गैरआवासीय नेपाली नागरिकता माग गर्दै एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न
१५ साउन २०७४
•
१३ मिनेट पाठ
गैरआवासीय नेपाली नागरिकता माग गर्दै एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न
बैठककाे दाेस्राे दिन लगानीसम्बन्धी छलफलका सहभागी। तस्विर: कृष्ण
फ्रेंकफर्ट (जर्मनी)— गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिका लागि कानुन निर्माण गर्न माग गर्दै गैरआवासीय नेपाली संघ १० औं युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलन आइतबार फ्र्यांकफर्टमा सम्पन्न भएको छ। अगस्ट २९ र ३० दुई दिनसम्म चलेको बैठकले यथाशीघ्र ऐन बनाइ गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने मार्गप्रशस्त गर्न माग गरिएको छ।

नेपालको संविधानले गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरे पनि कानुन निर्माण नहुँदा गैरआवासीय नागरिकता प्राप्तिको विषय कार्यान्वयन हुन सकेको छैन।

बैठकको अन्तिम दिन प्यानल छलफल र महिला सम्मेलन भएको थियो।

लगानीदेखि भाषासहित्यसम्म

आइतबारको सत्रमा भाषा साहित्य र मिडिया, नेपालमा पर्यटन प्रवद्र्धन, कल्याणकारी कार्य तथा सार्वजनिक पुस्तकालय, एनआरएनलाई नेपाली नागरिकता, विधान तथा लगानी शीर्षकमा प्यानल बनाएर छलफल गरिएको थियो।

कल्याणकारी कार्य र सार्वजनिक पुस्तकालय सत्रको अध्यक्षता गर्दै एनआरएन उपाध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीहरुको आयस्रोत बढेसँगै आफ्नो गाउँ र जन्मेहुर्केको मातृभूमिमा कल्याणकारी काम गर्ने प्रवृत्ति बढेको बताए।

गैरआवासीय नेपालीले व्यक्तिगत हैसियतमा पनि नेपालमा कल्याणकारी काम गरिरहेको उल्लेख गर्दै उनीहरुलाई एनआरएनएको दायरामा ल्याउन निश्चित संयन्त्र बनाउनुपर्नेमा जोड दिए। सोही सत्रमा बोल्दै आइसीसी सदस्य डा.विनय श्रेष्ठले एनआरएनको प्लेटफर्म प्रयोग गरी संकलन गरिने रकमको स्वामित्व एनआरएनकै हुनुपर्नेमा जोड दिए।

एनआरएन पूर्व अध्यक्ष जिवा लामिछाने अध्यक्ष रहेको लगानीसम्बन्धी सत्रमा गैरआवासीय नेपालीहरुले नेपालमा गर्नसक्ने लगानीका विषयमा छलफल भएको थियो। जलविद्युत र वित्त कम्पनीमा लगानी भइरहेको उनले जनाएका थिए। संयुक्त लगानीमा एउटा लघुवित्त कम्पनी सुरु हुन लागेको जानकारी सत्रमा दिइएको थियो। सो प्रस्तावमा सहमती जनाउँदै झन्डै एक दर्जन सहभागीले आफू सो परियोजनाको हिस्सेदार बन्न तयार भएको जनाएका थिए। 

विश्वासदिप तिगेला अध्यक्ष रहेको भाषा साहित्य र मिडियासम्बन्धी सत्रमा मिडिया, भाषाका विषयमा छलफल भएको थियो। विदेशी भूमिमा हुर्कंदै गरेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउनु पर्ने र पूर्वी दर्शका नीतिकथा, पञ्चतन्त्र तथा जातक कथाहरुलाई डिजिटलाइजेसन गर्नुपर्ने विषय सहभागीले उठाएका थिए।

सोम सापकोटा अध्यक्षतामा पर्यटन प्रवद्र्धन सत्र सञ्चालन भएको थियो। नेपालमा पर्यटक भित्र्याउन निर्वाह गर्नुपर्ने भूमिकाका विषयबारे सो सत्रमा छलफल भएको थियो। युरोपमा संगठित रुपमा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिए नेपाल भित्रिने युरोपेली पर्यटकको संख्या दोब्बर हुन सक्ने सहभागीले बताएका थिए।

बैठकपछि जारी विज्ञप्तिको पूर्णपाठ

जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनाल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा। शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपालबाट आउनु भएका परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्ले, परराष्ट्र मन्त्रालयमा एनआरएन डेस्क हेर्नुहुने उपसचिव डा। डमरुबल्लभ पौडेल तथा अर्थ मन्त्रालयका अधिकृत भीमकान्त न्यौपाने, गैरआवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुंग लगायतका संघका पदाधिकारी एवं २७ देशबाट प्रतितिधित्व गर्नु हुने करिब साढे चारसय गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थितिमा यस दशौं क्षेत्रीय बैठकमा उठेका समग्र विषहरुलाई समेट्दै निम्न निर्णयहरु भएको जानकारी गराउँदै यो विज्ञप्ति प्रकाशित गरिएको छ ।

१ लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको नेपालमा नयाँ संविधानको पूर्ण कार्यान्वयन र समृद्ध नेपालको निर्माणका लागि आर्थिक विकासलाई गति दिन नेपालका प्रमुख राजनीतिक दलहरुका बीचमा सहमति र सहकार्य गर्न यो बैठक अनुरोध गर्दछ ।

२ नेपालको संविधानमा उल्लेख भएअनुसार गैरआवासीय नेपाली नागरिकताको मर्म र भावना अनुरुप गैरआवासीय नेपाली संघसंगको निकट सहकार्यमा यथाशिघ्र गैरआवासीय नेपाली संबन्धी ऐन बनाइ गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने काम शुरु गर्न नेपाल सरकार तथा अन्य संबद्ध निकायहरुलाई अनुरोध गर्दछ।

३ विगतमा जस्तै युरोपस्थित गैरआवासीय नेपाली उद्यमीहरुले नेपालमा सामूहिक लगानी अगाडि बढाउन देखाएको तत्परताको सम्मान गर्दै अन्तर्राष्ट्रिय समन्वय परिषदलाई त्यसकालागि आवश्यक पहल गर्न अनुरोध गर्दछ।

४. गैरआवासीय नेपाली संघद्वारा संचालित लाप्राक नमुना वस्ती लगायत एनआरएन भवन, शंखमूल पार्क, “एक एनसिसि एक परियोजना” लगायतमा तन, मन, धनले सहयोग गर्नुहुने सबै गैरआवासीय मित्रहरुलाई हार्दिक धन्यवाद दिंदै थप आवश्यक सहयोग गर्न पनि यो बैठक प्रतिबद्धता व्यक्त गर्दछ।

५. गैरआवासीय नेपालीहरुको सकृयतामा नेपालका विभिन्न विद्यालयहरुमा ‘विद्युतीय पुस्तकालय’ स्थापना भैरहेको सन्दर्भमा ती पुस्तकालयहरुलाई व्यवस्थित गर्दै गैरआवासीय नेपाली संघको मातहतमा आफूले पढेको विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न सबै गैरआवासीय नेपालीहरुलाई यो बैठक आह्वान गर्दछ।

६. “भिजिट नेपाल युरोप अभियान २०१७” तथा “अतिथि देवो भवस्” अभियानलाई सफल बनाउँदै युरोप क्षेत्रबाट अत्यधिक मात्रामा पर्यटकहरु नेपाल भित्र्याउन युरोपस्थित नेपाली दूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधिहरुसंग समन्वय गर्दै नेपाल सरकारले आह्वान गरेको “भिजिट नेपाल इयर २०१८” लाई सफल बनाउन युरोपस्थित सबै एनसिसिहरुलाई अनुरोध गर्दछ।

७. यस बैठकका प्रायोजकहरुबाट प्राप्त रकम संघको केन्द्रीय कार्यालय भवन निर्माण कोषमा हस्तान्तरण गर्ने निर्णयको स्वागत गर्दै यो बैठक सबै प्रायोजकहरुप्रति धन्यवाद व्यक्त गर्दछ ।

८. गैरआवासीय नेपाली संघको विधानलाई अरु विस्तृत र प्रभावकारी बनाउन बैठकमा प्राप्त सुझावहरुलाई अन्तर्राष्ट्रिय समन्वय परिषदमा पठाउने यो बैठक निर्णय गर्दछ।

९. गैरआवासीय नेपाली संघ महिला फोरमले परोपकारी क्षेत्रमा उल्लेख्य कार्य गरेकोमा सिंगो महिला फोरमलाई धन्यवाद ज्ञापन गर्दै सिंगो गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय परिषदमा यथासम्भव ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गराउन आग्रह गर्दै यस क्षेत्रका यूवा तथा महिलाहरुको उद्यमशिलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने पनि यो बैठक निर्णय गर्दछ । एक युरो परियोजनालाई सबै एनसिसीहरुमा विस्तार गरी सो अभियानमा पुरुष सदस्यहरुको सहभागिता बढाउन पनि यो बैठक अनुरोध गर्दछ

१०. प्रवासमा नेपाली बालबालिकाहरुका निम्ति नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउन भिडियो कार्टुन, ट्याबलेट गेम तथा प्रवास सापेक्ष पाठ्यसामग्री निर्माण गर्न पहल गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदलाई यो बैठक अनुरोध गर्दछ।

११. अन्तर्राष्ट्रिय मान्यता अनुसार कुनै पेशा, व्यवसाय वा अध्ययनको सिलसिलामा १८२ दिन भन्दा बढी सार्क मुलुक बाहिर बस्ने विद्यार्थी तथा वैदशिक रोजगारीमा जाने नेपालीहरुलाई पनि गैरआवासीय नेपालीको परिभाषाभित्र समेट्न अन्तर्राष्ट्रिय समन्वय परिषदलाई आवश्यक पहल गर्न यो बैठक अनुरोध गर्दछ।

१२. युरोप क्षेत्रको एघारौं बैठक लक्जेम्वर्गमा गर्ने निर्णय गर्दछ। स्पेनमा नेपाली दूतावास स्थापना गरिएकोमा नेपाल सरकारलाई धन्यवाद दिंदै पोर्चुगलमा नयाँ दूतावास खोल्न पहल गर्न पनि यो बैठक अनुरोध गर्दछ।

१३. साइप्रस निवासी ब्लड क्यान्सरबाट पीडित ५ वर्षीय छोरा सन्चल साहको उपचारकालागि झण्डै बीस हजार युरो सहयोग गर्ने यो बैठकका सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दछ।

१४. स्पेनमा बस्ने नेपालीहरुको समस्याको समाधानकालागि सम्पत्ती मूल्यांकन प्रमाणपत्रमा परराष्ट्र मन्त्रालयको छाप लगाउने व्यवस्थाकालागि पहल गर्न यो बैठक अन्तर्राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गर्दछ।

१५. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनुहुने एनसीसी जर्मनी, प्रायोजकहरु, स्वयमसेवी, पत्रकार, कलाकार लगायत सबै पक्षलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

मिति स् ३० जुलाई २०१७

फ्र्याँकफर्ट, जर्मनी
अर्को समाचार
‘भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति एनआरएनको ऐक्यवद्धता
१५ साउन २०७५
•
५ मिनेट पाठ
‘भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति एनआरएनको ऐक्यवद्धता
लग्जेम्वर्ग- संविधानले प्रत्याभूत गरेअनुसार तत्काल कानून बनाई गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने मार्गप्रशस्त गर्न सरकारसँग माग गर्ने एवं विदेशमा बसेर नेपालीले आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याउने प्रतिबद्धताका साथ गैरआवासीय नेपाली संघ ११ औँ युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलन सोमबार लक्जेम्बर्गमा सम्पन्न भएको छ।

दुई दिनसम्म ( जुलाई २९ र ३०) चलेको बैठकले समेत १५ बुँदे लक्जेम्बर्ग घोषणापत्र जारी गरेको छ। बैठकले सरकारले हालै घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै सो अभियानलाई सफल बनाउन अत्याधिक पर्यटकहरु भित्र्याउन युरोपस्थित नेपाली दूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरुसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।

बैठकमा लाप्राक नमुना वस्ती, शंखमूल पार्क, जानकी मन्दिर परिसरमा लाईटिङ जडान, उज्यालो नेपाल, पत्रकार महासंघ केन्द्रिय कार्यालयमा पुस्तकालय स्थापना लगायतका परियोजनाहरु आगामी अक्टोबरभित्र सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरिएको छ।

यस्तै नेपालको बढ्दो बेरोजगारी अन्त्य गर्न सहकार्य गर्ने, नेपाली महिलाको लागि गत वर्षदेखि जारी सीप विकास तालिमलाई निरन्तरता दिने निर्णय समेत बैठकले गरेको छ। यस्तै पछिल्लो समय युरोप क्षेत्रमा बढ्दै गएको मानव तस्करी रोक्न गैर आवासीय नेपाली संघ सरकारसँग सहकार्य गरेर अघि बढ्ने, करमुक्ति सम्झौता (डिटिएए) नभएका मुलुकमा सो सम्झौता प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गर्ने प्रतिबद्धता बैठकमा जनाइएको छ। त्यस्तै युरोप क्षेत्रमा बसोबास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित गर्दै नेपालको सर्वाङ्गिण विकासमा हातेमालो गर्न सरोकारवाला व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्नुका साथै गैरआवासीय नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउन आवश्यक पहल गर्ने घोषणा समेत बैठकमार्फत गरिएको छ।

यसैगरी आगामी अक्टोबरमा हुने संघको विधान अधिवेशनका लागि छलफल गर्न गैर आवासीय नेपाली संघको विधानबारेको सुझाव विधान संशोधन समिति समक्ष पेश गर्न राष्ट्रिय समितिहरुलाई बैठकमार्फत निर्देशन समेत दिइएको छ।

बैठकको पूर्व सन्ध्यामा प्रवासमा नेपाली भाषा सम्बन्धी साहित्य सन्ध्या तथा काव्य वाचन कार्यक्रमको आयोजना गरिएको थियो। आइतबारबाट औपचारिक रुपमा सुरु कार्यक्रमको उद्घाटन नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गर्नुभएको थियो। बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीसहित पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइशले, सांसदद्वय डा. सूर्य पाठक, रामकुमारी झार्की, पूर्व मन्त्री हिसिला यमी, बेल्जीयमका लागि नेपाली राजदूत लोक बहादुर थापा, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संरक्षक जीवा लामिछाने, संस्थापक रामप्रताप थापा, जापान, अमेरिका, हंगकंग र युरोपका २८ देशबाट करिब ४ सय प्रतिनिधिहरु सहभागी भएका थिए।

आइतबार नै विभिन्न विषयमा प्यानल छलफल तथा युरोपेली क्षेत्रका विभिन्न विषयमा विज्ञता हाशिल गरेका व्यक्तित्वहरुसँग छलफल समेत गरिएको थियो ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस