साताको पहिलो कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से
१४ माघ २०८०
•
२ मिनेट पाठ
साताको पहिलो कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से
साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आइतबार नेप्सेपरिसूचक १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा पुगेको छ। आइतबार दिनभरजसो नेप्सेपरिसूचक उतारचढावपूर्ण हुँदै कारोबार बन्द हुने बेला मात्रै दोहोरो अंकले बढेको हो।




आइतबार १७३ कम्पनीको सेयर बढ्यो भने ७० कम्पनीको सेयर घट्यो। ४ कम्पनीको सेयर स्थिर रह्यो। आइतबार एक करोड सात लाख ५१ हजार १ सय ६४ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८० रुपैयाँको सेयर कारोबार भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्सेका तीनवटै सूचक बढेर हरियाली छायो। सेन्सेटिभ सूचक ०.७३ अंकले बढ्यो भने फ्लोट सूचक ०.६१ अंकले बढ्यो। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक भने ०.२४ अंकले बढ्यो। नेप्सेका १३ उपसमूहमध्ये आइतबार चार उपसमूह घट्यो भने ९ उपसमूह घट्यो। आइतबार सवैभन्दा धेरै घट्ने उपसमूहमा १०४.३१ अंकले घट्यो।

त्यसैगरी उत्पादन तथा प्रशोधनतर्फ २८.५४ अंक र बैकिङतर्फ १.०९ अंकले घटेको छ। त्यसैगरी आइतबार बढ्ने उपसमूहमा निर्जीवनबीमातर्फ रह्यो। सो उपसमूहको सेयर ५७.०१ अंकले बढ्यो। त्यसैगरी जीवनबीमातर्फको ५३.९४ अंक र विकास बैंकतर्फको ४९.३४ अंकले बढेको छ। आइतबार सवैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा मिडसोलु हाइड्रोपावर कम्पनी,माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। त्यसैगरी सामलिंग पावर कम्पनीको सेयर ९.९८ प्रतिशतले बढ्यो।

आइतबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा चन्द्रागिरी हिल्स कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.८६ प्रतिशतले घट्यो। त्यसैगरी इन्फिनिट्रि लघुवित्त कम्पनीको सेयर पनि ६.४० प्रतिशत र मनकामना स्मार्ट लघुवित्त कम्पनीको सेयर पनि ५.१९  प्रतिशतले घटेको छ।  गत साताभरिको पाँच कारोबार दिनमा समग्रमा नेप्सेपरिसूचक ७१.७१ अंकले घटेको थियो। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा झरेको छ। बिहीबार १४१ कम्पनीको सेयर घट्यो भने ९१ कम्पनीको सेयर बढ्यो। १५ कम्पनीको सेयर स्थिर रह्यो। एक करोड १६ लाख ८९ हजार नौ सय ५५ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७६ करोड ४५ लाख पाँच हजार चार सय ५० रुपैयाँको सेयर कारोबार भएको छ।
अर्को समाचार
साताको अन्तिम कारोबार दिन ३१ अंकले घट्यो नेप्से
१८ माघ २०८०
•
३ मिनेट पाठ
साताको अन्तिम कारोबार दिन ३१ अंकले घट्यो नेप्से
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर मापन गर्ने परिसूचक नेप्से उच्च अङ्कले गिरावट आएको छ। साताको तीन कारोबार दिन दोहोरो अङ्कले बढेको नेप्से परिसूचक चौथौ र पाँचौं दिन भने उच्च अङ्कले घट्यो। 




बिहीबार दिनभरजसो उतारचढावपूर्ण रहेको नेप्से परिसूचक ३०.९२ अङ्कले घटेर १०६७.०१ विन्दुमा झरेको छ। बिहीबार २२६ कम्पनीको सेयर बढ्यो भने १९ कम्पनीको सेयर घट्यो। एक कम्पनीको सेयर स्थिर रह्यो। एक करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता सेयर किनबेच हुँदा चार अर्ब १८ करोड ६ लाख ३२ हजार १ सय ३९ रुपैयाँको सेयर किनबेच भयो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भयो। सेन्सेटिभ सूचक ४.६९ अङ्कले घट्यो भने फ्लोट सूचक पनि २.०८ अङ्कले घट्यो। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक भने १.५८ अङ्कले घट्यो। नेप्सेका १३ उपसमूहमध्ये बिहीबार १२ उपसमूह घट्यो भने एक उपसमूह बढ्यो। 

बिहीबार फाइनान्सतर्फको उपसमूह ३.७६ अङ्कले बढ्यो। बिहीबार सबैभन्दा धेरै घट्ने उपसमूहमा जीवनबीमा रह्यो। सो उपसमूह १३६.०१ अङ्कले घट्यो। त्यसैगरी निर्जीवनबीमातर्फको उपसमूह पनि १२५.११ अङ्कले घटेको छ। उत्पादन तथा प्रशोधनतर्फको उपसमूह पनि ७७.९९ अङ्कले घटेको छ। 

बिहीबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा समाज लघुवित्त कम्पनी रह्यो। सो कम्पनीको सेयर ६.१० प्रतिशतले बढेको छ। त्यसैगरी रावा इनर्जी विकास बैंकको सेयर पनि ३.५० प्रतिशतले बढेको छ। त्यसैगरी बिहीबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा सामलिंग पावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.४२ प्रतिशतले घट्यो। त्यसैगरी मिडसोलु हाइड्रोपावर कम्पनीको सेयर ६.८८ प्रतिशत र मैलुङ हाइड्रोपावर कम्पनीको सेयर पनि ६.४७ प्रतिशतले घट्यो।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से १०.३७ अङ्कले बढेर २०९४.४६ विन्दुमा पुगेको छ। सो दिन १७३ कम्पनीको सेयर बढ्यो भने ७० कम्पनीको सेयर घट्यो। चार कम्पनीको सेयर स्थिर रह्यो। 

आइतबार एक करोड सात लाख ५१ हजार एक सय ६४ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार पाँच सय ८० रुपैयाँको सेयर कारोबार भयो। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १०.२६ अङ्कले बढेर २१०४.७२ विन्दुमा पुगेको थियो। 

१५० कम्पनीको सेयर बढ्यो भने ८६ कम्पनीको सेयर घट्यो.। ११ कम्पनीको सेयर स्थिर रह्यो। सोमबार एक करोड २३ लाख २२ हजार सात सय पाँच कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५६ करोड ६५ लाख २२ हजार दुई सय ३० रुपैयाँको सेयर कारोबार भएको छ। 

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से १४.८८ अङ्कले बढेर २११९.६१ विन्दुमा पुगेको छ। १५२ कम्पनीको सेयर बढ्यो भने ८५ कम्पनीको सेयर घट्यो। त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो। सो दिन एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ५४ करोड रुपैयाँको कारोबार भयो।

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक २१.६७ अङ्कले घटेर २०९७.९३ विन्दुमा झरेको थियो।  सो दिन २१५ कम्पनीको सेयर घट्यो भने २९ कम्पनीको मात्रै सेयर बढ्यो। तीन कम्पनीको सेयरभने स्थिर रह्यो। बुधबार एक करोड ४७ लाख ७७ हजार १ सय २० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँको सेयर कारोबार भएको थियो।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस