काठमाडौं– काठमाडौं महानगरपालिकाले उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने योजना बनाए पनि सरकारले चासो नदेखाउँदा योजना अलपत्र परेको छ । महानगरले गत वर्ष साउनमा बसेको महानगर परिषद्बाट उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको थियो ।
भारतीय नाकाबन्दीका बेला सार्वजनिक रुपमै उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अहिले बस सञ्चालनमा कुनै चासो देखाएका छैनन् । प्रधानमन्त्री ओली र स्थानीय विकास मन्त्रालय कसैले पनि चासो नदेखाएपछि विद्युतीय बस सञ्चालन योजना अलपत्र परेको महानगरले जनाएको छ । महानगरले परिषद्बाट विद्युतीय बस सञ्चालनका लागि ५ करोड बजेट समेत छुट्ट्याएको थियो ।
‘उपत्यकामा विद्युतीय बस सञ्चालन गर्न महानगर अग्रसर भए पनि सरकारी तहबाटै आवश्यक सहयोग नपाउँदा योजना अघि बढ्न नसकेको महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए । ‘महानगरले विद्युतीय बस खरीद गर्न आवश्यक ५ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ,’ कार्यकारी अधिकृत तामाङले भने, ‘बस सञ्चालनका लागि मन्त्रालयसँग ६० करोड रुपैयाँ मागेको महिनौं बिते पनि हुन्छ बाहेक अरु कुनै प्रतिक्रिया पाउन सकिएको छैन ।’ चार महिनाअघि उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि गरेको अध्ययनको प्रतिवेदनसहित महानगरले स्थानीय विकास मन्त्रालयसँग विद्युतीय बस खरीद गर्न ६० करोड रुपैयाँ मागेकोे थियो ।
भारतीय नाकाबन्दीपछि प्रधानमन्त्री ओलीकै निर्देशनमा गत माघमा उपत्यकामा विद्युतीय बसको सम्भाव्यता अध्ययन गर्न महानगरको चार सदस्यीय टोली बस निर्माता कम्पनी सन्लङ, सिआरआरसी र बिवाइडीसँग छलफल गर्न चीन पुगेको थियो । यसपछि नै उपत्यकामा कस्तो विद्युतीय बस चलाउन सकिन्छ भनेर चिनियाँ प्राविधिकको टोली नै राजधानी आएर अध्ययन समेत गरेको थियो । विद्युतीय बस खरिद गर्दा चीनको सरकारी कम्पनी सिआरआरसीसँग नै खरिद गर्ने सम्भावना रहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।
चिनियाँ टोलीले उपत्यकाको सडक संरचना अनुसार उपयुक्त बस निर्माण गरी दिने सञ्चालनका लागि दिन सकिने प्रतिवेदन बुझाएको थियो । यसपछि महानगरले सरकारसँग बजेट मागे पनि सरकार चुपचाप बसेको छ । उपत्यकाको सडकबारे चिनियाँ टोलीले गरेको अध्ययनअनुसार ८, १० र १२ मिटर लामा बस चलाउन सकिने बताएअनुसार १० मिटर लामा १० वटा र ८ मिटर लामा २० वटा बस खरिद गर्ने योजना महानगरले बनाएको प्रवक्ता कार्कीले जनाए । कार्कीका अनुसार बसको मूल्य १ करोड ८० लाखदेखि २ करोड रुपैयाँसम्म पर्छ ।
महानगरपालिकाबाट सबै तयारी पूरा भए पनि मन्त्रालय र सरकारका तर्फबाट कुनै पहल नभएकाले विद्युतीय सवारीसाधन सञ्चालन योजना अघि बढ्न नसकेको प्रवक्ता कार्कीको दाबी छ । भारतीय नाकाबन्दीका बेला सरकार आफैं विद्युतीय बस सञ्चालन गर्न हतारिएको थियो । त्यसबेला विद्युतीय बस खरीदमा भन्सार छुट समेत दिने बताएको सरकारले नै अहिले चासो नदेखाएको कार्कीको भनाइ छ ।
यता स्थानीय विकास मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईका अनुसार भने विद्युतीय बस खरिद प्रक्रिया अघि बढिरहेको छ । ‘केही ढिला त भएको हो तर रोकिएको भने होइन,’ सहसचिव भट्टराईले भने, ‘अनुदानमा ल्याउन सकिन्छ कि भनेर प्रयास भइरहेको छ ।’ उनका अनुसार अनुदानमा ल्याउन प्रयास भइरहेको छ । उनले भने, ‘अनुदानमा नपाए खरिद गरेरै भए पनि ल्याउने प्रक्रिया अघि बढाइने छ ।’