‘आर्थिक मुद्दालाई प्राथमिकतामा राखौं’
१६ मंसिर २०७९
•
६ मिनेट पाठ
‘आर्थिक मुद्दालाई प्राथमिकतामा राखौं’
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा अब राजनीतिक नेतृत्वले आर्थिक मुद्दालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। मुलुकको अहिलेको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै मुलुकमा देखिएको संकट न्यूनीकरण गर्न सामूहिक प्रयत्न गर्नुपर्ने बताए।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले २६ औं वार्षिकोत्सवको अवसरमा बिहीवार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका नेताहरूले यस्तो बताएका हुन्। उनीहरूले निजी क्षेत्रसँग खुला छलफल गरेर अर्थतन्त्रका समस्या पहिचान गरी समाधानका लागि पहल गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभाका सांसद गगनकुमार थापाले नेपालका राजनीतिक दलहरूले आर्थिक मुद्दा र प्रथामिकताको विषयका मुद्दामा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्। थापाले नेपालका राजनीतिक दलहरूले आर्थिक मुद्दा र प्रथामिकताको विषयमा व्यापक छलफल र बहस गर्न आवश्यक भएको बताएका छन्।

‘भर्खरै प्रतिनिधिसभाको निर्वाचन सकिएको छ। अबको एकाध महिनाभित्रै नयाँ सरकार बन्नेछ,’ उनले भने, ‘नयाँ बन्ने सरकारले अब राजनीतिक मुद्दाभन्दा पनि आर्थिक मुद्दालाई उच्च प्रथामिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता भइसकेको छ।’

महामन्त्री थापाले शीर्ष राजनीतिक दलहरू अन्तर्राष्ट्रिय नीतिका सम्बन्धमा सबै एकै ठाउँमा उभिए पनि आर्थिक मुद्दामा भने प्रतिस्पर्धी हुन जरुरी भइसकेको बताए। ‘राष्ट्रियताको सवाल र अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा एकजुट हुनु आवश्यक छ,’ उनले भने ‘मुलुकको अर्थतन्त्रलाई कसरी माथि लैजाने भन्ने विषयमा भने राजनीतिक दलहरूबीच तीव्र प्रतिस्पर्धा भए मात्रै मुलुकले काँचुली फेर्न सक्छ।’

महामन्त्री थापाले मुलुक अभूर्तपूर्व संकटतर्फ लम्किरहेको हुँदा सचेत भएर अघि बढ्नुपर्ने बताएका छन्। थापाले सेन्स अफ अर्जेन्सीलाई ख्याल गरेर मुलुकको संकट न्यूनीकरण गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए। महामन्त्री थापाले निजी क्षेत्र र सरकारबीच अर्थतन्त्रको विषयमा खुला छलफल गरेर समस्या समाधान गर्नुपर्ने बताए।

‘निजी क्षेत्रका समस्याको विषयमा अँध्यारो कोठामा बसेर डिल गर्ने प्रवृत्तिले पनि ठूलो समस्या ल्याइरहेको छ,’ उनले भने ‘४८ घण्टा नै किन नलागोस् खुल्ला र पारदर्शी ढंगले छलफल गरेर निजी क्षेत्रका समस्या सल्टाउनुपर्ने आवश्यता भइसकेको छ। महामन्त्री थापाले अँध्यारो कोठाभित्रका छलफलले निजी क्षेत्रका समस्याहरू समाधान हुन नसकेको हुँदा पनि खुल्ला र पारदर्शी ढंगले छलफल गर्न आवश्यक भएको बताए।

नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभाका सांसद विष्णु पौडेलले राजनीतिक मुद्दालाई केही समय थाति राखेर भए पनि आर्थिक मुद्दालाई प्राथमिकता दिनुपर्ने बताए। अब बन्ने नयाँ सरकार आर्थिक नीतिमा गम्भीर भएर नलाग्ने बताए। ‘जुनसुकै दलले सरकार बनाए पनि त्यसको पहिलो एजेन्डा अर्थतन्त्र सुधारको हुनुपर्छ,’ उनले भने, ‘प्रतिपक्षमा बस्नेहरूले पनि त्यसमा साथ दिनुपर्छ।’

उद्योग निजीकरणको मोडालिटी फेल भएको भन्दै अब साझेदारीमा अगाडि बढ्नेतर्फ सरकार अघि बढ्नुपर्ने उनको भनाइ छ। आर्थिक रूपमा मुलुकको समुन्नति भएपछि मात्रै राज्यले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्नेतर्फ अग्रसर हुनुपर्छ, उनले भने। ‘राज्य आर्थिक रूपमा सबल भएसँगै सामाजिक उत्तरदायित्वहरू बहन गर्दा कुनै समस्या हुँदैन तर राज्यलाई समुन्नतितर्फ लैजानुपर्ने आवश्यकता भइसकेको छ,’ उनले भने, ‘राज्यका वितरणमुखी कार्यक्रमलाई विस्तारै काम गर्दै लजानुपर्ने भइसकेको छ।’ उपाध्यक्ष पौडेलले अहिले नेपालको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए। ‘अहिलेको चुनावी परिणामले मुलुकमा स्थिर खालको सरकार बन्ने देखिदैन।

यता अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटग्रस्त नभई चुनौतीपूर्ण भएको बताएका छन्। शर्माले मुलुकको अर्थतन्त्र कहाँ संकट र कहाँ समस्या छ भनेर उल्टै प्रश्न गरेका छन्। उनले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधारोन्मुख गतिमा गइरहेको दाबी समेत गरेका छन्। ‘नेपालको अर्थतन्त्र संकटमा छ भन्नु अर्थतन्त्र नबुझ्नु जस्तै हो। अर्थतन्त्रमा दबाब र चाप परेको भने पक्कै हो,’ उनले भने ‘नेपालको अर्थतन्त्र आफ्नै विशेषता र फरक खालको भएकाले पनि छुट्टै ढंगले समस्याको समाधान गर्नु आवश्यक छ।’

अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र एकैचोटी उचाइ लिने र तल खस्ने खालको नभएको दाबी गरे। ‘नेपालको अर्थतन्त्र एकैचोटी उचाइ लिने र तल खस्ने वा गहिराइमा पुग्ने खालको छैन,’ उनले भने, ‘हाम्रो अर्थतन्त्रका सूचकांकहरू सुधारोन्मुख अवस्थामा गइरहेका छन्।’

यसैबीच नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा बाह्य संकट कायमै रहेकाले नीतिगत कडाइका प्रावधानलाई निरन्तरता दिने संकेत गरेका छन्। गर्भनर अधिकारीले सेजनको वार्षिकोत्सवको अवसरमा बोल्दै अन्तर्राष्ट्रिय परिस्थितिको कारणले विश्वका धेरै मुलुकमा जस्तै नेपालमा पनि मूल्यवृद्धि र बाह्य क्षेत्रको दबाब कायमै रहेको बताए। ‘अहिले पनि हाम्रा बीचमा केही अप्ठेरा कुराहरू कायमै रहेका छन्। गतवर्षभरि नै बाह्य क्षेत्रको दबाब चर्काे रह्यो।’

उनले भने ‘गत वर्ष मात्रै हामीले २ खर्ब ३४ अर्ब रूपैयाँको विदेशी मुद्रा गुमायौं,’ उनले भने ‘झण्डै अढाई खर्ब रूपैयाँको विदेशी सञ्चिति गर्न ५० वर्षभन्दा धेरै समय लागेका थियो। सो रकम सक्न एक वर्ष पनि लागेन। त्यसैले अहिले पनि अर्थतन्त्रमा समस्या कायमै छ।’

गर्भनर अधिकारीले राष्ट्र बैंकले अघि सारेका नीतिले काम गरेकाले पनि मुलुक सोचे जस्तो खराब अबस्थामा पुगि नसकेको दाबी गरे। ‘राष्ट्र बैंकले अघि सारेका केही उपकरण र केही प्रतिबन्धात्मक औजारकै कारणले चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको अर्थतन्त्रमा सुधारको संकेत देखापरेको छ,’ उनले भने ‘मुलुकको संकट सधैंभरि यस्तै नरहने भएकाले पनि छिट्टै प्रतिबन्धहरू खुलाइनेछ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजीक्षेत्रसँग साझेदारी गरेर अघि बढेको खण्डमा मात्रै मुलुकको अर्थतन्त्रले काँचुली फेर्ने बताएका छन्। अध्यक्ष गोल्छाले सरकारले निजीक्षेत्रसँग सहकार्य र साझेदारी नगरी सुखै नहुने दाबी गरेका छन्। ‘सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी गर्ने वातावरण सिर्जना नगरी सुखै छैन। त्यसैले पनि मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन राजनीतिज्ञमा ठूलो साहस र आँट गर्ने व्यक्तित्व आवश्यक भइसकेको छ,’ उनले भने, ‘उद्योगी व्यवसायी मुलुकको कानुनअन्तर्गत रही मर्यादित तवरले व्यापार तथा व्यवसाय गर्न चाहन्छन्। त्यसैले सरकारले उपयुक्त खालको वातावरण तयार पारिदिनुपर्‍यो।’

नेपाल परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालका राजनीतिक दलले अब आर्थिक मुद्दालाई पहिलो प्रथामिकतामा राखेर अघि बढ्नुपर्ने सुझाव दिए। ‘विदेशी मुलुकमा आर्थिक मुद्दाको विषयमा पर्याप्त छलफल र बहस हुने गरेको छ। यहाँ भने त्यस्तो नहुँदा उद्योगी व्यवसायीले ठूलो समस्या भोग्नुपरेको छ। त्यसैले सो समस्या अन्त्य गर्न आवश्यक भइसक्यो।’

उनले अन्तरसरकारी निकायबीच समन्वयको अभावमा पनि उद्योगी व्यवसायीले धेरै समस्या भोग्नुपरेको बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरू बीच राजनीतिक एजेन्डा फरक-फरक खालको भए पनि आर्थिक एजेन्डामा सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने बताए। नेपाल बैंकर एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायले मुलुकको आर्थिक नीति मौद्रिक नीतिले प्रभावित पारेको विषयमा सचेत हुनुपर्ने धारणा व्यक्त गरे।

‘अर्थमन्त्रालयले अघि सार्नुपर्ने नीतिलाई अहिले मौद्रिक नीतिले प्रभावित पारेजस्तो देखिन्छ। त्यसैले त्यसतर्फ सचेत हुन जरुरी भइसक्यो।’
अर्को समाचार
आर्थिक मुद्दालाई प्राथमिकतामा राखौँः महामन्त्री पौडेल
१५ असोज २०८३
•
१ मिनेट पाठ
आर्थिक मुद्दालाई प्राथमिकतामा राखौँः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आर्थिक विकासको मुद्दालाई राजनीतिक दल र सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ पुस्तकको विमोचन गर्दै उनले राजनीतिक आन्दोलन र बहसलाई अधिकारको विषयमा मात्र सीमित नराखी मुलुकको आर्थिक विकाससँग जोड्न आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले आर्थिक विकासको मुद्दा राजनीतिक दल र सरकारको प्राथमिकतामा पर्न नसकेको उल्लेख गरे। राजनीतिक दर्शन, समाज र विद्यालयको पाठ्यक्रमलाई आर्थिक क्षेत्रसँग जोड्न नसक्दा समाजले आर्थिक उन्नयनका बारेमा पर्याप्त ज्ञान हासिल गर्न नसकेको उनको भनाइ छ।

उनले कृषि र औद्योगिकीरणको माध्यमबाट मुलुकको विकास गर्न ठोस कार्ययोजना र स्पष्ट नीतिसहित अघि बढ्नुपर्नेमा जोड दिए।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताए। मुलुकको आर्थिक विकासका लागि सरकार आफैँ अग्रसर हुने नभई सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

नेता पाण्डेले सरकारले सबै काम आफैँ गर्ने सोचका कारण विगतमा अपेक्षित विकास हुन नसकेको बताए। निजी क्षेत्रलाई पूर्वाधार विकासको जिम्मेवारी दिनुपर्ने उनको भनाइ थियो।

मुलुकको अर्थतन्त्र आयातबाट प्राप्त हुने राजस्वमा निर्भर रहेको भन्दै नेता पाण्डेले सरकारको ठूलो हिस्सा नियमित प्रशासनिक खर्च, कर्मचारीको तलब, पेन्सन, सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी तथा प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणमा खर्च हुने गरेको यथार्थ उल्लेख गरे।
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock २ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस