धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै
१२ पौष २०८०
•
५ मिनेट पाठ
धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै
सरकारले पर्यटकीय गन्तव्यका रूपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवर्द्धनमा युवा सक्रिय भएका छन्। रघुगंगा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा वडा नम्बर ७ चिमखोलाको मण्डली युवा क्लबले सक्रियता देखाएको हो।




क्लबले आधार शिविरमा सूचनामूलक बोर्डसहित दृश्यावलोकन केन्द्र स्थापना गरेको छ। क्लब अध्यक्ष प्रवीन बुढाको नेतृत्वमा चिमखोलादेखि छरी–सुंगरथला हुँदै आधार शिविर पुगेका युवाको टोलीले समुद्री सतहदेखि चार हजार पचास मिटर उचाइमा सूचनासहितको स्वागत बोर्ड स्थापना गरेका हुन्।

क्लब अध्यक्ष बुढा, उचिव सन्दीप तिलिजा, सहकोषाध्यक्ष अनोज गर्बुजा, पर्यटन व्यवसायी कुशल पाइजा, क्लबका सदस्य एमन पुन, विशेष बुढा, थमन गर्बुजा, निसान गर्बुजा र ओविन्द्र गर्बुजाको टोलीले आधार शिविरको साथै कालीबराह ताल र सेतीनी छहरामा समेत दृष्यावलोकन केन्द्र स्थापना गरेका छन्। आइसफल पदमार्गअन्तर्गत पर्ने कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाइमा अवस्थित रहेको छ।

ताल परिसरमा रहेको कालीबराह थानमा स्थानीयले पूजापाठसमेत गर्ने चलन रहेको छ। क्लबले यसअघि चिमखोलामा स्वागत बोर्ड स्थापना गर्नुका साथै सोवाङधुरी र पानी डाक्ने डाँडामा दृष्यावलोकन केन्द्र (भ्यु पोइन्ट) स्थापना गरेको अध्यक्ष बुढाले बताए। ‘आइसफल पदमार्गका मुख्य–मुख्य पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि हामीले पहल थालेका हौँ, क्लब आफँैले यसको नेतृत्व गरिरहेको छ भने देश तथा विदेशमा रहेका चिमखोलावासीले हाम्रो प्रयासमा साथ दिनुभएको छ’, अध्यक्ष बुढाले भने।

उनका अनुसार, पर्यटनको अथाह सम्भावना भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको धौलागिरि आइसफल पदमार्गलाई चिनाउन क्लबले अभियानकै रूपमा कार्यक्रम सञ्चालन गरेको हो। टान, तत्कालीन जिल्ला विकास समिति म्याग्दीलगायतका विभिन्न निकायको अगुवाइमा म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने गरी विसं २०६८ मा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको पहिलोपटक अध्ययन गरिएको थियो।

पदमार्ग पहिचान गरेर पदमार्गलगायतका पूर्वाधार बनाउन थालेको एक दशक बढी समय भए पनि अझै यो क्षेत्र ओझेलमा रहेको आइसफल पदमार्ग निर्माण अभियानका अगुवा ध्रुव पाइजाले बताए। ‘धेरैजसो अप्ठेरो ठाउँमा बाटो बनायौँ, कतिपय ठाउँमा त हामीले बनाएको बाटो नै बाढीले पनि बगायो, तर फेरि पनि पदमार्ग बनाउने काम भइरहेको छ, यो पदमार्गमा पूर्वाधारसँगै प्रचारप्रसार र नक्साङ्कन गरेर योजनाबद्ध रूपमा अघि बढ्न जरुरी छ’, तिलिजाले भने।

समुदायस्तरबाट धौलागिरि आइसफल र आधार शिविरको प्रचारप्रसारका लागि धेरै प्रयास भए पनि पदमार्गको नक्साङ्कनसहित सरकारी तवरबाट उचित पहलकदमी हुनुपर्ने उहाँको भनाइ छ। पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट अहिले पनि धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण भइरहेको छ।

गत आर्थिक वर्षमा पर्यटन विभागले ठेक्का लगाएको रु एक करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौताअनुसार, ससलधारा क्षेत्रबाट पदमार्ग बनाउने काम जारी रहेको छ।

ठेक्का सम्झौता गर्दा भिरमा पदमार्ग बनाउने स्टिमेट नगरेको कारण उक्त बजेटबा पुछार ओढार र चेप्टेओढार क्षेत्रको भिरमा पदमार्ग बनाउन अझै बाँकी रहेको रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले बताए।

‘यो बजेटबाट जहाँ अप्ठेरो थियो, त्यहाँ पदमार्ग अझै नबन्ने भएपछि हामीले पदेश र संघीय सरकारसँग थप बजेटको माग गरेका छौँ, कम्तीमा अक्करे भिरमा डोरीको सहायताले हिँड्नुपर्ने ठाउँमा सुरक्षित पदमार्ग बनाउन सक्यौँ भने आइसफल पदमार्ग र आधार शिविर क्षेत्रमा पर्यटकको ओहोरदोहोर बढाउन सकिन्छ की भन्ने अपेक्षा छ’, उनले भने। उनले कालीबराह खोलालगायतका ठाउँहरूमा झोलुङ्गे पुलको समेत अभाव रहेको बताए।

आइसफल पदमार्गअन्तर्गत धौलागिरि आधार शिविर, निलीबराह ताल, कालीबराह ताल, सोवाङधुरीलगायतका दर्जनौँ आकर्षक पर्यटकीय गन्तव्य रहेका छन्। प्राकृतिक रूपमा सुन्दर र मनमोहक दृष्यले भरिपूर्ण धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा चिमखोलाका युवाले देखाएको सक्रियताले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पु¥याएको वडाध्यक्ष पाइजाले जानकारी दिनुभयो। पदमार्गअन्तर्गत सेतिनी छहरा नजिकैको फाँटमा स्थानीय युवा कुशल पाइजाले होटल सञ्चालनमा ल्याएपछि पर्यटकको लागि ठूलो सुविधा भएको छ।

पदमार्गमा खुलेको यस होटलमा खाना, खाजा र बसोबाससमेत सुविधा भएपछि आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ। चिमखोलादेखि दुईदिनको पदयात्रामा धौलागिरि आधार शिविर पुग्न सकिने भए पनि बीचमा होटल नहुँदा यसअघि पर्यटक टेन्ट र ओढारमा बास बस्नुपर्ने बाध्यता रहेको थियो। धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको एक सय २२ किलोमिटर लामो आइसफल पदमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी पूर्वाधार निर्माणको लागि पहल गरिएको रघुगंगा गाउँपालिकाले जनाएको छ।

अहिले कुइनेमङ्गलेको छरीदेखि चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण भइरहेको छ भने आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ।

नेपाल सरकारले धौलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा छनोट गरेकोे एक दशक पुगिसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यका रूपमा समेत रुईसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई छनोट गरेको थियो। तर पूर्वाधार र आबश्यक व्यवस्थापकीय अभाबले यो पदमार्ग औपचारिक रूपमा अझै सञ्चालनमा आउन सकेको छैन।

म्याग्दी सदरमुकाम बेनीदेखि हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तारसँगै विस्थापित भएपछि म्याग्दी हुँदै मुस्ताङ जोड्ने नयाँ वैकल्पिक पदमार्गका रूपमा धौलागिरि आइसफल पदमार्गलाई सम्भाव्यतता अध्ययन गरिएको थियो। कुमारी पदमार्गका रूपमा रहेको धौलागिरि आइसफल पदमार्गबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजीकबाट अवलोकन गर्न सकिन्छ।

पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा गायतका जङ्गली पशुपन्छी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालीबराह, लाटीबराह, निलीबराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणका रूपमा रहेका छन्। यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, चिमखोला, कुइनेमङ्गले, दोबालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ। –रासस
अर्को समाचार
पर्यटकीय गन्तव्य पाहुनाले भरिभराउ
३० चैत्र २०८२
•
४ मिनेट पाठ
पर्यटकीय गन्तव्य पाहुनाले भरिभराउ
अन्नपूर्ण आधारशिविरमा रमाउन पुगेका पाहुना। तस्बिरः नागरिक
नयाँवर्षको फेरोसँगै यतिबेला मुख्य पर्यटकीय क्षेत्र सहित आसपासका गन्तव्य आन्तरिक पाहुनाले भरिभराउ भएका छन्। पहाडी क्षेत्रदेखि हिमाली भेगका गन्तव्यमा पर्याप्त पाहुना रहेको त्यहाँका व्यावसायीले बताएका छन्।  




पोखरा र आसपासका क्षेत्रका सबैजसो पर्यटकीय गन्तव्यमा आन्तरिक पाहुना भरिभराउ भएको स्थानीय व्यावसायीको भनाई छ। ग्रामीण क्षेत्रमा संचालित होमस्टेमा पनि पाहुनाको भीडभाड रहेको छ। यतिबेला विदेशी पर्यटकको घुमघामको सिजन परेको तथा त्यसैमाथि भारतीय र आन्तरिक पाहुना थपिँदा पर्यटकीय क्षेत्रका होटल पनि खचाखच भएका छन्।  

स्थानीय व्यावसायीका अनुसार पोखरा सहर मात्र नभई अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गका होटल सहित हिमाली जिल्ला मनाङ र मुस्ताङमा पनि पाहुनाको उत्तिकै भीड रहेको छ। त्यस्तै घोरेपानी, घान्द्रुक सहित पोखरा आसपासका डाँडाकाँडामा पनि पर्याप्त पाहुना पुगेका छन। सरकारले हालै लागुगरेको दुइदिन बिदा सहित नयाँवर्षको बिदा पनि थपिँदा आन्तरिक पाहुनालाई घुमघाममा सहज भएको व्यावसायी बताउँछन्। यहिबेला विद्यालयमा पनि बिदा परेकोले परिवारसहित घुमघाममा जानेको संख्या बढेको उनीहरुको भनाई छ।

‘अहिले पोखरामा आन्तरिक पाहुनाको आगमन राम्रो छ। भारतीय पाहुना पनि योपटक पर्याप्त आएका छन्,’ होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘भारतीय पाहुनाले गर्दा यो पटक पर्यटकीय क्षेत्रमा भीडभाड छाएको छ।’  
मध्यपूर्वका मुलुकमा देखिएको तनावका कारण तेश्रो मुलुकका विदेशीको आगमन केही प्रभावित भएपनि भारतीय र आन्तरिक पाहुनाले गर्दा पर्यटकीय क्षेत्र चलायमान बनेको उनले बताए। पाहुना पर्याप्त भित्रिएपछि अहिले पोखराका होटलको अकुपेन्सी पनि ९० प्रतिशत हाराहारीमा पुगेको उनले बताए।

‘यो बेला पदयाको सिजन पनि हो। पदयात्राका लागि आउने तेश्रो मुलुकका कतिपय पाहुना मध्यपूर्वको तनावले प्रभावित भए। तर, भारतीय र आन्तरिक पाहुनाले साथ दिँदा अहिले सबैतिरका पर्यटकीय गन्तव्यमा पाहुनाको भीड बढेको हो,’ उनले भने, ‘विद्यालयमा भएको लामो बिदाले परिवार सहित घुम्न आउने आन्तरिक पाहुना पर्याप्त भएका छन्। नजिकका गन्तव्यमा पारिवारिक घुमघाम बलियो देखिन्छ।’  

पदयात्रा क्षेत्रमा घुमघाममा गएका आन्तरिक पाहुनाका अनुसार अहिले त्यस क्षेत्रमा पर्याप्त पाहुना छन्। अन्नपूर्ण फेरोेको मनाङ घुम्न पुगेका पोखराका उमेश रेग्मीका अनुसार अहिले फेरोको पदयात्रामा तेश्रो मुलुकका विदेशी र आन्तरिक पाहुनाको भीड छ। ‘तेश्रो मुलुकका विदेशीहरु हिडेरै पदयात्रामा आएका छन्। आन्तरिक पाहुना भने गाडीमा चढेर माथिल्लो मनाङसम्म जाने पर्याप्त छन्,’ रेग्मीले भने, ‘पदयात्रा क्षेत्रमा पाहुनाको भीडभाड भएपनि खान र बस्नको कुनै समस्या छैन। मौसमले साथ दिएकोले पनि घुमघाम सहज बन्यो।’

माछापुच्छ्रे आधारशिविर (एमबिसी)का व्यावसायी दिलीप गुरुङ पनि अहिले पदमार्गका होटलमा पाहुना पर्याप्त रहेको बताउँछन्। अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्र अन्तर्गतका सबैजसो गन्तव्यमा अहिले सबैखाले पाहुनाको भीड रहको उनले बताए। एबबिसी पनि एबिसी पदमार्गमै पर्छ। ‘अहिले पाहुना अभाव छैन। पदमार्गका सबैजसो होटल पाहुनाले भरिएका छन्। तेश्रो मुलुकका विदेशी सहित भारतीय र आन्तरिक पाहुनाले गन्तव्यमा भीड छ,’ उनले भने, ‘पाहुना पर्याप्त भित्रिएपछि व्यावसाीलाई व्यस्त बनाएको छ।’  

उनका अनुसार मध्यपूर्वको तनावका बाबजुत पनि यो पटक तेश्रो मुलुकका विदेशी पाहुना नेपाल आएका छन्। त्यही आगमनमा दक्षिण एशियाली मुलुकका पाहुनाको आगमन पनि उत्साहजनक रहेको छ। आन्तरिक पाहुना पनि थपिएपछि पर्यटकीय क्षेत्रमा भीड बढेको उनले बताए। ‘बासै नपाउने भन्ने अवस्था होईन। तर, पाहुना पर्याप्त छन्। अझै दुईसाताका लागि पाहुना अभाव हुने देखिएको छैन,’ उनले भने।

उनका अनुसार यो पटक मौसमले साथ दिएको र पदयात्रा क्षेत्रमा कुनै अप्रिय घटना नघटेकोले पनि पाहुनाको घुमघाममा आत्मविश्वास बढेको हो। ‘हिमपातको प्रभाव पनि रहेन। अहिले मौसमले पनि साथ दिएको हो। त्यसैले पाहुना पर्याप्त भित्रिएका पनि हुन,’ उनले भने, ‘एकसातादेखि अन्नपूर्ण क्षेत्रका अधिकांश गन्तव्य पाहुनाले भरिभराउ छन्।’

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि पोखरा क्षेत्रमा अहिले पर्याप्त पाहुना रहेको बताउँछन्। उनका अनुसार पोखराका होटलमा अहिले तेश्रो मुलुकका विदेशी पाहुना सहित भारतीय र आन्तरिक पाहुनाले भरिएका छन्।

‘योपटक भारतीय पाहुनाको आगमन राम्रो रह्यो। भारतीय पाहुना आउँदा व्यावसायीलाई साथ मिलेको छ,’ उनले भने, ‘पोखरासम्मको पहुँच सहज भएकोले पनि अहिले पाहुना आगमनमा सहज भएको छ।’
लगातारको सार्वजनिक बिदाले पनि पोखरामा आन्तरिक पाहुना तान्ने गरेको उनले बताए। ‘योपटक सोमबारको एकदिन बिदा मिलाउने अवस्था रहेमा लगातार चारदिन बिदा पाइने अवस्था हुँदा सहज भएको हो। पाहुनालाई घुमघाममा निस्कन बिदा हुुँदा सहज भएको हो,’ पराजुलीले भने, ‘सार्वजनिक बिदा थपिएपछि यात्रामा निस्कनेको संख्या बढेको छ। तर इन्धन महंगो भएको र अभाव हुने त्रास भने उत्तिकै छ। इन्धन सहज हुँदो हो त यो बेला झनै बढी संख्यामा पाहुना घुमघामाम निस्कन्थे।’  

विद्यालयको बिदाले पनि परिवारसहित घुमघाममा निस्कन सहज भएको उनले बताए। पोखराका होटल र रेस्टुरेन्टलाई अहिले पाहुना अभाव नभएको पनि उनले बताए। ‘चहलपहल निकै नै बढेको छ। आन्तरिक पाहुनाले गर्दा पनि यत्तिको भीडभाड भएको हो। अहिले पोखरासम्मका आउजाउ पनि सहज बनेको छ,’ उनले भने।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस