अंग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटक बढे
१५ पौष २०८०
•
३ मिनेट पाठ
अंग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटक बढे
चितवनको सौराहामा अंग्रेजी नयाँ वर्ष मनाउनेको भीड बढेको छ। नयाँ वर्षको अघिल्लो दिन सरकारी बिदासमेत परेकाले आन्तरिक पर्यटकको संख्या बढेको हो। सौराहा आएका पर्यटक निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन्। पर्यटकको रोजाइमा विशेषगरी हात्ती, जिप, डुंगा सफारी हुने गरेको छ।




क्षेत्रीय होटल संघका उपाध्यक्ष ओमप्रकाश पाण्डेले गत सेप्टेम्बरमा पर्यटकको राम्रो आगमन भएको बताए। उनले भने, ‘विगत केही दिनयता सौराहाका होटलमा पर्यटकको ‘अकुपेन्सी’ राम्रो छ।’ पाण्डेको ल्यान्डमार्क फरेस्ट पार्कमा मात्रै ७५ प्रतिशत रहेको बताए।

सौराहमा यतिबेला आन्तरिक पर्यटकसँगै भारतीय र चिनियाँ पर्यटकको उपस्थिति पनि राम्रो रहेको उनले बताए। संघका महासचिव गुणराज थपलियाले शनिबार सबै कोठा भरिएको र र आइतबार अकुपेन्सी शतप्रतिशत पुग्ने अनुमान गरिएको बताए। युनिक वाइल्ड रिसोर्टका सञ्चालक थपलियाका अनुसार उनको होटलमा रहेका ३० वटा कोठा जनवरी ४ सम्मका लागि शतप्रतिशत बुकिङ भएका छन्।  

संघका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहामा एक सय ६० हाराहारी होटल छन्। ती होटलमा सात हजार जनालाई एकै साथ सेवा दिन सक्ने क्षमता छ। होमस्टेसहित गणना गर्दा सैराहमा १० हजारभन्दा बढीले एक रात बस्न सक्छन्। आइतबार सबै होटल र होमस्टे भरिने अनुमान गरिएको उनले बताए।

सौराहामा आएका पर्यटक कुमरोज र कुचकुचे सामुदायिक वनमा जिप सफारी गर्न जान्छन्। यससँगै चितवन राष्ट्रिय निकुञ्जभित्र पनि जिप सफारी हुन्छ। भट्टराईका अनुसार सामुदायिक वनमा मात्रै दैनिक एक सय हाराहारी जिप सफारी भइरहेको छ। ती जिपमा पर्यटकले पालो कुर्नुपर्ने अवस्था छ।

निकुञ्जभित्र सौराहातर्फबाट ३२ वटा जिपले अनुमति पाएका छन्। यस्तै कसराबाट २० वटा, मेघौलीबाट नौवटा, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट ६ वटा र कुजौलीबाट दुई वटा जिपले जंगल सफारीको अनुमति लिएका छन्।

संघका पूर्वअध्यक्ष सुमन घिमिरे यो याममा पूर्ववत् अवस्थामा पर्यटकको आगमन भएको बताए। उनका अनुसार कोभिडअघिको अवस्थामा जस्तै गरी अहिले पर्यटक आएका छन्।

जाडो मौसममा पर्यटकले यहाँ घुम्न रुचाउँछन्। आउँदा दिनहरूका लागि बुकिङ राम्रो छ। उनले भने, ‘अब हामीलाई आशावादी बनाएको छ।’

सौराहामा पर्यटक बढ्दै गर्दा रेस्टुराँमा पनि पर्यटक भरिएका छन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) का निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेस्टुराँमा पर्यटकको राम्रो उपस्थिति छ। दसैंपछि पर्यटकको राम्रो चहलपहल भएको उनले बताए।  

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्षसमेत रहेका खतिवडाका अनुसार उहाँहरूसँग भएका ३० वटा हात्तीले दैनिक तीनपटक पर्यटक घुमाइरहेका छन्।

यद्यपि कतिपयले हात्ती चढ्ने पालोसमेत पाउन सकेका छैनन्। उनका अनुसार राति सौराहामै बसेका पर्यटकले पालो मिलाएर हात्ती चढेको भए पनि हात्ती मात्रै चढ्नका लागि सौराहा पुगेका कतिपय हात्ती चढ्न पाएका छैनन्।

सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटकको राम्रो उपस्थिति छ। तेस्रो मुलुकका पर्यटक यतिबेला नयाँ वर्ष र क्रिसमस मनाउन घर जाने भएकाले भारतीय र चिनियाँ पर्यटकको राम्रो उपस्थिति छ।

पटिहानीको जंगल भिल्लाका सञ्चालक गणेश पौडेलले पर्यटकको उपस्थिति राम्रो रहेको बताए। पूर्ववत् अवस्थामा पर्यटक फर्किने अनुमान गरिएको उनको भनाइ छ। –रासस
अर्को समाचार
पर्यटकः पछिल्लो समय तीनजना सम्पर्कमा, ४२० जना अझै सम्पर्कविहीन
१३ भदौ २०८३
•
१ मिनेट पाठ
पर्यटकः पछिल्लो समय तीनजना सम्पर्कमा, ४२० जना अझै सम्पर्कविहीन
भोटेकोशीको बाढीमा परेका मध्ये १८७ जना विदेशी पर्यटकको उद्धार भएको छ। ती मध्ये ३ जना पछिल्लो समय सम्पर्कमा आएको पर्यटन बोर्डले बताएको छ। पछिल्लो पटक सम्पर्कमा आउनेमा स्पेनका २ र बेल्जियमका एकजना पर्यटक रहेको पनि पर्यटन बोर्डले बताएको छ।  




बोर्डका अनुसार ४२० जना विदेशी पर्यटक अझै पनि सम्पर्कमा छैनन। बोर्डका अनुसार सबैभन्दा बढी ११४ जना भारतीय पर्यटकको उद्धार भएको छ। त्यस्तै २७ जना चिनियाँ पर्यटकको पनि उद्धार भएको छ। दक्षिण कोरियाका २०जना पर्यटकको उद्धार भएको छ। जर्मनी र माल्टाका ४÷४ जना पर्यटकको उद्धार भएको बोर्डको भनाई छ। अमेरिकाका ३ जनाको उद्धार भएको छ।

बाढीको चपेटामा परेका विदेशी पर्यटकको खोजीका लागि बोर्डले सहजीकरण गरिरहेको बताएको छ। त्यसबाहेक यात्रामा निस्कन थालेका पर्यटकलाई त्यहाँको सडक र मौसमी सूचना लिएर मात्र अघि बढ्न पनि बोर्डले सुझाएको छ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस