदस्य सचिव रहनेगरी कार्यक्रम निर्देशक समितिसमेत गठन भएको छ।
अर्को समाचार
इटहरी उपमहानगरपालिकाको बजेट अर्ब १७ करोड ४५ लाख
१० असार २०७८
•
३ मिनेट पाठ
इटहरी उपमहानगरपालिकाको बजेट अर्ब १७ करोड ४५ लाख
इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८।७९ को लागि दुई अर्ब १७ करोड ४५ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। उपप्रमुख लक्ष्मी गौतमले विहीबार भएको नवौ नगरसभामार्फत बजेट सार्वजनिक गरेकी हुन्।

आगामी आर्थिक वर्षका लागि गौतमले सार्वजनिक गरिएको बजेटमा संघीय सामानिकरण अनुदान ३३ करोड ६५ लाख, संघीय ससर्त अनुदान ४३ करोड ७० लाख, संघीय समपुरक अनुदान २ करोड २९ लाख, संघीय विशेष अनुदान ३ करोड ४२ लाख, प्रदेश समानिकरण अनुदान १ करोड ९९ लाख र  प्रदेश ससर्त अनुदान १ करोड ६७ लाख हुने उल्लेख गरेकी छन्।

यस्तै, सार्वजनिक गरिएको बजेटमा प्रदेश समपूरक अनुदान १ करोड संघीय राजश्व बाडफाँड १५ करोड १६ लाख, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशन ३२ करोड आन्तरिक श्रोतबाट ४१ करोड, मर्मत सम्भार कोषबाट १ करोड २० लाख, धरौटी खाता सापटी ४ करोड र  ऋण प्राप्त गर्ने ५ करोड नगद मौज्दात परिवर्तनबाट २९ करोड नगद मौज्दात रहने उल्लेख छ।  

स्वास्थ्य क्षेत्रका लागि ४ करोड बिनियोजन गरिएको छ । सार्वजनिक गरिएको बजेटमा इटहरी अस्पतालको स्तरवृद्धि गर्दै लगिने नीतिलाई कायमै राखिएको छ। आगामी आर्थिक वर्षमा इटहरी अस्पतालमा नन इन्भेट्री भेन्टिेलटरसहितको आइसीयु सञ्चालन गरिने बजेटमा समेटिको छ। त्यस्तै हालको वर्थिङ् सेन्टरलाई स्तरोउन्नित गरि अपरेशन समेतको सेवा सुचारु गरिने उल्लेख छ।

अहिले रहेको ल्यावको क्षमतालाई वढाई आधुुनिक ल्यावको सुविधा उपलब्ध गरिने भएको छ।  

इटहरी अस्पतालमा आगामी वर्षबाट डाइलालिस सेवा सञ्चालन गर्नुको अतिरिक्त खोप लगाउन आउने वच्चाहरुको लागि सामुदायिक बालबालिकाको आँखा उपचार कार्यक्रम समेत सञ्चालन बजेमा समेटिएको छ। इटहरी अस्पतालको स्तरोन्नतिका साथै विभिन्न १४ वटा वडामा निर्माण सम्पन्न भइसकेका वा चाँडै निर्माण सम्पन्न हुने स्वास्थ्य केन्द्रको सञ्चालन आगामी आर्थिक वर्षको प्रारम्भबाटै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।

इटहरी अस्पतालको माध्यमबाट आगामी आर्थिक वर्ष २०७८।७९ मा थप एक लाख नागरिकलाई स्वास्थ्य बिमा गराउने लक्ष्य सहित कार्यान्वयन गरिनेछ।  

यस्तै शिक्षा क्षेत्रमा दुई करोड बजेट सार्वजनिक गरिएको छ। जसमा सामुदायिक विद्यालय र सामुदायिक शिक्षाको क्षेत्रको विकास र प्रगतिका लागि सबै विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय शुद्ध पिउने पानी, वालमैत्री शौचालय, कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम, खेलमैदान केन्द्रको स्तरोउन्नती लगायत आवश्यक अन्य कार्यहरु सञ्चालन गरी सामुदायिक विद्यालयहरु थप व्यवस्थित, आकर्षक र उन्नत बनाइने नीति लिइएको छ।  

कृषि तथा पशु विकासतर्फ दुई करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, सामाजिक विकासतर्फ तीन करोड, वन, वातावरण तथा सरसफाईमा एक करोड बिनियोजन गरिएको छ। यस्तै, सूचना सञ्चार, सहकारी विकास, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास, युवा तथा खेलकुद, महिला शसक्तिकरण, दलित, विपन्नपरिवार, उद्योग वाणिज्य र व्यापारलगायतमा बजेट बिनीयोजन गरिएको छ। नदी नियन्त्रणका लागि एक करोड ५० लाख, विपद् व्यवस्थापनमा तीन करोड, पूर्वाधार निर्माण,आन्तरिक प्रशासन व्यवस्थापनललगायतमा बजेट छुट्याएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस