बागमती प्रदेश: ६ महिनामा ११ अर्ब १९ करोड खर्च
२१ माघ २०७९
•
१ मिनेट पाठ
बागमती प्रदेश: ६ महिनामा ११ अर्ब १९ करोड खर्च
बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब १९ करोड  ६७ लाख ८० हजार रुपेैयाँ खर्च भएको छ।




बागमती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय  हेटौँडाका अनुसार चालु आवमा ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार रुपैयाँ बजेट ल्याएको बागमती प्रदेश सरकारले चालु आवको ६ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ।  चालु आव २०७९/८० को साउनदेखि पुस मसान्तसम्ममा १५ दशमलव ७८ प्रतिशत कूल खर्च भएको बताइएको छ।

सो अवधिमा सरकारले १६ अर्ब १५ करोड रुपैयाँ विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको प्राप्त तथ्याङ्कले जनाएको छ। चालु आवको ६ महिनामा उक्त राजस्व सङ्कलन सरकारको खर्चभन्दा बढी देखिएपनि गत आवको तुलनामा कम रहेको छ। गत आवको छ महिनामा सरकारले आठ अर्ब रुपैयाँ खर्च गरेको थियो भने सो अवधिमा सरकरले २३ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

गत आवको सोही अवधिको तुलनामा प्रदेश सरकारको खर्च बढेको छ भने राजस्व सङ्कलनमा २९ प्रतिशतले कम भएको सो कार्यालयले जनाएको छ। सो कार्यालयका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायका अनुसार प्रदेश सरकारको मुख्य आयस्रोत घरजग्गा रजिष्टे«शन, सवारी साधन, मूल्य अधिवृद्धि कर, लोकसेवाको परीक्षा शुल्क, कृषि फार्मको उत्पादन, प्रशासनिक दण्ड जरिवाना, बेरुजु असुललगायत छन्। साथै सङ्घीय सरकारबाट प्राप्त हुने मूल्य अभिवृद्धिकर घट्दा प्रदेश सरकारको आम्दानीसमेत कम भएको  तथा घरजग्गाको रजिष्ट्रेशन शुल्क सात अर्ब रुपैययाँ अनुमानित रहेकोमा सो शुल्क कम भएकाले पनि आम्दानी कम भएको बताइएको छ।  

सरकारको आम्दानी कम भइरहको र खर्च बढी भइरहको विषयमा अध्ययन भइरहेको उहाँको भनाइ रहेको छ। छ महिनामा खर्च भएकोमध्ये ६ अर्ब २१ करोड ८६ लाख १८ हजार पाँच सय ६३ रुपैयाँ चालु र चार अर्ब ३७ करोड ८१ लाख ६१ हजार आठ सय ५९ रुपैयाँ पुँजीगत खर्च हो।
अर्को समाचार
बागमती प्रदेशको छ महिनामा खर्च नौ प्रतिशत
०४ माघ २०७६
•
६ मिनेट पाठ
बागमती प्रदेशको छ महिनामा खर्च नौ प्रतिशत
मकवानपुर- बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७६/७७ को छ महिनामा बजेट खर्च करिब नौ प्रतिशत मात्र भएको छ। चालु आवको साउनदेखी पुस मसान्तसम्ममा कुल खर्च नौ दशमलव दश प्रतिशत अर्थात् चार अर्ब ३३ करोड ६४ लाख दुई हजार सात सय ६६ रुपैयाँ भएको बागमती प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौंडाका प्रमुख एवं प्रदेश लेखा नियन्त्रक हरी प्रसाद उपाध्यायले बताए।




चालु आवमा ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा खर्च भने निक्कै कम भएको छ। ‘खर्चमध्ये पुँजीगततर्फ एक अर्ब ९० करोड ४५ लाख ६८ हजार एक सय ६७ रुपैयाँ अर्थात् नौ दशमलब नौ प्रतिशतमात्र खर्च भएको छ,’ उनले भने, ‘चालुतर्फ दुई अर्ब ४३ करोड १८ लाख ३४ हजार पाँच सय ९९ रुपैयाँ अर्थात् आठ दशमलब तीन प्रतिशत खर्च भएको छ।’

सात मन्त्रालयमध्ये दुई मन्त्रालयले मात्र छ महिनामा दश प्रतिशत बढी खर्च गर्न सफल भएको छ भने बाँकी सबै मन्त्रालयले दश प्रतिशत पनि खर्च गर्न सकेको छैन। त्यस्तै सबैभन्दा बढी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खर्च गरेको छ भने सबैभन्दा कम खर्च गर्नेमा आर्थिक मामिला तथा योजना मन्त्रालय छ।

जसमध्ये आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कात्तिक मसान्तसम्ममै २३ करोड ९३ लाख ८६ हजार छ सय ९२ रुपैयाँ अर्थात् १६ दशमलब ०३ प्रतिशत खर्च गरेको छ। त्यस्तै, सामाजिक विकास मन्त्रालयले छ महिनामा कुल विनियोजित बजेटको ९० करोड ४६ लाख ८२ हजार नौ सय ६१ रुपैयाँ अर्थात् १४ दशमलब ४५ प्रतिशत खर्च गर्न सफल भएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ४६ करोड ९९ लाख सात हजार छ सय ३५ रुपैयाँ अर्थात् नौ दशमलब ४३ प्रतिशत खर्च हुँदा भौतिक पूर्वाधार विकास मन्त्रालयले एक अर्ब ६७ करोड ३४ लाख तीन हजार सात सय ७२ रुपैयाँ अर्थात् नौ दशमलब ४० प्रतिशत खर्च गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कुल बजेटको ४३ करोड ८४ लाख ४४ हजार सात सय ९९रुपैयाँ अर्थात् आठ दशमलब ९० प्रतिशत खर्च गर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि विनियोजन भएको बजेटको पुस मसान्तसम्ममा चार करोड ६९ लाख ७८ हजार ४३ रुपैयाँ अर्थात् सात दशमलब ५५ प्रतिशत मात्र खर्च भएको छ।

सात मन्त्रालयमध्ये सबैभन्दा कम आर्थिक मामिला तथा योजना मन्त्रालयले दुई करोड १६ लाख ३४ हजार तीन सय १२ रुपैयाँ अर्थात् छ दशमलब ९० प्रतिशत मात्र खर्च गरेको बागमती प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

प्रदेश सभा सचिवालयले चालुआवको छ महिनामा कुल बजेटको नौ करोड ६२ लाख १८ हजार तीन सय २४ रुपैयाँ अर्थात् २२ दशमलब ६३ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले ८० लाख ९४ हजार १८ रुपैयाँ अर्थात् १२ दशमलब ४४ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। त्यस्तै, मुख्य न्याधिवक्ताको कार्यालयले छ महिनामा ५७ लाख तीन हजार पाँच २४ रुपैयाँ अर्थात् ३५ दशमलब ८४ प्रतिशत खर्च गरेको छ।

त्यस्तै, बागमती प्रदेश सरकारले गतआर्थिक वर्ष(आव) २०७५/७६ मा कुल बजेटको करिब ६१ प्रतिशत खर्च गर्न सफल भएको थियो। कुल बजेट ३५ अर्ब ६१ करोड ५६ लाखमध्ये ६० दशमलव ६८ प्रतिशत अर्थात् २० अर्ब ६५ करोड ७२ लाख ३६ हजार सात सय ९३ रुपैयाँ मात्र खर्च भएको हो।

कुल बजेटको पूँजिगततर्फ ४७ दशमलव १३ प्रतिशत अर्थात् नौ अर्ब ५५ करोड ७१ लाख ५१ हजार तीन सय ३९ रुपैयाँ र चालुतर्फ ८० दशमलव ६५ प्रतिशत अर्थात् ११ अर्ब १० करोड ८५ हजार चार सय ५३ रुपैयाँ खर्च भएको थियो।

गतआवमा बागमती प्रदेशको सात मन्त्रालयसहित १० निकायमध्ये आन्तरिक मामिला तथा कानून मन्त्रालयले सबैभन्दा कम र आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा बढी खर्च गरेको थियो। आन्तरिक मामिला तथा कानून मन्त्रालयले १८ दशमलव ९९ प्रतिशत अर्थात् २८ करोड ३९ लाख ८२ हजार दुई सय ४४ रुपैयाँ र आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको ८० दशमलव ३५ प्रतिशत अर्थात् छ अर्ब ३२ करोड ३२ लाख ३३ हजार दुई सय ८ रुपैयाँ खर्च गरेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस