विद्युत् महसुल नतिर्ने ४५६ ग्राहक कालोसूचीमा
०२ चैत्र २०८०
•
२ मिनेट पाठ
विद्युत् महसुल नतिर्ने ४५६ ग्राहक कालोसूचीमा
लामो समयदेखि विद्युत् महसुल नबुझाउने चार सय ५६ ग्राहकलाई कालोसूचीमा राखिएको छ। नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले पटकपटक ताकेता गर्दा पनि महसुल बुझाउन आनकानी गर्ने ती ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।




६ महिनाभन्दा बढी अवधिको महसुल नबुझाएका अटेर गर्ने ग्राहकको लाइन काटी कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रमुख गौरव पाण्डेयले बताए। तीन महिना महसुल नबुझाउने ग्राहकको लाइन काट्न सक्ने र ६ महिना बढी अवधिको महसुल नबुझाउनेको कालोसूचीमा राख्न सक्ने प्रावधान रहेको छ।

कालोसूचीमा पर्ने ग्राककका तीनपुस्ते विवरण निकालिएको छ। महसुल नबुझाएसम्म सूचीमा परेका तीन पुस्ताको नाममा लाइनसमेत जडान नहुने प्रमुख पाण्डेयले बताए। चालु आर्थिक वर्षको साउनदेखि फागनु मसान्तसम्ममा कालोसूचीमा परेका ग्राहकबाट कुल दुई करोड ३० लाख २५ हजार २४९ रुपैयाँ उठ्न बाँकी छ। साउनदेखि फागुन मसान्तसम्म कालोसूचीमा परेका २७ जनाबाट कुल आठ लाख ९४ हजार नौ सय ५३ रुपैयाँ उठेको छ।

बक्यौता उठाउन लाइन काट्ने अभियानमा तीव्रता  

नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले बक्यौता उठाउन लाइन काट्ने अभियानलाई तीव्रता दिएको छ। पटकपटक ताकेता गर्दा पनि रकम तिर्न आनाकानी गरेपछि प्राधिकरणले धमाधम लाइन काटन सुरु गरेको हो।

प्राधिकरणको केन्द्रीय र प्रादेशिक कार्यालयले बक्यौता रकम उठाउन कडा निर्देशन दिएपछि प्राधिकरणले चालु वर्षको साउनदेखि नै बक्यौता उठाउन कडाइ गरेको हो। चालु आवको साउनदेखि फागनु मसान्तसम्म दुई हजार एक सय ८६ जनाको लाइन काटिएको प्राधिकरणका प्रमुख गौरव पाण्डेयले बताए।

ती ग्राहकबाट चार करोड ४९ लाख ८ हजार दुई  सय ३६ रुपैयाँ उठ्न बाँकी छ। त्यसमध्ये एक हजार आठ सय ७६ जाले लाइन जोडेको र त्यसबाट चार करोड ३१ लाख ७७ हजार पाँच सय ३९ रुपैयाँ संकलन भएको छ। प्राधिकरणमा २७ करोड बढी  करोड बढी विद्युत् बक्यौता छ।

पालिकाको सडक बत्तीको सबैभन्दा बढी रकम असुली हुन सकेको छैन। सामान्यदेखि प्रतिष्ठित व्यक्तिहरुको समेत बक्यौता रहेको छ। लाइन काटेपछि कतिपयले रकम तिरिसकेको पनि पाण्डेयले बताए। सबैेभन्दा समस्या सडक बत्तीको रकम उठाउन रहेको उनले बताए।

सडकमा चौबीसै घन्टा बत्ती बले पनि त्यसको नियन्त्रणका लागि पालिकाहरुले समेत चासो नदिँदा हजारौं युनिट विद्युत् त्यसै खेर गइरहेको उनले बताए। पालिकासहित ग्राहकहरुलाई बक्यौता रकम तिर्न कडाइका साथ पत्राचार गरिएको उनले बताए। अटेर गर्नेको लाइन काट्न आपूmहरु पछि नहट्ने उनले बताए। प्राधिकरणमा ६६ हजार बढी ग्राहक छन्।
अर्को समाचार
विद्युत् महसुल नतिर्ने दुई सय ७७ ग्राहक कालोसूचीमा
०८ वैशाख २०८३
•
१ मिनेट पाठ
विद्युत् महसुल नतिर्ने दुई सय ७७ ग्राहक कालोसूचीमा
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ। लामो समयसम्म विद्युत् महसुल नतिर्ने ती ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो।




उनीहरूबाट रु एक करोड चार लाख १७ हजार ३८१ बक्यौता उठान बाँकी रहेको केन्द्रका सूचना अधिकारी नन्दराम विष्टले जानकारी दिए। उनका अनुसार लामो समयसम्म बक्यौता नतिरेका उनीहरूलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको हो। केन्द्रले बक्यौता उठाउनका लागि यस आर्थिक वर्षमा एक हजार ८२६ जना ग्राहकको विद्युत् लाइन काटेको छ। छ महिनासम्म पनि विद्युत् महसुल नतिरेका ग्राहकको लाइन काटिएको उनले बताए।

केन्द्रमा हाल ७४ हजार ८७६ ग्राहक रहेका छन्। ती ग्राहकबाट रु ४९ करोड चार लाख १० हजार ४३७ बक्यौता उठाउन बाँकी रहेको उनले जानकारी दिए। बक्यौता असुलीका लागि कार्यालयले लाइन काट्ने, सेवाग्राहीलाई सूचित गर्नेलगायतका काम गरिरहेको उनले बताए। उनले भने, 'बक्यौता असुलीका लागि कर्मचारीहरूले नियमित रुपमा काम गरिरहेका छन्।' रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस