अब सुन नदीमा ‘र्‍याफ्टिङ सरर’
२९ माघ २०८०
•
३ मिनेट पाठ
अब सुन नदीमा ‘र्‍याफ्टिङ सरर’
सुन नदीमा परीक्षण र्‍याफ्टिङ गर्दै पर्यटकहरु। तस्बिर: महेश्वर/नागरिक
खोटाङ र उदयपुरको सीमा भएर बग्ने सुन नदीमा अब नियमित जल पर्यटन (र्‍याफ्टिङ) सेवा सञ्चालनमा आउने भएको छ। होटल तथा पर्यटन व्यवसायी संघ, उदयपुरको अगुवाइमा र्‍याफ्टिङ सेवा सञ्चालन गर्न लागिएको हो।




सुन नदी विश्वका १० उत्कृष्ट सेता पानी बग्ने नदीभित्र सूचिकृत भएको छ। विश्वका १० उत्कृष्ट ‘ह्वाईट वाटर र्‍याफ्टिङ’ का लागि सूचीकृत भएसँगै यहाँ राफ्टिङ व्यवसाय सञ्चालन गर्न लागिएको होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष डेबिड बस्नेतले बताए।

त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा फागुन १ गतेदेखि सुरु हुन लागेको १० दिने ‘दोस्रो प्रदेश महोत्सव ०८०’ को अवसर पारेर संघले र्‍याफ्टिङ सेवा सञ्चालन गर्न लागेको पनि बस्नेतले बताए।

राफ्टिङ सेवा सञ्चालन गर्नका लागि होटल तथा पर्यटन संघले काठमाडौँस्थित माउण्टेन रिफर र्‍याफ्टिङ कम्पनीसँग कार्यगत एकता गरेको छ। अध्यक्ष बस्नेतका अनुसार सो कम्पनीको प्राविधिक सहयोगमा रौतामाई गाउँपालिका-५ फोक्सिन्टारदेखि सुरु हुने र्‍याफ्टिङ त्रियुगा नगपालिका-१४ को धाब्लाङमा आएर टुंगिनेछ। 

१३ किलोमिटर दूरीको जल विहारले अढाई घण्टाको समय पर्यटकहरूलाई भरपुर आनन्द दिने बस्नेतले बताए।

संघका महासचिव इश्वरमान राईले राफ्टिङ गर्न इच्छुक पर्यटकका लागि टिकट बुकिङ खुल्ला गरिसकिएको बताए। उनका अनुसार पर्यटकलाई हरेक दिन बिहान गाईघाटबाट बस चढाएर साउने, रानीबास, अँधेरी, पोखरी हुँदै फोक्सिन्टार पुर्‍याइनेछ। यो बीचमा खाजा र विश्रामको व्यवस्था संघले नै गर्नेछ। फोक्सिन्टारदेखि सुरु भएको र्‍याफ्टिङ नदी बीचमै पर्ने राँकुली छाँगामा बिसाउने व्यवस्था मिलाइएको छ।

त्यहाँ केहीबेर आरामपछि धाब्लाङसम्मको र्‍याफ्टिङ यात्रा सुचारु हुनेछ। गन्तव्य पुरा भएपछि धाब्लाङका होमस्टेहरुमा अर्ग्यानिक र रैथाने अन्न र इच्छा अनुसार लोकल कुखुरा तथा माछा मासु (शाकाहारी पनि) सहितको खानाको व्यवस्था संघले नै मिलाएको छ। 

खाना खाएर केहीबेर आराम गर्दागर्दै फोक्सिन्टारसम्म पुर्‍याउन लगेको बस नै पर्यटक लिन धाब्लाङ आईपुग्छ। त्यहाँबाट बस चढेर पर्यटकहरु धाब्ला–साउने जोड्ने नागबेली सडक उक्लेर साँझमा गाईघाट आइपुग्ने कार्यक्रम बनाइएको छ।

गाईघाट आएका पर्यटकहरूलाई इच्छा अनुसार होटल रोजेर बस्ने व्यवस्था मिलाइएको छ।

सङ्घकी वरिष्ठ उपाध्यक्ष सुनिता राईले र्‍याफ्टिङ सेवा लिने पर्यटकहरूलाई प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँको प्याकेज शुल्क निर्धारण गरिएको बताइन्। 

उनका अनुसार सो शुल्कले पर्यटकलाई गाईघाटदेखि बस सेवामा फोक्सिन्टार, त्यहाँबाट धाब्लाङसम्म र्‍याफ्टिङ गराएर घाब्लाङबाट पुनः गाईघाटसम्म बसले ल्याइदिने सेवा समेटिएको छ।

प्रति सिफ्ट १६ जना पर्यटक दुई वटा डुङ्गा (बोट) मा ८–८ जना राखेर गाइड (पथ प्रदर्शक)सहित सुरक्षित र्‍याफ्टिङ गराउने उपाध्यक्ष राईले सुनाइन्।

पर्यटकीय गाउँपालिका रौतामाइले ६ वर्षअघि नै सुन नदीमा र्‍याफ्टिङको सफल परीक्षण गरेको थियो। परीक्षण सफल भएर व्यावसायिक राफ्टिङ सेवा सञ्चालन गर्ने तयारी भइरहेकै बेला विश्व महामारी कोभिड १९ आइपरेपछि कार्यक्रम रोकिन पुग्यो। कोभिड कहरबाट बल्ल पार पाएपछि होटल व्यवसायीहरूले नियमित र्‍याफ्टिङ सञ्चालन गर्न लागेका हुन्।
अर्को समाचार
सुन नदीमा ‘र्‍याफ्टिङ’ सरर..
२१ माघ २०८१
•
२ मिनेट पाठ
सुन नदीमा ‘र्‍याफ्टिङ’ सरर..
उदयपुर र खोटाङको सीमाना भएर बग्ने सुन नदीमा व्यवसायिक जलपर्यटनको सम्भावनालाई मूर्तरूप दिन र्‍याफ्टिङ प्रशिक्षण सम्पन्न भएको छ।




विश्वकै उत्कृष्ट ‘ह्वाइट वाटर र्‍याफ्टिङ’ गन्तव्यहरूमा गनिने यो नदीमा पर्यटन प्रवर्द्धनका लागि जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरले विशेष तालिम आयोजना गरेको हो।

यस नदीले उदयपुर, खोटाङ, ओखलढुंगा, र भोजपुरका विभिन्न स्थानीय तहलाई छोएको छ। उदयपुरको कटारी नगरपालिका- १४ स्थित घुर्मीदेखि खोटाङको हर्कपुरसम्म फैलिएको यस नदीले ताप्ली, लिमचुङबुङ, रौतामाई गाउँपालिका (उदयपुरतर्फ) र हलेसी तुवाचुङ, दिक्तेल रुपाकोट मझुवागढी नगर, दिप्रुङ चुईचुम्मा, खोटेहाङ गाउँपालिका (खोटाङतर्फ) जोड्छ।

त्यस्तै, भोजपुरको रामप्रसाद राई गाउँपालिका र खोटाङको बाराहपोखरी गाउँपालिकासम्म यसको विस्तार रहेको छ।

केही वर्षयता सुन नदीमा र्‍याफ्टिङ परीक्षण हुँदै आएको छ। त्रियुगा नगरपालिका-१४ को धाप्लाङघाटबाट चौदण्डीगढी-१ को वंशीलाघाट, रानीटार हुँदै बेलका-८ को चतारा कोठुसम्म र्‍याफ्टिङ सफलतापूर्वक परीक्षण भइसकेको छ। २०७५ सालमै रौतामाई गाउँपालिकाले फोक्सिन्टारदेखि धाप्लाङसम्म र्‍याफ्टिङ परीक्षण गरिसकेको थियो।

भर्खरै सम्पन्न प्रशिक्षण कार्यक्रम त्रियुगा नगरपालिकासँगको सहकार्यमा आयोजना गरिएको थियो। संघका अध्यक्ष डेबिडट बस्नेतका अनुसार त्रियुगा १४ र १५ का ९ जना युवालाई नदीमै लगेर व्यावसायिक र्‍याफ्टिङ तालिम दिइएको छ। प्रशिक्षार्थीमध्ये ७ जना १४ नम्बर वडा र २ जना १५ नम्बर वडा निवासी छन्।

प्रशिक्षण अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक अनुप गुरुङको टोलीले प्रदान गरेको थियो। वडाध्यक्ष हिमराज मगरका अनुसार पाँच दिनसम्म चलेको यो प्रशिक्षणबाट अब व्यावसायिक रूपमा र्‍याफ्टिङ सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ। सुरुमा त्रिशूलीमा प्रशिक्षण गराउने योजना भए पनि सुन नदी उपयुक्त भएकाले तालिम यहीँ सम्पन्न गरिएको संघले जनाएको छ।

तालिम लिएका युवाहरूले यो अवसरबाट आफूहरू अपेक्षाभन्दा बढी लाभान्वित भएको बताएका छन्। अब होटल संघ र पर्यटन व्यवसायीहरूसँग मिलेर जल पर्यटनमा भविष्य खोज्न सक्नेमा उनीहरू आशावादी छन्। विदेश जान लाखौँ खर्च गर्नुको सट्टा आफ्नै गाउँठाउँमा जल पर्यटन व्यवसाय सञ्चालन गर्न पाउनु सुखद अवसर भएको उनीहरूको भनाइ छ।

स्थानीय स्रोतसाधनको प्रयोग गर्दै सुन नदीमा जल पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित गरिएको यो प्रयासले भविष्यमा उदयपुरलाई जल पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्ने विश्वास गरिएको छ।
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस