नेपाललाई आईटी हब बनाउने सपनाः सम्भावना, चुनौती
२८ वैशाख २०८३
•
६ मिनेट पाठ
नेपाललाई आईटी हब बनाउने सपनाः सम्भावना, चुनौती
विश्व तीव्र गतिमा डिजिटल युगतर्फ अघि बढिरहेको छ। सूचना प्रविधि अथार्त आईटी क्षेत्र केवल एउटा व्यवसायिक क्षेत्र मात्र होइन, राष्ट्रको आर्थिक विकास, रोजगारी सिर्जना, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मुख्य आधार बनिसकेको छ। विश्वका धेरै राष्ट्रहरूले आईटीको विकास लाई आर्थिक समृद्धिको इन्जिनका रूपमा प्रयोग गरिरहेका छन्।  




दक्षिण एसियाली धेरै मुलुकहरू विश्वको सूचना प्रविधि बजारमा आफ्नो प्रभाव विस्तार गरिरहेका बेला नेपाल पनि अब यस दिशामा गम्भीर रुपमा अघि बढ्नुपर्ने मोडमा पुगेको छ।

नेपालसँग आईटी क्षेत्रमा ठूलो सम्भावना पनि  छ। युवा जनशक्ति, कम लागतमा दक्ष मानव स्रोत उत्पादन गर्ने क्षमता, बढ्दो इन्टरनेट पहुँच, प्रविधिप्रति युवाको आकर्षण र रणनीतिक भौगोलिक अवस्थाले नेपाललाई आईटी क्षेत्रमा अगाडि बढ्ने आधार प्रदान गरेको छ। यदि सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरुबीच दीर्घकालीन सोचसहित प्रभावकारी सहकार्य हुन सकेमा आगामी ५ देखि १० वर्षभित्र नेपाल दक्षिण एसियाकै उदाउँदो आईटी हवको रुपमा विकास हुन सक्छ ।

नेपाललाई आईटी हब बनाउने पहिलो आधार भनेको स्थिर नीति र विश्वासिलो कर प्रणाली नै हो। सरकारले संघीय संसदमा भर्खरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यद्यपी अझै आईटीको विकासका लागि नीतिगत रुपमै प्रभावकारी व्यवस्था र रणनीतिक कार्ययोजना पुर्णरुपमा बन्न सकेको छैन । आगामी जेठ १५ मा आउने बजेटबाट आईटीको विकासका लागि बजेटमै व्यवस्था होस भन्ने चाहना निजी क्षेत्रको छ ।  

लगानीकर्ता तथा उद्यमीहरूलाई बारम्बार परिवर्तन हुने नीति, झन्झटिलो प्रशासनिक प्रक्रिया र अस्पष्ट कर व्यवस्थाले निरुत्साहित बनाउने गरेको छ । आईटी क्षेत्र अत्यन्त गतिशील भएकाले यसलाई प्रोत्साहन गर्ने स्पष्ट र दीर्घकालीन रणनीति आवश्यक छ। सरकारले आईटी उद्योगलाई प्राथमिकतामा राखेर लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ।

त्यसैगरी, उच्च गतिको इन्टरनेट, भरपर्दो विद्युत् आपूर्ति, सुरक्षित डेटा पूर्वाधार र आधुनिक डिजिटल संरचना सूचना प्रविधि विकासका आधारभूत आवश्यकता हुन्। विश्व बजारसँग प्रतिस्पर्धा गर्न नेपालले केवल सस्तो श्रममा निर्भर भएर होइन, दक्ष जनशक्ति र गुणस्तरीय सेवामार्फत आफ्नो पहिचान स्थापित गर्नुपर्छ। डिजिटल पूर्वाधार मजबुत नभएसम्म ठूलो आईटी उद्योग निर्माण सम्भव हुँदैन।

नेपालले सफ्टवेयरको विकास, आउटसोर्सिङ, आर्टिफिसिएल इन्टेलिजेन्स एआई, डेटा एनालाईसिस, साईबर सेक्युरिटी, क्लाउड सर्भिसलगायतका क्षेत्रमा काम गनुपर्छ ।

अहिले विश्वभरका कम्पनीहरु  कम लागतमा गुणस्तरीय आईटी सेवा खोजिरहेका छन्। सूचना प्रविधि क्षेत्रमा नेपालका हजारौं युवा स्वतन्त्र रुपमा अहिले नै सफ्टवेयर विकास तथा आउटसोर्सिङका रुपमा कार्यरत रहेका छन ।  तर उनीहरूको क्षमता राष्ट्रिय अर्थतन्त्रसँग व्यवस्थित रूपमा जोडिन सकेको छैन। यदि सरकारले नेपाललाई आइटी क्षेत्रको विकासका लागि ब्राण्डिङ मार्फत सुरक्षा प्रत्याभूति सहित  अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सके विदेशी कम्पनीहरुको आकर्षण नेपालतर्फ बढ्न सक्छ।

नेपालले अहिले सामना गरिरहेको ठूलो चुनौतीमध्ये एक हो । दक्ष जनशक्तिको विदेश पलायन। हरेक वर्ष हजारौं प्रतिभाशाली युवा अवसरको खोजीमा विदेश गइरहेका छन्। यसको प्रमुख कारण नेपालमा पर्याप्त अवसरको अभाव, कम तलब, अस्थिर भविष्य र सीमित करियर सम्भावना नै हो।  

यदि नेपालले प्रतिस्पर्धात्मक पारिश्रमिक, दुर्गम क्षेत्रमा पनि कामको अवसर, उद्यमशिलताको संस्कृति, स्वामित्वमा आधारित प्रोत्साहन जस्ता व्यवस्था विकास गर्न सक्यो भने धेरै युवा देशमै बसेर अन्तर्राष्ट्रिय कम्पनीका लागि काम गर्न इच्छुक हुनेछन्। आफु अनुकुल स्थानमै बसेर काम गर्ने संस्कृति विश्वभर तीव्र रूपमा विस्तार भइरहेको छ, जसले नेपालका युवालाई देशमै बसेर विश्व बजारसँग जोडिने अवसर दिन सक्छ।

नवप्रवद्धन पर्यबरणीय प्रणालीको  विकास सूचना प्रविधि क्षेत्रको अर्को महत्वपूर्ण पक्ष हो। नेपालमा सिर्जनशील र ऊर्जावान युवा प्रशस्त छन्, तर पूँजी, उपयुक्त मार्गदर्शन र नेटवर्किङको अभावले धेरै सम्भावनाहरू अधुरा रहने गरेका छन्।  

विउ पूँजिको उपलव्धता, नवप्रर्वतनमा लगानी, व्यवसायीक विकास कार्यक्रमको पहुँच विस्तार गर्न सके नयाँ प्रविधि कम्पनीहरू जन्मिन सक्छन। कम्पनी दर्ता प्रक्रिया सरल बनाउने, कर छुट दिने र नवप्रवर्तन मैत्री नियमन लागू गर्ने नीति आवश्यक छ। एउटा सफल स्टार्टअपले केवल व्यापारिक सफलता मात्र होइन, नयाँ रोजगारी, नयाँ प्रविधि र नयाँ आर्थिक सम्भावना पनि सिर्जना गर्छ।

सूचना प्रविधि क्षेत्रमा ठूलो छलाङ मार्न शिक्षा प्रणाली सुधार अपरिहार्य छ। अहिले पनि धेरै शैक्षिक संस्थाको पढाइ बजारको आवश्यकतासँग मेल खाँदैन। उद्योग र उद्यमशिलता विकास पाठ्यक्रम, प्रयोगात्मक सिकाई, परिक्षणकालिन कार्यअनुभव, योजनामा आधारित शिक्षामा जोड दिन आवश्यक छ।  

विद्यालय तहदेखि नै एआई कोर्स, कोडिङ, रोबर्टिक्स, साईबर सुरक्षा जस्ता विषयमा व्यवहारिक अनुभूती गराउन सकियो भने भविष्यका दक्ष आईटी जनशक्ति उत्पादन गर्न सकिन्छ। आजको युगमा डिग्रीभन्दा सीपको मूल्य बढ्दो छ, त्यसैले सीप केन्द्रित शिक्षा नै समयको आवश्यकता हो।

सरकार र निजी क्षेत्रबीचको सहकार्य पनि सूचना प्रविधि क्षेत्रको विकासका लागि अत्यन्त महत्वपूर्ण छ । सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमार्फत ठूला आईटी परियोजनाहरू सञ्चालन गर्न सकिन्छ। नीति निर्माण प्रक्रियामा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका उद्यमी, तथा आईटी डेभलपर तथा उद्योगीहरूको सहभागिता सुनिश्चित गर्नुपर्छ।  

उनीहरूको व्यावहारिक अनुभवलाई नीतिमा समावेश गर्न सके निर्णयहरू अझ प्रभावकारी बन्न सक्छन्। नियमित संवाद र संयुक्त संयन्त्रले सरकार र उद्योगबीचको दूरी कम गर्न सहयोग पुर्‍याउँछ।

डाटा सेन्टरको विकास नेपालका लागि रणनीतिक आवश्यकता बनिसकेको छ। देशको डेटा देशभित्रै सुरक्षित राख्ने क्षमता राष्ट्रिय सुरक्षासँग समेत सम्बन्धित विषय पनि  हो। आधुनिक डाटा सेन्टर निर्माण गर्न सकियो भने क्लाउड सेवा विस्तार हुन्छ, विदेशी कम्पनी आकर्षित गर्न सकिन्छ र डिजिटल अर्थतन्त्र अझ सुरक्षित बन्छ। विश्व अहिले डेटा–आधारित अर्थतन्त्रतर्फ अघि बढिरहेको अवस्थामा डेटा पूर्वाधारलाई प्राथमिकता दिनु आवश्यक छ।

नेपालको सूचना प्रविधिको विकास काठमाडौं वा सीमित शहरी क्षेत्रमा मात्र केन्द्रित हुनु हुँदैन। ग्रामिण नेपालमा ब्रोडव्याण्ड पूर्वाधार विकास, दुर्गममा पनि इन्टरनेटको व्यवस्था र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न सके ग्रामीण क्षेत्रका युवाले पनि आइटी क्षेत्रबाट आयआर्जन गर्न सक्छन्। यसले गाउँबाट शहरतर्फको पलायन कम गर्नुका साथै समावेशी आर्थिक विकासलाई बल पुर्‍याउँछ।

साईबर सुरक्षा अहिलेको डिजिटल युगको सबैभन्दा संवेदनशील विषयमध्ये एक हो। नेपालको डिजिटल प्रणाली विस्तार हुँदै जाँदा साइबर आक्रमण, डेटा चोरी  र वित्तीय ठगीको जोखिम पनि बढ्दै जान्छ। त्यसैले सुरक्षित डिजिटल वातावरण निर्माण गर्न साईबर सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ। सुरक्षित प्रणालीले विदेशी लगानीकर्ताको विश्वास बढाउनुका साथै नागरिकको डेटा संरक्षण सुनिश्चित गर्छ।

नेपालले आईटी सेवाको निर्यात वृद्धि गर्न निर्यात अनुदान तथा राहत,  अन्तराष्ट्रिय सर्टिफिकेसनका लागि सहिजकरण जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ।  

महिलाको सहभागिता बिना आईटी क्षेत्रको विकास पूर्ण हुन सक्दैन। आईटी अध्ययनका लागि छत्रवृत्ति, समावेशी नीति, कार्यस्थलमा सहजीकरण मार्फत महिलालाई प्रविधि क्षेत्रमा प्रोत्साहन गर्न आवश्यक छ।  

आज विश्वलाई नेपालले दिनुपर्ने सन्देश स्पष्ट हुनुपर्छ, हाम्रोमा दक्ष जनशक्ति र लागत कम छ ।  

भारत र चीनबीचको रणनीतिक स्थान, ऊर्जावान युवा जनशक्ति र विस्तार हुँदै गएको डिजिटल भअयकथकतझ नेपालका सबैभन्दा ठूलो शक्ति हुन्। यदि नीति, पूर्वाधार, शिक्षा र लगानीलाई सही दिशामा अगाडि बढाउन सकियो भने आगामी ५ देखि १० वर्षभित्र नेपाल आईटी सेवा उपभोक्ता मात्र होइन, दक्षिण एसियाको उदाँउदो आईटी हव तथा अर्बो डलर बराबरको आईटी सेवा निर्यात गर्ने राष्ट्र बन्न सक्छ। यो सपना चुनौतीपूर्ण अवश्य छ, तर असम्भव भने होइन।

श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका आईटी तथा सफ्टवेर निर्यात समिति सभापति हुन् ।
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ले लेखक ज्ञानकाजी मानन्धरको दोस्रो संस्करण ‘कुमारी’को  लोकार्पण तथा दुई विशि...
Whatsapp
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह...
Whatsapp
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
Whatsapp
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
यो पनि पढौँ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस