नेपाल टेलिकमको १९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार सेवा कुनै सेवा प्रदायकको आफ्नो व्यवसाय मात्र नभएर सार्वजनिक सेवा प्रवाहको आधारभूत माध्यम भएको बताएकी छन्।
मन्त्री शर्माले नेपाल सरकारले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई प्रदान गर्ने नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, भूमि अभिलेख व्यवस्थापन, स्थानीय पञ्जिकाधिकारी सम्बन्धी सेवाहरू, करसँग सम्बन्धित कार्यहरू लगायतका सेवा उपलब्ध गराइरहेको उल्लेख गर्दै यी सेवा निरन्तर सुलभ रूपमा नागरिकलाई उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताइन्।
यस्तै उनले अधिकतम सरकारी स्वामित्व रहेको संस्था भएकाले सरकारको सोच र लक्ष्यलाई समेट्दै मुलुकका सुगमदेखि अति विकट स्थानहरूमा नाफारहित रूपमा भए पनि दूरसञ्चार र सूचना प्रविधिका सेवाहरू उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको रहेको उल्लेख गर्दै विकट स्थानका जनताले तिरेको मूल्यबाट यस संस्थाको, कर्मचारीको र राज्यको आर्थिक आधार खडा भएकाले जनताले तिरेको मूल्यको सही सदुपयोग हुनेगरी सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने दायित्व पूरा गर्न सचेत भएर लाग्न निर्देशन दिइन्।
यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले सेवा बिक्री गर्ने संस्थाको लागि ग्राहक सन्तुष्टि सर्वोपरि भएको उल्लेख गरेका छन्।