विगत १० वर्षदेखि ठमेलको गोकर्ण हाउस रेस्टुरेन्टमा आउने पाहुनाले मौलिक नेपाली खानाको साथै विभिन्न कला तथा सांस्कृतिक कार्यक्रमको अनुभूति लिइरहेका छन्। एउटै छानामुनि रेस्टुरेन्टमा आउने विदेशी तथा स्वदेशी पाहुनाले नेपाली खानाका परिकारहरूसँगै मौलिक संस्कृति झल्किने परम्परागत नृत्यहरू पस्किने गरेका छन्।
रेस्टुरेन्ट अपरेसन म्यानेजर राजु पाण्डेले होटेल तथा रेष्टुरेन्टहरूमा देखाइने सांस्कृतिक नृत्यहरूले पर्यटकलाई मनोरञ्जन मात्र नभई मौलिक कला र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न समेत सहयोग पुगेको बताए। ‘नाच्ने गाउने कुराहरू मनोरञ्जनमा मात्र सीमित छैन, यसले नेपाली कला र संस्कृतिलाई जर्गेना गरेको छ, अन्तर्राष्ट्रियकरण गरेको छ,’ पाण्डे भन्छन्,‘विदेशी पर्यटकले टुर र ट्रेकमा गएका बेला हेरे देखेका भेसभुसा, तथा जीवनशैलीलाई नृत्यमार्फत देखाउँदा उनीहरूले नेपाली संस्कृति नजिकबाट महसुस गर्छन्, उनीहरू एकदमै उत्सुक र खुसी हुन्छन्।’
पाण्डेका अनुसार यस्ता सांस्कृतिक कार्यक्रमहरूले पर्यटकहरूलाई मनोरञ्जन दिने त छदैछ। उनीहरू घुम्न जाँदा गाइडले कुनै बेला भन्न छुटेको सांस्कृतिक पाटोलाई समेत यस्ता सांस्कृतिक नृत्य तथा गीतहरूले समेटेको छ। ‘मौलिकपन झल्कने नृत्य तथा गीतहरू व्यापार भन्दा पनि अभियान हुन्। यसले नेपालीको भेषभुषा, रहनसहन, कला, संस्कृत, जीवनजगतको व्याख्या गर्छ,’ पाण्डे भन्छन्, ‘यस्ता मौलिक नेपाली गतिविधिहरू व्यापार भन्दा पनि कला र संस्कृति जगेर्ना तथा प्रवर्द्धन निम्ति बढी समर्पित हुन्छ।’
एक दशक देखी गोकर्ण हाउस रेस्टुरेन्टले तामाङ, मगर, नेवार, मयुर, शेर्पा, गुरुङ, राई, क्षेत्री, थारु आदी समुदायका नृत्यहरू पाहुनाहरूलाई पस्किँदै आएको छ। साथै सांगितीक कार्यक्रमहरू पनि रेस्टुरेन्टले गर्दै आएको छ।
रेस्टुरेन्ट तथा होटेलमा हुने यस्ता सांस्कृतिक कार्यक्रमहरूले पर्यटकले थप मनोरञ्जन प्रदान गर्छन्। मौलिक कला र सांस्कृतिक पाटो मनोरञ्जन र व्यापारसँग मात्र सम्बन्धित नभई विश्वव्यापी प्रचारप्रसार, प्रवर्द्धन र जगेर्ना गर्न सहयोग पुग्छ। यसबाट होटेल तथा रेस्टुरेन्टले मात्र नभई राज्यले समेत लाभ लिइरहेको हुन्छ। साथै यससँगै संलग्न कलाकारहरूले रोजगार पाइरहेका हुन्छन् भने उनीहरूको आर्थिक उपार्जन समेत सहयोग भइरहेको हुन्छ। पाण्डेका अनुसार हाल गोकर्ण हाउसमा १० जना कलाकारहरूले पूर्ण रूपमा सांस्कृतिक समूहका लागि रोजगार गरिरहेको बताए।
ठुला होटेल र आधुनिक रेष्टुरेन्टहरुमा पछिल्लो समय विदेशी पर्यटकलाई मनोरञ्जन दिन रैथाने नृत्यहरू देखाइन थालेका छन्। यसले नेपाली मौलिक परम्परागत नृत्यलाई जगेर्ना गर्ने त छँदैछ सँगै अन्तर्राष्ट्रियकरण तथा आर्थिक उपार्जनको पाटो समेत बनेको छ। आधुनिकतालाई आत्मसात् गरेको अहिलेको अवस्थामा परम्परागत तथा मौलिक सांस्कृतिक गतिविधिहरूले नेपालीपन जोगाउन यस्ता मौलिक सांस्कृतिक पस्किने होटेल तथा रेस्टुरेन्टको छुट्टै भूमिका छ। जसमा मौलिक नेपाली परम्परागत शैलीका नृत्यहरू यसको एक बलियो उदाहरण हो।
यस्तै लाजिमपाट उत्तरढोकामा रहेको वेलनेस अर्ग्यानिक रेस्टुरेन्टले पनि विगत सात वर्षदेखि सांस्कृतिक कार्यक्रमहरू राखेको छ। रेस्टुरेन्ट निरीक्षक यादव गेलालका अनुसार हप्तामा आठ वटा सांस्कृतिक कार्यक्रमहरू पाहुनाले हेर्न सक्नेछन्। ‘हामीले साँझ ६ः३० बाट सांस्कृतिक कार्यक्रम सुरु गरेर ९ बजे जस्तो समापन गछौं,’ उनले भने,‘यदि कुनै पनि पाहुनाले समय थप गर्न अनुरोध गरेमा त्यसको पनि व्यवस्था गछौं।’
गेलालका अनुसार रेस्टुरेन्टमा शुक्रवार, शनिवार कृष्ण आरतीबाट आइतबार देखि बिहीबार शिव ताण्डवबाट सांस्कृतिक कार्यक्रम सुरु हुन्छ। वेलनेसमा नेवारी नृत्य, तामाङ नृत्य, भोजपुरी नृत्य, शेर्पा नृत्य, मयुर नृत्य गरेर आठ समुदायका नृत्य देखाउँदै आएको छ। ‘विदेशी पर्यटक नेपाल आउने भनेको यहाँको मौलिक कुराहरू हेर्न आउने हो,’ उनले भने,‘होटेल तथा रेष्टुरेन्टहरुले एउटै ठाउँमा हिमाल, पहाड, तराईको मौलिक नृत्य हेर्न पाउँछन्। यहाँ आउने विदेशी पर्यटकहरूले हाम्रा मौलिक नाँचहरु हेरेर रोमाञ्चित हुन्छन्। मौलिक नृत्यहरू एकदम मन पराउँछन्।’
अर्गानीक खानासँग मौलिक नृत्य तथा गानाहरूमा पर्यटकहरू रमाउने बताउँदै गेलालले यस्ता कार्यक्रमहरूले नेपालको रैथाने समुदायहरूको भेसभुसा, संस्कृति, रहनसहन विदेशीसँग आदानप्रदान गर्ने बताए। ‘होटेल तथा रेस्टुरेन्टमा हुने मौलिक कार्यक्रमहरू वास्तवमा हाम्रो नेपालको कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पुगेको छ,’ उनले भने,’विदेशी पाहुना मात्र हैन नेपालमा नै पछिल्लो पुस्ताहरूलाई आफ्नो सांस्कृतिक र परम्पराको बारेमा चासो जगाउने बलियो माध्यम बनेको छ।’
त्यस्तै, डिल्लीबजारमा रहेको मौलिक तथा परम्परागत घरमा सञ्चालन भोजन गृहमा पनि यस्तै सांस्कृतिक कार्यक्रमबाट पाहुनालाई आकर्षित गर्ने गरेको छ। २५ वर्ष देखि सञ्चालनमा रहेको भाजन गृहमा पनि विभिन्न मौलिक नृत्य तथा वाद्यवादनले त्यहाँ आएका पर्यटकलाई मनोरञ्जन दिँदै आएको छ।
भोजन गृह साँझमा नेवार, थारु, शेर्पा, तामाङलगायत विभिन्न नेपाल सांस्कृतिक विविधता झल्कने ८/९ प्रकारका नाचहरू प्रस्तुत हुन्छ। यसले त्यहाँ आएका पाहुनालाई मनोरञ्जन त प्रदान गर्छ नै त्यसबाहेक विविध मौलिक नेपाली कला र संस्कृतिबारे समेत जानकारी प्रदान गर्छ। भोजन गृहले परम्परागत आकृति वा संरचनालाई मात्र ध्यान दिएको छैन। यसले सांस्कृतिक पक्षलाई पनि उत्तिकै आत्मसात् गरेको छ। यहाँ आएका विदेशी र स्वदेशी सबै पाहुनाहरूले ठेट नेपाली संस्कृतिको पनि महसुस गर्न पाउँछन्।
नेपाल सांस्कृतिक विविधताले धनी देश हो। नेपाल नेसनल फाउन्डेसन फर डेभलपमेन्ट अफ इन्डिजिनियस नेसनालिटिज अनुसार नेपालमा ५९ प्रकारका विभिन्न आदिवासी समूहहरू छन्। मुलुकमा पर्यटक तान्न यो अर्को बलियो पक्ष हो। घले गाउँको गुरुङ र मगर समुदायहरूको सांस्कृतिक माहौल होस वा मुस्ताङको शेर्पा जातिको जीवनशैली तथा रहनसहन, तराईका थारु समुदायका भेसभुसा र भाषाशैली होस् वा पहाडका राई, लिम्बुका जीवनशैली र सांस्कृतिक मूल्य मान्यता विदेशी पर्यटक सधैँ लालायित बनेका छन्। र यी सबै समुदायका मौलिक नृत्यले नेपालको पर्यटन क्षेत्रलाई विश्वमाझ विकास तथा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
सरकारी अस्पतालमा उपकरण राम्रा छन्। विदेशीले दिएका हुन् वा सरकारले करोडौँ खर्च गरेर किनेका, तर ती सबै उपकरण प्रयोगमा छैनन्। कुनै बिग्रिएका छन् त कुनै दक्ष जनशक्ति अभावमा सञ्चालनमै छैनन्। बिरामीको भार भने सरकारी अस्पतालमै छ। सर्वसाधारण सबैले निजी क्षेत्रका अस्पतालको सेवा लिने हैसियत राख्दैनन्। सरकारी अस्पतालमा बिरामीको भिड छिचोलिनसक्नु छ तर पालो आउन महिनौँ लाग्छ। यसरी पालो आउन धेरै समय लागेपछि कि बिरामी नै बितिसक्ने सम्भावना हुन्छ कि त उपचारका लागि ल्याएको खर्च सकिएर रोगैसहित जहाँबाट आएको हो उहीँ फर्किनुपर्ने बाध्यता हुन्छ।
वीर अस्पताल नेपालकै सबैभन्दा ठूलो अस्पताल हो। अन्यको तुलनामा यहाँको सेवा राम्रो मानिन्छ भने शुल्क पनि उचित मानिन्छ। त्यसैले यो अस्पतालले विश्वास पनि राम्रै कमाएको छ। यो अस्पतालमा नौ सय ६० शैड्ढया छन्। यसको मतलव यसले एकैपटक धेरै बिरामीलाई सेवा दिन सक्छ भन्ने हो । तर, यी शैड्ढयामध्ये एकचौथाइ प्रयोगमै छैनन्। अझ यसको कारण सुन्दा अचम्म लाग्छ–जनशक्ति अभाव।
एकातिर सेवा नपाएर वा लामो कुराइबाट बिरामी आजित छन् अर्कोतर्फ जनशक्ति अभावमा भएकै सुविधासमेत प्रयोगमा ल्याउन नसक्नु विडम्बनापूर्ण अवस्था हो। यस्तो अवस्थामा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानअन्तर्गतको वीर अस्पताल बिरामीको नजरमा गिर्दै जानु दुःखको कुरा हो। जहाँ सेवा पाइन्न वा पाइए पनि त्यसका लागि जटिल यात्रा पूरा गर्नुपर्छ, त्यस्तो कार्यको प्रभाव सकारात्मकभन्दा पनि नकारात्मक पर्ने सम्भावना बढी हुन्छ। अहिले वीर अस्पताल प्रशासनले बुझ्नुपर्ने कुरा यही हो।
विशेषगरी नर्स जनशक्ति कमी हुँदा सबै शैड्ढया प्रयोगमा आउन नसकेका हुन्। कोभिड महामारीसँगै यो अस्पतालमा शैड्ढया र सेवा विस्तार भएको थियो तर यो विस्तारको अनुपातमा जनशक्ति र अझ त्यसमा पनि नर्सचाहिँ नथपिएका कारण समस्या सिर्जिएको हो। सेवा र पूर्वाधार थपिएपछि त्यसका लागि जनशक्ति पनि आवश्यक हुन्छ भन्ने सोच्न नसक्नु दुर्भाग्य हो। यही दुर्भाग्यले निम्त्याएको परिणाम हो कि सम्भावना भएर पनि बिरामी उपचार पाउनबाट वञ्चित छन्।
सरकारले शिक्षा र स्वास्थ्यमा तुलनात्मकरूपमा धेरै बजेट विनियोजन गर्दै आएको छ। तर पनि सम्बन्धित निकाय व्यवस्थापनमा चुक्दा यसको फाइदा सर्वसाधारणले लिन सकेका छैनन्। एकातिर स्वदेशमा काम नपाएर अन्य विषय पढेका मात्र हैन, नर्सिङ पढेका विद्यार्थीसमेत विदेशिइरहेका छन् अर्कोतिर स्वदेशमा भने त्यही जनशक्ति अभावले अस्पतालको सेवा नै प्रभावित हुनु कुनै पनि हालतमा सही मान्न सकिन्न। यसरी हेर्दा हाम्रो समस्या जनशक्ति उपलब्धतामा भन्दा पनि जनशक्ति व्यवस्थापनमा देखिन्छ। अहिले प्रतिष्ठानको कमजोरी यहीँनेर छ।
यस्तो अवस्थाले दक्ष र प्राविधिक जनशक्तिलाई विदेश घँचेटिरहेको मात्र छैन, निजी अस्पतालका सञ्चालकलाई धनी बनाउन पनि मद्दत गरिरहेको छ। तुलनात्मकरूपमा भरपर्दो र सस्तो उपचार सम्भव नभएपछि रोग पालेर बस्ने कुरै भएन। त्यसैले टाउको लुकाउने ठाउँ वा नंग्रा खियाउने थलो बेचेर भए पनि उनीहरू निजी अस्पतालको शरणमा पर्न बाध्य हुनुपर्छ। जसको फाइदा निजी स्वास्थ्य संस्थाले भरपुररूपमा उठाउने गरेका छन्। आखिर शोषण बाध्यतामै हुने हो। यस्तो अवस्थाले स्वास्थ्य क्षेत्रको सरकारी लगानीलाई ‘बालुवामा पानी’ बनाइरहेको छ भने बिरामी र उनीहरूका आफन्तलाई हरितन्नम बनाउन सघाइरहेको छ।
सुलभ र निःशुल्क आधारभूत स्वास्थ्यको अधिकार नेपालको संविधानले नै सुनिश्चित गरेको छ। अर्कोतर्फ लोककल्याणकारी राज्यले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय पनि शिक्षा र स्वास्थ्य नै हो। विकसित मुलुकहरूमा यी दुई क्षेत्रका सेवा लिन निकै सहज र निःशुल्कसमेत हुने गर्छ। तर हाम्रोमा भने यिनै दुई मुख्य विषयमा खर्च गर्दा गर्दा खानैसमेत नपुग्ने अवस्था सिर्जना गरिएको छ। यस्तो अवस्थामा मानिसका अन्य प्रगति स्वतः खारेज हुने नै भए। त्यसैले स्वास्थ्य जस्तो संवेदनशील विषयमा प्राथमिकता दिन कन्जुस्याइँ गर्नै पाइँदैन। यसो गर्नु हामी आफैँले बनाएको संविधानप्रदत्त अधिकारको बर्खिलापसमेत हो।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...