वैदेशिक रोजगारका लागि चैतमा साढे ६१ हजार विदेशिए
११ वैशाख २०८०
•
२ मिनेट पाठ
वैदेशिक रोजगारका लागि चैतमा साढे ६१ हजार विदेशिए
स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन। मुलुकमा बेरोजगारी बढ्दै गएपछि चालु आर्थिक वर्षको चैत महिनामा मात्र करिब साढे ६१ हजार युवा विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ६१ हजार ४ सय ७८ जना रोजगारीकै खोजीमा विदेश गएका हुन्।

फागुन महिनामा पनि सोही हाराहारीमा विदेशिएका थिए। वैदेशिक रोजगारीमा विदेशिने युवाको संख्या गत वर्षहरू भन्दा उच्च रहेको जानकारी विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले दिए।

माघमा ६४ हजार २ सय ८४ जना युवा विदेशिएका थिए। यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो। फागुनमा ५६ हजार ७ सय १९ जना पुरुष र ५ हजार १ सय २६ जना महिला कामको खोजीमा विदेशिएका छन्। त्यस्तै चैत महिनामा ५६ हजार ३ सय ४३ जना पुरुष र ५ हजार १ सय ३५ जना महिला विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।

मुलुकमा बेरोजगारी बढ्दै गएपछि चालु आर्थिक वर्षको चैत महिनामा मात्र करिब साढे ६१ हजार युवा विदेशिएका छन्।
तथ्यांक अनुसार फागुन महिनामा मलेसियाका लागि १९ हजार ८ सय २४ जना र चैतमा १६ हजार २ सय ६५ जनाले श्रम स्वीकृति लिएका थिए। कतारका लागि फागुनमा ११ हजार ३ सय ३ जना थिए भने चैतमा ११ हजार २ सय ४९ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै साउदी अरबियामा फागुनमा ९ हजार ५ सय ३ जना थिए भने चैतमा फागुनको भन्दा १ हजार ८ सय ६१ जनाले बढी थियो। युएईका लागि चैतमा १० हजार १ सय ९३ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ।

कुवेतमा २ हजार ७ सय ९४ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै कोरियामा २ हजार ३ सय २३ जनाले स्वीकृति लिएका छन्। रोमानियामा १ हजार ५ सय ७८ जनाको स्वीकृति जारी भएको छ। जापानमा ९ सय २८ जना, पोल्याण्डमा ४ सय ७८ र बहराइनमा ६ सय ७४ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ।

कुवेतमा २ हजार ७ सय ९४ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै कोरियामा २ हजार ३ सय २३ जनाले स्वीकृति लिएका छन्।
चैत महिनामा सबैभन्दा बढी धनुषा जिल्लाबाट ३ हजार ६ सय ८१ जना विदेशिएका छन् भने झापाबाट २ हजार ८ सय २३ जना नेपालीहरू वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक गएको विभागका तथ्यांकले देखाएको छ। त्यस्तै सिराहाबाट २ हजार ५ सय ९२, महोत्तरीबाट २ हजार ४ सय ७१, मोरङबाट २ हजार ४ सय १२, रूपन्देहीबाट १ हजार ९ सय ३३ र सर्लाहीबाट १ हजार ८ सय ६९ जना विदेशिएका छन्।

फागुनमा विदेशिएका अधिकांश नेपाली युवा दक्ष योग्यताका छन्। विभागका अनुसार फागुनमा विदेशिनेमध्ये ४१ हजार ७ सय २९ जना दक्ष र १४ हजार ३ सय ५३ जना अदक्ष युवा विदेशिएका छन्।

चैत महिनामा सबैभन्दा बढी धनुषा जिल्लाबाट ३ हजार ६ सय ८१ जना विदेशिएका छन् भने झापाबाट २ हजार ८ सय २३ जना नेपालीहरू वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक गएको विभागका तथ्यांकले देखाएको छ।
दक्षभन्दा माथिल्लो स्तरको योग्यता भएका ५ हजार २ सय ९३ जना युवाले श्रम स्वीकृति लिएका छन्। प्रोफेसनल योग्यताका ८३ र उच्च दक्षता हासिल गरेका २० जना वैदेशिक रोजगारीका लागि गएको तथ्यांकले देखाएको छ।  
अर्को समाचार
चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति
०७ वैशाख २०८१
•
१ मिनेट पाठ
चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति
चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले श्रम स्वीकृति लिएका छन्।

चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए।

उनले भने, ‘श्रम स्वीकृति लिनेमध्ये १३ हजार तीन सय ७३ जना अदक्ष अर्थात सीप नभएका, ५१ हजार तीन सय २८ जना सीप भएका, पाँच हजार ६ सय ८४ जना अर्धदक्ष, चार सय ८२ जना व्यावसायिक दक्षता र ६६ जना उच्च दक्ष भएका छन्।’

यसैगरी चालु आवको साउनमा ५५ हजार पाँच सय ७५, भदौमा ५० हजार आठ सय ८४, असोजमा ५६ हजार दुई सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२, मङ्सिरमा ७१ हजार दुई सय ७६, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार एक सय ४७ र फागुनमा ६५ हजार ६ सय ५८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका विभागको तथ्यांकमा उल्लेख गरिएको छ।

विभागको तथ्यांकअनुसार चैतमा मात्रै १७ हजार आठ सय १८ जना नेपाली रोजगारीका लागि यूएई पुगेका छन्। सोही महिनामा साउदी अरेबियामा १३ हजार छ सय ४१ जना, कतारमा ११ हजार दुई सय ४ जना, मलेसियामा १२ हजार ६ सय २ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा नौ सय ६४ जना पुगेका छन्।

यसैगरी रोमनियामा दुई हजार दुई सय सय ९९ जना, क्रोएसियामा नौ सय ६० जना, साइप्रसमा सात सय ८१ जना, जापानमा एक हजार तीन सय ५१ जना, माल्दिभ्समा चार सय ९३ जना, मौरिससमा ६ सय २० जना र दक्षिण कोरियामा ६ सय ५७ जना रोजगारीका लागि गएको तथ्यांकले देखिएको छ। –रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस