पाँच वर्षभित्र आफ्नै पाइलट
०५ असोज २०७५
•
९ मिनेट पाठ
पाँच वर्षभित्र आफ्नै पाइलट
काठमाडौं – सरकारले नेपाली वायुसेवा कम्पनीले आगामी पाँच वर्षभित्र आफ्ना विमान चलाउन नेपाली पाइलट राख्नुपर्ने नियम लागू गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत भदौबाट कार्यान्वयनमा ल्याएको वायुसेवा सञ्चालनसम्बन्धी नीतिगत व्यवस्था २०७५ ले आगामी पाँच वर्षभित्रमा नेपाली पाइलट राख्नुपर्ने व्यवस्था गरेको हो। 




प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भदौबाट नीति कार्यान्वयनमा आएको जानकारी दिँदै अबकोे पाँच वर्षभित्र वायुसेवा कम्पनीहरुले नेपाली पाइलटको व्यवस्था गर्नुपर्ने बताए । वायुसेवा कम्पनीमा आवश्यक जनशक्ति प्राप्त छैनन् । जनशक्ति व्यवस्थापन गर्दा एक अर्को कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ । यसले उडान सुरक्षामा प्रतिकूल प्रभाव पार्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ व्यवस्था गरेको हो।

‘वायुसेवा कम्पनीले सेवा सञ्चालन गरेको पाँच वर्षभित्र वायुयान चालक, इन्जिनियर जस्ता जनशक्ति पूर्ण रुपमा नेपाली नागरिक तयार गर्नुपर्नेछ,’ नीतिगत व्यवस्थामा भनिएको छ, ‘नयाँ थपिने वायुसेवा कम्पनीले पनि थपिएको पाँच वर्षभित्रमा जनशक्ति उत्पादन गरिसक्नुपर्नेछ।’

अहिले नेपाल वायुसेवा निगमदेखि आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीमा विदेशी पाइलट कार्यरत छन् । नीति ल्याएसँगै विदेशी पाइलट तथा इन्जिनियर विस्थापित हुने अनुमान गरिएको छ । तर, यसअघि पनि विदेशी पाइलट विस्थापनको प्रयास गरिएको थियो । निगमले ट्विन अटर जहाज उडाउन भारतबाट पाइलट ल्याएको थियो । विदेशी पाइलटको सट्टा नेपाली प्रयोग गर्ने भन्दै २०३७ सालमा क्यानडाको सहयोगमा २४ जना नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा पाइलट अध्ययन गर्न पठाइएको थियो । तर पनि निगमका जहाजमा विदेशी पाइलट अझै छन्।

‘नेपाली पाइलट व्यवस्था गर्नै नसकिने भन्ने होइन,’ यति एयरलाइन्सका प्रबन्धक भिमराज राईले भने, ‘नीतिगत रुपमै व्यवस्था भएपछि त झनै गर्न पर्याे नि ।’ सरकारले सहयोग गरे नेपाली पाइलटको व्यवस्था गर्न सकिने उनले बताए । प्राधिकरणका अनुसार हाल नेपालमा १० हेलिकप्टर कम्पनी र ११ वायुसेवा कम्पनीमा गरी ३९ विदेशी पाइलट कार्यरत छन् । नेपालमा कार्यरत पाइलटको संख्या भने तीन सय ८२ छ । नेपालमा सञ्चालित हेलिकप्टर सहित जहाजको संख्या भने ९० छ।

फ्लाइङ स्कुललाई प्रोत्साहन

पाइलट उत्पादन गर्न चाहने फ्लाइङ स्कुललाई भने प्राधिकरणले प्रोत्साहन गर्ने नीति लिएको छ । नीति अनुसार जनशक्ति उत्पादनको लागि सरकारले विमानस्थल समेत उपलब्ध गराउनेछ । प्राधिकरणले उडानसम्बन्धी तालिम सञ्चालन गर्ने संस्था स्थापना गर्न चाहनेका लागि विमानस्थल उपलब्ध गराउने नीति लिएको उपमहानिर्देशक पोखरेलले जानकारी दिए।

उडड्यन तालिम (फ्लाइङ स्कुल) स्थापना गर्न विमानस्थलमा ह्यांगर निर्माण गर्ने वायुसेवा कम्पनीलाई पाँच वर्षसम्म प्राधिकरणले जग्गा निःशुल्क उपलब्ध गराउने व्यवस्था छ । तालिम प्रदान गरिने विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई अवतरण तथा पार्किङ शुल्कमा समेत पूर्ण छुट दिइने नीतिगत व्यवस्थामा उल्लेख छ । हवाई सेवा उद्योगको दिगो विकासका र प्राविधिक जनशक्ति स्वदेशमै उत्पादन गर्ने उद्देश्यले नीति ल्याएको प्राधिकरणले बतायो।

एओसीमा कडाइ

प्राधिकरणले नीतिगत रुपमै वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) दिने प्रावधानमा समेत कडाइ गरेको छ । नीतिगत रुपमै नेपाली पाइलट राख्नुपर्ने व्यवस्था गरे पनि नयाँ वायुसेवा कम्पनीलाई एओसी प्रदान गर्दा कम्पनीलाई आवश्यक पाइलट तथा इन्जिनियर रहेनरहेको जाँचपछि मात्रै योग्य देखिएमा प्रमाण–पत्र प्रदान गरिनेछ । एओसी प्रक्रिया अगाडि नै आवश्यक पाइलट तथा इन्जिनियरको व्यवस्था नगरे एओसी दिइने छैन । नयाँ विमान थप गरिएको अवस्थामा भने उक्त मितिले पाँच वर्षभित्रमा नेपाली जनशक्ति तयार गरिसक्नुपर्ने प्रावधान नीतिगत व्यवस्थामा छ।

विमान खरिदमा पनि मूल्यांकन

वायुसेवा कम्पनीले वायुयान थप गर्दा पनि कम्पनीको प्राविधिक मूल्यांकन गरिने छ । मूल्यांकनमा पाइलट, इन्जिनियर जस्ता जनशक्तिको व्यवस्था मात्रै नभएर उडान सुरक्षा अडिटको नतिजा समेत हेर्दा सक्षम देखिए मात्रै नयाँ विमान खरिदको अनुमति दिने व्यवस्था नीतिमा गरिएको छ।

रोकियो नयाँको अनुमति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान र अवतरण गर्ने गरी नयाँ वायुसेवा कम्पनीलाई सञ्चालन अनुमति रोक्का गरिनेछ । अब सञ्चालनमा आउने वायुसेवा कम्पनीले काठमाडौंबाहिरका विमानस्थललाई आधार बनाएर सञ्चालन गर्नुपर्ने व्यवस्था नयाँ नीतिमा राखेको हो । नयाँ वायुसेवा कम्पनीका विमानले एओसीमा उल्लेख गरिएका विमानस्थलमा मात्रै उडान गर्न पाउनेछन्।

पुरानो बन्द भए नयाँलाई अनुमति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन आधार रहेको कुनै वायुसेवा कम्पनी बन्द वा स्थानान्तरण भएमा काठमाडौंबाहिर सञ्चालन भइरहेको वायुसेवा कम्पनीलाई अनुमति दिइनेछ । त्यसरी अनुमति दिँदा एओसी पाएको मितिको आधारमा प्राथमिकता पाउने उल्लेख नीतिमा गरेको छ।

रात्रि उडानलाई शुल्क छुट

प्राधिकरणले रात्रि उडान गर्ने वायुसेवा कम्पनीलाई शुल्क छुट गर्नेछ । विमान अवतरण, पार्किङ, सुरक्षा शुल्कमा छुट दिने नीतिमै व्यवस्था गरेको हो । रात्रि उडान गर्ने विमानलाई विमानस्थल सञ्चालन शुल्क तथा मौसमी सेवा शुल्कमा समेत छुटको व्यवस्था गरेको छ।

नीतिगत रुपमै गरिएका व्यवस्थाले नेपालको वायुसेवा क्षेत्रमा रहेका समस्या हट्ने अनुमान प्राधिकरणको छ । ‘वायुसेवा क्षेत्रमा देखिएका समस्या समाधानको लागि हामीले नीतिगत रुपमै केही व्यवस्था गरेका हौं,’ पोखरेलले भने, ‘यसले वायुसेवा क्षेत्रमा देखिएका समस्या क्रमिक रुपमा समधान हुने अपेक्षा गरेका छौं।’ 
अर्को समाचार
२० वर्षभित्र नयाँ १२ लाख पाइलट चाहिने
नागरिक
१२ साउन २०७२
•
४ मिनेट पाठ
२० वर्षभित्र नयाँ १२ लाख पाइलट चाहिने
सियाटल- अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आगामी २० वर्षभित्र थप १२ लाख पाइलट आवश्यक पर्ने तथ्यांक प्रक्षेपण गरेको छ। संसारभरका वायुसेवा कम्पनीले उक्त अवधिमा नयाँ ३८ हजार जहाज थप्ने र ती जहाज उडाउन १२ लाखहाराहारी थप पाइलट र प्राविधिक आवश्यक पर्ने तथ्यांक प्रक्षेपण गरेको हो।




बोइङले तयार पारेको 'बोइङ २०१५ पाइलट एन्ड टेक्निसियन प्रोजेक्ट' का अनुसार सन् २०१५ देखि २०३४ भित्र विश्वलाई ५ लाख ५८ हजार नयाँ व्यावसायिक पाइलट तथा ६ लाख ९ हजार व्यावसायिक मर्मत प्राविधिक आवश्यकता पर्ने छ।

'यो आवश्यकता सम्बोधन गर्न बोइङले विश्वभर छरिएर रहेका १७ तालिम क्याम्पसबाट गत वर्ष ठूलो संख्यामा पाइलट तथा प्राविधिकलाई तालिम दिएको थियो भने वृहत पाइलट विकास कार्यक्रममा उल्लेख्य लगानी गरेको थियो,' बोइङ फ्लाइट सर्भिसका उपाध्यक्ष सेरी कार्बेरीले भने, 'हामी यसलाई निरन्तरता दिने छौं जसबाट हवाई यात्रुको सुविधा वृद्धिमा उल्लेख्य सहयोग पुग्ने विश्वास छ।'

बोइङका अनुसार आगामी २० वर्षमा एसिया प्रशान्त क्षेत्रलाई मात्र २ लाख २६ हजार नयाँ पाइलट र २ लाख ३८ हजार प्राविधिक आवश्यक पर्ने छ। युरोपका लागि ९५ हजार पाइलट र १ लाख १० हजार प्राविधिक, उत्तर अमेरिकालाई ९५ हजार पाइलट तथा १ लाख १३ हजार प्राविधिक एवं ल्याटिन अमेरिकाका लागि ४७ हजार नयाँ पाइलट र ४७ हजार नै प्राविधिक आवश्यकता पर्ने छ।

त्यसैगरी आगामी दुई दशकमा मध्यपूर्वमा ६० हजार नयाँ पाइलट र ६६ हजार नयाँ प्राविधिक चाहिने छ। उता अफ्रिकामा भने १८ हजार पाइलट र २२ हजार प्राविधिक चाहिने छ भने रुसका लागि १७ हजार नयाँ पाइलट र २२ हजार नयाँ प्राविधिक आवश्यक पर्ने बोइङको आउटलुक प्रोजेक्ट्समा उल्लेख छ।

'वायुसेवा कम्पनीका लागि विश्वव्यापी रूपमा व्यावसायिक व्यक्तिको माग पूरा गर्नसक्ने चुनौती कुनै एउटा कम्पनी एक्लैले गरेर सम्भव हुँदैन,' कार्बेरीले भने, 'विश्वव्यापी माग पूरा गर्न जहाज उत्पादक कम्पनी, वायुसेवा कम्पनी, तालिम उपकरण कम्पनी, तालिम दिने संस्था, नियामक निकाय तथा शैक्षिक संस्था सबैले सहकार्य गर्नुपर्छ र पाइलट एवं प्राविधिकलाई प्रमाणित गर्नुपर्छ।'

बोइङको २०१५ पाइलट एन्ड टेक्निसियन आउटलुक प्रोजेक्ट्सले पाइलटको माग निरन्तर बढिरहेको देखाएको हो। सन् २०१४ को दाँजोमा यो वर्ष पाइलटको माग चार प्रतिशतले बढेको छ। त्यसैगरी मर्मत प्राविधिकको माग पनि औसत पाँच प्रतिशतले वृद्धि भएको आउटलुकमा उल्लेख छ।

समग्रमा भन्नुपर्दा निरन्तर आर्थिक वृद्धिका कारण पाइलट र प्राविधिकजस्ता दक्ष मानव स्रोतको औसत माग वार्षिक २८ हजार नयाँ पाइलट र ३० हजार प्राविधिक रहेको बोइङको भनाइ छ।

बोइङको आउटलुक प्रोजेक्ट्स पाइलट र प्राविधिकको आवश्यकता सम्बन्धी यस्तो दीर्घकालीन प्रक्षेपण हो जसबाट आगामी दुई दशकमा विश्वभर माग हुने दसौं हजार व्यावसायिक जेट जहाज उडानमा आवश्यक जनशक्तिबारे विस्तृतमा जानकारी पाइन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस