गत आवमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकिरहेको अवस्थामा चालु आर्थिक वर्ष २०८१/८२को सुरुवात सकारात्मक देखिएको छ। साउन महिनामा सरकारी बजेटको खर्चभन्दा राजस्व संकलन दोब्बर रहेको छ।
साउनमा ९६ अर्ब ९५ करोड रूपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यो एक महिनामा सरकारी खर्च ४० अर्ब २० करोड रूपैयाँ रहेको छ।
महालेखाका अनुसार साउनमा सरकारी बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर भएको हो। चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको २.१६ प्रतिशत र आम्दानी ६.५९ प्रतिशत बराबर हो।
एक महिनामा चालुतर्फ १२ अर्ब ३८ करोड २२ लाख अर्थात् वार्षिक लक्ष्यको १.०९ प्रतिशत र पुँजीगततर्फ आठ अर्ब ५५ करोड ४८ लाख अर्थात् वार्षिक लक्ष्यको २.४३ प्रतिशत बराबर छ।
त्यस्तै, पुँजीगततर्फ वार्षिक लक्ष्यको ५.२५ प्रतिशत अर्थात् १९ अर्ब २७ करोड ६ लाख बराबर खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन गरेको छ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य छ। कर राजस्व १२ खर्ब ८४ अर्ब २० करोड, गैरकर राजस्व एक खर्ब ३५ अर्ब र वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख रूपैयाँ बराबर उठाउने लक्ष्य छ। चालु आर्थिक वर्षको पहिलो महिना सरकारले वैदेशिक अनुदान लिएको छैन। साउनको कुल संकलित राजस्वमध्ये कर राजस्व ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व १७ अर्ब ३३ करोड रहेको छ।
अर्थको सय दिने कार्ययोजना
अर्थ मन्त्रालयले एक सय दिनमा सम्पादन गर्ने कार्यहरूको कार्ययोजना तयार पारेको छ। कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठन गरी परिचालन गर्ने छन्।
यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, भन्सार मूल्यांकनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागु गर्ने, भन्सार महसुल नियमावली २०८१ तर्जुमा गर्ने, गत आर्थिक वर्षमा विधिसम्मत रूपमा सिर्जित दायित्व यकिन गरी भुक्तानी गर्नेछन्।
कार्ययोजनामा उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता दिने कार्य प्रारम्भ गर्ने, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्ने उल्लेख छ। सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने कार्यविधि, २०८१ तयार पारी लागु गर्ने, बहुवर्षीय ठेक्काका लागि अर्थमन्त्रालयबाट भएको स्रोत सहमति, विषयगत मन्त्रालय/ निकायले लगाएको ठेक्का र तिर्नुपर्ने बाँकी दायित्वको विवरण यकिन गर्नेछन्।
वार्षिक २५ करोड रूपैयाँभन्दा बढीको कारोबार गर्ने थप २०० करदाताको कारोबारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आवद्ध गर्ने, तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग सुरु गर्ने लगायत छन्।
अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले कार्ययोजनाको कार्यान्वयनले नीतिगत, कानुनी र सेवा प्रवाहमा सुधार हुनुका साथै स्रोत तथा खर्च व्यवस्थापन, वैदेशिक सहायता परिचालन लगायतमा थप उपलब्धि हासिल गर्न सहयोग पुग्ने बताए।
आर्थिक सुधार आयोगको प्रस्ताव सकारात्मक: महासंघ
नेपाल उद्योग वाणिज्य महासंघले अर्थ मन्त्रालयले सय दिने कार्यक्रममा उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरिनु सकारात्मक रहेको प्रतिक्रिया दिएको छ। महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरीय आयोग गठनको माग राख्दै आइरहेको थियो।
अर्थतन्त्र सम्बद्ध क्षेत्रबीच समन्वय अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रूपमा अर्थतन्त्र चलायमान बनाइ दिगो आर्थिक विकास हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएकाले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो।
‘महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दछु’, महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले भने।
अर्थ मन्त्रालयले यसलाई सयदिने प्राथमिकतामा समावेश गरेकामा महासंघले अर्थमन्त्री विष्णु पौडेलसहित मन्त्रालयलाई धन्यवाद दिएको छ। महासंघले मितव्ययी रूपमा आयोग सञ्चालन ढाँचा पनि प्रस्ताव गरेको छ।