काठमाडौं- दुई वर्षअघिको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको पश्चिमी मोहडा संरक्षणको काम बल्ल सुरु गरिएको छ । सरोकारवाला निकायको अलमलले थप जीर्ण बन्दै गएको सो ऐतिहासिक भवनलाई प्लास्टिक सिटले ढाकेर अस्थायी रुपमा संरक्षण गर्ने प्रक्रिया मंगलबार सुरु गरिएको हो ।
‘पश्चिमी मोहडातर्फको ३३ हजार एक सय फिट क्षेत्रफलको छानालाई प्लास्टिक सिटले ढाक्ने काम सुरु भएको छ,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव प्रकाश थापाले मंगलबार नागरिकसँग भने, ‘गाह्रोमा पानी छिरेर थप क्षति हुन नदिन तत्कालका लागि विशेष किसिमको प्लास्टिकले ढाक्न लागिएको हो ।’
भूकम्पबाट बढी क्षति पुगेको उक्त भागलाई पूरै ढाक्न एक साताभन्दा बढी समय लाग्ने सहसचिव थापाले बताए । करिब पाँच लाख रुपैयाँको ठेक्का सम्झौतामा बिजी सप्लायर्स नामक कम्पनीले सो काम गरिरहेको उनले जानकारी दिए ।
प्राधिकरणको पहलमा उक्त ऐतिहासिक भवनको प्रबलीकरण गरी संरक्षण गर्ने प्रक्रिया सुरु भएको हो । त्यसअघि सहरी विकास मन्त्रालयमार्फत गठन भएको एक समितिले सो भवन जोखिमपूर्ण रहेकोले भत्काउनुपर्ने सुझाव दिएको थियो । तर प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले एसियाकै ऐतिहासिक धरोहरको रुपमा रहेको सिंहदरबारको मौलिक संरचना जोगाउनुपर्नेमा जोड दिँदै आएका थिए ।
सो भवनको प्रबलीकरण गर्न प्राधिकरणका कार्यकारी समिति सदस्य हरिराम पराजुलीको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ । पुरातŒव विभागका महानिर्देशक समेत सदस्य रहेको उक्त समितिले विभिन्न विज्ञ, नागरिक समाजका प्रतिनिधि लगायतको सुझाव लिएर प्रबलीकरणको काम गरिरहेको समितिका एक सदस्यले बताए ।
‘भवन जोगाउने कि भत्काउने भन्नेमा विज्ञहरुको मत बाझिएकाले संरक्षणको काममा ढिलाइ भएको हो। यो जटिल प्रकृतिको भएकाले पनि हतारमा काम गर्न मिल्दैन,’ सहसचिव थापाले भने, ‘प्रबलीकरण गरेर भवनलाई जोगाउने निर्णय भएबमोजिम अहिले काम सुरु भइसकेको छ।’
अस्थायी रुपमा प्लास्टिकले ढाक्ने काम सकिएलगत्तै स्काफोल्डिङको काम सुरु गरिने उनले जानकारी दिए। ‘स्काफोल्डिङका लागि टेन्डर प्रक्रियाबाट कम्पनी छनोट भई सम्झौता समेत भइसकेको छ । यही महिनाभित्र यो काम सक्ने योजना छ,’ उनले भने । स्काफोल्डिङका लागि म्याप अन्टरप्रेनर नामक कम्पनीसँग एक करोड ४० लाख १६ हजार रुपैयाँमा ठेक्का सम्झौता भइसकेको सहसचिव थापाले बताए ।
स्काप फोल्डिङ लगाएर सुरक्षित बनाएपछि थप अध्ययनको काम अगाडि बढाइने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । ‘सुरुमा भवनभित्र प्रत्येक कोठा, झ्यालढोका लगायतको अवस्था कस्तो छ भन्ने विस्तृत अध्ययन र नाप जाँच गरेपछि मात्र प्रबलीकरणको काम अगाडि बढ्छ,’ उनले भने । प्रबलीकरणको काम सम्पन्न गर्न दुई वर्षभन्दा बढी समय लाग्न सक्ने प्रवक्ता भुसालले बताए ।