चैते धान प्रवर्द्धनमार्फत खाद्यान्नमा आत्मनिर्भरता बढाउँदै पोखरा
२४ माघ २०८०
•
४ मिनेट पाठ
चैते धान प्रवर्द्धनमार्फत खाद्यान्नमा आत्मनिर्भरता बढाउँदै पोखरा
 सर्वसाधारणलाई खाद्यान्नमा आत्मर्भिरतातर्फ उन्मुख गराउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको ‘एक वडा एक पकेट’ कार्यक्रमअन्तर्गत चैते धान प्रवर्द्धनमा जोड दिइएको छ।




सिँचाइयुक्त उब्जाउयोग्य जमिनको अधिकतम उपयोग गर्दै त्यसबाट सर्वसाधारणले लाभ लिन सकून् भन्ने उद्देश्यका साथ महानगरपालिकाले बर्सेनि चैते धान खेतीका लागि कृषकलाई सहयोग गर्दै आएको हो।

चैते धानको प्रवद्र्धन गर्दै महानगरपालिकाभित्रका वडा नं १४, १५, २६ र २७ मा चैते ५ जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

उक्त क्षेत्रका कृषकले यसअघि स्थानीय जातको चैते धान लगाउने गरेकोमा चैते ५ जातको धानको बीउ वितरण गरेसँगै उत्पादनमा पनि वृद्धि भएको उनले बताए।

‘स्थानीय जातका बीउ लगाउँदा प्रतिरोपनी दुई मुरी धान फल्ने गरेकोमा अहिले ६ मुरीसम्म फल्न थालेको छ’, उनले भने, ‘चैते धानका कारण जमिनको सदुपयोगसँगै खाद्यान्नमा आत्मनिर्भर बन्न पनि सहयोग पुर्‍याएको छ।’

महानगरपालिकाले यस वर्ष चार टन चैते धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको बताउँदै उनले पोखरा महानगरपालिका–२६ का किसानलाई वितरण गरिसकिएको जानकारी दिए।

गत वर्षदेखि वितरण गरिएको चैते ५ जातको बीउबाट उत्पादित धान मसिनो, खान पनि स्वादिलो र प्रतिरोपनी पाँचदेखि सात मुरीसम्म फल्ने गरेको कृषक बताउँछन्। पोखरा महानगरपालिका– २६ मा गत वर्ष दुई सय ६५ जना कृषकलाई आठ लाख ४५ हजार प्रोत्साहन सहयोग पनि गरिएको वडाध्यक्ष नरेन्द्र थापाले बताए।

‘उक्त प्रोत्साहन सहयोगलाई यस वर्ष पनि निरन्तरता दिइएको छ’, उनले भने, ‘वडाले आगामी दिनमा कृषि उत्पादनलाई प्राथमिकता दिँदै कृषि बजार बनाएर स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुर्‍याउने योजना राखेको छ।’

महानगरपालिकाले चैते धान खेतीमा प्रोत्साहनका लागि रोपाइँ सकिएको ४५ दिनपछि स्थलगत अनुगमन गरी प्रतिरोपनी नौ सय प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख कडरियाको भनाइ छ।

अघिल्लो वर्ष महानगरपालिकाले चैते धान रोपाइँ गर्ने कृषकलाई १२ लाख प्रोत्साहन रकम उपलब्ध गराएको उनले जानकारी दिए। महानगरपालिकाले पकेट कार्यक्रमअन्तर्गत सूचना प्रकाशन गरेअनुसार माघ १५ गतेसम्म प्राप्त आवेदनको आधारमा एक हजार रोपनीभन्दा बढी क्षेत्रमा तीन हजार दुई सय किलोग्राम चैते धानको बीउ वितरण गरिरहेको महाशाखाले जनाएको छ।

चैते ५ धानको बीउ रोपेको एक सय २० दिनमा काट्न तयार हुने बताउँदै उनले भने, ‘यसका लागि छिटो ब्याड तयार गरी सकेसम्म गुमोज बनाइ ब्याड तयार गर्नुपर्छ, हामीले फागुन २० गतेभित्र धान रोप्ने गरी कृषकलाई तयारी गर्न भनेका छौँ।’ महाशाखाले जमिन तयारी, मल व्यवस्थापन, सिँचाइ, रोप्ने दूरी, रोग किरा व्यवस्थापनका साथै खेती प्रविधिबारे अभिमुखीकरण गरी चैते धान खेती प्रविधि पुस्तिकासमेत वितरण गरिरहेको उनले जानकारी दिए।

नेपालको कृषि अर्थतन्त्रमा महत्वपूर्ण खाद्यान्नका रूपमा रहेको धान खेती तराई, मध्यतराई, मध्यपहाड र उच्चपहाडी क्षेत्रमा गरिँदै आएको पाइन्छ। चैते धान तराई, मध्यतराई, मध्यपहाड र उच्चपहाडी क्षेत्रका साथै हिमाली जिल्ला ताप्लेजुङ र सोलुखुम्बुमा पनि उत्पादन हुने गरेको पाइन्छ।

तथ्यांकअनुसार देशमा करिब ९२ प्रतिशत धान खेती बर्षातमा गर्ने गरिएको छ भने करिब सात प्रतिशत चैते धान र एक प्रतिशत जाडो मौसमअर्थात् माघको अन्तिममा रोपिँदै आइएको छ। चैते धान भने विशेषतः सिँचाइको सुविधा हुने पहाडी भूूभाग एव बेंसीमा गर्ने गरिएको छ। गण्डकी प्रदेशमा छ हजार तीन हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको तथ्यांक छ।

विशेष गरेर चैतमा दिन लामो तथा रात छोटो हुने भएको र आकाशमा बादल नलाग्ने बेला, सूर्यको ताप बढी हुने र सूर्यको किरणको शक्ति बालीको हरित कणमार्फत् बालीले तान्ने भएकाले असारको तुलनामा चैतमा धेरै उत्पादन हुने गर्दछ।

आकाशमा कम बादल र बढी सुक्खा हुने भएकाले चैते धानमा विभिन्न रोगजन्य प्रकोप पनि कम हुने कडरियाले जानकारी दिए। उनले भने, ‘चैते धानको खेतीसमेत गर्दा खेत बाँझो पनि नहुने र उत्पादनसमेत बढ्ने भएकाले नेपाल सरकारले पनि यसलाई प्राथमिकतामा राखेको छ।’

गण्डकी प्रदेशमा पोखरा र आसपासका क्षेत्रका साथै नवलपुरको मध्यविन्दु, त्रिवेणी, तनहुँको व्यास, भिमाद, गोरखाको दरौँदी किनारलगायत क्षेत्रमा चैते धानको बढी खेती हुने गरेको छ भने अन्य जिल्लामा पनि केही मात्रामा चैते धानको खेती गरिँदै आइएको छ। प्रदेशभित्र चैते धानमा ‘सिएच’ ४५, चैते २, चैते ५, चैते ६ लगायतका जातको खेती गरिँदै आएको पाइन्छ। –रासस
अर्को समाचार
पोखरा महानगर र युङजिन विश्वविद्यालय बीच समझदारी
२८ साउन २०८२
•
२ मिनेट पाठ
पोखरा महानगर र युङजिन विश्वविद्यालय बीच समझदारी
पोखरा महानगरपालिका र कोरियाको युङजिन विश्वविद्यालयबीच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी सम्झौता भएको छ।  




पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्राध्यापक चोइ जेइयोङले हस्ताक्षर गरेका छन।  

समझदारी अनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबिच अन्तर्राष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइने महानगरले बताएको छ। शिक्षा, पर्यटन र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई समर्थन गर्न मानव संशाधन तथा सूचना आदानप्रदान, महानगरपालिका र युङजिनबीच अनुकूल शैक्षिक कार्यक्रम, भ्रमण र भर्चुअल शिक्षामा साझेदारी गरिने पनि महानगरको भनाई छ।

सहरी विकास, पर्यटन र दिगो अभ्यास लगायत पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तन परियोजनामा सहकार्य गरिने सम्झौतामा उल्लेख छ। नगर प्रमुख आचार्यले दुईपक्षीय समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीलाई उनीहरूको अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम रोजगारीमा विश्वविद्यालयले आवश्यक सहजीकरण गर्ने बताए।  

प्राविधिक शिक्षाको सन्दर्भमा विश्वविद्यालयसँगको समझदारीले विद्यार्थीको अन्तर्राष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित गर्ने भएकाले यसका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने पनि उनले बताए। ‘उच्चशिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा अध्ययताहरुलाई समेत यसले महत्वपूर्ण सहयोग पुग्नेछ,’ आचार्यले भने।

पोखरा महानगरपालिकासँगको सहकार्यमा शैक्षिक विकासका लागि हातेमालो गर्न तत्पर रहेको विश्वविद्यालयका प्राध्यापक चोइ जेइयोङले बताए । विशेष गरी प्राविधिक शिक्षा, मानव संशाधन र पारस्परिक लाभका विषयमा पोखरा महानगरसँग सम्बन्ध नजिकिएको पनि उनको भनाई छ । यसअघि पनि कोरियन सरकार र एजेन्सीजको सहयोगमा पोखरामा थुप्रै परियोजना सञ्चालनमा रहेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस