काठमाडौं - निजी क्षेत्रको आन्तरिक उडान गर्ने वायुसेवा कम्पनी यती एयरलाइन्सले एक वर्षभित्र पाँचवटा नयाँ जहाज थप्ने भएको छ।
‘एटिआर ७२–५००’ सिरिजका तीनवटा र एटिआर ४२–३२०’ सिरिजका दुईवटा जहाज थप्ने कम्पनीको योजना हो। सोही योजना अनुसार ‘एटिआर ७२–५००’ सिरिजको एउटा जहाज असोज १ गते काठमाडौं आइसकेको छ।
कम्पनी स्थापना भएको शुक्रबार २० वर्ष पुगेको छ । सरकारले मनाउन लागेको पर्यटन वर्ष २०२० लाई लक्ष्य गर्दै कम्पनी स्थापनाको २० वर्ष पुगेको अवसरमा जहाज थप गर्ने योजना अघि सारेको यतीले जनायो।
कम्पनीका अनुसार उसले ल्याउने जहाज फ्रान्समा निर्माणको क्रममा छन् । एक वर्षभित्रमा जहाज काठमाडौं ल्याउने योजना छ । ‘एटिआर ७२–५००’ सिरिजको जहाज ७२ सिटको हुन्छ । एउटाको मूल्य एक अर्ब रुपैयाँ पर्छ । ‘एटिआर ४२–३२०’ सिरिजको जहाज ४७ सिटको हुन्छ । उक्त जहाज एउटाको मूल्य ७० करोड रुपैयाँ पर्छ । ‘चार अर्ब ५० करोड रुपैयाँको लगानीमा दुई प्रकारका पाँचवटा जहाज खरिद गर्ने निर्णय गरेका छौं,’ यती एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले भने, ‘आगामी पुसभित्रै एउटा जहाज ल्याइसक्नेछौं ।’ उनका अनुसार एक वर्षभित्र पाँचवटै जहाज ल्याउने योजना छ । पर्यटन वर्ष २०२० लाई लक्ष्य गरेर कम्पनीले पनि त्यही अनुसार बजार विस्तार गर्न जहाज थप्न लागेको राईले बताए।
यतीसँग हाल ‘एटिआर ७२–५००’ सिरिजका तीन थान जहाज छन् । २९ सिट क्षमताको ‘जेटस्ट्रिम–४१’ सिरिजका ६ थान जहाज छन् । यी जहाजमार्फत यतीले काठमाडौंबाट माउन्टेन फ्लाइट, पोखरा, नेपालगन्ज, भैरहवा, भद्रपुर, जनकपुर, विराटनगर, भरतपुर र तुम्लिङटार लगायत ठाउँहरुमा उडान गर्दै आएको छ । ‘जेटस्ट्रिम–४१’ सिरिजका जहाज भने क्रमशः विस्थापन गर्दै जाने लक्ष्य कम्पनीले राखेको राईले बताए।
यतीले दैनिक दुई दर्जनभन्दा बढी उडान गर्दै आएको छ । जहाज थपेपछि तीन दर्जनभन्दा बढी उडान दैनिक रुपमा गर्ने योजना छ । ‘हामीले झण्डै ४० प्रतिशत बजार हिस्सा ओगटेका छौं,’ राईले भने, ‘संख्याको हिसाबमा वार्षिक करिब पाँच लाख यात्रुलाई सेवा दिइरहेका छौं ।’ जहाज थपेपछि दोब्बर यात्रुलाई सेवा दिने लक्ष्य कम्पनीको छ । नयाँ जहाज थपे पनि नयाँ गन्तव्यमा भने उडान गर्ने लक्ष्य छैन । कम्पनीका अनुसार अहिले उडान गरिरहेकै ठाउँमा उडान संख्या थप गरिनेछ।
ल्याइयो नयाँ जहाज एटिआर
यतीले ‘एटिआर ७२–५००’ सिरिजको एउटा जहाज खरिद गरेको छ । असोज १ गते काठमाडौं आएको ७२ सिटे जहाज हो । उक्त जहाजलाई नेपाल नागरिक उडडयन प्राधिकरणले ‘९ एन–एएलएन’ दर्ता नम्बर दिएको छ । यो जहाज थपिएसँग ‘एटिआर ७२–५००’ सिरिजका जहाज यतीसँग तीनवटा भएका छन् । नयाँ जहाजले उडान थालेको छैन । केही दिनपछि उडान गर्ने राईले जानकारी दिए । उनका अनुसार उक्त जहाज पनि यतीले उडान गरिरहेकै ठाउँमा उडाइनेछ । उनका अनुसार नयाँ जहाजले भद्रपुर र पोखरामा उडान थप गर्ने योजना कम्पनीको छ।