बन्दीपुरमा केबुलकार र पाँचतारे होटल
०६ मंसिर २०८०
•
६ मिनेट पाठ
बन्दीपुरमा केबुलकार र पाँचतारे होटल
बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ।

पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबुलकार र पाँचतारे होटलले यहाँको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

टावरभित्र व्यवस्थापन तथा कोठाहरू मिलाउने र सभा हल निर्माण कार्य भइरहेको बन्दीपुर केबुलकार एन्ड टुरिजमका डाइरेक्टर इन्जिनियर हरिदत्त पौडेलले बताए।

त्यसैगरी केबुलकारतर्फ एकपटक परीक्षण गरिसकिएको र कुनै कुनै टावरमा सामान्य सुधार गर्नुपर्ने भएकाले अन्तिम तयारीको कार्य भइरहेको उनले बताए।

उनका अनुसार आउँदो माघ १ गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको छ। केबुलकार सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय अनुमतिपत्र लिनका लागि प्रक्रियामा रहेको छ।

५० देखि २५ हजार रूपैयाँसम्म टिकट शुल्क

जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबुलकार निर्माण गरिएको छ। बन्दीपुर केबुलकारमा रु ५० देखि २५ हजारसम्म टिकट शुल्क कायम गरिएको कम्पनीले जनाएको छ।

पृथ्वी राजमार्गमा रहेको तल्लो स्टेसनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थी तथा ६५ वर्षमाथिका नागरिकलाई टिकट दरमा सहुलियत गरिएको छ।

एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरम दृश्य अवलोकन गर्दै उक्त केबुलकारको यात्रामा मजा लिन सकिनेछ।

केबुलकारको २१ डिब्बा यात्रु बोक्ने, छवटा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन्। एक डिब्बामा आठजनासम्म यात्रुको क्षमता हुनेछ। एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ।
त्यो सिसै सिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको हुने इन्जिनियर पौडेलले बताए। केबुलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको छ।

केबुलकार र पाँचतारे होटल गरी कूल रुतीन अरब ५८ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको हो। बन्दीपुर आउने पर्यटकले केबुलकारमा सुतेरै रमणीय प्राकृतिकस्थलको अवलोकन र भरपुर मनोरञ्जन लिन सक्नेछन्।

करिब डेढ महिना सुरक्षाको हिसाबले पटकपटक केबुलकारको परीक्षण कार्य सम्पन्न गरिसकेको छ। असोज महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरे पनि प्राविधिक कारणले ढिलाइ हुन गएको हो।

बन्दीपुरमा घुम्न आउने पर्यटकहरुले नयाँपन र भरपुर मनोरञ्जन पाउनेछन्। पाँचतारे होटलबाट  बन्दीपुर उपत्यकासहित विभिन्न जिल्लाका रमणीय डाँडाकाँडा र फाँटहरु सजिलै देख्न सकिनेछ।

उक्त होटलको करिब ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ। रङ्गरोगन र अन्य तयारीको व्यवस्थालगायत केही काम बाँकी रहेको छ।

केबुलकारमा यात्रुको आवतजावतको समयपश्चात् साँझपख केबुलकारभित्र रेष्टुरन्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए। तल्लो र माथिल्लो स्टेसनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा पर्यटकलाई सेवा दिइनेछ। “उनले भने, “कम्पनीले शाकाहारी, मांसाहारी लगायतका खानेकुरासँगै पेयपदार्थसमेत उपलब्ध गराइने  छ।”

प्रत्येक साँझ ५ बजेपछि केबुलकारमा सो सुविधा प्रदान गरिने योजना रहेको छ। केबुलकारभित्र रेष्ट्रोको सुविधामा प्रत्येक दिन आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ देखि ९ बजेसम्म उक्त सेवा दिइनेछ।

त्यसैगरी केबुलकारको प्रवेशद्वारमा २६ करोड रूपैयाँको लागतमा अर्को सुविधासम्पन्न आधुनिक होटल पनि निर्माण भइरहेको छ। उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको सो कम्पनीले जनाएको छ।

बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्षित गर्दै केबुलकार, रेस्ट्रो कार र तारेस्तरसम्मको होटल निर्माण गरिएको अध्यक्ष शर्माले बताए।

पृथ्वी राजमार्गमा रहेको तल्लो स्टेसनबाट बन्दीपुरमा निर्माण गरिएको सत्र तल्ले होटलभित्रै केबुलकार पुगेर टुङ्गिनेछ।

सत्र तल्लाको पाँचतारे होटल

बन्दीपुरमा १७ तल्लाको ‘क्विन टावर’ नाउँ दिइएको पाँचतारे होटल निर्माण कार्य अन्तिम चरणमा रहेको छ। ‘हिलटप नाम दिइएको उक्त होटलमा करिब ९० वटा कोठा रहेको र तीमध्ये ७८ वटा कोठा बस्नका लागि प्रयोगमा ल्याइनेछ।

एक हजारभन्दा बढी क्षमताको ठूलो सभा हललगायत निर्माण भइरहेको छ। होटलको सुरु तल्लाबाट १७ तल्लासम्म क्यापसुल लिफ्टबाट सिधै ‘क्विन टावर’ सम्म जान सकिने व्यवस्था रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजमका डाइरेक्टर इन्जिनियर पौडेलले बताए।

बन्दीपुर केबुलकार र पाँचतारे होटल सञ्चालनमा आएपछि बन्दीपुरको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा यहाँका व्यवसायीहरुको रहेको छ।

बन्दीपुर आउने पर्यटकले केबुलकारमा सुतेरै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै भरपुर मनोरञ्जन दिने कम्पनीको मुख्य लक्ष्य रहेको छ।
“बन्दीपुरमा घुम्न आउने पर्यटकहरुलाई नयाँपन र भरपुर मनोरञ्जन प्रदान गर्नु कम्पनीको मुख्य लक्ष्य नै हो”, अध्यक्ष शर्माले भने।

केबुलकार र पाँचतारे होटलको प्रचारपसारसँगै आन्तरिक एवं बाह्य पर्यटकको चलहपहलमा वृद्वि हुने बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष बैंश गुरुङले बताए।

आर्थिक मन्दीका कारण निराश बनेका यहाँका होटल व्यवसायीहरु केबुलकार र होटल सञ्चालनमा आउने भएपछि उत्साहित भएका छन्।

“बन्दीपुरमा अहिले पनि दैनिक पाँच सयको हाराहारीमा पर्यटकको आवागमन भइरहेको छ”, उनले भने, “पर्यटनको सङ्ख्या जृद्वि हुँदा यहाँका व्यापार व्यवसाय पनि फस्टाउन सहज हुनेछ।”

बन्दीपुरमा गत भदौको दोस्रो सातादेखि पर्यटकको चहलपहलमा वृद्वि हुँदै गएपछि यहाँका होटल व्यवसायीहरुले राहतको महसुस गर्न थालेका छन्।

तल्लो स्टेसनको भवन अन्य केबुलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ। सोही भवनमा अति विशिष्ट कक्ष, खुल्ला रेष्टुरेन्ट (टुरिष्ट कोच), अतिथि स्वागत गर्ने लगायत कार्य एउटै भवनबाट हुनेछ।

समग्र बन्दीपुरको विकासमा टेवा

बन्दीपुर केबुलकार र होटल सञ्चालनमा आएपछि समग्र बन्दीपुरको पर्यटन प्रवद्र्धनमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ।

समग्र बन्दीपुरको विकाससँगै यहाँ सञ्चालित होटल र होमस्टे प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।

“बन्दीपुरको विकासमा दूरगामी प्रभाव पार्नेछ”, उनले भने, “बन्दीपुरको पर्यटनमाथि उकासिनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार हल पनि बन्दीपुरमा निर्माण भएकाले पर्यटनको सङ्ख्यामा वृद्वि हुन्छ।”

केबुलकारसँगै सिसाको भ्यू टावर, सिसाको पुललगायत मनोरञ्जनात्मक र साहसिक खेलका लागि निर्माणका कार्य तीव्र गतिमा भइरहेको छ। बन्दीपुरका खड्गमाई, बिन्दावासिनी, चामुण्डा र थानीमाईलाई जोडेर चारधामका रूपमा पर्यटन प्रवद्र्धन गर्न लागिएको छ।

अध्यक्ष थापाले भने, “यहाँका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको विकासमा परिवर्तन आउनेछ, काँचुली फेरिनेछ।”

शेयर निष्कासनको तयारी

त्यसैगरी १२ प्रतिशत शेयर निकाल्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ। यसमध्ये १० प्रतिशत कर्मचारी र सर्वसाधारणका लागि हुनेछ भने दुई प्रतिशत स्थानीयवासीका लागि छुट्याइनेछ। केबुलकार र ‘क्विन टावर’ र होटल सञ्चालनमा ल्याउनु अगावै शेयर निष्कासन गर्ने लक्ष्य राखिएको कम्पनीका अध्यक्ष शर्माले बताए।

“दुई करोड ५५ लाख रूपैयाँको १२ प्रतिशत शेयर निकालिनेछ”, उनले भने, “केबुलकार तयारी अवस्थामा छ तर केबुलकार घुम्ने स्थानमा केही काम गर्नुपर्ने भएकाले असर पुग्ने देखिएका कारण रोकिएको हो।” 
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
६ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।

सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस