सिमरा विमानस्थलमा हवाई इन्धन सेवा सुरु
१७ मंसिर २०८०
•
२ मिनेट पाठ
सिमरा विमानस्थलमा हवाई इन्धन सेवा सुरु
सिमरा विमानस्थलमा उडान गर्ने जहाजहरूले अब सिमरामा हवाई इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले बाराको सिमरा विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउने गरी रिफ्युलर स्टेसन स्थापना गरेर सेवा सुरु गरेको छ।




वायु सेवा कम्पनीले सिमरा विमानस्थलमा हवाई इन्धनको सेवा उपलब्ध हुनुपर्ने माग राखेपछि निगमले इन्धन उपलब्ध गराउन सुरु गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आजआइतबार हवाई इन्धन रिफ्युलिङ स्टेसनको उद्घाटन गरेका हुन् । विमान कम्पनीको समस्यालाई ध्यानमा राखेर सिमरामा हवाइ इन्धन भर्ने सुविधा सुरु हुनु सकारात्मक भएको मन्त्री रिजालले बताए।जहाजले काठमाडौंबाट जाँदा फर्किंदा लाग्ने इन्धनसमेत भरेर जानुपर्ने बाध्यता थियो। अब विमान कम्पनीहरूलाई उडान र अवतरणका लागि सहज हुने मन्त्री रिजालले बताए।

सिमरामा उडान भर्ने जहाजको सुविधाका लागि हवाई इन्धन सेवा सुरु गरेको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । ‘उपभोक्ताको सेवाका लागि सिमरामा हवाई इन्धन सेवा सुरु गरेका हौं,’उनले भने।भरतपुर र जुम्ला विमानस्थलमा समेत हवाई इन्धन भर्ने सुविधा उपलब्ध गराउने गृहकार्य भइरहेको थानीले बताए।

सिमरा विमानस्थलबाट हाल दैनिक नौ वटा उडान हुने गरेको र एक हजारसम्म यात्रुहरू आवतजावत गर्ने गरेको सिमरा विमानस्थलले जनाएको छ।  

सिमरामा हवाइ इन्धन भर्ने सुविधा उपलब्ध भएपछि सबैभन्दा भरपर्दो वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गरिने जानकारी नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक प्रेमनाथ ठाकुरले दिए।उनले खराब मौसमका कारण काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेका विमानहरूलाई भैरहवा वा विराटनरसम्म लैजानुपर्ने बाध्यता पनि हटेको बताए।

चालु आर्थिक वर्ष ०८०–८१ को नीति कार्यक्रममै राखेर सिमरा विमानस्थलमा इन्धन भर्ने सुविधा उपलब्ध गराइएको निगमका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले बताए। सिमराबाट काठमाडौंमा मात्रै भइरहेको उडानको कार्यतालिका इन्धन भर्ने सुविधा सुरु भएपछि थप गन्तव्यमा बिस्तार हुने अपेक्षा राखेको उनको भनाइ थियो।  

जहाजले सिमराबाट काठमाडौं फर्किंदाका लागि पनि इन्धन बोकेर जानुपर्ने बाध्यता अन्त्य भएको नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदिप यादवले बताए। ‘सिमराबाट सेवा सुरु भएपछि विमान कम्पनीलाई धेरै फाइदा पुग्छ,’ यादवले भने ।

जनकपुरस्थित डिपोबाट हवाई इन्धन ढुवानी गरी सिमरामा उपलब्ध गराइएको निगम प्रवक्ता मनोज ठाकुरले बताए । ‘निकट भविष्यमा सिमरामै भण्डारण गृह तयार गरिनेछ । त्यतिन्जेलसम्म भने जनकपुरबाट नौ हजार लिटर क्षमताको डिस्पेन्सरबाट इन्धन ओसारेर उपलब्ध गराइनेछ’, उनले भने।

सिमरामा उडान भर्ने विमानहरूमा तेल हाल्नका लागि ११ हजार र १६ हजार किलोलिटर क्षमताको दुई वटा रिफ्युलर राखिएको छ।  
अर्को समाचार
तीन महिनामै आयल निगमको घाटा नौ अर्ब
०२ कार्तिक २०७८
•
४ मिनेट पाठ
तीन महिनामै आयल निगमको घाटा नौ अर्ब
पछिल्ला वर्ष निरन्तर मुनाफा आर्जन गरेको नेपाल आयल निगम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो साढे तीन महिनामा करिब नौ अर्ब रूपैयाँ घाटा बेहोरेको छ ।




अन्तराष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि र सरकारले पेट्रोलियम पदार्थमा लगाएको उच्च करको कारणले साउनयता (जुलाई १६ देखि अक्टोबरसम्म) आठ अर्ब ८९ करोड २३ लाख रूपैयाँ घाटा बेहोरेको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले अक्टोबर १६ मा पठाएको मूल्य अनुसार यो १५ दिनमा मात्र्र २ अर्ब २२ करोडभन्दा बढी नोक्सान हुने प्रक्षेपण गरिएको छ।  

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य वृद्धि भएपछि साउनदेखि अक्टोबर अन्तिमसम्म निगमलाई आठ अर्ब ८९ करोड २३ लाख रूपैयाँ नोक्सानी भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। ‘आइओसीबाट मूल्य बढेर आएपछि नोक्सान पनि ह्वात्तै बढेको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘घाटा थेग्नै नसक्ने अवस्थामा पुगेको छ ।’

चाडपर्वको बेला मूल्य बढाउँदा सरकारमाथि मूल्य वृद्धि गरेको आरोप लाग्ने भएकाले निगमले मूल्य बढाएको छैन। आइओसीबाट प्राप्त नयाँ मूल्य अनुसार निगमलाई डिजेल, पेट्रोल, आन्तरिकतर्फको हवाई इन्धन र खाना पकाउने ग्यासमा घाटा छ। 

निगमले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ एक पैसा, डिजेलमा १४ रूपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धनमा ४ रूपैयाँ ५६ पैसा र खाना पकाउने ग्यासमा ५११ रूपैयाँ ८८ पैसा प्रतिसिलिन्डर घाटा बेहोरिरहेको छ। मट्टीतेल र अन्तराष्ट्रियतर्फको हवाई इन्धनमा भने नाफा रहेको निगमले जनाएको छ ।

निगमले हरेक १५ दिनमा आइओसीबाट प्राप्त मूल्यका आधारमा मूल्य समायोजन तथा नाफा, घाटाको हिसाब निकाल्ने गरेको छ। निगमका अनुसार १६ जुलाई २०२१ (साउन १ गते)को मूल्य अनुसार एक अर्ब १२ करोड ६४ लाख रूपैयाँ घाटा थियो।

१ अगस्टको मूल्य अनुसार एक अर्ब २१ करोड ३९ लाख, १६ अगस्टको मूल्य अनुसार ९६ करोड नौ लाख, १ सेप्टेम्बरको मूल्य अनुसार ८१ करोड ३० लाख, १६ सेप्टेम्बरको अनुसार एक अर्ब पाँच करोड दुई लाख, १ अक्टोबरको मूल्य अनुसार एक अर्ब ५० करोड ७३ लाख र १६ अक्टोबरको मूल्य अनुसार दुई अर्ब २२ करोड ६ लाख रूपैयाँ गरी साढे तीन महिनामा कुल आठ अर्ब ८९ करोड २३ लाख रूपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

निगमका अनुसार अहिले रक्सौलमा भन्दा वीरगन्जमा पेट्रोल ४८ रूपैयाँ ८२ पैसा, डिजेल ५२ रूपैयाँ ७३ पैसा, हवाई इन्धन ४६ रूपैयाँ ९४ पैसा सस्तो छ। भारतमा भन्दा नेपालमा धेरै सस्तोमा इन्धन पाएपछि सीमावर्ती क्षेत्रका भारतीय नागरिक नेपाल आएर सवारी साधनमा इन्धन भरेर जाने गरेका छन्। सीमा क्षेत्रमा इन्धनको तस्करी समेत बढेको छ। अहिलेसम्म निगमले मूल्य स्थिरीकरण कोषबाट घाटा पूर्ति गर्दै आए पनि अब कठिन हुने जनाएको छ ।

सरकारलाई उच्च राजस्व बुझाएको निगमले आव ०७७/७८ मा करिब चार अर्ब रूपैयाँ घाटा बेहोरेको छ। गत वर्ष सहितको जोड्दा निगमको घाटा करिब १३ अर्ब रूपैयाँ पुग्ने देखिएको छ। ६ वर्षदेखि नाफामा रहेको निगम गत आवमा घाटामा गएको हो। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नाफा नराखी बिक्री गर्दा घाटा बेहोर्नुपरेको निगमले जनाएको छ। 

आर्थिक वर्ष ०७६/७७ मा निगमले १२ अर्ब ८७ करोड रूपैयाँ नाफा गरेको थियो। निगमले आव ०७१/७२ देखि नाफा कमाउँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर उकालो लागेपछि निगमले मात्र घाटा बेहोरेको छैन, त्यसको असर मुलुकको अर्थतन्त्रमै पर्ने भएको छ। 

सन् २०२१ को जनवरी १ मा प्रतिब्यारेल ५१.८ डलरमा कारोबार भएको कच्चा तेलको मूल्य १० महिनामा बढेर सोमबार ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ८५ डलर ७२ सेन्ट पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सन् २०१८ अक्टोबरयता अहिले उच्च रेकर्ड कायम भएको छ।  

कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर पुग्न सक्ने अनुमान गर्न थालिएको छ। नेपालमा वार्षिक करिब दुई खर्ब रूपैयाँको इन्धन आयात हुन्छ। कच्चा तेलको भाउ अझै बढे त्यसको असर नेपालको अर्थतन्त्रमा पर्नेछ। क्रुड आयलको भाउ बढ्दै जाँदा त्यसको प्रभाव नेपाली उपभोक्तामा पर्छ। क्रुड आयलको मूल्य बढेपछि नेपालमा स्वतः मूल्य बढ्छ। यसले नेपालको अर्थतन्त्रमा पनि असर पार्छ।  

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि सरकारले इन्धनमा लगाएको कर समायोजन गरेर मूल्य सन्तुलित राख्न प्रयास गर्नुपर्ने पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले बताउँदै आएका छन्। 

निगमले मूल्य अभिवृद्धिकर, भन्सार शुल्क, पूर्वाधार कर, वातावरण शुल्क, सडक मर्मतसम्भार शुल्क भन्सार बिन्दुमा नै तिर्ने गरेको छ। यसका अतिरिक्त निगमले बिमा तथा प्रशासनिक खर्च, ढुवानी खर्च, बिक्रेताको नाफा, निगमको व्यवस्थापन खर्च, मूल्य स्थिरीकरण कोष लगायत मूल्य जोडेर भाउ निर्धारण गर्छ ।

सरकारले राजस्व संकलनका लागि पेट्रोलियम पदार्थलाई मुख्य माध्यम बनाउँदै आएको छ। पेट्रोलमा प्रतिलिटर भन्सार शुल्क २५ रूपैयाँ २० पैसा, डिजेल र मट्टीतेलमा प्रतिलिटर २० रूपैयाँ लिँदै आएको छ।

पूर्वाधार कर लिटरमा १० रूपैयाँ छ। सडक मर्मतसम्भार शुल्क लिटरमा चार रूपैयाँ, प्रदूषण शुल्क दुई रूपैयाँ ५० पैसा, मूल्य स्थिरीकरण कोषमा लिटरमा एक रूपैयाँ १० पैसा र भ्याट १३ प्रतिशत रहेको छ ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस