फोहरबाट उत्पादन हुँदै स्वच्छ ऊर्जा र जैविक मल
१५ माघ २०८०
•
४ मिनेट पाठ
फोहरबाट उत्पादन हुँदै स्वच्छ ऊर्जा र जैविक मल
वीरेन्द्रनगर नगरपालिकाबाट निस्कने कुहिने फोहरको उचित व्यवस्थापन गरी स्वच्छ ऊर्जा र गुणस्तरीय जैविक मल उत्पादन गर्ने उद्देश्यले वायोग्यास स्थापना गरिएको छ।




वातावरणीय सरसफाइ र स्वच्छतासँग सम्बन्धित कर्णालीको पहिलो र एक मात्र उद्योगका रूपमा केपी व्यावसायिक प्रालिले सो प्लान्ट स्थापना गरेको हो।

वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत पिपिरानिवासी कृष्णप्रसाद ढकालले स्थापना गरेको जर्मन प्रविधिमा आधारित यस प्लान्टमा वीरेन्द्रनगर नगरपालिकाबाट निस्कने कुहिने फोहरको उचित व्यवस्थापन गरी स्वच्छ ऊर्जा र गुणस्तरीय जैविक मल उत्पादन हुने गर्दछ।

तीन हजार घनमिटरको यस प्लान्ट निर्माण गर्न सङ्घीय सरकारको पाँच करोड, कर्णाली प्रदेश सरकारको एक करोड ७२ लाखसहित बाँकी सात करोडभन्दा बढी आफ्नै लगानी गरेर १४ करोड खर्च भएको थियो।

यस प्लान्टलाई पूर्णरूपले सञ्चालन गर्न दैनिक ३० टन फोहर चाहिन्छ। अहिले उद्योगबाट नौ टन जैविक मल, १५ हजार लिटर झोल मल र सात सय २० केजी कम्प्रेस्ड प्राकृतिक ग्यास (सिएनजी) उत्पादन भइरहेको जनाइएको छ। प्लान्टका सञ्चालक ढकालले भने, ‘यसबाट स्वच्छ ऊर्जा र गुणस्तरीय जैविक मल उत्पादन हुने मात्र नभई वन तथा वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, रोजगारी सृजनालगायत  दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने छ।’

उनका अनुसार जैविक ठोस र झोल मल उत्पादन भए पनि त्यसको उचित तवरबाट बजारीकरण हुन नसक्दा ठूलो परिणाममा थुप्रिएको छ। जैविक मल (ठोस धुलो) को प्रतिकेजी ३० मा बिक्रीवितरण हुने गरेको छ। झोल मलको झन् यहाँ मूल्य नै छैन। भारतमा त्यही झोल मल दुई सय २० छ भने पोखरमा एक सय १० रुपैयाँ छ तर हामीकहाँ बजारमै जान सकेको छैन। कर्णालीको सन्दर्भमा १० रुपैयाँदेखि १२ रुपैयाँमा झोल मल दिनुपर्दछ भन्नेमा छौं।

बजारबाट एक केजी मल ल्याउन ६ रुपैयाँ पर्छ। एक सय केजी काँचो मल ल्याउँदा १८–२० केजी जैविक मल हुन्छ। उद्योगी ढकालले भने, ‘एक दिनमा पाँच सय रुपैयाँको ग्यासले करिब ४५ किलोमिटरसम्म अटो गुड्न सक्छ। अटोमा पेट्रोल एक हजार लाग्दा बायोग्यासमा पाँच सय मात्र खर्च हुन्छ।’

एउटा सिलिन्डर र किट राखेर अब करिब ७० अटो सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए। ढकालले लामो समयदेखि एलपिजी ग्यास प्रयोग गरेका छैनन्। उनले आफूसहित अहिलेसम्म चार हजारभन्दा बढीको घरमा बायोग्यास बनाएको बताए।  

यस प्रालिमा अहिले १९ जनाले रोजगारी पाएका छन्। थाइल्यान्ड, कम्बोडिया, जर्मनी, भारतलगायतका देशबाट बायोग्यास उत्पादन र त्यसको दिगोपनबारे अध्ययन गरेका उनले आफूले खोलेको उद्योगको उत्पादनले कर्णाली प्रदेश सरकारले लिएको प्रांगारिक कर्णाली प्रदेश निर्माणको अभियानलाई सहयोग पु¥याउँदै आएको दाबी गरे। उद्योगबाट उत्पादित मल तथा ग्यासले जैविक विविधता कायम राख्न र पारिस्थितिकीय प्रणाली संरक्षण गर्ने छ।  

भारतले सन् २०३० सम्ममा डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारी साधन विस्थापित गरी सवारी साधन प्राकृतिक ग्यास र विद्युत्बाट चलाउने लक्ष्य बनाएको कुरालाई अध्ययन गरी आफूले नेपालमा यो व्यवसाय सुरु गरेको उनले बताए। उत्पादित ग्यास खाना पकाउने मात्र नभई सवारी साधन सञ्चालनका लागि पनि प्रयोग गर्न सकिने भएकाले पेट्रोलियम पदार्थ खपतसमेत घट्ने छ।  एउटा अटोले एक दिनमा एक हजार रूपैयाँको पेट्रोल खपत गर्छ भने एक वर्षमा तीन चार लाख पैसा फाल्दो रहेछ। तीन चार लाखबराबर सय अटो चलाउँदा हाम्रो पाँच करोड रुपैयाँ बच्दो रहेछ।

एक दशकयता कर्णालीबाट पनि युवा जनशक्ति बिदेसिन क्रम बढ्दो छ। हिजो काला पहाड जाने युवा आज समुद्रपारिका देशमा नवदास भएर श्रम पसिना बेच्नु परिरहेको छ। रोजगारका लागि दिनहुँ बिदेसिने युवालाई फोहरमा पनि उद्यम छ भन्ने कुराको महसुस गराउनुपर्नेमा उनँको जोड छ।  

ढकालले अब अटो नेपाल रिनेबल इनर्जी परियोजनासँग सहकार्य गरेर अगाडि बढ्ने तयारी भइरहेको बताउँदै कर्णालीमा हुने रासायनिक मलको प्रयोग घटाउन त्यसमा दिने अनुदान जैविक मल उत्पादनमा दिनुपर्ने उनको सुझाव छ।

उद्योगी ढकालले अहिले त्रिपक्षीय लगानीमा उद्योग बने पनि २० वर्षपछि सरकारकै स्वामित्वमा जाने गरी उद्योग हस्तान्तरण गरिने बताए।  

‘मैले यो उद्योग सञ्चालनका लागि वीरेन्द्रनगर नगरपालिकासहित प्रदेश सरकारको समेत सहयोगको अपेक्षा गरेको थिएँ। नगरपालिकासँग फोहर ल्याइदिने व्यवस्था मात्रै गरिदिनुहोस् भन्दा सहयोग पाउन सकिनँ। प्रदेश सरकारले उत्पादित मल बिक्री वितरण र सिएनजी ग्यास सवारी साधनमा प्रयोग गर्ने नीति ल्याइदेओस् भन्न चाहन्छु’, उनले भने।

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले ग्यास प्लान्ट उद्योग निरीक्षण गर्दा त्यसको भविष्य राम्रो भएको बताए। उनले ठूलो क्षमताको यस बायोग्यास प्लान्टबाट सरकारले लिएको नीति कार्यान्वयन सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘अब रासायनिक होइन, जैविक मलमा अनुदान सरकारले दिनुपर्छ’, मन्त्री बिसीले भने, ‘मूलतः विश्वव्यापी चुनौती बनेको जलवायु परिवर्तनको असर घटाउनमा समेत जैविक उत्पादनले सघाउने छ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरेले ग्यास प्लान्ट उद्योग स्थापनाले कर्णाली प्रदेश सरकारको प्राङ्गारिक अभियानलाई विशेष सहयोग पुग्ने बताए। उनले भने, ‘रासायनिक मल विस्थापित गर्न जैविक मल उत्पादन र बिक्रीवितरणमा सहयोग गर्ने सरकारको कार्यक्रम छ। जैविक मल खरिद गर्ने किसानलाई लागत मूल्यको ४० प्रतिशत अनुदान दिने कार्यक्रम सरकारले ल्याएको छ।’ सचिव डा. घिमिरेका अनुसार जैविक मल ढुवानीमा समेत अनुदान दिने सरकारको कार्यक्रम रहेको छ। –रासस
अर्को समाचार
दृष्टिविहीनहरूको आन्दोलनमा धरपकड, १२ जना प्रहरी नियन्त्रणमा
१९ चैत्र २०८०
•
१ मिनेट पाठ
दृष्टिविहीनहरूको आन्दोलनमा धरपकड, १२ जना प्रहरी नियन्त्रणमा
नेपाल प्रहरीले सोमबार आन्दोलनरत दृष्टिविहीनहरूलाई पक्राउ गरेको  छ। काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित कार्यालयको गेट बाहिरबाट प्रहरीले २ महिला र १० पुरुष दृष्टिविहीनलाई पक्राउ गरेको हो। ती दृष्टिविहीनहरूले आफ्ना माग राखेर प्रदर्शन गरिरहेका थिए।




गीत गाउने स्पिकर काठमाडौँ महानगरपालिकाका प्रहरीले खोसेपछि दृष्टिविहीनहरू आन्दोलनमा उत्रेका हुन। उनीहरूले आफूहरूलाई काम गरेर खान नदिएको भन्दै आन्दोलन गरेका हुन्।

सोमवार उनीहरूले काठमाडौँ महानगरपालिकादेखि भृकुटीमण्डपसम्म विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले दृष्टिविहीनको जीविकाको आधार गीत गाउने पेसा भएकाले स्पिकरसहित गाउन पाउनुपर्ने माग राखेका छन्।

दुई साताअघि स्वयम्भूमा गीत गाइरहेका दुई जना दृष्टिविहीनको स्पिकर महानगर प्रहरीले खोसेको थियो।

यसअघि विभिन्न ठाउँबाट स्पिकर खोसे पनि फिर्ता दिने गरेकोमा यसपटक महानगरले फिर्ता नदिएको उनीहरूको गुनासो छ। सरकारले दिने मासिक २ हजार रूपैयाँ भत्ताले दृष्टिविहीनको गुजारा नचल्ने भएकाले कि सरकारले उनीहरूको जीविका चल्ने गरी रोजगारी दिनुपर्‍यो र उचित व्यवस्थापन गर्नुपर्ने अन्यथा गीत गाउन दिनुपर्ने उनीहरूको भनाइ छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस