दोहोरो अंकले घट्यो नेप्से परिसूचक
०३ फागुन २०७९
•
२ मिनेट पाठ
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
साताको दोस्रो कारोबार दिन मंगलबार नेप्सेपरिसूचक दोहोरो अंकले घटेको छ।१६.४० अंकले घटेर नेप्सेपरिसूचक २१०५.४६ बिन्दुमा झरेको छ। मंगलबारको सेयरबजार निकै उतारचढावपूर्ण रह्यो।सुरुको चरणमा २१२२.४१ बिन्दुमा पुगेको नेप्सेपरिसूचक कारोबार बन्द हुने बेलामा भने २१०५.४६ बिन्दुमा झ¥यो।मंगलबार ४६ लाख ८५ हजार ८ सय ९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७८ करोड ७० लाख १६ हजार ३ सय ७२ रूपैयाँको सेयर कारोबार भएको छ।मंगलबार ४५ कम्पनीको सेयर बढ्यो भने १६२ कम्पनीको सेयर घटेको छ। ८ कम्पनीको सेयर भने स्थिर रहेका थिए। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेका तीनवटै सूचक मंगलबार घटेर राताम्य भएका थिए। सेन्सेटिभ सूचक २.७४ अंक, फ्लोट सूचक १.२७ अंक र सेन्सेटिभ फ्लोट सूचक भने १.२८ अंकले घटेको छ। नेप्सेको १३ वटा उपसूचकमध्ये मंगलबार उत्पादन तथा प्रशोधनतर्फ १६.१७ अंकले बढ्यो भने अन्य १२ वटै उपसूचक घटेका थिए। सबैभन्दा धेरै घट्ने उपसूचकमा जीवनबिमातर्फ ८५.३८ अंक, निर्जीवनबिमातर्फ ४९.७९ अंक, विकास बैंकतर्फ ३६.८४ अंक, होटल तथा पर्यटनतर्फको २६.९५ अंकले घटेको छ।




मंगलबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा युनिलिभर नेपाल लिमिटेडको रह्यो।सो कम्पनीको सेयर ६.१२ प्रतिशतले बढेको छ। राप्ती हाइड्रोपावर कम्पनीको सेयर ५.२३ प्रतिशत, नेपाल इन्सुरेन्स कम्पनीको सेयर ४.५७ प्रतिशत सामलिङ पावर कम्पनीको सेयर ४.४८ प्रतिशतले घटेको छ। मंगलबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा बाराही हाइड्रो पावर रहेको थियो। सो कम्पनीको सेयर ५.०७ प्रतिशतले घटेको थियो।त्यसैगरी लक्ष्मी लघुवित्त कम्पनीको सेयर ३.९५ प्रतिशत, सामुदायिक लघुवित्त कम्पनीको सेयर ३.७० प्रतिशतले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्सेपरिसूचक ६०.७७ अंकले घटेर २१२१.८६ बिन्दुमा झरेको थियो। सो दिन ८१ लाख ३९ हजार ८ सय ४० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८ सय १२ रूपैयाँको सेयर कारोबार भएको थियो। सोमबार भने सार्वजनिक बिदा दिइएकाले सेयर कारोबार भएको थिएन।
अर्को समाचार
दोहोरो अंकले घट्यो सेयर बजार
१० माघ २०७९
•
२ मिनेट पाठ
दोहोरो अंकले घट्यो सेयर बजार
नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ। साताको पहिलो कारोबार भएको सोमबार नेप्सेपरिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा झरेको छ। गत मंसिर १० गते पुष्पकमल दाहाल नेतृत्वको सरकार बने लगत्तै नियमित जस्तै बढ्दै आइरहेको सेयर बजार फेरि घट्न थालेको छ। २२ सय बिन्दु नाघेको सेयरबजार फेरि २१ सयतर्फ आरोलो लागेको छ।




एक करोड ७ लाख ५९ हजार ५ सय ७९ कित्ता सेयर किनबेच हुँदा सोमबार तीन अर्ब ८६ करोड ६४ लाख ८ हजार ९ सय ७३ रूपैयाँको सेयर कारोबार भएको छ। सुरुआती चरणमा बढेको नेप्सेपरिसूचक २१९९.६९ बिन्दुसम्म पुग्यो। सोमबार कारोबार बन्द हुने बेला भने १३.७१ अंकले घट्यो।

सोमबार नेप्सेका तीनवटै सूचक घटे। सोमबार ४१ कम्पनीको सेयर बढे भने १६६ कम्पनीको सेयर घटे। ३ कम्पनीको सेयर स्थिर रह्यो। सेन्सेटिभ सूचक २.०५ अंक, फ्लोट सूचक ०.९१ अंक र सेन्सेटिभ फ्लोट सूचक भने ०.४७ अंकले घटेको छ। नेप्सेका १३ वटा उपसूचकमध्ये सोमबार दुई उपसूचक मात्रै बढे भने ११ उपसूचक घटे।

सोमबार बढ्ने उपसूचकमा बैकिङतर्फको उपसूचक १५.१६ अंक, म्युचुअल फण्डतर्फको उपसूचक ०.१० अंक बढेको छ। सोमबार सबैभन्दा धेरै घट्ने उपसूचकमा निर्जीवनबिमातर्फ १२३.१३ अंक, जीवनबिमातर्फ ८७.१८ अंक, होटल तथा पर्यटनतर्फ ७९.५० अंक उत्पादन तथा प्रशोधनतर्फ ७२.८५ अंकले घटेको छ। सोमबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा कृषि विकास बैंक रह्यो। सो बैंकको सेयर १० प्रतिशतले वृद्धि भयो।

सनिमा जिआइसी इन्सुरेन्स कम्पनी, कुमारी बैंकको सेयर ९.९९ प्रतिशतले वृद्धि भएको छ। सोमबार सबैभन्दा धेरै घट्ने कम्पनीमा हिमालयन हाइड्रोपावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ७.७९ प्रतिशतले घटेको छ। लिर्वटी इनर्जी कम्पनीको सेयर ७.१९ प्रतिशत, सिँगटी हाइड्रोपावर कम्पनीको सेयर ६.३४ प्रतिशत, ग्रिन भेन्चर्स कम्पनीको सेयर ५.९४ प्रतिशतले घटेको छ।

गत साताको अन्तिम दिन बिहीबार नेप्सेपरिसूचक ५.७१ अंकले वृद्धि भएर २१७८.८१ बिन्दुमा पुगेको थियो। सो दिन ८२ लाख ४७ हजार ६ सय ४६ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४ करोड ४५ लाख २९ हजार ३ सय २९ रूपैयाँको सेयर कारोबार भएको थियो। गत बिहीबारको तुलनामा सोमबार सेयर कारोबार रकममा भने केही वृद्धि भएको छ। बिहीबारको तुलनामा सोमबार ८२ करोड रूपैयाँ बढीको सेयर कारोबार भएको छ ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस