रुद्र खड्का/वसन्त खड्का
काठमाडौं – काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मेवारी लिएपछि नेपाली सेनाले टेन्डर प्रक्रियालाई धमाधम अघि बढाएको छ ।कहिले विदेशी त कहिले स्वदेशी ठेकेदार कम्पनीले निर्माण गर्ने भन्ने अन्योलमा रहँदै आएको द्रुतमार्ग निर्माणको जिम्मा सरकारले गत वैशाख २१ गते सेनालाई दिने निर्णय गरेको थियो।
निर्माण कार्यको जिम्मा पाएलगत्तै फिल्डमा खटिएको सेनाले विभिन्न व्यवस्थापनका काम सक्दै टेन्डर प्रक्रिया सुरु गरिसकेको जनसम्पर्क निर्देशनालयका निर्देशक सहायक रथी गोकुल भण्डारीले बताए । उनका अनुसार एक महिनाअघि नै दु्रतमार्ग निर्माणका लागि आठवटा टेन्डर स्वीकृत भइसकेका छन् । थप १४ वटा स्वीकृतिको अन्तिम चरणमा छन् । ‘१४ वटा ठेक्काका लागि आशयपत्र माग गरिसकेका छौं,’ उनले भने।
सेनाले यसअघि दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) पनि आफैंले तयार गर्ने निर्णय गरिसकेको छ । त्यसअघि द्रुतमार्ग निर्माणमा भारतीय कम्पनी आइएल एन्ड एफएसले तयार पारेको डिपिआर प्रयोग गरिने प्रयास भइरहेको थियो । उक्त प्रतिवेदनलाई करिब ५६ करोड रुपैयाँमा बिक्री गर्ने भारतीय कम्पनीको कसरत थियो।
द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले माग गरेको डिपिआरको मूल्य अत्यधिक भएकाले सेनाले आफैं तयार गर्ने निर्णय गरेको बताइएको छ । दु्रतमार्ग निर्माणको जिम्मा पाएको सेनाले नै डिपिआर तयार गर्ने निर्णय गरेपछि निर्माण कार्य अझै सहज हुने अपेक्षा गरिएको छ । जसले निर्माण गर्ने हो उसैले डिपिआर तयार पार्दा आयोजनाका सबल र दुर्बल पक्ष थाहा हुने भएकाले काम समयमै सक्न सहज हुने अपेक्षा गरिएको हो।
सरकारले चार वर्षभित्र दु्रतमार्ग सम्पन्न गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार सेनाले कामलाई तीव्रता दिने बताएको छ । काठमाडौंलाई तराई–मधेससँग जोड्न सरकारले सन् १९७४ देखि नै दु्रतमार्ग निर्माण गर्ने योजना बनाएको थियो । तर, दु्रतमार्ग कसले बनाउने भन्नेबारे पटकपटक विवाद हुँदा निर्माण अघि बढ्न सकेको थिएन । निर्माणको जिम्मा विदेशी या स्वदेशीमध्ये कसलाई दिने भन्नेमा राजनीतिक दल र सरकार विभाजित थिए । त्यही अन्योलबीच आयोजना करिब चार दशक पछि धकेलियो । जसले गर्दा सर्वसाधारण निराश थिए।
करिब एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको दु्रतमार्ग निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । सरकारले दु्रतमार्गलाई राष्ट्रिय गौरवको आयोजना भन्दै आए पनि हालसम्मको भौतिक र वित्तीय प्रगति भने निराशाजनक छ।
काठमाडौंदेखि बाराको निजगढसम्म दु्रतमार्गको ७६ किलोमिटर ट्र्याक भने नेपाली सेनाले यसअघि नै खोलिसकेको छ । दु्रतमार्गमा ९९ वटा साना–ठूला पुल बनाउनु र एक हजार ३७ मिटर सुरुङ खन्नुलाई सर्वाधिक कठिन कामको रूपमा लिइएको छ । सरकारले निर्माणको जिम्मा दिएलगत्तै सेनाले दु्रतमार्गमा बेस क्याम्प स्थापनादेखि निर्माणका अन्य प्रारम्भिक काम थालिसकेको छ।
भण्डारीले दु्रतमार्गका विभिन्न स्थानमा चारवटा अस्थायीसहित नौ स्थानमा बेस क्याम्प खडा गरिसकेको जनाए । सडक निर्माणका लागि सेनाले आठ सय ५० जवानलाई फिल्डमा खटाएको छ । त्यस्तै, मकवानपुरको लेनडाँडादेखि बुदुनेमा रुख कटान भइरहेको सहायक रथी भण्डारीले बताए । उनले बाराको निजगढदेखि काठमाडौंतिरको सात किलोमिटर सडकमा माटो पटान भइरहेको जनाए।
ट्र्याक निर्माणको लागि सरकारले अहिलेसम्म करिब एक अर्ब ६४ करोड रुपैयाँ निर्माण र मुआब्जा वितरणमा खर्च गरिसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मुआब्जामा लागि ललितपुरको खोकनामा केही विवाद देखिएको छ । सेनाले उक्त विवाद मन्त्रालयले समाधान गर्नुपर्ने बताएको छ । विवादका कारण मुआब्जा वितरण हुन सकेको छैन । सडक निर्माणपछि काठमाडौंबाट बारा एक घन्टामा पुग्न सकिने बताइन्छ । जसले गर्दा सर्वसाधारणको इन्धन र समय बचत हुनेछ।
आर्थिक विज्ञहरूले दु्रतमार्गलाई तराईका जनताको लाइफलाइन (जीवन रेखा) को रूपमा हेर्ने गरेका छन् । सेनाले आफूले गर्न सक्ने काम अघि बढाउन र नसक्नेमा परामर्शदाता नियुक्ति, टेन्डर लगायत प्रक्रियाबाट अघि बढाउन सक्नेछ । निर्माणको लागि सेनाले छुट्टै कार्यदल निर्माण गरिसकेको छ।
दु्रतमार्गबाहेक हाल सेनाको नेतृत्वमा जाजरकोट–दुनै (११८ किमी), कालीगण्डकी करिडोर (७६ किमी), कर्णाली करिडोर (१४५ किमी), गोरखा–आरुघाट–नार्के (११८ किमी) र त्रिशूली–स्याफ्रुबेसी–रसुवागढी सडकको मैलुङखोला–स्याफ्रुबेसी खण्डको (१७ किमी) को निर्माण कार्य जारी छ । ती खण्डमध्ये मेलुङखोला–स्याफ्रुबेसी खण्डको (१७ किमी) आउँदो वैशाखसम्म काम सक्ने गरी निर्माण भइरहेको सहायक रथी भण्डारीले बताए । कालीगण्डकी, कर्णाली करिडोरले चीनको सीमाना जोड्ने छन्।