कालोपत्रे हुँदै मध्यपहाडी सडक
२५ मंसिर २०७९
•
३ मिनेट पाठ
कालोपत्रे हुँदै मध्यपहाडी सडक
पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत दैलेखको भैरवी गाउँपालिकाको रावतकोटमा गरिएको कालोपत्रे । तस्बिर: गोविन्द/नागरिक
राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा कालोपत्रे भइरहेको छ। पहाड छिचोलेर बनाइएको सडक कालोपत्रे हुँदा सुन्दर देखिएको हो।




राजमार्ग योजना कार्यालय दैलेखअन्तर्गत अछाम, दैलेख, रुकुम (पश्चिम), रुकुम (पूर्व) जिल्लाका पहाडी सडकमा सडक चौडा पार्नेदेखि कालोपत्रे गर्नेसम्मका काम भइरहेका छन्। पहाडी जिल्लाहरूलाई जोड्ने बहुमहत्वाकांक्षी योजना पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम अन्तिम चरणमा पुग्न थाल्दा पहाडको बीचमा कोरिएका सडक कालोपत्रे हुँदा चिटिक्क देखिन थालेका हुन्।  

अहिले दैलेख, जाजरकोट र रुकुम पूर्वमा कालोपत्रे लगायतका काम धमाधम भइरहेका छन्। यो आर्थिक वर्षभित्र कालोपत्रे सक्ने लक्ष्यका साथ राजमार्ग योजना कार्यालयले द्रुत गतिमा काम अघि बढाइरहेको जनाएको छ। कालोपत्रेसँगै लामो समयदेखि कच्ची सडकमा यात्रा गर्दा झेल्नु परेको असहजता स्थानीयहरूमा हटेको छ।

केही खण्डबाहेक प्रायः सडक कालोपत्रे भइसकेका छन्। राजमार्ग अन्तर्गत सबैभन्दा लामो दैलेख खण्ड रहेको छ। १ सय २४ किलोमिटरमा करिब ८० किलोमिटर कालोपत्रेको काम सकिएको छ। यो आर्थिक वर्षभित्र बाँकी सडक कालोपत्रे गरिसक्ने लक्ष्य योजना कार्यालयले राखेको जनाइएको छ। दैलेख खण्डमा ११ ठेक्कामध्ये ३ वटा काम सम्पन्न हुन लागेका छन्। ८ वटा ठेक्काको काम अन्तिम चरणमा पुगेको जानकारी पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालयका ईन्जिनियर देवेन्द्र भटराईले दिए।

अहिले अन्तिम चरणमा काम भइरहेका ५ वटा पुलमध्ये ३ वटा दैलेखमै रहेका छन्। ४५ किलोमिटर अछाम खण्डको सबै कालोपत्रे सकिएको छ। कर्णाली नदी किनार बेलखेतदेखि चौखुट्टेसम्मको ४५ किलोमिटरको काम सम्पन्न भइसकेको छ। अछाममा कचरौटे खोलामा पुलको काम शुरु भएको कार्यालयले जनाएको छ।

राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा ८३ किलोमिटरमध्ये करिब ५० किलोमिटर कालोपत्रेको काम सकिएको छ। बाँकी कालोपत्रे र अन्य काम यो आर्थिक वर्षभित्र सक्ने लक्ष्यका साथ भइरहेको जनाइएको छ। त्यस्तै रुकुम (पश्चिम) मा ७० किलोमिटरसडक पूरै कालोपत्रे गरिसकिएको छ। भैरवी गाउँपालिका-३ चक्रत्राबजारदेखि भैरवी गाउँपालिका -१ स्थित भिरखेतसम्मको ९.५ किलोमिटर खण्ड कालोपत्रे गर्ने काम योजना कार्यालयको डिजाइन एस्टिमेट अनुसार यो वर्षभित्रै सक्ने गरी भइरहेको कनकाई मोतीदान जेभीका ईन्जिनियर सुदर्शन थापाले बताए।

रुकुम पूर्वमा ५५ किलोमिटरमध्ये करिब १८ किलोमिटर कालोपत्रे यो आर्थिक वर्षभित्र सक्ने लक्ष्य योजना कार्यालयले राखेको छ। कालोपत्रे र अन्य काम यो आर्थिक वर्षभित्र सक्ने गरी सबै जिल्लामा द्रुत गतिमा भइरहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए। ‘सबै योजनाको काम द्रुत गतिमा भइरहेको छ।’

योजना प्रमुख पोखरेलले भने, यो आर्थिक वर्षभित्र योजनाको ठूलो उपलब्धि (प्रगति) देखिने छ ।’ पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत केही जिल्लामा विगतमा स्थानीयको विवादका कारण काम ढिलो हुँदा प्रगति देखिएको थिएन्। पछिल्लो वर्षमा विवाद समाधान भएसँगै ठेक्का प्रक्रियाका काम अघि बढ्दै गएका थिए। जसले गर्दा अधिकांश ठाउँको काम अघि बढेको हुँदा योजनाको प्रगति देखिन थालेको छ।  
अर्को समाचार
धमाधम कालोपत्रे हुँदै पुष्पलाल राजमार्ग
०७ जेष्ठ २०७७
•
१० मिनेट पाठ
धमाधम कालोपत्रे हुँदै पुष्पलाल राजमार्ग
पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्र्तगत पश्चिम खण्डको रुकुमकोट–पातिहाल्ने सडकमा कालोपत्रे गर्दै । तस्बिर : नागरिक
राष्ट्रिय गौरवको आयोजना अन्र्तगत रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्र्तगत दैलेख, रुकुम पूर्व र जाजरकोटमा धमाधम कालोपत्रेको काम भइरहेको छ । जटिल परिस्थितीमा पनि योजना कार्यालयले रुकुम पूर्व तथा दैलेख जिल्लाका प्रशासन कायालयसंग अनुमती लिई स्थानीय निकायहरुसँगको समन्वयमा सडक स्तरउन्तीको काम थालिएको हो ।




सरकारले तोकेको मापदण्डअनुसार पूर्ण सजकता अपनाई योजनाको कामहरु थालिएको योजना कार्यालय दैलेखले जनाएको छ । रुकुमकोट–पातिहाल्ने सडक खण्डमा कालोपत्रे गर्ने काम दु्रत गतिमा भईरहेको छ । त्यस्तै रुकुमकोट – खोपीचौर सडक खण्ड चौडा गर्नेका भईरहेको पुष्पलाल .(मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख नारायण न्यूउरेले बताए ।  

त्यस्तै रुकुमकै रेलीखोला पुलको एप्रोच स्लाब निर्माण गर्ने कामहरु भईरहेको जनाईएको छ । दैलेखको रावतकोट –पादुका सडक खण्डमा पनि ग्रावेल तथा कालोपत्रेको लागि वेसकोर्स निर्माण गर्ने कार्यहरू जारी भईरहेको योजना कार्यालयले जनाएको छ । स्थानीय प्रशासनबाट अनुमती लिई सिमित कामदारहरु मार्फत योजनाको काम निर्माण कम्पनीहरुले गरिरहेको योजनाका सुचना अधिकारी तुलाराम शर्माले बताए । यो अवधीमा १५ किलोमिटर हुनुपर्ने कालोपत्रे ४ किलोमिटर भईसकेको र दैलेखमा हुनुपर्ने १३ किलोमिटर बेसकोर्स निर्माणको काम ३ किलोमिटर सम्पन्न भएको योजना प्रमुख न्यूउरेले बताए ।

योजना स्थलमा रहेको श्रोतसाधन परिचालन गरेर काम गर्न सकिने अवस्थामा रहेको साइटको कामहरु भईरहेको योजना प्रमुख न्यूउरेले जानकारी दिए । ‘दैलेख, रुकुम र जाजरकोट खण्डमा मेशिनबाट हुन कामहरु प्राथमिकता दिएर गरेका छौं ।’ योजना प्रमुख न्यूउरेले भने, वर्षातअघि सक्नुपर्ने पुल लगायतका कामहरु अनुमती लिएर काम गरिरहेका छौं ।’ त्यस्तै जाजरकोट र दैलेख पश्चिममा रहेका अन्य साइटका योजनाको काम सामान्य गतिमा भइरहेको उनले बताए । योजनाले स्थानीय प्रशासन र स्थानीय सरकारसंग समन्वय गरेर उपलब्ध श्रोत साधान सहित मानविय शक्ति प्रयोग गरेर काम थालनी भईरहेको जनाएको छ । अहिले काम नभएर वर्षातले ठुलो क्षती गर्नसक्ने ठाउँमा कामलाई प्राथमिकता दिईएको योजना सुचना अधिकारी शर्माले बताए ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्र्तगत दैलेख सदरमुकाम र आसपास स्थानीयले निर्माण कार्यको विवाद गरेका छन् । उनीहरुले स्पष्ट जग्गा कति लिने र मुआब्जा विषयमा विवाद हुँदा दैलेख सदरमुकाममा कहाँबाट लैजाने भन्ने बारे अँझै विरोध भईरहेको जनाईएको छ । अन्य स्थानमा योजनाले काम गरिरहेको छ । २०७७ सालभित्र विवादित ठाउँबाहेक अन्य स्थानमा कालोपत्रे गरिसक्ने गरि ठेक्का मार्फत कामहरु भईरहेका छन् । दैलेखमा तिन वटा निर्माण कम्पनीले चार वटा ठेक्का मार्फत काम गरेका हुन् ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस