उदयपुरका पालिकाहरूको पुँजीगत खर्च निराशाजनक
२५ माघ २०८०
•
३ मिनेट पाठ
उदयपुरका पालिकाहरूको पुँजीगत खर्च निराशाजनक
त्रियुगा नगरपालिका कार्यालय। तस्बिरः नागरिक
उदयपुरका नगरपालिकाहरूले चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्च उत्साहजनक रूपमा गर्न सकेका छैनन्। आर्थिक वर्षको ६ महिना अवधिमा नगरपालिकाहरूको खर्च प्रतिशत नाजुक छ।




पुस मसान्तसम्म यहाँका ४ नगरपालिकाको पुँजीगत खर्च समग्रमा १२.६२ प्रतिशत मात्र गर्न सकेका छन्। पुँजीगत र चालु दुवै गरी अर्धवार्षिक समग्र खर्च भने एकतिहाइ बढी अर्थात् ३५.१६ प्रतिशत गरेका छन्।  

उदयुरमा सदरमुकाम त्रियुगा, कटारी, बेलका र चौदण्डीगढी नगरपालिकाले गाउँपालिकाहरूभन्दा कम खर्च गरेका छन्। नगरपालिकाको दाँजोमा उदयपुरगढी, रौतामाई, ताप्ली र लिमचुङबुङ चारवटा गाउँपालिकाको खर्च प्रतिशत केही सन्तोषजनक रहेको छ।

नगरपालिकातर्फ सबभन्दा धेरै खर्च कटारीले गरेको छ भने सबभन्दा कम खर्च गर्नेमा बेलका रहेको छ। कटारीले पुस मसान्तसम्ममा पुँजीगत बजेट १३.७४ प्रतिशत खर्च गरेको छ भने चालुतर्फ उत्साहजनक खर्च गरेको छ।

कटारीको चालु वर्षको पुँजीगततर्फ विनियोजित २१ करोड ६३ लाख ८५ हजार स्वीकृत बजेटमध्ये मसान्तसम्म २ करोड ९७ लाख ९५ हजार ६ सय ७७ रुपैयाँ खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले बताए।

चालुतर्फ विनियोजित ६२ करोड २२ लाख ९३ हजार ५ सयको अनुमानितमध्ये पुस मसान्तसम्म २४ करोड ३५ लाख ५८ हजार ३ सय ५४ रुपैयाँ अर्थात ३९ प्रतिशत खर्च भएको अधिकृत भट्टराईले बताए।  

लेखा अधिकृत माधव जोशीका अनुसार कटारीको चालु वर्षको कुल अनुमानित बजेट ८३ करोड ८६ लाख ७८ हजार ५ सय रुपैयाँ हो, जसमध्ये हालसम्म ३७ करोड १३ लाख ५० हजार ७ सय ६ रुपैयाँ खर्च भईसकेको छ। जुन खर्च हिस्सा कुल बजेटको ४४.४९ प्रतिशत रहेको अधिकृत जोशीले बताए।  

उता दोस्रो ठूलो बजेट हिस्सा खर्च गर्ने चौदण्डीगढी नगरपालिकाले पुस मसान्तसम्म चालु र पुँजीगत गरी समग्रमा २९.८५ प्रतिशत पुर्‍याएको छ। प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले चालुवर्ष विनियोजित अनुमानित बजेट ७७ करोड ६८ लाख १७ हजार ७ सय ९५ रुपैयाँमध्ये पुस मसान्तसम्म २६ करोड २९ लाख २७ हजार ४ सय ५१ रुपैयाँ खर्च भएको बताए।  

लेखापाल अमर थापा मगरका अनुसार ६ महिनाको अवधिमा चौदण्डीगढीले पुँजीगततर्फ २१.३५ प्रतिशत र चालुतर्पm ३८.३५ प्रतिशत खर्च गरेको छ। चालु वर्ष नगरपालिकाले पुँजीगततर्फ २० करोड ६० लाख २१ हजार ५ सय २३ रुपैयाँ विनियोजन गरेकोमा पुससम्म ४ करोड ४० लाख ५ हजार ३ सय ८२ रुपैयाँ खर्च गरेको छ।

त्यसैगरी चालुतर्फ विनियोजित ५७ करोड ६ लाख ९६ हजार २ सय ७२ मध्ये २१ करोड ८९ लाख २२ हजार ६८ रूपैयाँ खर्च गरेको लेखापाल मगरले बताए।

सदरमुकाम तथा क्षेत्रफल र जनसंख्याको दृष्टिकोणले जिल्लाको सबभन्दा ठूलो नगरपालिका त्रियुगाकै खर्च पनि निराशाजनक छ। चालु वर्षको ६ महिना अवधिमा त्रियुगा समग्र बजेटको २०.१३ प्रतिशत मात्र खर्च गर्न सफल भएको छ। पुस मसान्तसम्ममा त्रियुगाले पुँजीगततर्फ १०.३१ प्रतिशत र चालुतर्पm २६.८३ प्रतिशत खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले बताए।

उनका अनुसार त्रियुगाको चालु वर्षको कुल अनुमानित बजेट १ अर्ब ५० करोड ३४ लाख ८ हजारमध्ये पुस ६ महिनामा ३० करोड २६ लाख ७८ हजार रुपैयाँ खर्च भएको हाकिम सिग्देलले बताए।

त्रियुगाको पुँजीगतर्फ विनियोजित ६० करोड ९८ लाख ८६ हजारमध्ये ६ करोड २८ लाख ९८ हजार मात्र खर्च भएको लेखापाल बाबुराजा प्रजापतिले बताएका छन्। उनका अनुसार चालुतर्फ विनियोजित ८९ करोड ३५ लाख २५ हजारमध्ये २३ करोड ९७ लाख ८० हजार खर्च भईसकेको छ। जुन झण्डै २७ प्रतिशत हुन आउँने प्रजापतिले बताए।

उता सबभन्दा कम खर्च गर्ने बेलका नगरपालिकाले पुस मसान्तसम्म पुँजीगततर्फ ५.१३ प्रतिशतमा सीमित गरेको छ। बेलकाको विनियोजित पुँजीगत बजेट २७ करोड ५६ लाख ३६ हजार १ सय ४५ रुपैयाँमध्ये १ करोड ४१ लाख ४३ हजार ३ सय ४१ मात्र खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले बताएका छन्।

घिमिरेका अनुसार चालुतर्फ बेलकाले छुट्याएको ४८ करोड ३३ लाख ६९ हजार ८ सय ५५ रुपैयाँमध्ये पुस मसान्तसम्म १७ करोड ६३ लाख ७७ हजार ४ सय ६६ रुपैयाँ खर्च भएको छ। जुन ३६.४९ प्रतिशत हिस्सा हो।

लेखा अधिकृत राजन भट्टराईका अनुसार बेलका नगरसभाले चालुवर्षका लागि ७५ करोड ९० लाख ६ हजार रुपैयाँको अनुमानित आयव्यय पारित गरेको छ। बेलकाको समग्र बजेट खर्च ६ महिनाभित्र २०.८१ प्रतिशतमा सीमित हुन पुगेको पनि लेखा अधिकृत भट्टराईले बताए।
अर्को समाचार
कामपाद्वारा ६ महिनामा करिब पाँच अर्ब राजस्व असुल
०३ माघ २०८०
•
२ मिनेट पाठ
कामपाद्वारा ६ महिनामा करिब पाँच अर्ब राजस्व असुल
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (६ महिना) अवधिमा चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो।




अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यस वर्ष ३५ करोडले बढी राजस्व असुल भएको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले राससलाई जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी बहाल करमा एक अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ।

त्यस्तै, सम्पत्ति करमा ६७ करोड १७ लाख २० हजार असुल गरेको हो। विभागका अनुसार पछिल्लो समय करदाताको संख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो। कामपाले चालु आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको छ। गत आवमा भने नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो।

विगतका केही वर्ष कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसके पनि चालु आवमा लक्ष्यमा पुग्न समस्या नहुने कामपाको भनाइ छ। सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको प्रमुख काफ्लेले जानकारी दिए। चालु आवमा हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने उनको भनाइ थियो।

यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम भए पनि आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ। पछिल्लो समय कामपाले राजस्व सङ्लनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुलउपर गर्न सहज भएको काफ्लेले बताए।

कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका–२०७९’ जारी गरेसँगै बहाल करबापतको रकम सङ्कलन हुन थालेको जनाइएको छ। निर्देशिकाअनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराउँदा दुवैबारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्ने छ। लिखित सम्झौताको एक प्रति सम्बन्धित वडा कार्यालय, एक प्रति घरधनी र एक प्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा उल्लेख  छ। –रासस
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस