ढकिया बुन्न सिक्दै थारू महिला
१९ पौष २०८०
•
३ मिनेट पाठ
ढकिया बुन्न सिक्दै थारू महिला
पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन। ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ। तर कला–संस्कृतिको धनी थारू समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन्।




चितवनको रत्ननगर नगरपालिका– १० भानु चोककी जानकी चौधरी ढकियालगायत थारू समुदायले प्रयोग गर्ने परम्परागत सामग्री बनाउने तालिम लिन पाउँदा उत्साहित छिन्। उनले २२ दिनयता यस्ता सामग्री बनाउन सिकिरहेकी छन्। उनीजस्तै ३० थारू महिला अहिले सौराहामा परम्परागत हस्तकला सीप सिक्न कस्सिएर लागेका छन्। थारू आयोगको आर्थिक सहयोगमा परिदृश्य नेपालको आयोजना र थारू कल्याणकारिणी सभा चितवनको समन्वयमा थारू महिलाका लागि तालिम दिइएको हो।

जानकीले छोटो अवधिमै हस्तकला सीपमार्फत आकर्षक सामग्री बनाउन जानिसकेकी छन्। उनले पूजा दानी, फ्रुट बास्केट, पेन होल्डर, किस्ती, गमला र ज्वेलरी बक्स बनाउन सिकेकी छन्। ‘पहिला केही पनि थाहा थिएन’, उनले भनिन्, ‘तालिमपछि थाहा भयो मैले पनि यति राम्रो सामग्री बनाउन सक्ने रहेछु।’

उनले परम्परागत सामग्रीको माग बढ्दै गएकाले आफूहरू तालिम लिन आएको बताइन्। उनले फुर्सदिलो समयको सदुपयोग र आयआर्जन पनि हुने भएका कारण निकै मेहनतका साथ तालिममा सामग्री बनाउन सिकेको बताइन्।

‘परम्परागत ढकियालाई समयको मागअनुसार परिवर्तन गरेर बनाउन सक्छौँ, उनले भनिन्, ‘हामीले बनाएको सामान बिक्रीका लागि बजारमा पनि लैजान थालिएको छ।’ उनले यस्ता सामग्री बनाउन मेहनत धेरै हुने भए पनि बजारमा माग राम्रो भएकाले बिक्रीको चिन्ता नरहेको बताइन्।

प्रशिक्षक मुना चौधरी महिलालाई हस्तकला सीप सिकाउन पाउँदा खुसी लागेको भन्दै २२ दिनमा एकजनाले चारपाँचवटा सामग्रीको राम्रोसँग फिनिसिङ गरिसकेको बताइन्। तालिममा पूजा सामग्री राख्ने, घरको तरकारी र खानेकुरा राख्ने र फूल सजाउन प्रयोग हुने सामग्री बनाउन सिकाएको उनले बताइन्। ‘यहाँ हामीले उत्पादन गरेको सामग्री यहीँ सौराहामा बिक्री हुन्छ’, उनले भनिन्, ‘देश–विदेशबाट आएका पर्यटकले लैजाने गर्छन्।’

यी सामग्री निर्माणका लागि बरूवा, काँस, रङ, छिदना, इन्चिटेपलगायतका सामान चाहिने उनले बताए। ‘तालिमपश्चात् दिदीबहिनीले व्यावसायिक रूपमा काम गर्न सक्छन्’, उनले भनिन्, ‘सबैले निकै रूचिका साथ तालिममा नियमित सहभागिता जनाएका छन्।’ तालिममा सहभागीलाई बिहान १० बजेदेखि ४ बजेसम्म हस्तकला सीप सिकाइएको छ।

अर्का प्रशिक्षक श्री चौधरी थोरै लगानीमा फुर्सदको समयमा काम गरेर आयआर्जन गर्न सकिने भएकाले परम्परागत हस्तकला सामग्री निर्माणमा महिलाको आकर्षण बढेको बताए। ‘पहिलो हाम्रो पुर्खाले ढकिया मात्र बुन्ने गर्नुहुन्थ्यो’, उनले भने, ‘अहिले अन्य सामग्री पनि उत्पादन गर्न थालेपछि देश विदेशमा बिक्री हुने गरेको छ।’

थारू समुदायमा विवाह, मान्छे मर्दा र अन्य कर्ममा ढकियाको प्रयोग गरिन्छ। ढकिया थारू समुदायको पहिचान भएको भन्दै उनले पछिल्लो समय अन्य समुदायका मानिसले पनि यी सामग्री मन पराएर किन्ने गरेको बताए।

तालिमका चितवनको रत्ननगर र खैरहनी नगरपालिकाका ३० जना थारू महिलाको सहभागिता रहेको छ। गत मंसिर २६ देखि सुरु भएको तालिम यही पुस २७ गते सकिने छ। थारू समुदायमा घरायसी प्रायोजनका लागि प्रयोग गरिने परम्परागत सीप आधुनिकताका नाममा हराएको भन्दै नयाँ पुस्तालाई सिकाउन तालिमको आयोजना गरिएको थारू कल्याणकारिणी सभा चितवनका सचिव सन्तकुमार चौधरीले बताए।

थारू कला, परम्परा र संस्कृति जोगाइराख्न यस्तो तालिमको निरन्तरता आवश्यक रहेको उनले बताए। उनले हस्तकला सामग्री पर्यटक र सोखिन मान्छेले किन्ने भएका कारण सीप र आयआर्जनसँग जोडेर महिलालाई यस्ता सीप सिकाउन अग्रसर गराउनुपर्ने उनले बताए। चौधरीले तामिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक बन्न सहभागीलाई सुझाव दिए। –रासस
अर्को समाचार
थारू जनमतमाथिको अपमान
२१ चैत्र २०८०
•
३ मिनेट पाठ
थारू जनमतमाथिको अपमान
यतिबेला नेपालको राजनीतिमा देखिएका विसंगति र विकृतिले क्रमशः सीमा पार गरिरहेका छन्। धेरै राजनीति गर्नेहरू स्वयं भ्रष्टाचारमा संलग्न देखिएका छन्।  बिचौलिया र तस्करसँग मिलेमतो गर्नुलाई आफू÷आफूबीच प्रतिस्पर्धाको विषय बनाउँदै आएका छन्। नेतृत्वमा सधैँ आफू मात्र हाबी हुने परम्परा बसाल्न रुचि देखाउँदै आएका छन्। रातारात गठबन्धन र कित्ता फेर्नुलाई सामान्य तुल्याएका छन्। नेतृत्वलाई राणाहरूभन्दा पनि तल गिरेर वंशमा सार्ने प्रपञ्च गर्दै आएका छन्। र, यी सबैको एकसूत्रीय मनसाय भनेको आफू मात्र सत्तामा रहने, आफैँलाई मात्र शक्ति चाहिने र बाँकी सबै भुसुना हुन्, केही गर्न सक्दैनन् भन्ने नै हो।




यतिखेर यस्तो रोगले नेपालका साना÷ठूला, लोकतान्त्रिक-गैरलोकतान्त्रिक, केन्द्रीय÷क्षेत्रीय, क्रान्तिकारी-पहिचानवादी, राजावादी÷गणतन्त्रवादी सबै सताइएका छन्। यो रोगले थलै पारेकोचाहिँ यतिबेला नागरिक उन्मुक्ति पार्टी हो। जसको विवाद छताछुल्ल भएको छ। विशेषगरी न्यायालयबाट हत्यारा सावित भइ कारागार जीवन व्यतीत गरिरहेका बेला राष्ट्रपतिबाट माफी पाएर उन्मुक्ति पाएका रेशम चौधरी र पार्टी अध्यक्षसमेत रहेकी  उनकी पत्नी रञ्जिता श्रेष्ठबीचको लडाइँ यतिबेला जगहँसाइको विषय बनेको छ। साथै राजनीतिप्रतिको भद्दा मजाक पनि।

जानकारीअनुसार रेशम निवर्तमान सत्ता गठबन्धन अर्थात् नेपाली कांग्रेससँग मिलेर जान चाहिरहेका छन् तर रञ्जिताको मत भने वर्तमान सत्ता गठबन्धन अर्थात् एमाले-माओवादीसँग मिलेर जाने पक्षमा छ । उनीहरूका यिनै दुई ध्रुवीय लाइनका आधारमा पार्टीको एउटा पंक्ति अर्थात रेशमको समूहले सुदूरपश्चिम प्रदेश सरकारमा आफैँ सहभागी भएर कांग्रेस नेतृत्वको सरकारलाई साथ दिएको छ भने रञ्जिता समूहले वर्तमान सत्ता गठबन्धनलाई विश्वासको मत दिएको छ। अनि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस नेतृत्वको सरकारमा सामेल हुन तथा विश्वासको मत दिन नहुने अडान राख्दै आएको छ। यसरी हेर्दा रञ्जिता वर्तमान सत्ता गठबन्धनसँग मिलेर संघीय मन्त्री हुन चाहन्छिन्। उता रेशममा भने आफू सरकारमा जान नपाउने भएकाले केन्द्रीय सरकारभन्दा पनि प्रदेश सरकारमा सहभागी हुने रहर देखिन्छ। भलै उनको दलका केही नेताले उनी कांग्रेसको लोभलालचमा फसेको बताउँदै आएका छन्। सोमबार मात्र रेशमले आफूहरूलाई मार्नेसमेतको धम्की दिएको रञ्जिता पक्षधरले दाबी गर्दै आएका छन्।

नागरिक उन्मुक्ति पार्टीको जन्म टीकापुर घटनासँग जोडिएको छ। थारू समुदायले थरुहट–थारूवान प्रदेशको माग गर्दै पश्चिम नेपालको कैलाली–कञ्चनपुर क्षेत्रमा आन्दोलन गरेका बेला आन्दोलनकारीको आक्रमणमा परी २०७२ भदौ ७ गते एक नाबालक र सात जना सुरक्षाकर्मी मारिएका थिए। न्यायालयले घटनाका नाइकेका  रुपमा रेशम चौधरीलाई ठहर गर्‍यो। उता थारू समुदायमा भने आफ्नो समुदायको नेतालाई षडयन्त्र गरेर फसाइएको भन्दै आक्रोश उत्पन्न भयो । सत्तासँगको यही प्रतिरोध र अधिकारप्राप्तिका लागि भन्दै खुलेको पार्टी हो नागरिक उन्मुक्ति। रेशम दम्पतीको नेतृत्वमा खुले पनि यो दलप्रति आमथारू समुदायको सहानुभूति रहँदै आएको छ।

त्यसैले यतिबेला सत्ता–राजनीतिका खातिर पार्टीभित्र श्रीमान् र श्रीमतीबीचको झगडाले सर्वसाधारणबीच जुन रमिता देखाइरहेको छ, त्यो समग्र थारू समुदायमाथिको अपमान छ। उनीहरूको अधिकार प्राप्तिको भोकमाथिको लात हो, वर्षौँदेखि जेलिएको अन्यायबाट मुक्ति पाउने समुदायको आशामाथिको तुषारापात हो। तर, यसको बिजारोपण भने पहिल्यै भइसकेको थियो। स्वभाविकरुपमा थारू समुदायले पीडित मानेका रेशमले न्याय पाउनुपर्ने थियो। तर, यसका लागि आफ्नै श्रीमतिलाई राजनीतिक नेतृत्वको बागडोर दिनु, बुबालाई टिकट दिलाउनु परम्परागत नातावाद राजनीतिकै निरन्तरता थियो। नाम नागरिक उन्मुक्ति भने पनि यो पार्टीले परिवारवादबाटै मुक्त हुन सकेन।

सबैलाई हेक्का हुनुपर्छ, रेशम र रन्जिताको आजको राजनैतिक हैसियत निमार्णमा थारू समुदायको रगतपसीना र बलिदानीको देन छ। त्यसैले  जारी अराजनीतिक हर्कत उनीहरूले तत्काल बन्द गर्नुपर्छ। थारू समुदायप्रति माफी माग्नुपर्छ र संरचनात्मक विभेद भोगिरहेको यो समुदायको अधिकार प्राप्तिका लागि आफूलाई प्रतिबद्ध तुल्याउनुपर्छ। नत्र कालान्तरमा नागरिक उन्मुक्ति पार्टीको अवसान मात्र होइन, थारू समुदायको राजनीतिक विवेकमाथि पनि शंका बढ्नेछ र अन्ततः आज प्राप्त उपलब्धि  पनि गुम्ने खतरा निम्तिने छ।
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस