पोखरा भित्रिने नाकामा कुरेर बस्ने र भित्रिएका पाहुना पछ्याउँदै दुख दिने व्यावसायी र व्यावसायीद्वारा परिचालित व्यक्तिलाई कास्की प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। विभिन्न सवारीमा भित्रिएका आन्तरिक तथा भारतीय पाहुनालाई पोखरा सहर भित्रिने नाकामा कुरेर बस्ने ती व्यावसायीले जर्बजस्ती आफ्नो वा आफुले चाहेको होटलमा जान दवाव दिने गरेका थिए।
प्रहरीका अनुसार नाकामा बसेका ती व्यावसायी र परिचालित व्यक्तिले विभिन्न सवारीमा भित्रिएका पाहुनालाई पछ्याउने गरेका थिए। पाहुना सवार सवारीलाई जर्बजस्ती रोक्न लगाउँदै आफ्नो वा आफुले चाहेको होटलमा जान दवाव दिने गरेका थिए। प्रहरीका अनुसार नाकामा खटिने ती व्यक्तिमा केही व्यावसायी छन भने केही व्यावसायीले परिचालन गरेका व्यक्ति हुन्। उनीहरुले निजी सवारीमा भित्रिएका वा सार्वजनिक सवारीबाट ओर्लिएका पाहुनालाई जर्बजस्ती आफ्नो होटलमा जान दवाव दिने गरेका थिए।
कास्की प्रहरीले पाहुनालाई दुव्र्यवहार गरेको आरोपमा पोखराका विभिन्न चोकबाट ९ जनालाई पक्राउ गरेको छ। कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक सूर्य रानाका अनुसार पोखराको पृथ्वीचोक, मुस्ताङचोक लगायतका ठाउँबाट उनीहरु पक्राउ परेका थिए।
पर्यटकलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनि झोला तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दुख हैरानी समेत दिई अभद्र व्यवहार गरेकोले उनीहरुलाई पक्राउ गरेको रानाले बताए। पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा पाँचदिनका लागि म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको पनि प्रहरी निरिक्षक रानाले बताए।
‘निजी तथा सार्वजनिक सवारीमा भित्रिएका पाहुनालाई बाटो छेकेर आफुले चाहेको होटलमा जान दवाव दिने गरेको खुलेको छ,’ रानाले भने, ‘मूल्यमा पनि बार्गेनिङ गर्ने र अनावश्यक प्रलोभनमा समेत पार्ने गरेको देखिएको छ।’ पक्राउ परेका उनीहरु केही व्यावसायी होटल व्यावसायी हुन् भने कतिपय व्यावसायीले परिचालन गरेका युवा हुन। परिचालित युवाले पाहुनालाई होटलमा लगिदिए बापत होटलबाट कमिसन पाउने गरेका थिए। प्रहरीका अनुसार निजी तथा सार्वजनिक सवारीमा भित्रिएका पाहुनालाई बाटो छेकेरै उनीहरुले आफुले चाहेको होटलमा जान दवाव दिने गरेका थिए।
पोखरा भित्रिएका पाहुनालाई आफ्नो होटलमा जान दवाव दिएको आरोपमा पक्राउ परेका व्यक्ति। तस्बिर सौजन्यः नेपाल प्रहरीपर्यटन व्यावसायीका अनुसार पोखरा भित्रिने मूख्य नाकामा पछिल्लो समय केही युवा सवारी सहित खटिने गरेका छन्। पोखरा भित्रिने मूख्य नाका छोरेपाटन, पृथ्वीचोक, सिम्पानी र पोखराभित्रैका बिरौटा, राष्ट्रबैंकचोक लगायतका ठाउँमा ती व्यक्तिहरु खटिने गरेका थिए। दुइ वा चारपांग्रे सवारीमा नाकामा खटिने ती युवाले नाका हुँदै भित्रिएका पाहुनाको पिछा गर्छन। गण्डकी भन्दा बहिर रजिष्टर्ड भएका सवारी कुरेर बस्ने उनीहरुले गाडीमा पाहुना देख्नासाथ पछ्याउने उनीहरुलाई जर्बजस्ती आफ्नो होटलमा लैजाने प्रयास गर्ने गरेका छन। जान नमान्नेलाई धम्क्याउने र भारतीय पाहुनालाई त झनै बढी तनाव दिने गरेको व्यावसायीले बताएका छन। कतिपयले त पाइने भन्दा बढी सुविधा दिने भन्दै पाहुनालाई लोभलालच पनि देखाउने गर्छन।
पर्यटन व्यावसायीका अनुसार भित्रिएका पाहुनालाई नाकामै रोकेर सास्ती दिने क्रम पछिल्लो समय निकै नै बढेको थियो। पोखरा प्रवेशको नाकामै पाहुनाले सास्ती खेप्नुपरेको गुनासो आएपछि व्यावसायीले प्रहरी गुहारेका थिए। होटल संघ पोखरा र पृथ्वी होटल व्यवसायी समिति सम्वद्ध व्यवसायीले केहीदिन अघि कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापालाई भेटेर पोखरा भित्रिने मुख्य नाकामा पाहुनाले खेपेको सास्तीबारे जानकारी दिलाएका थिए। त्यसपछि नाकामा प्रहरी परिचालन भएका थिए।
होटल संघका महासचिव राजेन्द्र ढकालका अनुसार गण्डकी भन्दा बाहिर रजिष्टर्ड भएका सवारीमा भित्रिएका पाहुना चोकचोकमा बसेका ती युवाको प्राथमिकतामा पर्छन। त्यसपछि मोटरसाइकल तेर्साएर गाडी रोक्न लगाउँछन् र आफ्नो होटलमा जान दवाव दिने गरेका छन।
‘अन्जान पर्यटकलाई सुरुमै तर्साइन्छ। डरत्रास देखाइन्छ, प्रलोभनमा पनि पारिन्छ,’ ढकालले भने, ‘यतिसम्मकी होटल बुकिङ गरेको अवस्थामा रद्द समेत गराइन्छ । बुकिङ गरेको पैसा फिर्ता गराइदिने आश्वासन पनि पाहुनालाई दिने गरिन्छ। आफुले चाहेको होटलमा जान नमाने अनेक धम्की पनि दिने गरिएको छ।’
बाहिरबाट भित्रिएको पर्यटकको रुपमा पहिचान गरेपछि अन्जान ती पाहुनालाई डर त्रास देखाएर आफु अनुकुलुको होटलमा जान बाध्य पार्ने गरेको ढकालले बताए। ‘पहिलो पटक पोखरा आउनेलाई यस्तो अवस्था पारिन्छ की डरत्रास देखाएर उनीहरुले चाहेको होटलमा जान बाध्य बनाइन्छ,’ ढकालले भने। व्यावसाय गर्ने सबैको अधिकार भएपनि निर्वाध रुपमा अरुलाई असर नगरि गर्नुपर्ने उनले बताए।
‘नियमभित्र रहेर अनुशासित ढंगबाट व्यावसाय गर्ने हो। पर्यटकलाई त्रास र लोभ देखाएर गरिएको व्यावसाय स्वच्छ हुँदैन,’ उनले भने। उनका अनुसार आन्तरिक र भारतीय पाहुना बढीजसो यस्तो झन्झटमा पर्ने गरेका छन। भारतीय पर्यटकलाई त झनै पहिचान गर्न सहज हुने भएकोले बढी दुख दिने गरेको उनले बताए।
फोहोरबाट आम्दानी दिलाउने र हरित रोजगारीको बाटो देखाउने उद्देश्यसहित पोखरामा आरयू (रिसाइकल र अपसाइकल) फेस्ट सुरु भएको छ।
पोखरामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना चलिरहेको छ। सोहि परियोजना सञ्चालन अन्तर्गत उत्पादित सामाग्रीको प्रदर्शन गर्दै सचेतना दिलाउन यो कार्यक्रम गरिएको पोखरा महानगरपालिकाले बताएको छ।
फेष्टमा घरेलु फोहोर र प्रयोगविहीन सामाग्रीबाट कसरी उपयोगी सामान उत्पादन गर्न सकिन्छ भन्नेबारे प्रत्यक्ष अवलोकन गर्न पाइन्छ। त्यसका साथै फोहोरबाट उत्पादित सामग्रीको प्रदर्शनी पनि गरिएको छ। फेष्टमा दीगो फोहोर व्यवस्थापनका उपायबारे सचेतना जगाउँदै चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा जानकारी गराईने पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए।
बुधबार सुरु भई दुईदिनसम्म चल्ने फेष्टको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए। ‘रिथिंक २०२६ फ्रम वेस्ट टु वर्थ’ भन्ने नाराका साथ यो महोत्सवको दोस्रो संस्करण आयोजना गरिएको हो। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले फोहोरलाई केवल समस्याका रुपमा मात्र नहेरी यसका सामाजिक, आर्थिक र वातावरणीय सम्भावनाको पहिचान गर्दै पुन प्रयोग र प्रशोधनमा जोड दिनुपर्ने बताए। फोहोरको उपयोग मार्फत चक्रीय अर्थतन्त्रको विकासमा लाग्न उनले सुझाए।
‘फोहोरका रुपमा फालिने वस्तुलाई पुनःप्रयोग र पुनर्चक्रणमार्फत उपयोगी सामग्रीमा रुपान्तरण गर्नु वातावरण संरक्षणसँगै रोजगारी सिर्जना र उद्यमशीलता विकासको अवसर पनि हो,’ मुख्यमन्त्री पाण्डेले भने, ‘हरित रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन तथा वातावरणमैत्री जीवनशैलीको विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउँछ।’
पोखरा महानगरपालिकामा सञ्चालित रिसाइकल तथा अपसाइकल मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत फेष्टको आयोजना गरिएको नगर प्रमुख आचार्यले बताए। फेस्टले रिसाइकलर, अपसाइकलर, पर्यटन क्षेत्र, निजी कम्पनी तथा आम नागरिकबिच सम्बन्ध र सहकार्य विस्तार गर्ने लक्ष्य लिएको उनको भनाई छ।
‘फेष्ट मार्फत रिसाइकल तथा अपसाइकल उद्यमलाई बजारसम्म पहुँच र वास्तविक बिक्रीका अवसर उपलब्ध गराउने उद्देश्य राखिएको हो,’ उनले भने, ‘यो कार्यक्रम मार्फत विद्यार्थीलाई सिकाइ तथा अनुभव आदानप्रदानको अवसरसमेत प्रदान गरिनेछ।’
मेयर आचार्यले पोखरामा ग्रिन भेन्चर जोन (जीभीजेड) को अवधारणालाई प्रवर्द्धन गर्दै आरयू उद्यमी तथा नवप्रवर्तक विद्यार्थीलाई लगानी र व्यवसाय विस्तारका अवसरसँग जोड्ने योजना रहेको पनि बताए। कोइकाका कन्ट्री डाइरेक्टर मूहेओन कोङ र युएनडिपीका आवासीय प्रतिनिधि क्योको योको सुकाले पोखराका लागि हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्र निर्माणमा यस्ता प्रकारका कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने बताए।
महोत्सवबाट आरयू उद्यमहरुको दृश्यता र बजार पहुँच अभिवृद्धि हुनुका साथै रिसाइकलर, अपसाइकलर, निजी क्षेत्र र पर्यटन क्षेत्रबिच सहकार्य सुदृढ हुने अपेक्षा गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए। यसले चक्रीय अर्थतन्त्र तथा प्लास्टिक प्रदूषणका समाधानबारे जनस्तरमा बुझाइ बढाउन समेत सघाउने उनको भनाई छ।
रिसाइकल र अपसाइकल उद्यमलाई बजारसम्मको पहुँच पुर्याउन महोत्सव सहयोगी बन्ने महानगरको अपेक्षा छ। आरयू फेष्टमा १४ फिट अग्लो विशाल टेडी बियर ‘रुरु’ राखिएको छ। जुन फालिएका कपडा तथा प्रयोग भइसकेका सामग्रीबाट म्युज नेपालले निर्माण गरेको रुरु बाँसको भित्री संरचनामा तयार पारिएको सामग्री हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भाटभटेनी, रानीपौवा र गौरीघाट पार्कलगायतका सार्वजनिक स्थलमा प्रदर्शन गरिएको रुरुलाई महोत्सवका दुवै दिन प्रदर्शनमा राखिएको छ।
फेष्ट विद्यार्थीका लागि सिकाइ र अनुभव साटासाट गर्ने थलो बन्ने आयोजकको अपेक्षा छ। पोखरामा कोइकाको आर्थिक सहयोग तथा युएनडिपीको प्राविधिक सहयोगमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना सञ्चालनमा आएको छ। यसमा झण्डै एकअर्ब ४४ करोड ८७ लाख रुपैयाँको लगानीमा फोहोर प्रशोधनमार्फत रिसाइक्लिङ र अपसाइक्लिङ अन्तर्गत जिभिजेड सेन्टर स्थापना गरेर फोहोरबाट विभिन्न सामग्री निर्माण उत्पादन भइरहेको छ।
यस परियोजना ५ वर्षसम्म कोइका र युएनडिपीले नै सञ्चालन गर्नेछ भने त्यसपछि सन २०२७ को मार्च २७ मा पोखरा महानगरलाई हस्तान्तरण गर्नेछ। पोखराको प्रदर्शनी केन्द्रमा उत्पादित सामग्रीहरु प्रदर्शनीमा राखिएको छ भने पोखरा महानगरपालिकाका ३३ वटै वडामा १ सय ३६ वटा सामुदायिक समूह नर्माण गरेर रिसाइक्लिङ र अपसाइक्लिङमार्फत सामग्री निर्माण भइरहेको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...