सदरमुकाम गाईघाटलगायत विभिन्न जिल्लाका सर्वसाधारणको करोडौँ रकम अपचलन गरी महिनादिनयता फरार रहेको ‘तुलसी बहुमुखी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड’का सञ्चालकमध्ये ३ जना पक्राउ परेका छन्।
लोभलाग्दो व्याज र बोनसजस्ता विभिन्न आकर्षण देखाएर सर्वसधारणबाट बचत गराएको ठूलो रकम ठगी गरेको आरोपमा सहकारीका उपाध्यक्ष, सचिव र क्षेत्रीय प्रबन्धक सोमबार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङबाट पक्राउ परेकाहरु सहकारीका उपाध्यक्ष मोरङ उर्लाबारी नगरपालिका ६ की अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका १४ घर भई विराटनगर महानगरपालिका ३ बस्ने सविना न्यौपाने र सहकारीका क्षेत्रीय प्रबन्धक विराटनगर महानगरपालिका २ का मन्दिप खवास रहेका छन्।
सञ्चालकले सर्वसाधारणको करोडौँ बचत र निक्षेप रकम लिएर फागुन सुरुदेखि सम्पर्कबिहीन भएको भन्दै बचतकर्ताले आईतबार प्रहरी गुहारेपछि उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
बहुउदेश्यीय सहकारी, डिपार्टमेन्ट स्टोर र अन्य विभिन्न दर्जन हाराहारी बित्तीय तथा गैरबित्तीय संस्था दर्ता गरेर कारोबार गरेको देखाउँदै सर्वसाधारणको रकम सोहोर्ने गरेको रहस्य खुल्दैछ। सञ्चालकहरु महिनादेखि फरार भएर सम्पर्कमै नआएको सर्वसाधारणको उजुरीका आधारमा सञ्चालकमध्ये ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बिराटनगरका सर्वसाधारणले बचत गरेको १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रूपैया रकम ठगी भएको भन्दै सञ्चालक ८ जनाविरुद्ध उजुरी परेको छ। उजुरी अनुसार प्रहरीले ३ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको र बाँकी ५ जनाको खोजतलास भइरहेको जनाएको छ।
उदयपुरको गाईघाटमा २ वर्षअघिदेखि सञ्चालनमा आएको तुलसी सहकारी र गार्डेनमार्ट डिपार्टमेन्ट माघ तेस्रो सातादेखि नै बन्द भएको छ। त्रियुगा नगरपालिका ११ हिमाली टोलमा ५ तले भवन किनेर त्यसैको भुईतलामा डिपार्टमेन्ट र माथिल्लो तलामा सञ्चालित सहकारीमा ४ हजार २ सय सर्बसाधारण बचतकर्ताको झण्डै ५० करोड बचत, निक्षेप र शेयर लगानी रहेको बताइएको छ। गाईघाटका एकै व्यापारीको ५० हजारदेखि ४ करोडसम्म बचत रकम लिएर सञ्चालक भागेको रहस्य भने महिनादिनपछि कार्यालय बन्द हुने सूचना जारी भएपछि मात्र खुलेको थियो।
सर्वसाधारणको ठूलो परिमाणको रकम अपचलन गरेर बेपत्ता भएपछि जिल्ला प्रशासन, त्रियुगा नगरपालिका र बचतकर्ताहरुको तर्फबाट प्रतिनिधित्व गर्दै गठित संयुृक्त छानविन समितिले छानविन गरिरहेको छ।
समितिका अनुसार सहकारीका मुख्य सञ्चालक भनिएका बाँकेको उढरापुर गाउँपालिका २ स्थायी ठेगाना भएका केदारनाथ शर्मा फागुन २ गते नै पश्चिम नेपालको भैरहवा नाका हुँदै भारत छिरिरकेको पत्ता लगाएको छ। शर्मा सम्पर्कबिहीन भएपछि उपाध्यक्ष र सचिवलगायत पदाधिकारीको खोजी गर्दा सचिव न्यौपाने सम्पर्कमा आएको तर, उनले सबै कारोबारको जिम्मेबार शर्मा नै रहेको बताएको उदयपुरमा गठित छानविन समितिले जनाएको छ।
पक्राउ पर्नुअघि माघ अन्तिममा जिल्ला प्रशासन कार्यालय उदयपुरमा भएको छलफलमा सचिव न्यौपाने उपस्थितत भएको र उनले सहकारीले कसैको बचत अपचलन नगरेको भन्दै केही समय आर्थिक कारोबार रोक्न खोजेको बताएकी थिईन्। ‘हामीले कसैको रकम खाएका छैनौँ, आर्थिक मन्दी भएकाले केही दिन कारोबार रोक्न खोजेको मात्र हो’ न्यौपानेलाई उद्धृत गर्दै समितिका एक सदस्ले भने ‘बचत, निक्षेप र शेयर सबैको सुरक्षित छ, एकएक गरी फिर्ता दिन्छौँ।’ तर, त्यस्तो प्रतिबद्धता जनाए पनि महिनादिनसम्म मुख्य सञ्चालक सम्पर्कमा नआएपछि सर्बसाधारणको रकम जोखिममा परेको ठान्नुपर्ने एक बचतकर्ताले बताए।
सहकारीले ऋण लगानी नगरी विभिन्न किसिमका बचत मात्र गर्न लगाएकाले पाइएको छ। बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचतर, आवधिक बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचतलगायत दर्जन हाराहारी बचत खाता खोल्न लगाएर बचत गराएको थियो। बजारकै केही सामाजिक अगुवाका निकट र नातेदार युवायुवतिलाई संकलकमा भर्ना गरेर १५ प्रतिशतसम्म व्याज, बोनस र अतिरिक्त सुबिधा दिने प्रलोभन देखाउँदै आक्रामक रुपमा निक्षेप संकलन गर्न थालेपछि बैंकमा राखेको रकमसमेत झिकेर सहकारीमा जम्मा गर्दा डुब्न पुगेको पीडितहरु बताउँछन्।
छानविन समितिले सहकारी सञ्चालकले भवन, डिपार्टमेन्ट, जग्गाजमिन र अन्य स्थीर पुँजी धेरै रहेको दावी गर्दै आएको भए पनि वास्तविक सम्पत्तिभन्दा दायित्व धेरै रहेको निश्कर्ष निकालेको छ। सहकारी रहेको ४ तले भवन, डिपार्टमेन्टमा मौज्दात सामग्री तथा बिभिन्न ठाउँमा देखाएको जग्गाजमिनको मूल्यभन्दा सर्बसाधारणको बचत, शेयर, निक्षेप र प्रतिबद्धता अनुसार बोनस दायित्व धेरै गुणा बढी हुन आउने देखिएको त्रियुगा नगरपालिका ११ का वडाध्यक्ष सुमन्त कोईरालाले बताए।
छानविनको क्रममा बिराटनगरसम्म पुगेका वडाध्यक्ष कोईरालाका अनुसार सहकारीको ४० करोड रकम सचिव न्यौपानेको खातामा ‘ट्रान्सफर’ भएको देखिएको र उनको खाताबाट १० करोड अ्रन्यत्र गएको प्रारम्भिक अनुसन्धानले देखाएको को छ।
छानविन समिति सदस्य तथा त्रियुगा नगरपालिका, उद्योग तथा सहकारी शाखा प्रमुख विष्णु खत्रीले सहकारीको भवन, जग्गाजमिन र डिपार्टमेन्ट सबै तुलसी बहुउदेश्यीय सहकारीको नाममा दर्ता नदेखिएको बताए। भवन, डिपार्टमेन्ट स्टोर, त्रियुगा ४ बगाहा र त्रियुगा १५ खाँबुस्थित सहकारीले किनेको भनिएको जग्गाजमिन सहकारीको नभई अन्य नाममा दर्ता रहेको उनले बताए। बगाहा र खाँबुमा पाखो बारी तुलसी रिसर्च सेन्टर, शिखर अर्गनाईजेसन र नटराज एग्रो प्रालिको नाममा रहेको मालपोत कार्यालयको अभिलेखले देखाएको पनि खत्रीले बताए। सहकारीकै भए पनि देखिएको जग्गाजमिन र भौतिक सम्पत्तिको मूल्यभन्दा दसौँ गुणा बढी सर्वसाधारणको बचत रहेको उनको भनाइ छ।