अब के हुन्छ बजेट?
०८ साउन २०७३
•
७ मिनेट पाठ
अब के हुन्छ बजेट?
काठमाडौं- व्यवस्थापिका संसद्मा प्रस्तुत बजेट आश्रित विधेयक शुक्रबार बहुमतले फेल गरेपछि सरकारले साउन १ देखि लागू हुने गरी चालू आर्थिक वर्षको बजेटमार्फत बढाएको कर उठाउन नसक्ने भएको छ। २०४६ सालमा मुलुक संसदीय व्यवस्थामा प्रवेश गरेयता बजेट पहिलोपटक फेल भएको हो। यद्यपि संसद्ले विनियोजन विधेयक पहिल्यै पारित गरिसकेकाले खर्च गर्ने बाटो भने खुलिसकेको छ। नयाँ तलबमानअनुसार बढेको तलब वितरण गर्न पनि अवरोध छैन।




पूर्वअर्थसचिव रामेश्वर खनालका अनुसार यस्तो अवस्थामा सरकारले साउन १ गतेदेखि नयाँ दरअनुसार उठाएको बढी कर फिर्ता गर्नुपर्ने हुन्छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौं संशोधन) विधेयक २०७३ संसद्ले बहुमतले अस्वीकार गरेपछि सामयिक कर असुली ऐन २०१२ पनि स्वतः खारेज हुने उनको भनाइ छ। अर्थमन्त्रीले जेठ १५ गते संसद्मा बजेट पेस गरेसँगै सामयिक कर असुली ऐन सक्रिय भएको थियो।

यसको अर्थ सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७३–७४ को बजेटमार्फत तोकेको नयाँ दरअनुसारको कर फिर्ता गर्नुपर्ने हुन्छ। यसका साथै सरकारले ऋण उठाउन पनि पाउनेछैन।

संसद्मा पेस आर्थिक विधेयक पारित नहुँदा कर असुलीमा तत्काल ६ महिनासम्म कुनै असर नपर्ने सामयिक कर असुली ऐन २०१२ सक्रिय थियो। त्यसले मंसिर १५ गतेसम्म नयाँ करका दरअनुसार कर उठाउन सकिन्थ्यो। तर, बजेटसँग आश्रित विधेयक नै बहुमतले फेल गरेकाले सरकारले सामयिक कर असुली आदेश जारी गर्नुपर्ने भन्सार विभाग प्रमुख शिशिर ढुंगानाले बताए।

असार २५ गतेको संसद् बैठकले अर्थमन्त्री पौडेलले पेस गरेको विनियोजन विधेयक २०७३ पारित गरे पनि अर्थसम्बन्धी अन्य विधेयक बाँकी थिए। 'विनियोजन विधेयक पारित भइसकेकाले सरकारले खर्च गर्न सक्छ तर नयाँ दरमा राजस्व असुली गर्न सक्दैन,' ढुंगानाले भने, 'चालु बजेटमा करका दर धेरै नबढाइएकाले त्यति धेरै समस्या भने नहोला।'

पूर्वअर्थसचिव खनाल एक दशकमै धेरै सही र केही खराब कुरा देखिसकेका नेपालीले अहिलेको स्थितिमा एउटै आर्थिक वर्षका लागि दोस्रोपटक बजेट देख्ने सम्भावना बढेको विश्लेषण गर्छन्। 'राजनीतिक दलले बजेटलाई सत्ताको भर्‍र्याङ बनाउँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्ने भयो,' उनले  चिन्ता दर्साए।

नयाँ सरकार गठनमा संवैधानिक अड्चन देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओली सत्ता लम्ब्याउने रणनीतिमा जुटेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेटका बाँकी आर्थिक विधेयक पास हुन दिएनन्। संसद्ले बहुमतले बजेट आश्रित विधेयक अस्वीकार गर्दा चालू आवको बजेट कार्यान्वयनमा नआउँदै अन्योलमा परेको छ। नयाँ सरकार गठनपछि मात्रै अर्को बजेटबारे स्पष्ट हुन सकिने खनालको विचार छ। विचाराधीन आर्थिक विधेयक फेल भएपछि संसद्ले अब ओली सरकारले ल्याएको बजेटलाई अर्को सरकारले निरन्तरता दिने–नदिनेबारे सोध्न सक्छ। 'अघिल्लो सरकारले ल्याएको विधेयक नयाँ सरकारले निरन्तरता नदिन पाउँछ, यो उसको अधिकार हो,' खनालले भने, 'तर, त्यसो हुँदा अर्थतन्त्र फेरि अनिश्चयमा फस्न पुग्छ।' उनका अनुसार विनियोजन विधेयक नै पास भइसकेको अवस्थामा बाँकी विधेयक रोकेर राजनीतिक दलले गल्ती गरेका छन्।

पूर्व मुख्य सचिव डा. विमल कोइराला अहिले आश्रित विधेयक मात्रै फेल भएकाले नयाँ सरकारले पछि पास गर्न सक्ने सम्भावना दर्साउँछन्। आफैंले फेल गरेको विधेयक हुबहु पास गर्न सरकारलाई नैतिक संकट भने पर्ने उनको भनाइ छ। 

विगतमा असार मसान्तमा बजेट आउने र पारित गर्न लामो सकस पर्ने भएकाले नयाँ संविधानमा जेठ १५ गतेलाई बजेट ल्याउने दिन तोकिएको छ। यो संवैधानिक व्यवस्थासँगै असार अन्तिममा बजेट पेस गर्ने र नयाँ आर्थिक वर्ष लागेपछि पेस्की विधेयकबाट खर्च गर्ने परम्परा तोडिएको छ। अर्थमन्त्री पौडेलले जेठ १५ गते आव २०७३/०७४ का लागि १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट पेस गरेका थिए।

सत्तारूढ गठबन्धनको प्रमुख सहयात्री माओवादीले संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि असार २९ गतेको व्यवस्थापिका संसद् बैठकले बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची बिथोलिएको थियो। बदलिँदो परिस्थितिमा सभामुख ओनसरी घर्तीले अविश्वास प्रस्तावमा छलफल गर्न साउन ६ गतेका लागि बैठक बोलाएकी थिइन्।

यसपालि समयमै बजेट आएकाले अर्थतन्त्रमा सकारात्मक असर पर्ने आस गरिएकोमा पछिल्लो राजनीतिक घटनाक्रमले त्यसको कार्यान्वयन नै जटिल बनाइदिएको छ।
अर्को समाचार
संघ र प्रदेशबाट बजेट घट्दा नगरपालिकाको बजेट संशोधन
२८ फागुन २०७६
•
३ मिनेट पाठ
संघ र प्रदेशबाट बजेट घट्दा नगरपालिकाको बजेट संशोधन
हिउँदे नगरसभा उद्घाटन गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई । तस्बिर: नागरिक
खोटाङ– प्रक्षेपण गरे अनुशार संघीय सरकार, प्रदेश सरकार र आन्तरिक श्रोतबाट बजेट नजुटेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बजेट शंसोधन गरेको छ। संघीय सरकार र प्रदेश सरकारले राजस्व बाँडफाँडतर्फको सिलिङ अनुशार बजेट नपठाएपछि र लक्ष्य अनुशार आन्तरिक श्रोत नजुटेपछि हिँउदे नगरपालिकाले नगरसभामार्फत बजेट संशोधन गरेको जनाएको छ।




गत असार १० गतेको नगरसभामा छलफलका लागि पेश गरेर असार ३१ गते ४८ करोड ८ लाख ७ हजार बराबरको बजेट पारित गरेकामा संशोधन गरेर पुनः ४७ करोड ७९ लाख ३० हजार बराबरको बजेट तथा कार्यक्रम पारित गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। ‘संघीय सरकार र प्रदेश सरकारले राजस्व बाँडफाँडतर्फको सिलिङ अनुशार बजेट पठाएन। हामीले राखेको लक्ष्य अनुशार आन्तरिक श्रोत पनि जुट्न सकेन,’ मेयर राईले भने, ‘बजेटको मात्रा घटेपछि संशोधन गर्नुपरेको हो। बजेट संशोधन हुँदा नगरपालिकाका योजना स्वभाविकरुपमा प्रभावित हुन्छ।’ प्रक्षेपण गरे अनुशार बजेट नजुट्दा विभिन्न योजनाका लागि बजेट घटेर जाने नगरपालिकाले जनाएको छ।

६ महिनामा २० करोडभन्दा बढी खर्च

हिउँदे नगरसभामा नगरपालिकाले आर्थिक विकासतर्फ विनियोजित ११ करोड ९४ लाख ८२ हजार ५ सय बजेटमध्ये ६ महिनामा ३९ प्रतिशत (४ करोड ६५ लाख ९८ हजार १७५ रुपैयाँ) खर्च भएको, सामाजिक विकासतर्फ विनियोजित ८ करोड १२ लाख ४८ हजार १ सयमध्ये हालसम्म ५४ प्रतिशत (४ करोड ३८ लाख ७३ हजार ९७४ रुपैयाँ) खर्च भएको, पूर्वाधारतर्फ विनियोजित १६ करोड २४ लाख ९६ हजार २ सयमध्ये ३८ प्रतिशत (६ करोड १७ लाख ४८ हजार ५५६ रुपैयाँ) खर्च भएको जानकारी दिएको छ।

यस्तै, वातावरण तथा विपद व्यवस्थापनतर्फ विनियोजित ७ करोड १६ लाख ८९ हजार ५ सयमध्ये ४८ प्रतिशत (३ करोड ४४ लाख १० हजार ९६० रुपैयाँ) खर्च भएको तथा संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन क्षेत्रतर्फ विनियोजित ४ करोड ३० लाख १३ हजार ७ सयमध्ये ३८ प्रतिशत (१ करोड ६३ लाख ४५ हजार २०६ रुपैयाँ) खर्च भएको अर्धवार्षिक भौतिक तथा वित्तीय प्रगती प्रतिवेदन पारित गरिएको छ।

हिउँदे नगरसभाले अर्धवार्षिकरुपमा भएका कार्यक्रमको समिक्षा गर्दै १४ वटा ऐन, कानून र कार्यविधि पारित गरेको छ। नगरपालिकाको शिक्षा ऐन पनि संशोधन गरिएको छ। यस्तै, गत बैसाख साउन १ गतेदेखि बसेको ११ वटा कार्यपालिका बैठकको निर्णय अनुमोदन गरिएको मेयर राईले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस