रास्वपालाई इप्पानले सुझाव दिँदै भन्यो: ‘निजी क्षेत्रलाई प्रसारण र वितरण पनि सहभागिता गराइयोस्’
२७ मंसिर २०८०
•
३ मिनेट पाठ
रास्वपालाई इप्पानले सुझाव दिँदै भन्यो: ‘निजी क्षेत्रलाई प्रसारण र वितरण पनि सहभागिता गराइयोस्’
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालले ऊर्जाको नीति बनाउँदा उत्पादन, प्रसारण र वितरणमा निजी क्षेत्रको सहभागिता सशक्त गराउनु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अनुरोध गरेका छन्।




इप्पानले रास्वपा ले तयार पार्न लागेको ऊर्जा नीतिमा स्वतन्त्र ऊर्जा उत्पादकहरूले ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता थप अभिवृद्धि गर्ने नीति लिन सुझाव दिएका हुन्।

मङ्गलवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा आयोजित रास्वपा-इप्पान अन्तरक्रियामा इप्पानले ऊर्जा नीतिमा समेट्नुपर्ने विषय बारे सुझाव दिएको हो।

इप्पानले दिएका सुझावहरूमा ऊर्जाको ऊर्जाको स्रोत, उपयोग, भण्डारण र व्यापारमा विविधीकरण गर्ने, ऊर्जालाई निर्यात योग्य बस्तुको रुपमा विकास गरी हरित ऊर्जा उत्पादन बापत प्राप्त हुने कार्बन फन्डको लागि अन्तर्राष्ट्रिय समुदायसँग पहल गर्ने, निजी क्षेत्रको प्रवर्द्धनका लागि लगानी मैत्री, स्पष्ट, सरल, छोटो र पारदर्शी प्रक्रिया अवलम्बन गर्ने र स्वदेशी निजी क्षेत्रलाई प्राथमिकता दिई संरक्षण गर्दै विदेशी लगानीलाई आकर्षण गर्ने लगायतका सुझावहरू छन्।

इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जाको माध्यमबाट रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन, ग्रामीण पूर्वाधार र पर्यावरण मैत्री विकास गर्दै ऊर्जालाई नेपालको आर्थिक समृद्धिको प्रमुख संवाहक बनाउने गरी नीति निर्माण गर्न रास्वपालाई आग्रह गरे।

अध्यक्ष कार्कीले विद्युत् खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न भएका ३ हजार ६०० मेगावाट क्षमताका आयोजनाको वित्तीय व्यवस्थापन हुन नसकेको भन्दै रास्वपाले यो विषयमा आवाज उठाउन पनि आग्रह गरे। नेपाली प्रवर्द्धकलाई सरकारले हरेक कुरामा थिचेको थिच्नै गरिरहेको भन्दै स्वदेशी निजी क्षेत्रको संरक्षण बिना विदेशी लगानी आकर्षित हुन नसक्ने कार्कीको भनाइ थियो।

जग्गा प्लटिङ गर्नेलाई हदबन्दी छुट दिने सरकारले ३०र३५ वर्षपछि सरकारकै सम्पत्ति हुने जलविद्युत आयोजनाको लागि किन हदबन्दी छुट दिन सक्दैन भन्ने प्रश्न गर्दै अध्यक्ष कार्कीले यो विषयमा पनि रास्वपाले आवाज उठाउनुपर्ने बताए।

इप्पान उपमहासचिव प्रकाश दुलालले विद्युत् विधेयक, केही नेपाल ऐन, वन ऐन, वन्यजन्तु संरक्षण ऐन लगायतका दर्जनौँ ऐन र नियमहरु संशोधनको तयारी भइरहेकोले रास्वपाले मिसन ८४ भनेर सुतेर बस्ने हो भने जलविद्युत प्रवर्द्धकहरू २०८० मै सडकमा आउने बताए। उनले मिसन ८४ भनेर ४ वर्ष सुतेर नबसी यस्ता विषयमा निरन्तर खबरदारी गर्न पनि रास्वपालाई आग्रह गरे।

रास्वपा उपसभापति एवं अर्थशास्त्री डा। स्वर्णिम वाग्लेले विद्युत् उत्पादनमा भाँजो हाल्ने सबै क्षेत्रलाई सूक्ष्म रूपले नियाली रहेको बताए। संघीय संसद्का सदस्य समेत रहेका डा। वाग्लेले रास्वपा निजी क्षेत्रमैत्री राजनीतिक दल भएको उल्लेख गरे।

उनले भने, ’निजी क्षेत्रप्रति यति धेरै उदार पार्टी न हिजो थियो, न भोलि हुनेछ। आत्म नियमन सहितको निजी क्षेत्र हामीले कल्पना गरेका छौ।’ २०८४ मा बहुमत सहितको सरकार बनाउने र उत्पादनमा भाँजो हाल्ने ऐन नियमहरू एकै पटक संशोधन गरेर जाने वाग्लेको भनाइ थियो।

पूर्व शिक्षा मन्त्री एवं रास्वपा सांसद शिशिर खनालले ऊर्जा खपतको वस्तु मात्रै नभएर रणनीतिक वस्तुसमेत भएकोले रास्वपाको ऊर्जा नीतिमा यसलाई त्यसै अनुसार सम्बोधन गरिने बताए।

रास्वपा ऊर्जा नीति कार्यदलका संयोजक ई. श्रीराम न्यौपानेले अरब देशहरू आफूसँग भएको प्राकृतिक स्रोत कच्चा तेल बेचेर धनी भएको उल्लेख गर्दै नेपालले पनि आफूसँग भएको जलस्रोत बेचेरै धनी हुनुपर्ने धारणा राखे।
अर्को समाचार
विस्फोटक पदार्थ ल्याउन भारतीय अवरोध
२५ वैशाख २०८१
•
३ मिनेट पाठ
विस्फोटक पदार्थ ल्याउन भारतीय अवरोध
विस्फोटक पदार्थ आयातमा भारतीय अवरोधका कारण नेपालका विकासे परियोजना प्रभावित हुन थालेका छन्। विस्फोटक पदार्थ अभावमा निर्माणाधीन सडक, सुरुङमार्ग र जलविद्युत् आयोजनाको काम रोकिन पुगेको छ। 




सबैभन्दा बढी जलविद्युत् आयोजनाका सुरुङमार्ग, टनेल बनाउन आवश्यक पर्ने विस्फोटक पदार्थ अभाव हुँदा ती आयोजनाको निर्माण प्रभावित हुन थालेको ऊर्जा प्रवर्धकहरूको भनाइ छ। भारतले दुई महिनादेखि विभिन्न बहानामा विस्फोटक पदार्थको आयात रोकेको उनीहरू बताउँछन्।

विस्फोटक पदार्थ आयात रोकिँदा चार दर्जन बढी जलविद्युत् आयोजनाको काम प्रभावित भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले बताए।

उनका अनुसार विस्फोटक पदार्थ आयातमा काठमाडौंस्थित भारतीय दूतावासले स्वीकृति नदिएकाले निर्माणाधीन ८० प्रतिशत जलविद्युत् आयोजनाको काम रोकिन पुगेको छ।

‘विस्फोटक पदार्थ किन्न आवश्यक नो अब्जेक्सन लेटर (एनओसी) नवीकरण गर्न भारतीय दूतावास आनाकानी गरिरहेको छ। जसका कारण नेपालका निर्माणाधीन ८० प्रतिशत जलविद्युत् आयोजना प्रभावित भएका छन्,’ उनले भने, ‘अहिले नै चार दर्जन बढी जलविद्युत् आयोजनाको निर्माण रोकिन पुगेको छ।’  

काम रोकिँदा जलविद्युत् आयोजनाको समय र लागतसमेत बढ्ने देखिएको छ। भारतले विस्फोटक पदार्थ ल्याउन नदिँदा जलविद्युत् आयोजना निर्माण एकदेखि ६ वर्षसम्म धकेलिने अवस्था देखिएको कार्कीले बताए।

‘भारतले एकपटक मात्रै विस्फोटक पदार्थ आयात रोक्दा आयोजनाको लागत बढ्नुका साथै ६ महिनादेखि एक वर्षसम्म पर धकेलिन्छ,’ उनले भने, ‘त्यो अवस्था अहिले सिर्जना भएको छ।’  

विस्फोटक पदार्थ अभाव हुन थालेपछि लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन तीनवटा जलविद्युत् आयोजनाको काम रोकिने अवस्था आएको छ।

निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले पनि विस्फोटक पदार्थ नपाउँदा निर्माण कार्य प्रभावित भएको जनाएको छ। तीबाहेक निर्माणाधीन साना तथा ठुला क्षमताका जलविद्युत् आयोजना प्रभावित हुन थालेको इप्पानले जनाएको छ।

निर्माणाधीन अधिकांश जलविद्युत् आयोजनामा सुरुङ तथा टनेल खन्न विस्फोटक पदार्थ चाहिन्छ। सडक विभागअन्तर्गतका कतिपय सडकखण्ड निर्माणमा पनि विस्फोटक पदार्थको अभाव हुन थालेको निर्माण व्यवसायी बताउँछन्।

‘विस्फोटक पदार्थ अभावले धेरैजसो हाइड्रोपावर प्रोजेक्टलाई समस्या परेको देखिन्छ,’ नेपाल निर्माण व्यवसायी महासंघ नेपालका अध्यक्ष रवि सिंहले भने, ‘सडकअन्तर्गतका आयोजनामा पनि यो समस्या नहोला भन्न सकिन्न।’ 

कतिपय ठुला रणनीतिक महत्वका सडक सञ्जाल र सुरुङमार्ग बनाउन विस्फोटक पदार्थको अभाव रहेको विभागले जनाएको छ। भारतले विस्फोटक पदार्थ रोकेको यो पहिलोपटक भने होइन। विगतमा पनि भारतले विभिन्न बहानामा विस्फोटक पदार्थको आयात रोकेको थियो। विकासे आयोजना निर्माणका लागि विस्फोटक पदार्थ भारतबाटै आयात गर्नुपर्छ।

यसअघि नागढुंगा सुरुङमार्ग निर्माणका क्रममा पनि भारतले विस्फोटक पदार्थ रोक्दा निर्माण कार्य प्रभावित हुन पुगेको थियो। नेपाली सेनाले नेपालमा दैनिक १० टन विस्फोटक पदार्थ उत्पादन गरिरहेको जनाएको छ। नागढुंगा सुरुङमार्ग आयोजनामा पनि सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गर्न प्रस्ताव गरे पनि जापानी कम्पनीले परीक्षण गर्नुपर्नेलगायत कारण देखाएर मानेको थिएन।

भारतले नेपालमा आफ्नै पुँजी, स्रोत र जनशक्तिमा प्रयोग हुने आयोजनाहरूलाई प्राथमिकतामा राख्ने गरेको छ। अर्थात् नेपालमा चिनियाँ कम्पनी र लगानीमा निर्माण भएका कतिपय जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीसमेत भारतले किन्न आनाकानी गर्दै आएको छ।

नेपालका अधिकांश जलविद्युत् आयोजनामा चिनियाँ लगानी छ। नयाँ सरकार परिवर्तनपछि नेपालमा चिनियाँ प्रभुत्व बढ्न थालेको भन्दै भारतले विभिन्न बहाना बनाएर विस्फोटक पदार्थलगायतमा कडाइ गर्न थालेको विज्ञहरू बताउँछन्।

भारतबाट नेपालमा विस्फोटक पदार्थ ल्याउन भारतीय दूतावासले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिनुपर्छ। प्रत्येक ६ महिनामा एनओसी नवीकरण गरेपछि मात्र विस्फोटक पदार्थ आयात गर्न पाइन्छ। तर नवीकरण गर्ने अवधि सकिएको दुई-तीन महिना हुँदासम्म भारतीय दूतावासले एनओसी दिएको छैन।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस