राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागिरहेको बेला सोही पार्टीका अर्का उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्याल पनि ‘सहकारी ठगी’मा मुछिएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका अर्याल ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड रुपैयाँ बढी रकम फिर्ता पाएनन्। सहकारीले निक्षेपकर्ताको रकम फिर्ता नगरेपछि सरकारले हाम्रो नयाँ कृषि सहकारी संस्थालाई गत माघमा समस्याग्रस्त घोषणा गरिसकेको छ। अर्याल मात्र नभएर रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सो सहकारीको सञ्चालक थिए। अर्याल उपाध्यक्ष हुँदा सहकारीको अध्यक्ष सूर्य गुरुङ थिए।
अर्याल उपाध्यक्ष छँदै २६ जना निक्षेपकर्ताले रकम फिर्ता माग गर्दै आवेदन दिएका थिए। सहकारीबाट रकम नपाएपछि निक्षेपकर्ताले सहकारी विभागमा उजुरी दर्ता गराएका थिए। सहकारीको उपाध्यक्ष रहँदा रास्वपाका अध्यक्ष लामिछानेका तत्कालीन व्यवसायी साझेदार जिबी राईलाई सहकारीमा भित्र्याएर २०७९ मा अर्याल बाहिरिएका थिए। राजनीतिमा सक्रिय भएपछि उनले सहकारी छाडेका थिए।
‘डिपीजीले नै जिबी राईलाई सहकारीमा ल्याउनुभयो,’ एक सञ्चालकले भने, ‘उहाँ छँदै सहकारी समस्यामा परेको थियो।’ सूर्य गुरुङको कार्यकाल बाँकी छँदै जिबी राई आएपछि गुरुङले सहकारीको सञ्चालक समिति छाडेका थिए।
सहकारी ऐन, नियम, मूल्यमान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क), देखि (च) सम्मको विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम हाम्रो नयाँ कृषि सहकारीलाई समस्याग्रस्त घोषणा गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ। सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको मन्त्रालयले जनाएको छ।
‘हाम्रो नयाँ कृषि सहकारी संस्था’मा ३४ जनाको करिब चार करोड रुपैयाँ बढी निक्षेप फिर्ता नपाएको भन्दै उजुरी परेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्य सचिव केशवप्रसाद पौडेलले बताए। ‘अनुसन्धानका लागि सहकारीका कागजात नियन्त्रण गरेर सिल गरेका छौं,’ सदस्य सचिव पौडेलले भने, ‘अहिले फाइल अध्ययन गर्ने काम भइरहेको छ।’
जिबीलाई ल्याएपछि अर्यालको टिम सहकारीबाट बाहिरिँदा पीडितले सहकारीको निक्षेप फिर्ता पाउनुपर्ने भन्दै विभागमा उजुरी दर्ता गरेका थिए। सहकारीमा आफू उपाध्यक्ष बसेको रास्वपा उपसभापति तथा श्रममन्त्री अर्यालले स्वीकार गरे।
‘हाम्रो नयाँ कृषि सहकारी म उपाध्यक्ष भएको थिएँ,’ अर्यालले भने, ‘मेरो २३ लाख रुपैयाँ लगानी पनि छ।’ आफू सहकारीको उपाध्यक्ष भए पनि कुनै कारोबार नगरेको र २०७९ सालमा त्यहाँबाट बाहिरिएको अर्यालले बताए। ‘राजीनामा दिएर सहकारीबाट बाहिरिएको हुँ,’ अर्यालले भने, ‘सहकारीमा हुँदा कुनै समस्या थिएन।’ अर्यालको दाबी सहकारी निक्षेपकर्ता स्वीकार गर्न तयार छैनन्।
वैशाख १५ गते इलाम-२ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज दलबलसहित इलाम पुगेको छ। आफ्नो पार्टीबाट मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गर्द उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेसहितको दलबल इलाम पुगेको हो।
रास्वपाले बिहीबार मात्रै लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। यसअघि नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका केन्द्रीय सचिव रहेका लिम्बु पहिचानवादी आन्दोलनकेन्द्रीत अभिव्यक्ति दिँदैआएका व्यक्ति हुन्। लिम्बु रास्वपा सभापति लामिछाने न्युज २४ टेलिभिजनमा कार्यरत रहँदाका सहकर्मी समेत हुन्।
उनै लिम्बुलाई उम्मेदवार बनाएपछि रास्वपाले इलाम नगरपालिका-७ लाँकुरी चौताराको चोक बजारमा आधिकारिक रुपमा उम्मेदवारी घोषणा गर्दैछ।
उक्त कार्यक्रमका लागि सभापति लामिछानेसहित उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेता इलाम पुगेका छन्।
कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुने रास्वपाले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...