उदयपुरको राजश्व पछिल्लो आर्थिक वर्ष बिगतको तुलनामा ह्वात्तै घटेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा २०७९/०८० मा प्रतिशत र आकार दुबै हिसाबले राजश्व आकार घटेको करदाता सेवा कार्यालय गाईघाटले जनाएको छ।
चालु वर्ष जम्मा ६१ करोड ८६ लाख ३२ हजार राजश्व संकलन भएको छ। यो लक्ष्यको ८६.७२ प्रतिशत हो। २०७९/०८० मा कार्यालयले ७१ करोड ३३ लाख ५२ हजार संकलन गर्ने लक्ष्य लिएकोमा गत वर्षको तुलनामा प्रतिशतका हिसाबले १३.२८ ले कमी आएको छ। अघिल्लो वर्ष अर्थात आर्थिकवर्ष २०७८/०७९ मा ५२ करोड ८४ लाख ४२ हजार संकलन गर्ने लक्ष्य लिएको कार्यालयले १ सय ११.१९ प्रतिशत बढी अर्थात ५८ करोड ७५ लाख ६७ हजार संकलन गरेको थियो। कार्यालयले चालु वर्ष प्रतिशतमा कमी भए पनि आकारका हिसावले भने ३ करोड ११ लाख बढी उठाउन सफल भएको छ।
आय कर, घरबहाल कर, व्याज कर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्त शूल्क गरी ५ किसिमका कर संकलन गर्दै आएको कार्यालयले २०७९/०८० मा सबैमा कमी प्राप्त गरेको छ। आयकर वापत कार्यालयले ३० करोड २८ लाख ९८ हजार संकलन गरेको छ। जव की सो वर्ष ३५ करोड ५० लाख ५६ हजार संकलन गर्ने लक्ष्य लिएको थियो। आय करतर्फ लक्ष्यको ८५ प्रतिशत मात्र प्रगति भएको कार्यालयले जनाएको छ।
त्यस्तै व्याज करतर्फ ६१ लाख ७ हजार संकलन गरेकार लक्ष्यको ९५.६९ प्रतिशत प्रगति गरेको छ। कार्यालयले ६३ लाख ८२ हजारको लक्ष्य लिएको थियो। त्यस्तै भ्याट वापत २८ करोड ६५ लाख ३७ हजार उठाउने लक्ष्य लिएको कार्यालयले २८ करोड ५० लाख ७९ हजार उठाएको छ। लक्ष्यभन्दा झण्डै ५ लाख कम राजश्व उठाएको कार्यालयले भ्याटमा भने ९९.४९ प्रतिशत प्रगति गरेको छ।
अर्को अन्त शूल्क वापत सबभन्दा कम राजश्व सकलन भएको कार्यालयले जनाएको छ। अन्त शूल्कवापत उसले १ करोड २९ लाख २४ हजार मात्र संकलन गरेको छ। लक्ष्यको २५.२२ प्रतिशत मात्र संकलन गरेको कार्यालयले लक्ष्य भने ५ कराड १३ लाख ७० हजार उठाउने प्रक्षेपन गरेको थियो। बहाल करतर्फ ८२.७७ प्रतिशत राजश्व उठाएको कार्यालयले १ करोड १५ लाख ९४ हजार उठाएको छ। उसले सो वर्ष १ करोड ४० लाख ७ हजार उठाउने लक्ष्य लिएको थियो।
कार्यालयका कम्प्युटर अप्रेटर रेक मगरका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा व्याज कर र अन्त शूल्कबाहेक बाँकी ३ शीर्षकमा लक्ष्यभन्दा धेरै राम्रो प्रगति भएको थियो। तर, २०७९/०८० मा भ्याटबाहेक बाँकी सबै शीर्षकमा लक्ष्यभन्दा कम राजश्व संकलन भएको मगरले बताए। २०७८/०७९ मा आयकर २४ करोड २ लाख ७१ हजार उठाउने लक्ष्य लिएकोमा मा १२५.२५ प्रतिशत प्रगति गर्दै ३० कराड ९ लाख ३० हजार उठाएको थियो।
त्यस्तै व्याज कर १ करोड १८ लाख ४० हजार उठाउने लक्ष्य लिएकोमा ५२ लाख ३१ हजार अर्थात ४४.१८ प्रतिशत मात्र प्रगति भएको थियो। २०७८/०७९ मा भ्याट २३ करोड ८२ लाख ५१ हजार लक्ष्य लिएकोमा ९८.५८ प्रतिशत प्रगति गर्दै २३ करोड ४८ लाख ६६ हजार उठाएको थियो। अन्त शूल्कतर्फ २ करोड १५ लाख ३१ हजारको लक्ष्य लिएकोमा १ सय ६२.८३ प्रतिशत बढी अर्थात ३ करोड ५० लाख ५९ हजार उठाउन सफल भएको थियो। बहाल कर १ करोड ६५ लाख ४९ हजारको लक्ष्य लिए पनि १ करोड १४ लाख ८१ हजार अर्थात ६९.३८ प्रतिशत उठेको थियो।