बाढी पुनर्निर्माणका लागि ७३ अर्ब लाग्ने
२७ कार्तिक २०७४
•
६ मिनेट पाठ
बाढी पुनर्निर्माणका लागि ७३ अर्ब लाग्ने
काठमाडौं- मुलुकमायो वर्ष बाढीले पु¥याएकोक्षतिकोपुनस्र्थापनागर्नकरिब ७३ अर्ब रुपैयाँआवश्यकहुने देखिएको छ । राष्ट्रिय योजनाआयोगले तयार पारेको ‘बाढीपछिकोपुनरुत्थानआवश्यकताआंकलन’लेसो आवश्यकतादेखाएको हो।

आयोगकाउपाध्यक्ष स्वर्णिम वाग्लेले सबैभन्दा बढी आवास पुनर्निर्माणमा लाग्ने जानकारी दिए ।‘बाढीपछिको पुनरुत्थानकालागि७३ अर्ब रुपैयाँआवश्यकहुने देखिएको छ,’ उपाध्यक्षवाग्लेले आइतबार नागरिकसँगभने,‘यसमा५० प्रतिशतभन्दा बढी निजीआवास पुनर्निर्माणका लागिखर्च गर्नुपर्ने हुन्छ ।’

उपाध्यक्षवाग्लेकाअनुसार बाढीबाट ३५ जिल्लाकाकरिब १७लाखजनताप्रभावितबनेका छन् ।बाढी प्रभावित ३५ मध्ये १८ वटा जिल्लाअतिप्रभावितपाइएको उनले बताए । ‘प्रभावित क्षेत्रका४१ हजार घर पूर्णरुपमाक्षतिभएका छन् । एकलाख ५० हजार घरमाआंशिकक्षतिपुगेको छ,’ उनले भने, ‘त्यसैले निजीआवासतर्फ सबैभन्दा बढी करिब ४० अर्ब रुपैयाँआवश्यकता देखिएको हो ।’ पूर्णरुपमाक्षतिभएका घरपुनर्निर्माणका लागि ‘जनताआवास कार्यक्रम’को न्यूनतममापदण्डलागू गर्दा पनिठूलो रकमखर्च हुने उनले बताए। जनताआवासको मापदण्डअनुसार तीन सय २४ वर्गफिटको एउटा घर निर्माणका लागिकम्तीमाचार लाख५० हजार रुपैयाँलाग्ने उनको भनाइछ ।यसमाप्रतिवर्गफिट एक हजार तीन सय ८८ रुपैयाँका दरले मूल्यांकनगरिन्छ ।

‘राज्यले निजी घर बनाउनलाग्ने पूरै रकमदिन सम्भवहुँदैन । तर,भूकम्पपीडितलाई दिएको प्याकेज बाढीपीडितलाई पनि दिनुपर्छ भन्ने सुझावदिएकाछौं,’ उपाध्यक्षवाग्लेले भने ।सरकारले भूकम्पपीडितलाई निजीअवास पुनर्निर्माणका लागितीनलाख रुपैयाँउपलब्ध गराउने व्यवस्था गरेको छ ।

मन्त्रालयकाअधिकारीहरुले भने प्रतिवेदनमावास्तविकक्षतिभन्दा बढी रकम राखिएको बताए । मन्त्रीर सचिवको दबाबमाक्षतिभन्दा बढीको रकम बढाएर प्रतिवेदनमादेखाउने प्रवृत्ति रहेको उनीहरुको दाबी छ ।

आयोगकाउपाध्यक्षवाग्लेले प्रारम्भिक अध्ययनबाट आवश्यकताआंकलनगरिएको हुँदाकेही फरक पर्न सक्ने बताए । उनले भने, ‘यो प्रारम्भिक रिपोर्ट हो, कार्यान्वयनकाक्रममायसलाई पुनः भेरिफिकेसन गर्नुपर्ने हुन्छ ।’

कुलक्षति६२ अर्ब

बाढीबाट सबै क्षेत्रमा गरी करिब ६२ अर्ब रुपैयाँ बराबर क्षतिभएकोआयोगकाउपाध्यक्षवाग्लेले बताए। ‘सामाजिक क्षेत्रतर्फआवास, स्वास्थ्य र शिक्षा, उत्पादनमूलक क्षेत्रमा कृषि, पशुपक्षी र सिँचाइतथापूर्वाधारतर्फ यातायात, खानेपानी र ऊर्जामाभएको क्षतिकोमूल्यांकनगरिएको छ,’ उनले भने ।

वाग्लेकाअनुसार बाढीका कारण निजीआवासमासबैभन्दा बढी १९अर्ब ५० करोड रुपैयाँक्षतिपुगेको छ । सिँचाइमा १७अर्ब ५० करोड, पशुपक्षीमा १०अर्ब सात करोड, कृषिमा सातअर्ब दुई करोड, यातायातमादुई अर्ब नौ करोड र शिक्षामा एक अर्ब दुई करोड रुपैयाँको क्षतिमूल्यांकनगरिएको उनले बताए ।

प्रतिवेदन सोमबार वामंगलबार आयोगकाअध्यक्षसमेत रहेकाप्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेस गरिनेआयोगले जानकारी दिएको छ ।पुनर्निर्माणका लागि के कसरी कामगर्न सकिन्छ भन्ने सुझावसमेत प्रतिवेदनमा समेटिएको उनले बताए ।

पुनर्निर्माणको कामथालिने

बाढीपछिको पुनर्निर्माणका लागि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत एक विशेष एकाइबनाएको छ । एकाइकाआयोजनाप्रमुख सुमन कर्णले आयोगको आंकलन रिपोर्टलाई आधार बनाएर पुनर्निर्माण तथापुनरुत्थानको काम सुरु गर्ने बताए । ‘प्रारम्भिकआँकलनको प्रतिवेदनबल्लतयार भएको छ,’ कर्णले भने, ‘यसकै आधारमा युनिटको आवश्यकसंरचनाबनाएर काम सुरु गर्छौं ।’

सरकारले बाढीपीडितका लागिचार अर्ब रुपैयाँ राहतप्याकेज घोषणा गरिसकेको छ । गत सोमबार मन्त्रिपरिषद् बैठकले तत्काल सो प्याकेज व्यवस्थागर्न अर्थ मन्त्रालयलाई निर्देशनदिएको थियो ।
अर्को समाचार
भोटेकोशी बाढी : पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब लाग्ने
२५ भदौ २०८३
•
२ मिनेट पाठ
भोटेकोशी बाढी : पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब लाग्ने
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आँकलन गरेको छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद् पुनरुत्थान आवश्यकताको ७५ प्रतिशत हिस्सा हो।

पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सडकमा व्यापक क्षति पुगेको छ। जहाँ ७५९ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना र २४ मेगावाटका ५ वटा सोलार प्लान्ट प्रभावित भएका छन्।

यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

यसैगरी ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ।

यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि ७३ अर्ब ३४ करोड २९ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने देखिन्छ।

बाढीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी ७ हजार ५ सय ७० वटा निजी घरहरू क्षतिग्रस्त भएका छन्।

यसबाहेक ४८ वटा सार्वजनिक भवन, १८ वटा विद्यालय, ७ वटा स्वास्थ्य संस्था र ३० वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि १ खर्ब ३ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ बजेट आवश्यक छ।

यसैगरी, व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुनरुत्थानका लागि ५० अर्ब ७७ करोड ४९ लाख रुपैयाँ लाग्ने आकलन गरिएको छ।

उत्पादन क्षेत्रअन्तर्गत १ हजार ८०६ हेक्टर कृषि बाली, १७ वटा बैंक शाखा र ४ हजार ८०० व्यापारिक प्रतिष्ठानहरू प्रभावित भएका छन्।

५ जिल्लाका प्रभावित १५ स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै ३ हजार २६ घरमा क्षति पुगेको छ।

विपद् जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि ९४ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि ५१ करोड ५४ लाख रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनले औँल्याएको छ।

प्रतिवेदनले पुनःनिर्माणलाई दुई चरणमा विभाजन गरेको छ। जसअनुसार, आगामी ६ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनःनिर्माणका लागि ८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ र दीर्घकालीन पुनःनिर्माणका लागि ७ खर्ब १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस