समयमै वर्षा भएका कारण यो वर्षको रोपाई बेलैमा सकिएको छ। असार १५ देखि सुरु रोपाई यो वर्ष भदौ तेस्रो साताभित्रै सकिएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ।
ज्ञान केन्द्रका प्रमुख योगेन्द्र यादवका अनुसार यस वर्ष बेलैमा पानी परेका कारण किसानलाई रोपाई गर्न कुनै समस्या भोग्नु परेन। कुनै कुनै साल समयमा वर्षा नहुँदा साउनभित्र सक्नुपर्ने रोपाई असोज अन्तिमसम्म पनि हुन नसक्दा धान उब्जाउ घट्ने गरेको थियो। यो वर्ष वैशाख अन्तिम, जेठ सुरुदेखि प्रशस्त वर्षा भएका कारण किसानलाई रोपाईको त्यस्तो केही दुःख नभएको हाकिम यादवले बताए।
प्रमुख यादवले जिल्लाका ८ वटै स्थानीय तहमा समयमै रोपाई सकिएको बताए। अन्तिम तथ्याङ्क अनुसार उदयपुरमा कुल खेतीयोग्य जमिनको ९९.६ प्रतिशत हिस्सा क्षेत्रफलमा धान रोपाई गरिएको छ। उदयपुरमा १३ हजार २ सय ८० हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने गरेको यादवले बताएका छन्।
‘यो वर्ष समयमै रोपाई सकिएको छ, विगतमा जस्तो वर्षाको अभावले रोपाई रोकिनुपर्ने अवस्था आएन’ हाकिम यादवले भने ‘सिँचाई सुविधा भएका र आकाशे पानीको भरमा गर्ने खेत सबैमा समयमै पर्याप्त वर्षा भएकाले रोपाई बेलैमा सकिएको छ।’ उनले जिल्लाका ८ वटै स्थानीय तहको समथर तराईदेखि पहाडी खोँच र बेँसी सबैतिर सहजै रोपाई भएको बताएका छन्।
यो वर्ष समयमै वर्षा भएका कारण असार अन्तिमसम्ममा १५ प्रतिशत रोपाई भईसकेको थियो। साउन पहिलो साताभित्र ७० प्रतिशत भएको रोपाई तेस्रो साता सबैतिर सकिएको ज्ञान केन्द्रले जनाएको छ। बेलैमा रोपाई सकिएका कारण धान उत्पादन पनि वृद्धि हुने अपेक्षा किसानले गरेका छन्।
कृषि ज्ञान केन्द्रले पनि बेलैमा रोपाई हुनुले वातावरण अनुकूल हुन सके, रोग किरा नलागे धान उत्पादन बढ्न सक्ने अनुमान गरेको छ। ६० देखि ८० हजार मेट्रिक टन धान उत्पादन हुने उदयपुरमा यस वर्ष केही बढ्छ कि भन्ने अपेक्षा गरिएको ज्ञान केन्द्रकी बाली विज्ञान शाखा अधिकृत फुलमाया शेर्पा बताउँछिन्।
उदयपुरका बेलका, चौदण्डीगढी, कटारी र त्रियुगा नगरपालिकाको जमिन धान उत्पादनका लागि उर्वर मानिन्छ। ती स्थानीय तहका पहाडी भेगका खोँच र बेँसीसहित समथर भूभागमा मुख्य बाली नै धान रहेको छ। त्यस्तै पहाडी भेगका लिमचुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढीका बेँसी, खोँच र खोला किनारको जमिनमा धान खेती गरिँदै आएको छ।