सुन्तलाबारी भित्र होमस्टेसहितको बस्ती
१४ मंसिर २०७५
•
१५ मिनेट पाठ
सुन्तलाबारी भित्र होमस्टेसहितको बस्ती
सुन्तलाबारी भित्रको बस्ती। तस्बिर: मोहन/नागरिक
स्याङ्जा (वालिङ) – लटरम्म (झुप्पैझुप्पा) सुन्तला। जताततै सुन्तलै–सुन्तला। जता हेरे पनि पहेँलपुर। उठ्दा, बस्दा, सुत्दा पनि सुन्तला ठोकिन्छ। अद्भूत सुन्तला बगैचा। स्वर्गजस्तै सुन्तलाबारी, सुन्तलाघारी। बगैंचा (सुन्तलाबारी, सुन्तलाघारी) घुम्दा, डुल्दा र छिर्दा हामीले सुन्तलालाई होइन, सुन्तलाका दानाले हामीलाई पछ्याईरहेछ। पहेँलपुर सुन्तलाबारीको घारीमा हामी पनि पहेँलै। हाम्रो वस्त्र नै पहेँलै। शरीरै पहेँलै। शरीरभरि सुनले छोपेजस्तो। सुनखानी भान हुन्छ। सुनखानीमा घुमे जस्तै। बगैँचा घुम्न आउने पाहुनालाई घरीघरी झिस्क्याउछन्, सुन्तलाले। कलिलो डालीका काँडाले कोतर्छन, चिर्तछन् । लटरम्म फलेका डालीहरु नुगेका छन्। लाजले होकी, वैंशले त्यो पत्ता लगाउन, अनुभव लिन सुन्तलाबारी होमस्टे खाल्टेमा एक पटक पुग्नैपर्छ ।

क्याप्टेन डिलविक्रम गुरुङ, सुन्तलाबारी होमस्टेका संस्थापक अध्यक्ष हुन्। अहिले पनि उनै छन्, नेतृत्वमा । उनको तीन तले घर छ। घरलाई चारैतिरबाट सुन्तलाका बगैँचाले ढाकिएको छ। आँगनभरि सुन्तला लटरम्म छ। घरमा आउने पाहुनलाई पहेँलपुर सुन्तलाले स्वागत गर्छन्। सुन्तलाको माला, खानमा सुन्तला, अनि जुस पनि सुन्तलाकै। सुन्तलाले उछारपटार पाउदैन। दक्षिण तिर ठुलो सुन्तलाघारी छ। बाहिरबाट हेर्दा सुन्तलाघारी, सुन्तलाबारी तर भित्र जाँदा तीन खम्बे कृषि विधि अपनाएको पाउछौं। अमिलो, कागती, मौसमी, खुर्सानी, अदुवा, बेसार लगायत दर्जनौं फलफूल, बालीनाली छन् । उनले करिब बीस रोपनी खेतबारीमा सुन्तला लगाएका छन् । बगैँचामा करिब सात सय सुन्तलाका बोट छन् । सुन्तलाबाट वार्षिक छ लाख रुपैया कमाउँछन् उनी । उनले, ‘बाटोमा फूलबारी, खेतबारी सुन्तलाघारी अवधारणले होमस्टे स्थापना गरेका हौं ।’ होमस्टेमा आउने पाहुनालाई सुन्तलाको अनुभवसँगै तमु (गुरुङ) समुदायको पराम्परागत संस्कार, संस्कृति, नृत्य, गायनका साथै भाषा र भेष–भुषाको प्रचार–प्रसार गर्नु होमस्टे उद्देश्य रहेको उनले बताए । ‘होमस्टेको वास्तविक पहिचान सुन्तलाको बगैँचा हो,’ उनले भने, ‘गाउँको मौलिक संस्कार, संस्कृति अर्को पाटो ।’ लोपान्मुख अवस्थामा रहेको गुरुङ जातिको विभिन्न परम्परागत साँस्कृतिक झलक पनि सुन्तलाबारीमा देख्न, हेर्न र रमाउन पाइन्छ।

सुन्तलाबारीमा ३२ घर छन् । गुरुङका २९, बाँकी ३ घर बाहुनका । हाल १२ वटा घरहरुमा घरबास गराइन्छ।  २० वटा कोठामा ४० जना पाहुनालाई राख्ने क्षमता छ । होमस्टे दक्षिण फर्केको छ। अवेरसम्म घाम लाग्छ।

क्याप्टेन डिलविक्रमलाई सामाजिक र व्यावसायिक रुपमा भाई सुबेदार खेमराज गुरुङको ठूलो सहयोग छ । गाउँको बृहत्तर हितमा दाजुभाई एकसिक्का दुई पाटा हुन् । सामाजिक योद्दा हुन्। गाउँमा घरबास (होमस्टे) परिकल्पनाकार हुन् । उनीहरुको परिकल्पनाबाट सुन्तलाबारी होमस्टेले मुर्त रुप पाएको हो। उनीहरु निःस्वार्थ रुपमा गाउँको विकासका निम्ति अहोरत्र खटिरहेका छन्। राजनीतिक भन्दा धेरै फराकिलो सोँचका साथ। गाउँको विकासलाई उच्च प्राथमिकतामा राखेर लागेका छन्। उनीहरुसँग छ त केवल सामाजिक स्वार्थ मात्र। दाई भन्दा भाईले कृषि व्यवसायलाई अझ व्यवस्थित रुपमा कार्य गर्दै आएका छन् । उनले ६२ रोपनी क्षेत्रफल (खेतबारी दुवै)  करिब १३ सय सुन्तलाका बोट लगाएका छन् । उनले २५ लाख बराबरको हाइटेक सुन्तला नर्सरी बनाएका छन् । जहाँ सुन्तला, कागती, अमिलो लगायतका बिरुवा उत्पादन गर्छन् । होमस्टेमा आउने पाहुनाहरुलाई लक्षित गरेर लोकल कुखुरा, माछापालन, भैसी र बाख्रपालन समेत गरेका छन् । तर, वास्तविक कृषकलाई राज्यले नहेरेको उनको गुनासो छ । ‘राज्यको आँखा वास्तविक कृषककोमा पुगेको छैन,’ उनले भने, ‘झोलाको कृषि फर्मलाई मात्र हेर्छन् ।’ कृषि पेशा र व्यवसायमा विचौलियाका कारण धरापमा परेको उनको गुनासो छ । राज्यले वास्तविक कृषकको पहिचान नगरी झोलामा फर्म लिएर हिड्ने कृषकलाई लगानी र अनुदान दिने गरेकाले देशको कृषि पेशा र व्यवसाय अनि कृषकहरु पलायन हुनुपर्ने अवस्था आएको उनको दाबी छ । उनले भने, ‘सरकारले कृषकका बनाएका ऐन–नियम र कार्यविधि कृषकको पक्षमा छैन । निर्माण गर्ने ठाँउमै विचौलियाहरु छन्, जस्ले कृषकको पक्षमा कहिल्यै ऐन–नियम र कार्यविधि बन्दैन ।’

वास्तविक कृषकहरुको पहिचान गर्ने स्थानीय सरकारको भएको उनले बताए । स्थानीय सरकारले वास्तविक तथ्याङ्कहरु संकलन गरेर कृषकको पक्षमा काम गर्नुपर्ने उनले सुझाव दिए । होमस्टे आउने पाहुनाका लागि आफुहरुबाट गर्नुपर्ने काम (अतिथ्य) गरेपनि स्थानीय सरकारले प्रचार–प्रसार, संरक्षण र सम्बद्र्दन ध्यान दिनुपर्ने उनको भनाई  छ।

२०६९ मा स्थापना भएको सुन्तलाबारी होमस्टेको सञ्चालन २०७० सालबाट विधिवत रुपमा भएको हो। यो वालिङ नगरपालिका–४ खाल्टेमा पर्छ । समुन्द्र सतहबाट ११८५ मिटर उचाईमा अवस्थित छ । सुन्तलाबारी विशेषगरी सुन्तला उत्पादनको पकड क्षेत्र भएपनि मौसम अनुसारको फलफूल र तरकारी उत्पादन हुन्छ । गाउँलेले गाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियका विभिन्न खाले पर्यटकहरुलाई चिनाउन कृषि तथा साहसिक पर्यटनलाई विशेष जोड दिएका छन् ।

सुन्तलाबारीमा ३२ घर छन् । गुरुङका २९, बाँकी ३ घर बाहुनका । हाल १२ वटा घरहरुमा घरबास गराइन्छ।  २० वटा कोठामा ४० जना पाहुनालाई राख्ने क्षमता छ । होमस्टे दक्षिण फर्केको छ। ढिलोसम्म घाम लाग्छ। उत्तरमा बुढाकोट भ्यू टावर छ । गाडी र हिँडेर जान सकिन्छ । भ्यू टावरबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी हिमश्रृङ्खला एवं पोखरा उपत्यका देखिन्छ । गाउँको पुरै भ्यू हेर्न एलादी डाँडा र बस्यानी क्वाइवो डाँडा पुग्नुपर्छ । जहाँबाट पहेँलपुर सुन्तलाबारी देखिन्छ । गाउँको पूर्व तर्फ मनकामना मन्दिर (गहते) र कान्छी मनकामना (मालगिरी) मन्दिर छन् । क्वाइवो र मन्दिर जान हाइकिङ गर्दा राम्रो हुन्छ ।

सुन्तला बगैँचा घुम्दा सुन्तलाघारीकै बास बसुँ कसलाई नहोला र ! आकर्षक सुन्तलाबारी चलचित्र छायाङ्कन् स्थल, म्यूजिक भिडियो, बृत्तचित्र निर्माणका लागि मुख्य केन्द्रका रुपमा चिनिएका छन् ।  लोकदोहोरी गायिका शर्मिला गुरुङ, गायक राजु गुरुङ र सुगम संगीतका गायक बिरेन गुरुङको जन्मभूमि हो, सुन्तलाबारी । विभिन्न चलचित्र र म्यूजिक भिडियोहरु छायाङ्कन भैसकेकोछ, सुन्तलाबारीमा ।

खाल्टे रह र बसन्ती रह क्रमशः ३५ मिटर र ५५ मिटर उचाईमा रहेका छन् । दुवै रहको झरनामा छाँगावरोरहण अर्थात क्यानोनिङ गरिन्छ । झर्झर गरीरहेको पानीमा क्यानोनिङ गर्दाको आनन्द अद्भूत हुन्छ । डोरीको सहायतामा अग्ला पहराबाट खस्ने छहराको चिसो पानी खेलिने जोखिमपूर्ण तथा साहसिक खेललाई छाँगावरोहण (क्यानोनिङ्) भनिन्छ । पर्यटकहरुको बसाईलाई लम्ब्याउनका साथै साहसिक पर्यटनको अनुभव दिलाउने उद्देश्यले क्यानोनिङ् सञ्चालनमा ल्याइएको हो । होमस्टेमा पहिलो पटक क्यानोनिङ्लाई उच्च प्राथमिकतामा राखी सञ्चालनमा ल्याइएको हो । स्थानीय युवा डेनी गुरुङले साहसिक पर्यटकलाई सुन्तलाबारीमा आकर्षक गर्नका लागि क्यानोनिङ् निर्माण गरेको बताए । ‘सुन्तला खाँदै क्यानोनिङ् गर्ने हो,’ उनले भने, ‘त्यस्तो अनुभव संसारमै विरलै पाइन्छ ।’

स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने खेलका रुपमा उदाएको अग्ला झरनाबाट झरिने क्यानोनिङ युवा पुस्ताका लागि पर्वतीय पर्यटन, आधुनिक पर्यटन र साहसिक गन्तव्यको नयाँ विधाका रुपमा नेपालमा स्थापित भैसकेको छ । प्रायः युवा पुस्ताले खेल्ने भए पनि बालबालिका र बृद्दबृद्दाले यसको दृश्यावलोकनका लागि उत्तिकै उत्साहित हुने गर्छन । होमस्टेमा सञ्चालित क्यानोनिङ्को प्रचारप्रसार गर्न सके होमस्टेबाट धेरै फाइदा लिन सक्नुका साथै यहाँका युवाहरु रोजगारी बन्न सक्ने सम्भावना प्रचुर छ । एउटा डोरीको भरमा छाँगाबाट झर्दा, झरेको सुन्दा र देख्दा कठिन देखिए सुनिएपनि आनन्दको खेल हो ।

होमस्टेमा आउने पाहुनालाई स्थानीय उत्पादन तरकारी, फलपूmल, दुध, दही, मही, भात, ढिँडो, मकै, रोटी र गाउँमै उत्पादित कुखुरा र खसीका मासु खुवाइन्छ । स्थानीय लोक संस्कृति, सालैजो, यानीमाया, झोरा, मारुनी, झ्याउरे, सोरठी र भजन चुटकामा पर्यटकलाई नचाएर मनोरञ्जन प्रदान गर्छन् । पर्यटकको चाहना अनुसार २ वा ३ दिने प्याकेजको व्यवस्था मिलाइएको छ । क्यानोनिङको यातायात शुल्क बाहेक तीन हजार रुपैयाको प्याकेज र होमस्टेमा एक रातको प्याकेज एक हजार रुपैया पर्दछ ।

कसरी पुग्ने

काठमाण्डौं–पोखरा २०० किमि । पोखरा–वालिङ (त्रीयासी) ६७ किमि । त्रीयासीबाट पूर्व ७ किमि खाल्टे । राम्बाच्छा त्रीयासीबाट महेन्द्र बस, जीप जान्छ । बस,जीपमा आधा घण्टा लाग्छ । हिँडेर करिब डेढ घण्टा ।  

‘बाटोभरि फूलबारी, खेतबारीभरि सुन्तलाघारी’

क्याप्टेन डिलविक्रम गुरुङ

अध्यक्षः सुन्तलाबारी सामुदायिक होमस्टे


सुन्तलाबारी होमस्टेको परिचय पृथक छ । गाउँभरि ११ हजार सुन्तलाका बोट छन् । कागती, अमिलो, मौसम पनि उत्तिकै छन्, विभिन्न प्रकारका तरकारी पनि । हाम्रो पेसा तिन खम्बे पेसा हो । जसलाई भुगोल पनि साथ दिएको छ । होमस्टेमा आउने पाहुनालाई सुन्तला मात्र होइन, कृषि सम्बन्धि ज्ञान आदानप्रदान गर्नु हाम्रो लक्ष्य हो ।

हामी बाटोभरि फूलबारी र खेतबारीभरि सुन्तलाघारी अवधारणका साथ अगाडी बढिरहेका छौं । सुन्तलाको स्वागत छदैछ, फूल र फूलबारीमा स्वागत पनि । होमस्टेमा आउने पाहुना कोही अध्ययनका लागि त कोही मनोरञ्जनका लागि आउँछन् । फूलबारी र सुन्तलाबारी घुम्न पाउँदा उनीहरुले आनन्द मान्छन्, लिन्छन् । कोदोको ढिँडो, मकैको आँटो, गुन्द्रुक, साग, सिमी, लोकल कुखुराको मासु, खसीको मासु हाम्रो परिकार हो । गुरुङ समुदायको मौलिक संस्कृति र साँस्कृतिक कार्यक्रमले पाहुनालाई मन लोभ्याउने हाम्रो प्रयास हुनेछ । एकचोटी होमस्टे आएका पाहुना दोस्रो र तेस्रो पटक पनि आउने वातावरण हामीसँग छ ।
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5c013a085a99e.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5c013a0aa0964.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5c013a0dcedf4.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5c013a0fdd25e.jpg
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
११ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।

सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस