फर्निचर, फर्निसिङ तथा काष्ठ मेसिनरी सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी (नेपाल फर्निचर एन्ड होम डेकोर एक्स्पो) हुने भएको छ । प्रदर्शनी पुस २०, २१ र २२ गते भृकृटीमण्डपमा आयोजना हुने भएको हो।
मिडिया स्पेस सोलुसन्स र युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस्ले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको प्रदर्शनीमा फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादन आदि समावेश गरिँदै आएको छ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त ब्रान्डहरूका सयभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ प्रविधिको बारेमा जानकारी गराउने प्रदर्शनी विगत आठ वर्षदेखि हुँदै आएको आयोजकले जनाएको छ।