अवैध कामदार फर्काउन पहल
१३ चैत्र २०७०
•
५ मिनेट पाठ
अवैध कामदार फर्काउन पहल
काठमाडौं- दक्षिण कोरियाले आफूकहाँ अवैध बसिरहेका नेपाली कामदारलाई तत्काल नफर्काइए इपिएसमार्फत् नयाँ कामदार लिने प्रक्रिया बन्द गर्ने चेतावनी दिएपछि सरकारले उनीहरूको तथ्यांक निकालेर आफन्तसँग पत्राचार गर्ने भएको छ।‘कोरियामा अवैधानिक रूपले बसिरहेका नेपाली कामदारको तथ्यांक निकालेर एक महिनाभित्र उनीहरूको परिवारका सदस्य तथा आफन्तलाई पत्र पठाउँदैछौं,' वैदेशिक रोजगार विभागको इपिएस शाखा प्रमुख डिल्ली बास्तोलाले बिहीबार नागरिकसँग भने, ‘परिवारमार्फत् उनीहरूलाई स्वदेश फिर्ता आउन सरकारले अपिल गर्नेछ।'
अवैधानिक बस्दा व्यक्तिगत रूपमा फाइदा नहुने र अरू वैधानिक कामदार तथा नेपालबाट भविष्यमा जानेलाई समेत समस्या पर्ने भन्दै स्वर्स्फुत स्वदेश फर्काउन परिवारका सदस्यको सहयोग लिन लागेको बास्तोलाले बताए। 
द्विदेशीय सहमतिमा प्रारम्भ भएको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत हालसम्म २२ हजारभन्दा बढी नेपाली दक्षिण कोरिया गएकामा ६ सय ९७ जना तोकिएको म्याद गुजि्रएपछि नेपाल फर्किनुको साटो पुरानो कम्पनी छाडेर लुकिछिपी बस्न थालेको दक्षिण कोरियाले जनाएको छ। उनीहरूलाई तत्काल नफर्काइए इपिएसमार्फत नयाँ कामदार लिने प्रक्रिया बन्द गर्ने चेतावनी दिइएको छ।
‘यसबाट नेपालले पाउँदै आएको इपिएस कोटा गुम्ने खतरा बढेपछि हामीले कुन–कुन वर्षमा गएका को–को कामदार फर्किएका छैनन् त्यसको तथ्यांक संकलन गर्न लागेका छौं,' बास्तोलाले भने। तथ्यांक संकलनपछि पत्र पठाएर आफन्तलाई जानकारी दिनुका साथै वेबसाइटमा समेत त्यस्ता कामदारको विवरण राख्ने तयारी भइरहेको उनले बताए।
त्यहाँको मानव संशाधन विकास सेवा (एचआरडी) ले नेपालस्थित इपिएस शाखालाई हालै पठाएको पत्रमा ‘नेपाली कामदार अवैध रूपमा बस्ने क्रम बढेकाले नेपाल सरकारले तत्काल पहल गरी स्वदेश फर्काउन सहयोग गर्नुपर्ने' उल्लेख छ। एचआरडीका अध्यक्ष सोङ योङ जोङका नाममा प्रेषित पत्रमा ‘अवैधानिक नेपाली कामदार नफर्किए गत वर्ष भियतनामी कामदारलाई जस्तै नेपालीलाई पनि प्रतिबन्ध लगाउने' चेतावनी दिइएको छ।
कोरियाले पहिलोपटक सन् २००८ मा इपिएसअन्तर्गत नेपाली कामदार लिने सुविधा लागू गरेको थियो। सन् २००८, २०१०, २०११ र २०१३ मा गरी इपिएस परीक्षा पास गरेर गएका नेपाली कामदार २२ हजार नाघिसकेको छ। उनीहरूका लागि सुरुमा ३ वर्ष अवधि तोकिएको थियो। पछि १ वर्ष १० महिना थप गरियो।
दक्षिण कोरियाले नेपालसहित १५ मुलुकबाट इपिएसअन्तर्गत कामदार लिँदै आएको छ। नेपालीले अरू देशको तुलनामा राम्रो काम गरेको भन्दै कोरियाले सन् २०१३ मा उत्कृष्ट ठहर्या।एको थियो। लगत्तै नेपाललाई दिँदै आएको कोटा वार्षिक १५ हजार पुर्यानइयो। 
दक्षिण कोरियाले इपिएसअन्तर्गत सरकारी स्तरमै विदेशी कामदारलाई प्राथमिकता दिँदै आएको छ। तर, अवैधानिक बस्नेलाई कारबाही पनि गर्छ। यसअघि भियतनामी कामदार अवैधानिक रूपमा बस्ने क्रम बढेपछि सन् २०१३ मा त्यहाँबाट एकजना पनि लिइएन। भियतनामले अवैधानिक कामदार फर्काउन पहल गर्ने र जमानत राख्ने बाचा गर्दै फेरि कामदार लिइदिन कोरियासँग आग्रह गरिरहेको छ।


अर्को समाचार
कोरियाका अवैध नेपाली फर्काइने
१० माघ २०६६
•
५ मिनेट पाठ
कोरियाका अवैध नेपाली फर्काइने
विज्ञान अधिकारी. काठमाडौं, माघ ११- सरकारले कोरियामा लुकेर बसिरहेका नेपालीलाई स्वदेश फर्काउन पहल सुरु गरेको छ। बिना अनुमति कोरियामा बसिरहेका नेपालीका कारण थप कामदार पठाउन समस्या परेपछि सरकारले यो पहल थालेको हो। कोरियामा २ हजार ५ सय नेपाली विना अनुमति बसिरहेको अनुमान छ।
श्रम तथा यातायात मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर यस बस्ने नेपाली फर्काउन पहल गर्न आग्रह गरेको हो। 




'हामीले एक साताअघि पत्र पठाएर अवैध रुपमा बसिरहेका नेपाली फर्काउन प्रक्रिया सुरु गर्न आग्रह गरेका छौ,' श्रम सचिव बाबुराम आचार्यले नागरिकसँग भने। उनका अनुसार अवैध रुपमा बस्दै आएका कामदारका कारण थप नेपालीको रोजगारको अवसरलाई रोकेको छ।

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत श्रम सम्झौता नविकरणको समयमा कोरियाली अधिकाले अवैध रुपमा बसेका कामदारका कारण समस्या भएको भन्दै उनीहरुलाई स्वदेश फिर्ता गर्नुपर्ने विषयलाई प्रमुखताका रुपमा उठाएको थियो।
श्रम मन्त्री मोहम्मद अफताब आलमले गरेको भ्रमण समयमा कोरियाली अधिकाले यो मुद्धालाई प्रमुखताका साथ उठाएको स्रोतले बतायो।

'अबैध रुपमा कामदार बस्दा हाम्रो छबि समेत बिग्रिएको छ,' आचार्यले भने, 'यसलाई तत्काल निरुत्साहित गर्नुपर्छ।'

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने १५ मुलुकमध्ये नेपाल उत्कृष्ट भएकोमा प्रशंसा पाए पनि अवैध कामदारले मुलुकको छबि बिगारेको श्रमको निस्कर्ष रहेको छ।

कोरियाली अधिकाले अवैध कामदारलाई फर्काए नेपालीलाई थप रोजगा दिन सकिने जानका दिएको आचार्यले बताए। स्रोतका अनुसार पहिलो चरणमा स्वेच्छिक रुपमा स्वदेश फर्काउन पहल गरिनेछ।

'स्वेछिक स्वदेश फर्किन अवसर दिइनेछ,' स्रोतले भन्यो, 'स्वेछिकमा समेत फर्किएनन् भने हस्तक्षेप गरेर भएपनि फर्काउन प्रक्रिया सुरु गरिनेछ।'

कोरिया सरकारले केही महिना अघि अवैध रुपमा बसिरहेका कामदारलाई फर्काउन धरपकड कार्यक्रम समेत गरिसकेको छ। यो धरपकडबाट अवैध कामदार निरुत्साहित नभएको पाइएको छ।
अवैध रुपमा बसिरहेका नेपालीले कोरिया स्थित दूतावासमा आफु बस्न पाउनुपर्ने माग सहित दबाब दिने गरेकोले यो समस्या समाधान हुन सकेको छैन।

'अवैध बसिरहेका नेपालीको संगठन बलियो भएकोले फर्काउन समस्या परिरहेको देखिएको छ,' दूतावासका एक अधिकाको भनाई उदृत गदै श्रमका एक अधिकाले भने।

श्रम मन्त्रीको भ्रमणको समयमा समेत अवैध बसिरहेका नेपालीले कोरियामा बस्न पाउनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए।
'हामी यहाँ बस्दा मुलुकमा रेमिट्यान्स पठाइरहेका छौ, हामी नेपाल जाँदा मुलुकलाई नै घाटा हुन्छ किन घर जाने?' उनीहरुले प्रतिप्रश्न गदै भनेको स्रोतले भन्यो।

कोरिया सरकारले अवैध रुपमा बसिरहेका कामदार राख्ने कम्पनी वा उद्योगलाई कानुनी कारवाही गर्ने चेतावनी दिइसकेको छ। विभागका अनुसार ४ हजार १ सय ५९ जनाका लागि सहमति भइसकेको छ। नेपाली कामदार कृषि, माछापालन, सेवा, उत्पादनमूलक र निर्माण क्षेत्रमा काम गर्न त्यहाँ गइरहेका छन्। कोरिया गएका कामदारले मासिक ७० हजार रुपैयाँभन्दा बढी कमाउँछन्।

इपिएसअन्तर्गत करिब ३ हजार ७ सय नेपाली कामदार कोरिया आइसकेका छन्। सरकारले इपीएस अन्तर्गत ६ हजार ५ सय ८६ जना छनौंट भएका थिए। सन् २००४ मा सुरु भएको इपिएसअन्तर्गत १५ वटा देशले दक्षिण कोरियामा कामदार पठाउँदै आएका छन्। नेपालले करिब ३ वर्षपछि २००७ जुलाइ २३ मा यो सुविधा पाएको हो। त्यतिखेर दुई वर्षे सम्झौता भएपछि दुुईपटक ३(३ महिनाका लागि म्याद थपिएको थियो। इपिएस लागू हुनुअघि कोरियाले प्रशिक्षार्थी कामदारका रूपमा विदेशी कामदार लिन्थ्यो ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस